तीन बुँदामा समझदारी हुने
पीटीए र पीडीए दुवै नहुने
भीम गौतम\राजधानी
काठमाडौं, १७ साउन
आज आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदैछन् ।
प्रधानमन्त्री शुशील कोइरालाको औपचारिक निमन्त्रणमा मोदी नेपाल भ्रमणमा आउन लागेका हुन् । १७ बर्षपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् । सन् १९९७ मा तत्कालीन भारतीय प्रधानमन्त्री आईके गुजरालले नेपालको औपचारिक भ्रमण गरेका थिए ।
आइतबार १० बजेर ५० मिनेटमा विशेष विमानबाट त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने मोदीलाई प्रधानमन्त्री कोइरालाले स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि नेपाली राष्ट्रिय गीत बजाएर उनको सम्मानमा नेपाली सेनाले १९ तोपको सलामी दिनेछ ।
विमानस्थलबाट हायात रिजेञ्सी होटेलमा पुगेर साढे १२ बजेदेखि १ बजेसम्म भारतीय प्रधानमन्त्री मोदी र परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबारै सिंहदरबारमा साढे २ बजेदेखि ३ बजेसम्म प्रधानमन्त्री कोइरालासँग भेट गरेपछि मोदी नेतृत्वको भारतीय टोली र नेपाली टोलीबीच ३ बजेदेखि चार बजेसम्म सिंहदरबारमा द्धिपक्षीय वार्ता हुनेछ । दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा विभिन्न समभ्mौतामा हस्ताक्षर भएपछि साढे ४ बजेदेखि १५ मिनेट संविधानसभाका सभामुख सुवास नेम्वाङसँग भेट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार, ४ बजेर ५० मिनेटबट ४० मिनेट संसदमा सम्बोधन गरेपछि उनी साढे ६ बजेदेखि साढे ७ बजेसम्म भारतीय दुतावासद्धारा आयोजित स्वागत कार्यक्रम मोदी सरिम भएपछि उनको सम्मानमा कोइरालाले सोल्टीमा आयोजना गरेको रात्री भोजमा सहभागी हुनेछन् ।
सोमबार बिहान साढे ९ बजेदेखि ४५ मिनेट पशुपतिनाथको दर्शन र पुजाआजामा व्यस्त रहने भारतीय प्रधानमन्त्री मोदीले शीतल निवास पुगेर ११ बजेर १५ मिनेटदेखि ३० मिनेट राष्ट्रपति डा. रामवरण यादवसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भेटपछि राष्ट्रपति यादवले आयोजना गर्ने दिवाभोजमा सरिक भएका मोदीले होटेल हायात पुगेर १ बजेर १५ मिनेटदेखि आधा घण्टा एमाले अध्यक्ष केपी ओली र पौने दुई बजेदेखि आधा घण्टा प्रमुख प्रतिपक्षी दलका नेता एवं एकीकृत माओवादीमा अध्यक्ष पुष्पकमल दाहालसँग भेट्न गर्ने कार्यक्रम छ । त्यसपछिको ४५ मिनेट मधेशी दलहस्ँग भेट गर्ने प्रधानमन्त्री मोदीले ती बजेदेखि आधा घण्टा होटेलमै व्यापारिक समुदायलाई सम्बोधन गर्नेछन् । त्यसपछि ४ बजेर २० मिनेटदेखि आधा घण्टा पाटन दरबार स्क्यायरमा विताउने मोदी ५ बजेर ३५ मिनेटमा दिल्ली फिर्ता हुनेछन् ।
मोदी भ्रमणको बेला काठमाडौमा विशेष सुरक्षा व्यवस्था गरिएको छ भने उनको सुरक्षाका लागि भारतबाट समेत सुरक्षकर्मी आईसकेका छन् । करिब ७५ जनाको जम्बो टोलीसहित आउने उनी बुलेट प्रुफ गाडीमा औपचारिक रुपमा तय गरिएको कार्यक्रममा पुग्नेछन् । भारतीय टोलीमा भारतीय सुरक्षा सल्लाहकार, परराष्ट्र सचिवका साथै विभागीय मन्त्रालयका सह–सचिवहरु सहभागी हुनेछन् । मोदीसँग कुनै मन्त्री नआउने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भारतीय प्रधानमन्त्रीको विशेष सुरक्षाका लागि सुरक्षा निकायले शनिबार काठमाडौमा कार्गेटसहित सुरक्षा रिहर्लसन समेत गरेको थियो । त्यसैगरी सरकारले मोदी भ्रमणकै लागि पशुपतिनाथ मन्दिरभित्र दर्शनका साथै समेत विशेष व्यवस्था गरेको छ ।
तीन बुँदामा समझदारी हुने
पीटीए र पीडीए डेढ महिनाभित्र
आइतबार प्रधानमन्त्री शुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच तीन बुँदे समझदारी गर्ने निर्णय शनिबारको मन्त्री परिषदले गरेको छ ।
सरकारले मोदी भ्रमणमा उर्जा व्यापार सम्झौता (पीटीए) र आयोजना विकास सम्झौता (पीडीए) लाई जोड दिएपनि ती दुवै भने गृहकार्यको अभावका कारण भन्दै नहुने भएका छन् । बैठकले पञ्चेश्वर विकास प्राधिकरणबारे रहेका दुई बुँदाको शंसोधन, पर्यटन विकास र भारतको दुरदर्शन र नेपाल टेलिभिजनबीच सहकार्यबारे सम्झौता गर्न लागेको उर्जा मन्त्री राधा ज्ञवालीले जानकारी दिइन् ।
सन् २००९ मा पञ्चेश्वरबारे भएको बैठकमा बुँदा नम्बर १७ र १८ सहमति नभएकोमा यसबारे आइतबार सिंहदरबारमा हुन लागेको द्धिपक्षीय वार्ताको क्रममा सहमति हुन लागेको हो । बुँदा नम्बर १७ मा आयोजनामा लगाइने करबारे उल्लेख भएकोमा दुई देशबीच तथा तेस्रो मुलुकमा समेत कर नलगाउने तथा बुँदा नम्बर १८ मा आयोजना अघि बढाउनका लागि दुई देशका प्रतिनीधिलाई सहज आवातजावत गर्ने वातावरण बनाइने उल्लेख छ । यो सम्झौता उर्जा सचिव राजेन्द्र किशोर क्षेत्री र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच हुने कार्यक्रम छ ।
त्यसैगरी दुई देशबीच पशुपति, लुम्बिनी र जनकपुर क्षेत्रको पर्यटकीय विकास तथा भारतको दुरदर्शन र नेपाल टेलिभिजनबीचको सहकार्यबारे समेत सम्झौता हुनेछ ।
त्यसैगरी नौ सय मेगावाटको माथिल्लो कर्णालीसँगको पीडीए र भारतसँगको पीटीएबारे गृहकार्य नपुगेको भन्दै मन्त्री परिषदको बैठकले दुवै नगर्ने निर्णय गरेको छ । सरकारले डेढ महिनाभित्र प्राविधिक र कानुनी प्रावधान मिलाएर पीटीए र पीडीए दुवै गरिसक्ने परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए ।
एक साता अघि भारतीय विदेशमन्त्री शुष्मा स्वराजको भ्रमणको क्रममा भएका २६ बुँदे सम्झौतालाई मोदी भ्रमणको क्रममा अपनत्व ग्रहण गर्ने कार्यक्रम समेत रहेको छ ।
शुक्रबार मात्र कांग्रेस, एमाले र माओवादीका प्रतिनीधि रहेको कार्यदलले बनाएको पीटीए प्रस्ताव भारत समक्ष पठाएकोमा भारतले गृहकार्य गर्न समय नपुगेको बताएपछि मोदी भ्रमणको क्रममा पीटीए नहुने भएको हो ।
यसैगरी लगानी बोर्डको शनिबार भएको बैठकमा समेत सत्तारुढ दलका मन्त्रीहरुबीचनै विवाद देखिएपछि थप अध्ययनका लागि समिति समेत गठन गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बनाइएको समितिमा गर्भनर, मुख्य सचिव तथा अर्थ, उर्जा, वन र सिञ्चाई मन्त्रालयका सचिव रहेको समिति गठन गरिएको छ । एकीकृत माओवादीको विरोध भईरहेको बेला सत्तारुढ दलभित्रका मन्त्रीहरुबीच गृहकार्य नपुगेको भन्दै विरोध भएपछि रोकिएको थियो । मन्त्री परिषदले समेत लगानी बोर्डबाट स्पष्ट निर्णय नआएपछि यसबारे निर्णय गरेन । बोर्डले भने शुक्रबार माथिल्लो कर्णालीको प्रवद्र्धकसँग पीडीएको मस्यौदामा सहमति नजिक पुगेको जनाएको छ ।
मन्त्री परिषदले मोदी भ्रमणको क्रममा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने कारण देखाउँदै काठमाण्डौका विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत परिषदले दिएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले १७ बर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण दुई पक्षीय सम्बन्ध सुधारका लागि बढी केन्द्रित हुने बताए । ‘विशेषत मोदी भ्रमणमा नेपाल र भारतको समग्र पक्षबारे छलफल हुनेछ, यो भ्रमण दुई देशबीचको सम्बन्ध सुधारका लागि हो ।’–उनले भने ।
नेपालसँग नयाँ अध्याय सुरुः मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको पुर्वसध्यामा शनिबार एक विज्ञप्ति जारी आफ्नो भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय सरु हुने जनाएका छन् । भ्रमणबाट दुई देशबीच नजिकको सहकार्य स्थापना हुने र दक्षिण एशियाभित्रै समझदारी र समानताका लागि सहयोग पुग्ने पनि विज्ञप्तिमा विश्वास व्यक्त गरेका छन् ।
नेपाल सरकारको निमन्त्रणमा भ्रमण गर्दा पाउँदा आफू उत्साहित भएको उल्लेख गर्दै उनले आफ्नो भ्रमणबाट व्यापार र लगानी, उर्जा, कृषि, वातावरण, पर्यटन, शिक्षा, संस्कृति र खेलुकुदमा सहकार्य स्थापनाका लागि सहयोग पुग्ने बताए ।
भ्रमणले दुई देशबीच प्राकृतिक सम्पदा, इतिहास, संस्कृति, आध्यात्मिक र धर्म आदानप्रदान र बाँड्ने भएकोले यसबाट नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाईमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।
१७ बर्षपछि आफूले नेपालको औपचारिक भ्रमण गर्न लागेको उल्लेख गर्दै उनले भ्रमणबाट नेपाली जनताको भारतसँगको सम्बन्ध विस्तार हुने र लोकतन्त्र अझ बलियो हुने विश्वास व्यक्त गरेका छन । नेपाल भ्रमणको क्रममा नेपाली नेतासँग द्धिपक्षीय सम्बन्ध स्थापनाका लागि छलफल गर्न पाउनु आफ्नो अवसर भएको बताउँदै उनले
भ्रमणको क्रममा व्यापारी, व्यवसायीहरुसँगको अन्तरकृयाले नयाँ डिजिटल युवको सम्भाव्यता वृद्धि गर्ने तथा दुई देशका युवाहरुलाई अवसर सिर्जनामा सहयोग पुर्याउने बताउँदै उनले नेपालले बुहदलीय प्रजातन्त्रमार्फत शान्ति प्रकृया र राजनीति रुपान्तरणका लागि प्रगति गरेको र यसक्रममा आफूले नेपालको संसदमा सम्बोधन गर्न पाउनु खुशीको विषय भएको विज्ञप्तिमा बताएका छन् ।
नजिकको साथी र छिमेकीको नाताले नेपालको सामाजिक आर्थिक विकासमा नेतृत्वदायी भुमिका खेल्न पाएको उल्लेख गर्दै उनले विकासका लागि गर्दै आएको सहयोग निरन्तर रहने उल्लेख गरेका छन् ।
No comments:
Post a Comment