Wednesday, March 16, 2016

जलविद्युत् क्षेत्रमा ‘अख्तियार आतंक’

भीम गौतम / राजधानी
काठमाडौं, २ चैत
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रबाट निजी क्षेत्रका जलविद्युत््् प्रवद्र्धकहरू आतंकित बनेका छन् । निजी क्षेत्रद्वारा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माण हुन लागेका सबै अर्थात् २ सय २६ जलविद्युत््् आयोजनाका लगानीकर्ताको सेयरसहितको जानकारी दिन भन्दै अख्तियारले पत्र पठाएपछि निजी प्रवद्र्धक आतंकित बनेका हुन् ।
विगतमा अख्तियारले अकुत सम्पत्ति छानबिन गरिरहेका व्यक्तिहरूको लगानीबारे जानकारी लिन मात्र विद्युत््् विकास विभागमार्फत व्यक्तिगत रूपमा पत्र पठाउने गरेको थियो । पछिल्लोपटक अख्तियारले निजी क्षेत्रका सबै जलविद्युत््् प्रवद्र्धकहरूको लगानीबारे जानकारी माग गरेको छ । विद्युत््् विकास विभागले समेत निजी क्षेत्र क्षेत्रका प्रवद्र्धकहरूसँग अख्तियारले जलविद्युत््् आयोजनाको लागत र सेयरबारे जानकारी मागेकाले छिटो उपलब्ध गराउन भनेपछि उनीहरू थप आतंकित
बनेका छन् ।
विद्युत््् विकास विभागका अधिकारीहरूले समेत सबै निजी प्रवद्र्धकद्वारा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरूको सेयर संरचना र लगानीबारे जानकारी मागेको स्वीकार गरेका छन् । उनीहरूले अख्तियारले छिटो पठाउन भनेकाले विभागमा सेयर लगानीकर्ताहरूको स्पष्ट सूची नभएका केही जलविद्युत््् प्रवद्र्धकहरूलाई पत्र लेखेको बताएका छन् । जलविद्युत्््का निजी प्रवद्र्धकहरूले सर्भे लाइसेन्स लिएका सबै आयोजनाका प्रवद्र्धक कम्पनीहरूसँग अनावश्यक रूपमा सेयर संरचनाबारे माग गरेको बताए पनि विद्युत््् विभागका एक अधिकारीले भने ३० वटा आयोजनासँग मात्र जानकारी मागिएको
बताएको छ ।
विभागका महानिर्देशक समीररत्न शाक्यले बेलाबेलामा अख्तियारले जलविद्युत्््मा कुनै व्यक्तिको लगानी छ कि छैन भनेर माग्ने गरेको र आफूहरूले विभागमा प्राप्त विवरणका आधारमा दिने गरेको बताए ।
स्रोतका अनुसार अख्तियारले निजी क्षेत्रबाट उत्पादन अनुमतिपत्र लिएका झन्डै २४ सय मेगावाटबराबरका १ सय जलविद्युत््् आयोजना, निर्माण सम्पन्न गरिसकेका ३ सय १० मेगावाटका ४८ आयोजना र ५ हजार १ सय ६३ मेगावाटबराबरका ७८ जलविद्युत््् आयोजनाका निजी प्रवद्र्धकहरूको लगानी एकै पटक मागेको हो । निजी क्षेत्रका जलविद्युत््् आयोजनाका लगानीकर्ताबारे कम्पनी रजिस्ट्रारको कार्यालय, विद्युत््् विकास विभाग र सर्वसाधारणका लागि सेयर जारी गरेका आयोजनाको हकमा नेपाल स्टक एक्सचेन्जमा समेत हुने भए पनि आतंकित र तनाव बढाउने उद्देश्यसहित जानकारी मागेको आरोप निजी क्षेत्रका प्रवद्र्धकहरूको छ ।
‘अख्तियारले आतंकित बनाउने गरी विद्युत््् विकास विभागमार्फत अहिले सबै जलविद्युत््् प्रवद्र्धकहरूसँग लगानी माग गरेको छ,’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का महासचिव कुमार पाण्डेले राजधानीसँग भने, ‘जलविद्युत््् आयोजनाको लगानीबारे सरकारी निकायसँग स्पष्ट जानकारी भए पनि आतंकित पार्ने गरी अख्तियारले मागेको भन्दै विभागमार्फत प्रवद्र्धकहरूलाई पत्र पठाइएको छ ।’ उत्पादन लाइसेन्स दिएका प्रवद्र्धकहरूले लगानीकर्ताहरू परिवर्तन भए तुरुन्तै विभागमा जानकारी दिने व्यवस्था गरिएको छ । सर्भे लाइसेन्स लिएका अधिकांश जलविद्युत््् आयोजनाहरूको समेत लगानी विवरण राख्ने गरिएको छ ।
विभागका अधिकारीहरू सर्भे लाइसेन्स लिएकामध्ये केहीको स्पष्ट लगानी संरचना नभेटिएकाले अख्तियारको पत्रका आधारमा जानकारी मागेको बताएका छन् । तर, निजी प्रवद्र्धक भने अख्तियारले निजी जलविद्युत््् प्रवद्र्धकलाई हतोत्साहित र निरुत्साहित गर्ने गरी बार्गेनिङका लागि मात्र अख्तियारले आतंक मच्चाएको आरोप लगाएका छन् । ‘सबै ठाउँमा स्पष्ट जानकारी भएको र अनलाइनमार्फत सजिलै लगानीकर्ता को–को छन् भनेर थाहा हुने भए पनि अख्तियार र विभाग दुवैले पत्र लेख्नु भनेको बार्गेनिङका लागि मात्र हो,’ इप्पानका एक पदाधिकारीले भने, ‘अरू निजी क्षेत्रका उद्योगमा यस्तो गरिएको छैन, जलविद्युत्््मै गर्नु भनेको छिटो आयोजना बनाउन नदिने र स्वार्थपूर्तिका लागि बार्गेनिङ गर्न मात्र हो ।’
अख्तियार स्रोतले भने गलत तरिकाले अकुत सम्पत्ति कमाउने क्रम बढेको र कतिपय ऊर्जा प्रवर्धकले कालो धन सेतो बनाउन जलविद्युत्््मा लगानी गर्ने सम्भावना देखिएको भन्दै शंकास्पद व्यक्ति पहिचान गर्न सबै विवरण मागिएको जनाएको छ । ‘कालोधन छानबिन गर्न जानकारी चाहिएको हो,’ अख्तियारका एक पदाधिकारीले भने ।
२२६ कम्पनीका लगानीकर्ताको जानकारी माग
बार्गेनिङका लागि मागेको निजी प्रवद्र्धकको आरोप
शंकास्पद देखिएकाले मागेको अख्तियारको भनाइ 
http://rajdhani.com.np/article/0973415001458086162

No comments: