काठमाडौं÷रास–
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणका लागि गठित विभिन्न
मन्त्रालयअन्तर्गत गठन गरिएका पााँच केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र
निकायलाई बजेटको अख्तियारी दिएको छ ।
चालू आर्थिक वर्षमा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयबाट प्राप्त
अख्तियारी ६५ अर्ब रुपैयाँमध्येबाट प्राधिकरणले ती निकायमार्फत
पुनर्निर्माणमा बजेट खर्च गर्ने गरी प्राधिकरणले अख्तियारी दिएको हो ।
पुनर्निर्माण
अघि बढाउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय
आयोजना कार्यान्वयन एकाइलाई ६० करोड रुपैयाँ, शिक्षा मन्त्रालयको एकाइलाई
विद्यालय पुनर्निर्माणलगायतका लागि २ अर्ब १९ करोड ५० लाख रुपैयाँ र
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको एकाइलाई सम्पदा
पुनर्निर्माण तथा पर्यटकीय पूर्वाधार निर्माणका लागि ३९ करोड ६२ लाख
रुपैयाँको अख्तियारी दिएको हो ।
त्यस्तै,
सहरी विकास मन्त्रालयअन्तर्गतको एकाइलाई ३६ करोड ५९ लाख रुपैयाँ, कृषि
मन्त्रालयअन्तर्गतको एकाइलाई ५ करोड १३ लाख रुपैयाँ र भौतिक पूर्वाधार
मन्त्रालयअन्तर्गतको सडक विभागलाई ६६ करोड ५० लाख २६ हजार रुपैयाँको
अख्तियारी दिइएको छ । निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले संघीय
मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत एकाइलाई २६ करोड ५० लाख
रुपैयाँको अख्तियारी दिएको थियो ।
http://rajdhani.com.np/article/0143222001459041997
No comments:
Post a Comment