नेपालले अझै तय गर्न सकेन वार्ताको मिति
भीम गौतम\राजधानी
काठमाडौं, ५ भदौ
नेपाल र भारतबीच हुने भनिएको बहुचर्चित उर्जा ब्यापार संझौता (पीटीए) अनिश्चित बनेको छ । बार्ताका लागि भारतको पत्र पठाएको लामो समय बितिसक्दा पनि नेपालले बार्ताको मिति तय गर्न नसक्दा पीटीए नै अनिश्चित बनेको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा ४५ दिनभित्र बहुचर्चित उर्जा व्यापार सम्झौता (पीटीए) गर्ने सहमति भएको थियो । सहमतिलाई अघि बढाउन भारतले एक हप्ताभित्रै वार्ताका लागि मिति तय गरेर पठाउन पत्र पठाएको थियो । तर १० दिन वितिसक्दा पनि उर्जा मन्त्रालयले बार्ताको मिति नै तय गर्न सकेको छैन ।
सहमति अनुसार, छिट्टै नेगोशेसन गर्न नेपाली टोली भारत नगए समयभित्रै पीटीए हुने सम्भावना कम छ । तर पछिल्लो पटक तीन दलीय संयन्त्रले अन्तिम रुप दिएर पठाइएको पीटीए मस्यौदाको नेगोशेसनबारेको विवादले भारतसँगको वार्ता अनिश्चित बनेको हो । तीन दलीय संयन्त्रले पठाएको मस्यौदाबारे उर्जा सचिवले नेतृत्व गर्ने टोलीले नेगोशेसन गर्न सक्ने कि नसक्ने भन्ने विवादले अहिलेसम्म उर्जा मन्त्रालयले वार्ताको मिति तय गर्न सकेको छैन । उर्जा मन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले मिति तय हुन बाँकी रहेपनि मन्त्रालयले आन्तरिक गृहकार्य भने गरिरहेको बताए । ‘आन्तरिक गृहकार्य गरिरहेका छौं, छिट्टै तय हुन्छ,’ अधिकारीले भने, ‘समय सिमाभित्रै पीटीए गर्नका लागि हामीले प्रक्रिया अघि बढाएका छौं ।’ स्रोतले भने वार्ताको मिति तय गर्न नसकेको उर्जा मन्त्रालयले उल्टो तीन दिन अघि भारतसमक्ष मस्यौदाबारेको कमेन्ट (प्रतिक्रिया) मागेर पत्र पठाएको छ । ‘नेगोशेसनका लागि बोलायो तर उल्टो कमेन्ट मागेर पो पठाउनु परेको छ,’ उर्जा मन्त्रालय एक अधिकारीले भने । भारतले कमेन्ट पठाएमा त्यसको आधारमा पुनः शीर्ष दलसँग सल्लाह गरेर नेगोशेसनमा जानु उपयुक्र्त हुने ठानेर कमेन्टका लागि पठाइएको स्रोतले बताएको छ ।
कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीका प्रतिनीधि रहेको तीन दलीय संयन्त्रले बनाएको पीटीए मस्यौदालाई शीर्ष नेताले अनुमोदन गरी त्यही अनुसारको मस्यौदा भारत पठाइएको थियो । ‘शीर्ष नेताले सहमतिमा पीटीए प्रस्ताव गरेको भन्दै पठाइएको मस्यौदामा कमा, पूर्णविराम पनि परिवर्तन हुनु हुँदैन भन्ने पक्षमा उनीहरु छन् तर नेगोशेसन गर्न जाँदा उर्जा सचिवले के राख्ने भन्ने विवादले मिति तय गर्न अप्ठेरो परेको छ,’ उर्जा मन्त्रालयका अर्का अधिकारीले भने, ‘शीर्ष नेताहरुले नेगोशेसनमा जाने टोलीका लागि न्यूनत्तम वटमलाइन नदिने हो भने वार्ताका लागि उर्जा सचिव कसरी जाने र के नेगोशेसन गर्ने ?’ भारतीय प्रधानमन्त्री मोदी नेपालको भ्रमणमा आउनु दुई दिन अघि गत १६ साउनमा मात्र तीन दलीय संयन्त्रले बनाएको मस्यौदा भारत पठाइएको थियो । पीटीए मस्यौदामा संलग्न एमाले उपाध्यक्ष भीम रावल तीन दलको शीर्ष बैठकबाट निर्णय गरेर पठाइएको मस्यौदा स्पष्ट भएको दावी गर्छन । ‘हामीले राष्ट्रको सर्वोपरी हित, प्रशारण लाइनलगायतमा दुई देशको पारस्पारिक लाभलाई जोड दिएर मस्यौदालाई अन्तिम रुप दिएका छौं,’ उनले भने, ‘हामीले भारतसँग उर्जा व्यापार सम्झौता मात्र गर्नुपर्छ भनेका छौं, यो स्पष्ट छ, शीर्ष नेताले सहमतिमा पठाएकोले यसमा थप घटबढ गर्नुपर्छ जस्तो लाग्दैन ।’
प्रमुख तीन दलले भारतसँग पीटीए गर्र्ने निर्णय गरेपनि उनीहरुले आफ्नो निर्णय अन्तिम र सर्वोपरी भएको भन्दै यसमा कुनै परिवर्तन गर्न नपाउने अडान राखेपछि अहिले उर्जा मन्त्रालय अप्ठेरोमा परेको छ ।
भारतसँग हुन लागेको पीटीएलाई नेकपा माओवादीलगायत केही दलले राष्ट्रघाती भन्दै विरोध गरेपछि नेपालका लागि अत्यावश्यक पीटीए भारतीय प्रधानमन्त्री मोदी र बिदेश मन्त्री सुष्मा स्वराज दुवैको भ्रमण क्रममा हुने भनेपनि हुन सकेको थिएन । भारतले पीटीएप्रति चासो देखाउँदै पत्र पठाएपछि नेपाल पीटीए हुनेमा थप आशावादी बनेको थियो । तर फेरि पीटीएबारे अन्योलता बढेको छ ।

No comments:
Post a Comment