–सात दिनका लागि ९० मेगावाट विद्युत आयात बन्द
भीम गौतम\राजधानी
काठमाडौं, २४ साउन । नेपालमा विद्युत आयात गर्ने एउटा नाका कटैया–कुसाहा प्रशारण लाइनको भारततर्फको तीन किलोमिटर कण्डक्टर परिवर्तन शनिबारदेखि सुरु भएको छ ।
एक बर्षअघिनै नेपालतर्फको १२ किलोमिटर कण्डक्टर परिवर्तन भएपनि भारततर्फको कण्डक्टर परिवर्तन बल्ल सुरु गरिएको हो । तेस्रो मुलुकबाट ल्याइएको सामान पुनः भारत लैजानका लागि सन्धी अनुसार नमिल्ने कारण सो तीन किलोमिटर कण्डक्टर परिवर्तन गर्न ढिलाई भएको थियो । भारतले सो प्रशारण लाइनको कण्डक्टर परिवर्तनका लागि विशेष निर्णय गरिदिएपछि नेपाल विद्युत प्राधिकरणले बर्षाको अवसर पारेर कण्डक्टर परिवर्तन सुरु गरेको हो ।
हाल सो प्रशारण लाइनबाट ९० मेगावाट विद्युत नेपाल आयात गरेकोमा कण्डक्टर परिवर्तनपछि थप ७० मेगावाटसम्म विद्युत आयात गर्न सकिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले सो नाकाबाट विद्युत आयात बन्द गरी कण्डक्टर परिवर्तन गर्ने कार्य सुरु गरिएको जानकारी दिए । ‘एक हप्ताभित्र तीन किलोमिटर कण्डक्टर परिवर्तन भैसक्छ ।’–उनले भने–‘नेपालले थप विद्युत आयात गर्नका लागि पुर्वाधार बनाईसकेको छ , कण्डक्टर परिवर्तनपछि भारतले लाइन चार्ज, ब्रेकर लगायतका पुर्वाधार बनाएमा थप विद्युत आयात गर्न सकिन्छ ।’
हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसदको सम्बोधनमा भारतबाट भएको विद्युत आयातलाई दोब्बर गर्ने बताएका थिए । हाल भारतबाट नेपालले हिउँदमा दुई सय मेगावाटसम्म विद्युत आयात गर्दै आएको छ, दोब्बर गर्दा चार मेगावाट पुग्ने भएपनि प्रशारण लाइनको अभावमा कडक्टर परिवर्तनपछि पनि २ सय ६० मेगावाटसम्म मात्र विद्युत आयात गर्न सकिन्छ । मोदीले दोब्बर गरेपनि विद्युत आयात गर्न पुर्वाधार अभाव रहेको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।
सुनकोशीमा आएको पहिरोको कारण त्यो क्षेत्रको ६७ मेगावाट विद्युत अवरुद्ध भईरहेको छ । यही बेला कण्डक्टर परिवर्तनको कारण ९० मेगावाट विद्युत आयात बन्द भएपछि शनिबारदेखिनै लागु हुने गरी दैनिक डेढ घण्टा लोडसेडिङ बढेको छ । लोडसेडिङ नबढाउनका लागि बर्षामा कण्डक्टर परिवर्तन गर्ने मिति तय भएको र पहिल्यै निश्चित भैसकेकोले लोडसेडिङ बढाएर भएपनि कण्डक्टर परिवर्तन गर्नुपरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सात दिनभित्र तीन किलोमिटर प्रशारण लाइनको कण्डक्टर परिवर्तन भैसक्ने जनाएको छ । गत बर्ष १३ दिन विद्युत आयात बन्द गरेर नेपालतर्फको कन्डक्टर परिवर्तन गरिएको थियो ।

No comments:
Post a Comment