भीम गौतम\राजधानी
काठमाडौं, २३ असार । मलेसिया सरकारले ४५४ मेगावाटको चैनपुर सेती जलाशययुक्त आयोजना बनाउन उर्जा मन्त्रालयसँग प्रस्ताव गरेको छ ।
मलेसियाको भारत तथा दक्षिण एशियाको पुर्वाधार हेर्ने सरकारी निकायले मन्त्रालयलाई पत्र पठाउँदै बझाङको चैनपुरस्थित सो आयोजना बनाउन प्रस्ताव गरेको हो । सो निकायका विशेष दूत डाटो सेरी उमाता भेलुले चैनपुर सेती जलविद्युत आयोजनाको नामै किटेर उर्जा मन्त्रालयलाई पत्र लेखेका छन् । उर्जा मन्त्री राधा ज्ञवालीले मलेसिया सरकारले चैनपुर सेती जलविद्युत आयोजना बनाउन प्रस्ताव गदै पत्र लेखेको र त्यसबारे अध्ययन भईरहेको जानकारी दिइन् । ‘पत्र पाएपछि मन्त्रालयले यसबारे अध्ययन गरिरहेको छ, छिट्टै मलेसियन सरकारलाई पत्रको प्रत्युत्तर पठाउँछौ ।’
हाल विद्युत विकास विभागको बास्केट फण्डमा रहेको सो आयोजनाको लागत करिब ६५ अर्ब छ । भारतको जिन्दाल पावर लिमीटेडले लाइसेन्स लिएकोमा गत बर्ष नवीकरण नगरेपछि सो लाइसेन्स खारेज भएको थियो । खारेजीपछि विभागको वास्केट फण्डमा रहेको सो आयोजनामा मलेसिया सरकारले लगानी गर्न प्रस्ताव गरेपछि वास्केटमा थन्किएको आयोजना अघि बढ्ने देखिएको छ ।
No comments:
Post a Comment