भ्रमण सोचेभन्दा उपलब्धिमूलकः भारतीय विदेशमन्त्री
मोदी भ्रमणको तयारी सुरु
राजधानी समाचारदाता
काठमाडौं, ११ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आङ्खनो नेपाल भ्रमण सोचेभन्दा बढी उपलब्धिमूलक भएको बताएकी छिन् ।
तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले सो टिप्पणी गरेकी हुन् । ‘जुन उद्देश्यका साथ नेपाल भ्रमणमा सोचेभन्दा धेरै सफलता पाएँ, धेरै सन्तोषका साथ भारत फर्कदैछु ।’–उनले भनिन् । भ्रमणको क्रममा नेपाल र भारतबीच भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले २६ बुँदामा सहमति गरेको बताउँदै उनले भ्रमणबाट नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई मजबूत बनाउनका लागि अझ सहयोग पुगेको बताइन् । ‘हामीले २६ बुँदे सहमति भएको छ, यसले बनाएको मार्गचित्र कार्यवन्यनका लागि सक्रिय हुनुपर्छ ।’–उनले भनिन् । उनले ठीक एक सातापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत नेपाल आउन लागेको उनले जानकारी दिइन् ।
भारत फर्कनु अघि उनले विश्वभरका हिन्दूहरुको आराध्यदेव पशुपतिनाथको दर्शन गरेकी थिइन् ।स्वराज पशुपतिनाथ दर्शनका लागि पुग्दा पशुपति विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए । पशुपतिनाथ विश्वकै सबै हिन्दुहरुको आराध्यदेव भएकोले दर्शन गर्न पाउनु गर्व भएको उनले बताइन् ।
भारतीय विदेशमन्त्रीलाई विदाई गर्न परराष्ट्र मन्त्रालयका निमित्त सचि शंकरदास वैरागी, सोही मन्त्रालयको दक्षिण एशिया महाशाखा प्रमुख अमृत राई लगायत अन्र्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
भारतीय विदेश मन्त्रीलाई विदाई गरे लगत्तै परराष्ट्र मन्त्रालयले भने आगामी एक सातापछि हुन लागेको भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका लागि तयारी सुरु गरेको छ । स्वराजको भ्रमणको क्रममा भएका सहमतिलाई मोदीको भ्रमणको क्रममा हस्ताक्षर गर्ने लगायत कार्यक्रम रहेको छ । मोदी भ्रमणको क्रममा उठाउने एजेण्डाका साथै अन्य व्यवस्थापनका लागि मन्त्रालयले तयारी अघि बढाएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
No comments:
Post a Comment