भीम गौतम / राजधानी
काठमाडौं, ४ चैत
काठमाडौं, ४ चैत
बहुचर्चित
१२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत्् आयोजना हाइड्रो
ल्याबबाट हाइड्रोलिक नमुना परीक्षण सफल भएको छ । पुल्चोकस्थित हाइड्रो
ल्याबमा नमुनाका रूपमा आयोजनाको ड्याम अर्थात् भौतिक नमुना बनाएर गरिएको
परीक्षण सफल भएको हो ।
डिजाइनअनुसार
सीधै निर्माणमा जाँदा समस्या आए अर्बाैं रुपैयाँ लगानी डुब्ने भएका कारण
हरेक जलविद्युत्् आयोजनाले अनिवार्य रूपमा हाइड्रोलिक नमुना परीक्षण
गर्नुपर्ने र यसबाट उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । पहिलोपटकमा हाइड्रोलिक
परीक्षण असफल भएपछि पुनः डिजाइन गरेर दोस्रो पटकमा सफल भएको हो । पहिलाको
डिजाइनमा बालुवा थिग्रिने समस्या देखिएपछि पुनः डिजाइन गरेर परीक्षण गरिएको
थियो ।
‘डिजाइनअनुसार
ठीक छ कि छैन भनेर अनिवार्य रूपमा यसको भौतिक रूपमा नमुना बनाएर परीक्षण
गर्नुपर्ने हुन्छ, परीक्षणमा बुढीगण्डकी सफल भएको छ,’ बुढीगण्डकी
जलविद्युत् आयोजना विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले
राजधानीसँग भने, ‘सफलताका आधारमा आयोजना अघि बढाउन प्राविधिक रूपमा ठीक छ
भनेर आशा जगाएको छ ।’
ल्याबमा
बुढीगण्डकीको डिजाइनका आधारमा सबैलाई सानो आकारको रूपमा भविष्यमा बाँधको
जलाशय र बाँधलाई नमुना रूपमा प्रस्तुत गरिएको थियो । बुढीगण्डकीको ठूलो
लम्बाइ, डिचार्ज, क्षेत्रफल, आयतन र भोलासिटीलाई घटाएर सानो आकारको नमुना
बनाइएको थियो । पुल्चोकस्थित ल्याबमा २ सय ६३ मिटर बाँधको उचाइ रहेकोमा सय
मिटर बराबर १ मिटर सानो बनाई २ दशमलव ६३ मिटरको बाँध नमुनाका रूपमा निर्माण
गरिएको थियो भने अन्य भौतिक नमुनासमेत प्रस्तुत गरिएको थियो । सफल
परीक्षणको नमुना प्रदर्शनी हेर्न उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर
रायमाझी बुधबार ल्याब पुगेका थिए । उनले बुढीगण्डकीको प्राविधिक पक्ष र
ल्याबको नमुना हेरेपछि काम तत्काल अघि बढाइने बताए ।
मन्त्री
रायमाझीलाई ल्याबका महाप्रबन्धक डा. मेघ विश्वकर्माले ठूला जलविद्युत्
आयोजना निर्माणमा जानुअघि परीक्षण अनिवार्य रहेको बताउँदै प्रयोगशालाले
गर्ने कार्यबारे सविस्तार जानकारी दिएका थिए । त्यसैगरी, विस्तृत अध्ययन
प्रतिवेदन (डीपीआर) मा संलग्न परामर्शदाताको तर्फबाट फिलिमले ५० वर्षभित्र
बालुवाले ७ प्रतिशत र सय वर्षमा १३ प्रतिशत जलाशययुक्त क्षति गर्ने
अध्ययनले देखाएको बताएका थिए ।
बूढीगण्डकीमा
डब्बल कर्वेचर आर्क ड्याम निर्माण हुन लागेको र बढी भएको पानीबाट ६ ओटा
झर्ना आउने हुनाले धेरै पर्यटकलाई आकर्षण गर्न सक्ने गरी डिजाइन गरिएको छ ।
‘डब्बल कर्वेचर आर्क ड्याम भएको जलाशययुक्त आयोजना एसियामै छैन, यसले धेरै
पर्यटकलाई आकर्षण गर्न सक्छ,’ इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका
सहप्राध्यापक डा. भोला घिमिरेले भने, ‘यस्ता झर्ना भएको जलाशययुक्त आयोजना
अमेरिकाको नियाग्राफल र चीनको थ्री गर्जेज आयोजनामा छ, यहाँ विश्वकै
सबैभन्दा बढी पर्यटक जान्छन् ।’ घिमिरेका अनुसार परीक्षण नगरी सिधै आयोजना
बनाउँदा असफल हुने र अर्वौ रुपैयाँ डुब्ने भएकाले यो परीक्षणलाई महŒवपूर्ण
रूपमा लिइन्छ । स्वदेशी उत्पादनमै नेपालको लोडसेडिङ हटाउने आयोजनाका रूपमा
लिइएको बुढीगण्डकी आयोजनाको वातावरणबाहेकको डीपीआर सकिएको छ । छिट्टै
निर्माण अघि बढाउने भन्दै बारम्बार सरकारले घोषणा गरे पनि आयोजनाको
मोडालिटी अझै स्पष्ट भएको छैन ।
सन्
२०२२ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना बन्न कम्तीमा आठ वर्ष
लाग्ने अनुमान गरिएको छ । तर, हालसम्म निर्माणका कार्य अघि बढ्न सकेको छैन ।
नलसिंहगाडलाई बाटो खुल्यो
परामर्शदाता
छनोटमा अनियमितता भएको उजुरीपछि तत्काल प्रक्रिया अघि नबढाउन निर्देशन
दिएको संसद्को सार्वजनिक लेखा समितिले नलसिंहगाड जलाशययुक्त जलविद्युत्
आयोजनाको कार्य अघि बढाउन बाटो खोलेको छ । बिहीबारको बैठकमा नलसिङ गाड
जलविद्युत् आयोजना विकास समितिका कार्यकारी निर्देशक मोतीबहादुर कुँवर र
ऊर्जा सचिव सुमनप्रसाद शर्माको बयानपछि आयोजना अघि बढाउने बाटो खोलेको हो ।
समिति बैठकमा कुँवरले सार्वजनिक खरिद
ऐनअनुसार नै कानुनी सम्मत परामर्शदाता छनोट गरेको बताएका थिए भने सचिव
शर्माले यसबारे मन्त्रालयले समेत छुट्टै छानबिन गरिरहेको बताएका थिए ।
बैठकमा सभापति जनार्दन शर्माले उर्जा मन्त्रालयको छानबिन प्रतिवेदन आएपछि
प्रतिकूल आए थप छानबिन गर्ने र उपयुक्त ठह¥याए सोहीअनुसार हुने बताउँदै काम
नरोक्ने निर्णय भएको जानकारी दिए ।
बैठकमा
कार्यकारी निर्देशक कुँवरले खरिद ऐनमा ८५ प्रतिशत प्राविधिक र बाँकी
आर्थिक प्रस्तावका आधारमा हुने व्यवस्था भएको उल्लेख गर्दै त्यसकै आधारमा
२७ करोड बढी भए पनि परामर्शदाताका रूपमा स्मेकसहित संयुक्त कम्पनीलाई गरेको
बताएका थिए । पहिला आर्थिक प्रस्तावमा कम कबोल गर्नेलाई ठेक्का दिने
व्यवस्था भएकोमा त्यसलाई हटाएर प्राविधिक तथा आर्थिक दुवै रूपमा सक्षम
कम्पनीलाई दिने निर्णय भएको उनको भनाइ थियो । त्यसपछि बैठकमा सांसदहरूले
आफूले नै पारित गरेको खरिद ऐनले परामर्शदाता छनोटमा चलखेल गर्ने अवसर दिएको
बताउँदै यसको परिमार्जनका लागि छलफल अघि बढाउने बताएका थिए । यस्तै,
सांसदहरूले बैठकमा नलसिंहबारे असम्बन्धित व्यक्तिले दिएको निवेदनका आधारमा
अनुसन्धान अघि बढाइएकाले घटनालाई पाठका रूपमा सिकेर अघि बढ्नुपर्ने बताएका
थिए । बैठकमा उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले परामर्शदाता
छनोटका क्रममा कमजोरी भए त्यसको छानबिन गरी कारबाही अघि बढाउन खुल्ला रहेको
बताउँदै परामर्शदाता छनोटमै अलमलिने वातावरणको अन्त्य गर्न आग्रह गरेका
थिए । विकास समितिका अध्यक्ष शेरबहादुर शाहीले ऊर्जा संकट निवारणका लागि
महŒवपूर्ण आयोजना भएकाले नरोक्न आग्रह गरेका थिए ।
http://rajdhani.com.np/article/0319506001458261733
No comments:
Post a Comment