भीम गौतम\राजधानी
काठमाडौं, ३१ साउन । नेपाल विद्युत प्राधिकरणको आय पौने दुई अर्ब रुपैयाँ बराबर रुपैयाँ बढेको छ ।
नेपाल विद्युत प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका अनुसार, आर्थिक बर्ष २०६९÷०७० मा २५ अर्ब ५९ करोड २३ लाख रुपैयाँ रहेकोमा आय बढेर आर्थिक बर्ष २०७०÷०७१ मा २७ अर्ब ३९ करोड ९२ लाख पुगेको छ । ‘अघिल्लो बर्षको तुलनामा गत बर्षको आम्दानी १ अर्ब ७९ करोड ३० लाख रुपैयाँ बढेको छ ।’–प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका सहायक निर्देशक सुर्य शिवाकोटीले भने–‘चुहावटमा कमी, ग्राहक संख्यामा वृद्धि तथा केही उत्पादन वृद्धि भएर ग्राहकलाई बढी विजुली बेच्न सकिएकोले आम्दानी बढेको हो ।’ गत बर्ष २७ लाख ग्राहक रहेको प्राधिकरणको बढेर २७ लाख १२ हजार ६ सय ३३ पुगेको छ ।
प्राधिकरणका अनुसार, अघिल्लो बर्ष काठमाडौ क्षेत्रीय कार्यालय अन्तर्गत निर्देशानालयले ८ अर्ब ३२ करोड ६१ लाख रुपैयाँ बराबरको विजुली विक्री गरेपनि गत बर्ष भने बढेर ८ अर्ब ८९ करोड ८३ लाखमा पुगेको छ । त्यसैगरी १ अर्ब ८४ करोड ८४ लाख रहेको जनकपुर क्षेत्रीय कार्यालयको बढेर २ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी हेटौडा क्षेत्रीय कार्यालयको पनि अघिल्लो बर्ष ४ अर्ब ८५ करोड ४३ लाख रहेकोमा बढेर गत बर्ष ५ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ सीमित भएको छ । अन्य क्षेत्रीय कार्यालयको पनि आम्दानीमा वृद्धि भएको छ ।
प्राधिकरणका अनुसार, विराटनगर क्षेत्रीय कार्यालय अन्तर्गत अघिल्लो बर्ष ३ अर्ब ६३ करोड ५९ लाख रहेकोमा गत बर्ष ३ अर्ब ७९ करोड ३६ लाख पुगेको छ । त्यसैगरी अघिल्लो बर्ष १ अर्ब ४५ करोड ८ लाख बराबरको विजुली बेचेको पोखरा क्षेत्रीय कार्यालयले गत बर्ष १ अर्ब ५४ करोड ५८ लाख, ३ अर्ब ३० करोड १ लाख रहेको बुटबल क्षेत्रीय कार्यालयको बढेर ३ अर्ब ३१ करोड ५५ लाख, १ अर्ब ५० करोड २८ लाख रहेको नेपालगञ्ज क्षेत्रीय कार्यालयको बढेर १ अर्ब ६९ करोड २५ लाख तथा ८० करोड ६५ लाख विजुली बेचेको अत्तरिया क्षेत्रीय कार्यालयको बढेर ८२ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
प्राधिकरणका अनुसार, गत बर्ष प्राधिकरणले ३४ अर्ब ३७ करोड ४३ लाख बराबरको मेगावाट विजुली विक्री भएको तथा यस क्रममा प्राधिकरणले भारतलाई नेपालगञ्जबाट ६ लाख ३० हजार तथा बुटबल क्षेत्रीय कार्यालयबाट ३ करोड २२ लाख ३० हजार मेगावाट आवर युनिट निर्यात गरेको छ तर भारतबाट प्राधिकरणले भने झण्डै ८ अर्ब बराबरको १ अर्ब ७ करोड युनिट विजुली आयात गरेको छ ।

No comments:
Post a Comment