Wednesday, July 2, 2014

चमेलियाको भेरिएसनको भुक्तानी रोक्का गर्न निर्देशन


राजधानी समाचारदाता
काठमाडौं, १७ असार
 संसद्को सार्वजनिक लेखा समितिले ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको ठेकेदारलाई दिएको भेरिएसनको भुक्तानी तत्कालका लागि रोक्का गर्न निर्देशन दिएको छ ।
दुई साताअघिको प्राधिकरण सञ्चालक समितिको बैठकले चमेलिया भेरिएसनबापतको १ अर्ब ९ करोड रुपैयाँ ठेकेदारलाई दिने निर्णय गरेकोमा लेखा समितिको मंगलबार भएको बैठकले तत्कालका लागि रोक्का गर्ने निर्णय गरेको हो । समितिको बैठकमा ऊर्जामन्त्री राधा ज्ञवालीले भेरिएसन गर्नेबारे दिएको जवाफ चित्त नबुझेको भन्दै समितिले तत्कालका लागि रोक्का गर्न निर्देशन दिएको समितिका सदस्य रामहरि खतिवडाले जानकारी दिए ।
समितिको बैठकमा डलरमा गरिएको विद्युत् खरिद सम्झौता (पीपीए) बारे पनि ऊर्जामन्त्री ज्ञवालीले सभासद्हरूले उठाएको प्रश्नबारे जवाफ दिएकी थिइन् ।

No comments: