भीम गौतम / राजधानी
काठमाडौं, २३ फागुन
प्रधानमन्त्री
केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा ऊर्जा क्षेत्रका चार एजेन्डा
प्रस्तावित गरिएको छ । ऊर्जा मन्त्रालयले ऊर्जा क्षेत्रको विकासका लागि
नेपाल र भारतबिचको नयाँ स्थायी संरचनाको निर्माणसहितका चार एजेन्डा
प्रस्ताव गरेको हो ।
‘नेपाल र
भारतबिचको जलस्रोत विकासका लागि सचिवस्तरीय संयन्त्र बनाउनेलगायतका चार
एजेन्डा प्रधानमन्त्रीको चीन भ्रमणका लागि प्रस्ताव गरेका छौं,’ ऊर्जा
मन्त्रालयका सह–सचिव एवं प्रवक्ता डा. सञ्जय शर्माले भने, ‘सचिवस्तरीयबाहेक
नेपाल र भारतबिच जलस्रोतको विकासका लागि अघि बढाउने अर्को संयन्त्रको पनि
प्रस्ताव गरेका छौं ।’
बैठकको सुरुमै
प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका उपलब्धिबारे नेताहरूलाई जानकारी गराएका
थिए । भ्रमणबाट भारत र नेपालबिच रहेको असमझदारी हटेको चर्चा गर्दै सम्बन्ध
विस्तार भएको प्रगतिबारे प्रधानमन्त्री ओलीले जानकारी गराएको स्थायी समिति
सदस्य शंकर पोखरेलले बताए । ‘प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक एवं
पूर्णरूपमा सफल रहेको बैठकको निष्कर्ष छ,’ पोखरेलले राजधानीसँग भने ।
प्रधानमन्त्री ओलीले ७ देखि १२ फागुनसम्म भारतको राजकीय भ्रमण गरेका थिए ।
– सचिवस्तरीय संयन्त्र
– बुढीगण्डकी, अरुण र किमाथांका
– अन्तरदेशीय प्रसारण लाइन
– काठमाडौंमा मनोरेल
http://rajdhani.com.np/article/0699606001457314894
No comments:
Post a Comment