वंगलादेश पनि विजुली किन्न इच्छुक
भीम गौतम
काठमाडौं, २७ साउन । नेपाल र भारतबीच हुन लागेको बहुचर्चित उर्जा व्यापार सम्झौता (पीटीए) वार्ताका लागि भारतले पत्र पठाएको छ ।
हालै भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा ४५ दिनभित्र पीटीए गर्ने सहमति अनुरुपनै भारतले उर्जा मन्त्रालयलाई वार्तामा आउनका लागि पत्र पठाएको हो । पत्रमा नेपाललाई वार्ताको दुई वटा मिति तय गरी पठाउन भनिएको र छिट्टै मिति तय गरेर वार्तामा जाने उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रीले जानकारी दिए । ‘मिति तय गरेर पठाउन भारतले पत्र पठाएको छ, अब सल्लाह गरेर छिट्टै तय गर्छौ ।’–उनले भने ।
भारतीय परराष्ट्र मन्त्री शुष्मा स्वराजको भ्रमणको क्रममा नेपाल र भारतबीच पीटीएका लागि उर्जा मन्त्रालयस्तरीय संयन्त्र बनाउने सहमति भएको थियो । सोही सहमति अनुसारको संयन्त्रले पीटीएबारे दुवै पक्ष वार्ता गरेर टुंगोमा पुर्याउन भारतले पत्र लेखेको हो । भारतीय प्रधानमन्त्री मोदी भ्रमणमा आउनु दुई दिनअघि मात्र नेपालका कांग्रेस, एमाले र माओवादी प्रतिनीधि रहेको संयन्त्रले पीटीएको मस्यौदा पठाएपनि गृहकार्य नभएको भन्दै मोदीको भ्रमणको क्रममा पीटीए सम्झौता भएको थिएन । सो मस्यौदाबारे भारतले आधिकारिक रुपमा अझै प्रतिकृया भने दिएको छैन । पीटीए वार्ताकै क्रममा दुवै पक्षबीच छलफल भएर अन्तिम टुंगो लगाउने उर्जा मन्त्रालयले जनाएको छ ।
उर्जा मन्त्री राधा ज्ञवालीले पीटीएबारे नेपाल स्पष्ट भएको र नेपालको हित अनुकुलमा गर्ने बताइन् । ‘हामी पीटीएबारे स्पष्ट छौ, स्पष्ट मस्यौदा पनि पठाईसकेका छौ, भारतसँग उर्जा व्यापार सम्झौता गर्ने हो ।’–उनले भनिन् ।
मन्त्री ज्ञवालीले हालै आफूले गरेको वंगलादेशको भ्रमणमा समेत त्यहाँको सरकारले नेपालसँग पीटीएका लागि प्रस्ताव गरेको बताइन् । ‘भारतसँग पीटीए गरेपछि मात्र वंगलादेश हुन्छ ।’–उनले भनिन् ।
भारतसँग हुन लागेको पीटीएलाई नेकपा माओवादी लगायतले राष्ट्रघाती भन्दै विरोध गरेपछि नेपालका लागि अत्यावश्यक पीटीए मोदी र स्वराज दुवैको भ्रमणको क्रममा हुने भनेपनि हुन सकेको थिएन । भारतले पीटीएप्रति चासो देखाउँदै पत्र पठाएपछि नेपाल पीटीए हुनेमा थप आशावादी बनेको थियो । सन् २०१० मा नेपालले भारतलाई पीटीएको मस्यौदा पठाएपनि चार बर्षसम्म भारतले मस्यौदाको प्रतिकृया जनाएको थिएन ।
यसैबीच उर्जा मन्त्री ज्ञवालीले हालै गरेको वंगलादेशको औपचारिक भ्रमणको क्रममा वंगलादेश सरकारले नेपालसँग विजुली किन्ने र लगानी गर्ने प्रस्ताव गरेको छ ।
मंगलबार उर्जा मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले वंगलादेशले नेपालसँग विजुली किन्न र लगानी गर्न तयार रहेको बताएको उल्लेख गरिन् । ‘वंगलादेशका प्रधानमन्त्री र उर्जा राज्यमन्त्रीसँगको भेटमा उनीहरुले नेपालसँग विजुली किन्न तयार रहेको बताए ।’–उनले भनिन्–‘वंगलादेशले नेपालमा जलविद्युतमा लगानी गर्नका लागि इच्छा देखाएको छ, त्यहाँका सरकारी अधिकारीले नेपालले वातावरण बनाए नीजि क्षेत्रका लगानीकर्ताहरुलाई समेत प्रोत्साहन गर्ने बताएका छन् ।’
औपचारिक भ्रमणको क्रममा मन्त्री ज्ञवालीले वंगलादेशका राष्ट्रपति, प्रधानमन्त्री, उर्जा राज्यमन्त्री र प्रधानमन्त्रीका उर्जा सल्लाहकारसँग भेट गरेकी थिइन् । भ्रमणको क्रममा मन्त्री ज्ञवालीले भारतबाट विद्युत आयात गर्ने वंगलादेशको भेरामारा भन्ने स्टेशनमा पुगेर यसको निरीक्षण समेत गरेकी थिइन् ।
भ्रमणमा नेपाल र वंगलादेशबीच सीमा नजोडिएको र जोड्नका लागि १७ किलोमिटर भारतको भुमि रहेको उल्लेख गर्दै भारतसँग सहकार्य गरी विजुली किनबेच गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो ।

No comments:
Post a Comment