काठमाडौं÷रास— उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सदस्यमा दुईजनालाई नियुक्त गरेका छन् । हाल सञ्चालक रहेका सुवर्णलाल श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठले सञ्चालक सदस्यबाट राजीनामा दिएपछि रिक्त स्थानमा दुईजनालाई नियुक्त गरेका हुन् ।
ऊर्जा मन्त्रालयका अनुसार, मन्त्रीस्तरीय निर्णयबाट काठमाडौंका चन्द्र टण्डन र धादिङका रामलाल तुलाधरलाई नियुक्ति गरिएको छ । टण्डन सिटिजन बैकका निर्देशक हुन भने तुलाधर इन्जिनियर हुन् । ऊर्जा मन्त्री रायमाझीले राजीनामा दिन निर्देशन दिएपछि केही दिन अघि उनीहरूले राजीनामा दिएका थिए । प्राधिकरणमा लक्ष्मण अग्रवाल र मनोज मिश्र समेत सञ्चालक छन् । उनीहरु दुवैको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।
http://rajdhani.com.np/article/0750928001458091589
No comments:
Post a Comment