Saturday, August 16, 2014

चार सय अर्धदक्ष जनशक्तिका लागि २३ हजारको आवेदन


    काठमाडौं, ३० साउन । राष्ट्रिय योजना आयोगले चार सय दुई स्वयंसेवक अर्धदक्ष जनशक्तिका आह्वान गर्दा झण्डै २३ हजारको आवेदन परेको छ ।
    मध्यमस्तरका अर्धदक्ष स्वयंसेवकका लागि एक महिनाको म्याद राखी २० असारमा आवेदन मागेकोमा २२ हजार ९ सय ५५ जनाको आवेदन परेको हो । कृषि, स्वास्थ्य र इन्जिनियरिङ क्षेत्रका लागि ओभरसियर, जेटीए, अनमि, सीएमए लगायतका मध्यम स्तरको स्वयंसेवक जनशक्ति मागेको थियो । ११ हजारदेखि १८ हजार पारिश्रमिक दिने गरी दुई बर्षका लागि आह्वान गरेकोमा ठूलो संख्यामा आवेदन परेपछि आयोगका पदाधिकारी अचम्मित भएका छन् । ‘प्राविधिक स्तरको अर्धदक्ष जनशक्तिका लागि यति धेरै आवेदन पर्छ भन्ने सोचेका थिएनौ तर प्राविधिक क्षेत्रमा पनि यति धेरै वेरोजगारी समस्या रहेछ ।’–आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले भने ।
    प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीभीटी) ले देशलाई आवश्यक अर्ध जनशक्तिको आधारमा छोटो र लामो अवधिको शिक्षा दिनुपर्ने भएपनि जथाभावी रुपमा दिँदा अर्ध दक्ष जनशक्ति पनि शैक्षिक वेरोजगारीभन्दा ठूलो समस्या देखिएको आयोगका अधिकारीहरु बताउँछन् । ‘सीटीभीटीले पनि विना योजना जथाभावी रुपमा तालिम दिइएको देखियो, माग र आपुर्तिको अवस्थालाई वेवास्ता गरिएको आवेदन संख्याले संकेत गरेको छ ।’–उनले भने ।
    सोचेभन्दा ठूलो संख्यामा आवेदन आएपछि आयोगले बढी अंकको आधारमा स्वयंसेवक छान्ने योजना बनाएको छ ।






No comments: