राजधानी समाचारदाता
काठमाडौं, २१ असार । बेलायतको एक कम्पनीले ६० मेगावाट बराबरको २४ घण्टानै विजुली दिन सक्ने कन्सनट्रेड सोलार पावर (सीएसपी) प्रविधिमा आधारित सोलार निर्माणको प्रस्ताव उर्जा मन्त्रालयमा गरेको छ ।
नेपालमा घाम लागेको बेला मात्र विजुली उत्पादन गर्ने फोटो भोलटाइक (पीभी) प्रविधिमा आधारित सोलार प्लान्ट निर्माण भईरहेको बेला बेलायतको सोलार रिजिम डिभलपमेन्ट कर्पोरेसन (सीपीइसी) ले सो प्रस्ताव गरेको हो । गत चैत्रमा उर्जा मन्त्री राधा ज्ञवालीलाई नेपालमा सीएसपीको सम्भावना रहेको भन्दै सरकारले तयार भएपनि आफूहरु लगानी गर्न तयार भएको बताएका थिए । मन्त्रीले त्यसबारे थप प्रस्ताव ल्याउन भनेपछि ६० मेगावाट बराबरको सो सोलार बनाउनका लागि उर्जा मन्त्रालयमा कम्पनीले प्रस्ताव गरेको हो । ‘६० मेगावाटको सीएसपी प्रविधिमा आधारित सोलार बनाउनका लागि प्रस्ताव आएको छ ।’–उर्जा मन्त्रीका नीजि सचिव सागर ज्ञवालीले भने–‘यसबारे मन्त्रालयमा अध्ययन भईरहेको छ तर प्रति युनिट १८ देखि २० रुपैयाँ पर्ने भएकोले महंगो विद्युत खरिदको समस्या देखिएको छ ।’ गत चैत्रमा सो कम्पनीका प्रतिनीधिहरुको भेटमा समेत उर्जा मन्त्रीले प्रति युनिट विजुली महंगो भएको उल्लेख गर्दै घटाउन आग्रह गरेकी थिइन ।
सीएसपी आधारित सोलार बनाउनका लागि ६÷७ महिना थप अध्ययनको आवश्यता पर्ने पनि सो कम्पनीले प्रस्ताव गरेको छ । मन्त्रालय स्रोतका अनुसार, सो कम्पनीले पीभी प्रविधिमा आधारित थप ६० मेगावाटको सोलार बनाउन समेत सो कम्पनीले मन्त्रालयमा प्रस्ताव गरेको छ ।
रातीको पिक आवर हिउँदमा विद्युत उत्पादन कम भएपछि लोडसेडिङको भयावह समस्या भोगिरहेको बेला तथा बिहान र बेलुकाको पिक आवरमा बढी विजुली आवश्यक परेपनि मन्त्रालयले दिउँसो मात्र बढी उत्पान गर्न सक्ने सोलार निर्माणमा जोड दिईरहेको बेला यो प्रविधिलाई पनि एउटा विकल्पको रुपमा लिइन्छ । प्रति युनिट ४० रुपैयाभन्दा बढी पर्ने डिजेल प्लान्टभन्दा यो प्रविधिलाई सस्तो मानिएपनि पीभी सोलारभन्दा केही महंगो र जलविद्युत आयोजनाभन्दा यो प्रविधि धेरै महंगो पर्छ ।
प्राविधिहरुका अनुसार, पीभी प्रविधिमा आधारित सोलारबाट दिउँसोको दैनिक ४ देखि ५ घण्टासम्म मात्र विजुली उत्पादन हुने गरेको छ । तर दिउँसोको सोलार हिटलाई विना व्याट्री राती सञ्चित गरी त्यसबाट २४ घण्टानै विजुली उत्पादन गर्ने सो प्रविधि नेपालकै लागि पहिलो हो । प्राविधिकहरुका अनुसार, रिङ्खलेक्टरबाट एकत्रित भएका सोलार किरणहरु टावरमा परेपछि त्यसको तापक्रम ५ सयदेखि ६ सय डिग्रीसम्म पुगी सो तापमा सोडियम नाइट्राइट साल्ट पग्लेर १२ घण्टासम्म पानीलाई सुपर हिटेट वाफमा परिणत गर्ने गर्छ । वाफमार्फत वाफ टवाईन सञ्चालन भई विजुली उत्पादन हुने गरेको छ । उनीहरुका अनुसार, पीभीभन्दा सीएसपी प्रविधिमा आधारित सोलार निर्माणका लागि तुलनात्मक रुपमा जग्गा कम आवश्यक पर्छ भने सजिलै ग्रीडसँग जोड्न पनि सकिन्छ ।
सीएपी प्रविधिमा आधारित सोलार प्रविधिबाट विश्वका विकसित मुलुकहरुमा २५ सय ५३ मेगावाट बराबरको विद्युत उत्पादन भैसकेको छ । सो सोलार प्रविधिबाट अमेरिकामा ६३२ मेगावाट र स्पेनमा ९४६ मेगावाट विद्युत निर्माण भैसकेको छ भने छिमेकी राष्ट्र भारतमा दुई सय मेगावाट निर्माणाधीन अवस्थामा छ ।

No comments:
Post a Comment