काठमाडौं, २२ साउन । शनिबारदेखि लागु हुने गरी नेपाल विद्युत प्राधिकरणले डेढ घण्टा लोडसेडिङ बढाउने भएको छ ।
सुनकोशीमा आएको पहिरोको कारणले ६७ मेगावाट विजुली उत्पादन अवरुद्ध तथा कटैयादेखि कुसाहा प्रशारण लाइनमा कण्डक्टर परिवर्तनको कारण देखाउँदै प्राधिकरणले लोडसेडिङ बढाउन लागेको हो । हाल हप्ताको ४७ घण्टा लोडसेडिङ रहेकोमा बढाएर ५९ घण्टा पुर्याएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए । प्राधिकरणको तालिका अनुसार, हाल दैनिक ७ घण्टा लोडसेडिङ रहेकोमा बढेर साढे घण्टा पुगेको छ ।
पहिरोले भोटेकोशीको ४५ मेगावाट, सुनकोशीको १० मेगावाट, भैरवकुण्डको ४ मेगावाट, चाकु खोलाको ३ मेगावाट, सानो सुनकोशीको २ दशमलब ६ मेगावाट, मिडिल चाकुको १ दशमलब ८ मेगावाट र लोयर चाकुको १ दशमलब ७ मेगावाट विजुली समेत अवरुद्ध भएको छ ।
त्यसैगरी कटैया–कुसाहा प्रशारण लाइनको कण्डक्टर परिवर्तनको काम शनिबारदेखि शुक्रबारसम्म हुने भएको छ । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सो कारण यस प्रशारण लाइनमार्फत आउन लागेको ९० मेगावाट विद्युत नआउने भएको छ । हाल भारतबाट १ सय ५० मेगावाट विद्युत आयात भईरहेको छ ।
No comments:
Post a Comment