काठमाडौं÷रास–
बुटवल पावर कम्पनी (बीपीसी) अन्तर्गतको काबेली इनर्जीले निर्माण गर्न
लागेको ३७.६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनाको लगानी जुटेको छ ।
विश्व बैंकमार्फत उपलब्ध भएको ४ करोड अमेरिकी डलर ऋण ऊर्जा
मन्त्रालयअन्तर्गतको जलविद्युत् लगानी तथा विकास कम्पनीमार्फत काबेली
इनर्जीले पाउने सम्झौतासँगै आयोजनाका लागि लगानी जुटेको हो । ५३ दशमलव ५
प्रतिशत काबेली इनर्जी लिमिटडको लगानी रहेको आयोजनका लागि यसअघि नै
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँग ३ करोड ८६ लाख अमेरिकी डलर ऋण
सम्झौता भइसकेको छ ।
९ करोड ९५ लाख
अमेरिकी डलर लागत रहेको आयोजनामा विश्व बैंक र आईएफसीमार्फत मात्र ७ करोड
८६ लाख अमेरिकी डलर ऋण प्राप्त भएको छ । आयोजनामा स्वँपुजी (सेयर) २२ दशमलव
५० प्रतिशत र ऋण ७७ दशमलव ५० प्रतिशत हुनेछ । काबेली इनर्जी लिमिटेडका
तर्फबाट सञ्चालक विवेक गुप्ता र लगानी तथा विकास कम्पनी लिमिटेडका तर्फबाट
सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारबीच सम्झौता भएसँगै
वित्तीय व्यवस्थापन भएको काबेलीले जनाएको छ ।
सन्
२०१९ सम्ममा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको आयोजनाको लगानी जुटेसँगै
आयोजना निर्माण अघि बढाउन सहज भएको छ । आयोजनाको विद्युत् खरिद बिक्री
सम्झौता (पीपीए) भइसकेको छ । आयोजना निर्माणका लागि सिभिल तथा
हाइड्रोमेकानिकल ठेकेदार नियुक्ति भइसकेको छ भने इलेक्ट्रोमेकानिकल ठेकेदार
नियुक्तिको प्रक्रिया अघि बढिरहेको छ । ताप्लेजुङ र पाँचथर जिल्लामा
निर्माण हुन लागेको आयोजनाबाट उत्पादित बिजुली विद्युत्गृहको स्वीच
यार्डदेखि करिब ८० किमी लामो १ सय ३२ केभी प्रसारण लाइनबाट दमक
सवस्टेसनसम्म पु¥याइनेछ । सरकार र काबेली इनर्जीबीच ब्याजदरमा विवाद भएपछि
आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको थियो ।
http://rajdhani.com.np/article/0277865001458437653
No comments:
Post a Comment