राजधानी समाचारदाता
काठमाडौं, १३ चैत
काठमाडौं, १३ चैत
संखुवासभामा
निर्माणाधीन ८ दशमलव ५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत् आयोजनाको
वित्तीय व्यवस्थापन भएको छ । १ अर्ब ४० करोड लागत रहेको आयोजनाका लागि ९८
करोड रुपैयाँबराबरको ऋणसम्झौता भएसँगै वित्तीय व्यवस्थापन भएको हो ।
एनएमबी
बैंक लिमीटेडको अगुवाइमा नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडको
सहवित्तीयकरणमा परियोजना कर्जाका रूपमा ऋणसम्झौता भएको आयोजनाले जनाएको छ ।
शुक्रबार आयोजित सम्झौता कार्यक्रममा एनएमबीका प्रमुख कार्यकारी अधिकृत
उपेन्द्र पौडेल र कम्पनीका अध्यक्ष केशबबहादुर रायमाझीलगायतले ऋण
सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
कम्पनीका
अध्यक्ष रायमाझीले कोशी कोरिडोरको प्रसारण लाइन र सवस्टेसन समयमै बनेमा
दुई वर्षभित्र आयोजना सम्पन्न भइसक्ने बताए । कार्यकारी अधिकृत उपेन्द्र
पौडेलले आयोजनाका प्रवद्र्धकहरू अनुभवी रहेकाले समयमै आयोजना सम्पन्न
हुनेमा विश्वास व्यक्त गर्दै बैंकका तर्फबाट कुनै किसिमको समस्या आउन
नदिनेसमेत बताए ।
संखुवासभा जिल्लाको
जलजला गाविस र चैनपुर नगरपालिकाबीच भएर बग्ने हेवाखोलाबाट विद्युत् उत्पादन
गर्न २०६६ सालमा विद्युत् उत्पादनको सर्वेक्षण र २०७२ साल वैशाखमा
विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त गरेको थियो भने गत पुसमा विद्युत्
खरिदबिक्री सम्झौता (पीपीए) भएको थियो ।
आयोजनाले
२०७६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजनाको संस्थापक
सेयरमा लगानी गर्न आयोजना प्रभावित क्षेत्रका स्थानीय जनता अति उत्साहित
रहेकाले प्रभावित क्षेत्रका स्थानीय जनतालाई सेयर लगानीमा विशेष प्राथमिकता
दिने आयोजनाका प्रबन्धकले जानकारी दिए ।
http://rajdhani.com.np/article/0435736001459041796
No comments:
Post a Comment