राजधानी समाचारदाता
काठमार्डाैं, ३१ असार । बुटवल पावर कम्पनी लिमिटेडको सहायक कम्पनी कावेली इनर्जी लिमीटेड र विश्व बैक अन्र्तगतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बीच कावेली ए जलबिद्युत आयोजना विकासको ऋण सम्झौता भएको छ ।
मंगलबार काबेली र आईएफसीबीच ३ करोड ८६ लाख अमेरीकी डलर ऋण लगानीको लागि ऋण सम्झौता भएको हो । विश्व बैंकको अन्तराष्ट्रिय विकास संस्थावाट प्राप्त हुने ४ करोड अमेरीकी डलर ऋण सहित विश्व बैंक समूहवाट उक्त आयोजनाको लागि प्राप्त हुने ऋण लगानी कुल ७ करोड ८६ लाख अमेरीकी डलर पुगेको काबेलीले जनाएको छ ।
ऋण सम्झौतामा कावेली इनर्जी लिमिटेडका तर्फबाट बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठ र आईएफसीका नेपालका लागि आवासीय प्रतिनिधी भ्यालेन्टीनो एस बगतसिंले हस्ताक्षर गरे ।
ताप्लेजुङ र पाँचथर जिल्लामा पर्ने सो आयोजनाको सन् २०१८ सम्ममा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
नेपाल सरकारले सन् २००९ मा बुटवल पावर कम्पनी लि. नेतृत्वको जेभीलाई कावेली ‘ए’ जलविद्युत आयोजना सार्वजनिक निजी साझेदारी ढाँचा अन्र्तगत निर्माण गर्नको लागि अन्तराष्ट्रिय प्रतिश्प्रर्धाको माध्यमबाट जिम्मा दिएको थियो । सोही अनुसार सन् २०१० जनवरीमा ऊर्जा मन्त्रालय अन्र्तगतको विद्युत विकास विभागसँग आयोजना विकास सम्झौता सम्पन्न भएको थियो । यो आयोजना बुटवल पावर कम्पनी लि. र गुराँश इनर्जी लि.को संयुक्त लगानीमा निर्माण हुन गईरहेको छ । गुराँश इनर्जी लि. नेपालमा जलबिद्युत आयोजनाहरु निर्माण गर्नको लागि बुटवल पावर कम्पनी लि. र इन्फ्राको एशियाले संयुक्तरुपमा प्रवद्र्धन गरेको कम्पनी हो ।
निजी क्षेत्रबाट निर्माण हुने आयोजनामा विश्व बैक र अन्तराष्ट्रिय बित्त निगमले संगै लगानी गर्न लागिएको यो पहिलो जलविद्युत आयोजना रहेको काबेलीले जनाएको छ ।
No comments:
Post a Comment