–ऊर्जा मन्त्रालयमा ६ अर्ब र वैकल्पिकमा ५६ करोड वृद्धि
–प्रशारण लाइनका लागि मात्र १३ अर्ब ५५ करोड
–तीन बर्षभित्र लोडसेडिङ अन्त्य
–प्राधिकरणको खण्डीकरण
–२०८० भित्र बन्ने आयोजनालाई पुरै कर छुट
–आफ्नो व्यवसायका लागि विजुली उत्पादन गरेमा ५० बर्षको लाइसेन्स
–तीन बर्षभित्र धुवाँमुक्त उज्यालो घर
–बजेट कार्यवन्यनमा आशंका
भीम गौतम\राजधानी
काठमाडौं, २९ असार । ‘उज्यालो नेपाल, समृद्ध नेपाल’ भन्ने नयाँ नारासहित सरकारले आर्थिक बर्ष २०७१÷०७२ को लागि ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिँदै साढे ३६ अर्ब बजेट छुट्याइएको छ ।
आर्थिक बर्ष २०७०÷०७१ मा ३० अर्ब बजेट छुट्याएको सरकारले आइतबार सार्वजनिक गरेको बजेटमा बढाएर साढे ३६ अर्ब पु¥याएको छ । ऊर्जा मन्त्रालय अन्तर्गत चालु आर्थिक बर्षमा २६ अर्ब छुट्याएको सरकारले आगामी बर्षका लागि बढाएर ३२ बर्ष पु¥याएको हो । त्यसैगरी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका लागि चालु बर्षमा ३ अर्ब ४० करोड रुपैयाँ बजेट छुट्याएकोमा त्यसलाई बढाएर आगामी बर्षका लागि ३ अर्ब ९६ करोड पु¥याइएको छ । आर्थिक बर्ष २०६९÷०७० मा उर्जा क्षेत्रमा २२ अर्ब बजेट रहेकोमा गत बर्ष तत्कालीन अर्थमन्त्री शंकर कोइरालाले बढाएर ३० अर्ब पु¥याएका थिए । अहिले अर्थमन्त्री रामशरण महतले त्यसलाई बढाएर साढे ३६ अर्ब पु¥याएका हुन् ।
सार्वजनिक बजेटमा तीन बर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्दै यस अवधिभित्र सरकारी र सहायक कम्पनीबाट ५ सय ६० मेगावाट तथा नीीज क्षेत्रबाट ६ सय २८ मेगावाट उत्पादन गर्ने लक्ष्य छ । बजेटमा बर्षामा विजुली निर्यात गर्ने तथा हिउँदमा आयात गर्ने उल्लेख गर्दै निर्माणधीन ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रशारण लाइन निर्माण सम्पन्न गरी आयात गरेर देशबाट लोडसेडिङ अन्त्य गर्ने उल्लेख छ । १२ अर्ब ६२ करोड रुपैयाँबाट आगामी बर्षभित्र जलविद्युतमार्फत २८ मेगावाट र सौर्य उर्जातर्फ २५ मेगावाट विद्युत उत्पादन भएर केन्द्रीय ग्रीडमा ८ सय ३३ मेगावाट पुग्ने उल्लेख गरिएको छ । त्यसैगरी प्रशारण लाइन निर्माणका लागि १३ अर्ब ६२ करोड रुपैयाँ छुट्याइएको छ । नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुले भने प्रशारण लाइनका लागि छुट्याएको मध्ये ४ अर्ब ९९ करोड खर्च नहुने पक्का रहेको र जर्बरजस्ती सिलिङमा राखेर बजेट विनियोजन गरेको बताएका छन् । उनीहरुका अनुसार, सो वैदेशिक सहायता खर्च नहुने निश्चित छ ।
बजेटमा उत्पादन, वितरण र प्रशारण लाइनको काम गर्दै आएको प्राधिकरणलाई आगामी बर्षभित्रै पुर्नसंरचना गरी उत्पादन, प्रशारण र वितरण छुट्टाछुट्टै बनाउने उल्लेख गरिएको छ । त्यसैगरी बजेटमा आर्थिक बर्ष २०७९÷०८० सम्म विद्युत उत्पादन गरिसक्ने विद्युत प्रवद्र्धकहरुलाई दश बर्षसम्म शत प्रतिशत र त्यसपछिको पाँच बर्ष ५० प्रतिशत आयकर छुट दिनुका साथै प्रति मेगावाट ५० लाखका दरले एकमुष्ट अनुदान दिने समेत बजेटमा घोषणा गरिएको छ । आर्थिक बर्ष २०७४÷०७५ बर्षसम्म विद्युत उत्पादन गरिसक्ने प्रवद्र्धकहरुलाई अनुदानमा थप १० प्रतिशत थप गरिने उल्लेख छ ।
नेपालभित्र अटोमोबाइल, कृषि औजार, सिमेण्ट, आल्मुनियम, रासायिनिक मल, सूचना र प्रविधि तथा सोलार उद्योग स्थापन गर्ने स्वदेशी तथा विदेशी कम्पनीले आफ्नो उद्योगका लागि खपत हुने जलविद्युत उत्पादन गर्न चाहेमा ५० बर्षे अनुमतिपत्र र रोयल्टी मिनाहा गरिने बजेटमा उल्लेख छ । प्रशारण लाइन निर्माणमा देखा परेका जग्गा अधिग्रहण तथा वन क्षेत्र क्षेत्र सम्बन्धी समस्या समाधान गर्न अधिकार सम्पन्न अन्तरनिकाय संयन्त्र स्थापना गर्ने उल्लेख गरिएको छ ।
बजेटमा तीन बर्षभित्र धुँवामुक्त उज्यालो घर बनाउने कार्यक्रम घोषण गर्दे ५० वाटभन्दा ठूल क्षमताका १ लाख २५ हजार सौर्य विद्युत प्रणाली, ८ लाख सुधारिएको चुल्हो, १ हजार सौर्य कुकर, २ सय सौर्य सिचाई पम्प र ५० हजार घरायसी बायोग्याँस प्लन्ट प्रवद्र्धन गर्ने तथा फोेहोरमैलाबाट उर्जा उत्पादनको सम्भाव्यता अध्ययन गरिने उल्लेख गरिएको छ । ठूलो औद्योगिक तथा व्यवसायिक प्रतिष्ठान, हाउजिङ तथा आवासी भवनबाट निस्कन फोहोरबाट सम्बन्धित कम्पनीले विद्युत उत्पादन गर्न चाहेमा प्रोत्साहन गरिने बजेटमा उल्लेख छ । लघु तथा साना आयोजनाहरुबाट उत्पादित विद्युतलाई एकीकृत गर्न स्थानीय ग्रीड स्थापन गर्ने समेत बजेटमा उल्लेख गरिएको छ । त्यसपछि सहरी क्षेत्रमा घरका छत छतमा सौर्य उर्जा जडान गरी प्राधिकरणको केन्द्रीय ग्रीडसँग जोडिने र नेट मिटरिङको आधारमा विद्युत किनबेच गर्ने पनि बजेटमा उल्लेख छ ।
बजेटमा भर्खर निर्माण सुरु भएको खिम्ती–ढल्केबर प्रशारण लाइन आगामी आर्थिक बर्षमा सम्पन्न गर्ने उल्लेख छ तर आयोजनाको लक्ष्यनै १४ महिनाभित्र पुरा गर्ने रहेकोले बजेटमा घोषण भएपनि त्यो सम्भावना देखिदैन ।
आगामी तीन बर्षभित्र प्रशारण लाइन पुगिसक्ने सबै स्थानमा विद्युतीकरण गरिसक्ने उल्लेख गर्दै बजेटमा ग्रामीण विद्युतीकरणका लागि १ अर्ब ५० करोड बिनियोजन गरेको छ । हालै सरकारले ग्रामीण विद्युतीकरणका लागि २ अर्ब विनियोजन गरिसकेको छ । त्यसैगरी निर्माणाधीन ६३० मेगावाटको बुढीगण्डकी र ४ सय १० मेगावाटको नलसिंह गाढ जलविद्युतका लागि ८३ करोड रुपैयाँ छुट्याईएको छ । बजेटमा उर्जा मन्त्रालयका लागि नौ करोड, विद्युत विकास विभागका लागि २० करोड ७३ लाख, विद्युत महशुल निर्धारण आयोगका लागि २२ लाख, जल तथा उर्जा आयोगलाई तीन करोड ९७ लाख, विद्युत विकासमा नीजि क्षेत्र प्रवद्र्धनका लागि ८३ लाख, सप्तकोशी बहुउद्देश्यीय आयोजनाका लागि २० करोड ६९ लाख रुपैयाँ छुट्याईएको छ ।
त्यसैगरी पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका लागि २० करोड ६९ लाख, जलविद्युत अध्ययन आयोजना अध्ययनका लागि ६१ करोड ३९ लाख, जलविद्युत आयोजनाको मापदण्डका लागि २ करोड, रोयल्टी व्यवस्थापन तथा वितरणका लागि १ अर्ब ४० करोड र बुढीगंगा जलविद्युत आयोजना २६ करोड ३१ लाख रुपैयाँ बजेटमा घोषणा गरिएको छ । वैकल्पिक उर्जातर्फ राष्ट्रिय ग्रामीण तथा नवीकरणीय उर्जाका लागि ३ अर्ब ५५ करोड पजि विनियोजन गरिएको छ । बजेटमा माथिल्लो अरुण, कर्णाली चिसापानी, सुनकोशी तेस्रो, आँधीखोला, उत्तरगंंगा, नामैुरी, दुधकोशी लगायतका आयोजना अघि बढाउने उल्लेख छ । नेपालमा निर्यात गर्ने गरी बनाउन लागेका चार आयोजनासँग आयोजना विकास सम्झौता (पीडीए) गरिसक्ने पनि बजेटमा उल्लेख छ ।
बजेटले उर्जा क्षेत्रलाई समेटिएपनि यसको कार्यवन्यनमा भने यस क्षेत्रका सरोकारवालाहरुले आशंका व्यक्त गरेका छन् । पुर्व उर्जा मन्त्री गोकर्ण विष्टले बजेटको महत्व भाषणभन्दा पनि कार्यवन्यनमा आउनु महत्वपूर्ण भएको बताउँदै यसबारे शंका व्यक्त गरेका छन् । ‘बजेट भाषणमा ठीक देखिन्छ तर कार्यवन्यनमा आशंका छ, निर्माणाधीन आयोजनालाई सम्पन्न गर्नेलाई दिइने छुट कम देखिन्छ ।’–उनले भने–‘प्रशारण लाइनमा वैदेशिक सहयोग बढी देखिन्छ, यो खर्च नहुने रकम हो, यस्ता बजेट पनि छन् ।’
नीजि क्षेत्रका प्रतिनीधिहरुले पनि बजेट उत्साहजनक भएको बताएका छन् । ‘अहिलेको बजेट सकारात्मक देखिन्छ तर कार्यवन्यन हुनेमा शंकानै छ ।’–जलविद्युतका नीजि प्रवद्र्धक शैलेन्द्र गुरागाईले भने–‘चार बर्षअघि अर्थमन्त्री भरतमोहन अधिकारीले रुग्ण जलविद्युत आयोजनालाई पोष्पेट विद्युत खरिद सम्झौता (पीपीए) रेट दिने घोषणा गरेका थिए तर अझै पाइएन ।’ उनले प्रति मेगावाट ५० लाख दिने निर्णय भने सकारात्मक भएको बताए ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक रामप्रसाद धितालले नवीकरणीय उर्जाका लागि यो बजेट कोशेढुंगानै रहेको प्रतिकृया दिए । ‘हाम्रो क्षेत्रका लागि बजेटले विशेष महत्व दिएको छ ।’–उनले भने–‘यसका लागि राष्ट्रिय योजना आयोग लगायतलाई धन्यावाद दिनैपर्छ ।’ जलस्रोत इन्जिनियर बजेटमा खास उत्साह नदेखिएको र छुट्याएको रकमले ठूला ठूला आयोजना अघि बढ्नेमा शंका रहेको बताए । उनका अनुसार, बजेटमा जलविद्युतको माग र आपुर्ति तथा त्यसका लागि बढाउनुपर्ने आयोजनाहरुको क्रमागत सुची र विकास योजना छैन ।