Saturday, August 9, 2014

प्राधिकरण कर्मचारीद्धारा पहिरो पीडितलाई ४८ लाख


राजधानी समाचारदाता
काठमाडौं, २२ साउन । सुनकोशी पहिरो पीडितका लागि नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले ४८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।
एक दिनको तलब बराबर पहिरो पीडितलाई कर्मचारीको तर्फबाट ४८ लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरिएको हो । बिहीबार प्राधिकरण व्यवस्थापन र कर्मचारीका प्रतिनीधिहरु छलफल भई सबै कर्मचारीको तर्फबाट एक दिनको तलब दिने निर्णय गरिएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए । निर्णय अनुसार,  ११ हजार कर्मचारीबाट एक दिनको तलब बराबर पहिरो पीडितले ४८ लाख रुपैयाँ पाउनेछन् ।
त्यसैगरी बिहीबार बसेको चिलिमे जलविद्युत कम्पनीको सञ्चालक समिति बैठकले सुनकोशी पहिरो पीडितलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँ दिने निर्णय गरेको छ । सो बैठकमा सहभागी वापत कम्पनीका सञ्चालक तथा पदाधिकारीले पाउने भत्ता वापतको ५१ हजार रुपैयाँ दिने निर्णय भएको कम्पनीका रामगोपाल शिवाकोटीले जानकारी दिए ।

No comments: