Friday, January 31, 2014

लोडसेडिङ घटाउन डिजेल प्लान्ट सञ्चालन

भीम गौतम/राजधानी

काठमाडौं, १७ माघ ।  दैनिक १२ घन्टा लोडसेडिङ नबढाउनका नेपाल विद्युत् प्राधिकरणले सेतो हात्तीका रूपमा लिइने हेटांैडाको डिजेल प्लान्ट र दुहबीको मल्टिफ्युल सञ्चालनमा ल्याएको छ ।
प्राधिकरणले दैनिक १२ घन्टामा लोडसेडिङ सीमित गर्नका लागि अति महँगो प्रतियुनिट ४० रूपैयाँ पर्नेे १४ मेगावाटको डिजेल प्लान्ट र ३९ मेगावाटको मल्टिफ्युल सञ्चालनमा ल्याएको हो । यो हिउँदमा दैनिक १८ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण प्राधिकरणको थियो । लोडसेडिङ १२ घन्टाभन्दा बढी बढ्न नदिने रणनीति प्राधिकरणको छ ।
प्राधिकरणका अनुसार, १२ घन्टामै लोडसेडिङ सीमित गर्नका लागि कुलेखानी जलाशयसमेत पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ । डिजेल प्लान्ट, मल्टिफ्युल र कुलेखानी जलाशययुक्त आयोजनालाई सञ्चालनमा ल्याएर दैनिक १२ घन्टामा लोडसेडिङ सीमित गरिएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले बताए ।
‘हिउँदमा १२ घन्टाभन्दा बढी लोडसेडिङ नबढाउने प्राधिकरणको लक्ष्यअनुसार, कुलेखानी जलाशय, मल्फ्यिुल र डिजेल प्लान्ट सञ्चालन गरिएको छ ।’ उनले भने, ‘लोडका आधारमा डिजेल प्लान्ट १० मेगावाटसम्म र मल्टिफ्युल १५ मेगावाटसम्म दैनिक ६/७ घन्टा सञ्चालन गरिएको छ र जलाशय २४ घन्टासम्म सञ्चालन गर्न थालिएको छ ।’ जलाशयमा १५ सय ३० मिटर पानी जम्मा भएकामा एक मिटर घटिसकेको पनि प्राधिकरणले जनाएको छ । दैनिक १२ घन्टासम्म लोडसेडिङ हुँदासमेत सर्वसाधारणबाट चर्को आलोचना खेपिरहेको सरकारले समेत प्राधिकणलाई डिजेल प्लान्ट सञ्चालन गरेर भए पनि १२ घन्टामा सीमित राख्न दबाब दिएको थियो ।
प्राधिकरणका अधिकारीहरू भने गत वर्षहरूमा डिजेल प्लान्ट, मल्टिफ्युल सञ्चालन गर्दाको मूल्यान्तर अर्थमन्त्रालयले नदिएको भन्दै प्लान्ट सञ्चालन गर्ने पक्षमा थिए । प्राधिकणका अनुसार, सरकारको मन्त्रिपरिषद्ले डिजेल प्लान्ट र भारतबाट विद्युत् आयात गर्दाको मूल्यान्तर प्राधिकरणलाई दिने निर्णय गरेपछि प्लान्ट सञ्चालन गरेबापतको १६ करोड ६२ लाख र भारतबाट विद्युत् आयातको मूल्यान्तर १ अर्ब २५ करोड २८ लाख रुपैयाँ अझैसम्म दिएको छैन ।
त्यसैगरी, सडक बत्तीको १ अर्ब ८७ करोड, सिँचाइको अनुदानबापतको १ करोड रुपैयाँ मन्त्रालयले दिन बाँकी छ । प्राधिकरणले भने पटकपटक अर्थलाई पत्र लेख्दै आए पनि सो रकम दिएको छैन । प्राधिकरणलाई प्लान्ट सञ्चालन गर्दा प्रतियुनिट ३० रुपैयाँ घाटा छ भने भारतबाट आयात गर्दा प्रतियुनिट २ देखि ३ रुपैयाँ घाटा छ ।  २५ प्रतिशत चुहावट रहेको प्राधिकरणले यही कारण थप घाटासमेत बेहोर्नुपरेको छ । भारतबाट हाल दैनिक १ सय ९० मेगावाट विद्युत् आयात भइरहेको छ । ‘सरकार आफँले निर्णय गरेअनुसार भारतबाट विद्युत् आयातबापतको र प्लान्ट सञ्चालन गरेबापतको मूल्यान्तर दिएको छैन ।’
प्राधिकरणका एक अधिकारीले भने, ‘प्लान्ट सञ्चालन नगरेको भए अर्को लोडसेडिङ १२ घन्टाभन्दा बढी हुन्थ्यो, सरकारले प्राधिकरणको मर्का बुझ्नुपर्ने हो तर घाटामा रहेको प्राधिकरणलाई दबाब मात्र दिन्छ ।’ प्राधिकरणका अनुसार, हाल ११ सय मेगावाटबराबरको विद्युत् माग छ भने ६ सय मेगावाटको लोडसेडिङ हुन्छ । जलाशयबाहेक प्राधिकरणबाट १ सय ६० मेगावाट र नीजी क्षेत्रबाट १ सय मेगावाट मात्र विद्युत् उत्पादन भएको छ । नेपालको जलविद्युत् उत्पादनको क्षमता जम्मा सात क्षमता भए पनि वर्षाका तुलनामा हिउँदमा एक तिहाई मात्र विद्युत् उत्पादन हुने गर्छ । नेपालमा ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी दोस्रो मात्र जलाशययुक्त आयोजना हुन् भने अन्य सबै जलविद्युत् आयोजना नदीको प्रवाहमा आधारित (रन अफ द रिभर) आयोजना हुन् ।
जलाशययुक्त आयोजनाको अभावमा हिउँदमा दैनिक १२ घन्टासम्म लोडसेडिङ भए पनि १४ मेगावाटको कुलेखानी तेस्रोबाहेक हालसम्म अन्य कुनै जलाशययुक्त आयोजना निर्माणाधीन अवस्थामा छैन ।
http://erajdhani.com/en/business/22067-2014-01-31-01-10-52

Wednesday, January 29, 2014

सुधारिएको घट्टबाट ११ सय घरधुरीमा बिजुली


राजधानी समाचारदाता

काठमाडौं, १६ माघ । कुटानी, पिसानी मात्र सीमित परम्परागत घट्टलाई सुधारेर विकट क्षेत्रका ११ सय घरधुरीमा बिजुली बत्ती बालिएको छ ।
विकट क्षेत्रका ३५ सुधारिएको घट्टबाट १ सय किलोवाट विद्युत् उत्पादन गरी ११ सय घरधुरीमा बिजुली बालिएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, एसएनभी, ग्रामीण प्रविधि केन्द्र, जीआईजेट र इएनडीईभी नेपालले संयुक्त रूपमा बुधबार राजधानीमा आयोजित ग्रामीण सामुदायिक विद्युतीकरणमा सुधारिएको पानी घट्ट विषयक राष्ट्रिय कार्यशालामा दिइएको जानकारीअनुसार सुधारिएको घट्टबाट मात्र ७ हजार जनसंख्या उज्यालोमा बस्न पाएका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा.गोविन्दराज पोखरेलले सुधारिएको पानी घट्टबाट कुटानी पिसानीबाहेक ग्रामीण क्षेत्रमा बिजुली बाल्नुका साथै साना–साना उद्योगधन्दाहरू सञ्चालनमा पनि सहयोग पुगेको बताए ।
‘विद्युत्को केन्द्रीय प्रसारण नपुग्ने अति विकट क्षेत्रका बासिन्दालाई सुधारिएको पानी घट्टले उज्यालो दिनुका साथै साना उद्योग स्थापनाका लागि सहयोग गरेको छ,’ उनले भने । कार्यकारी निर्देशक पोखरेलले सुवर्ण कपालीद्वारा लिखित नेपालमा सुधारिएको पानी घट्ट विकास नामक पुस्तक सार्वजनिक गर्दै उनले नवीकरणीय ऊर्जाको दिगोपनाबारे सरोकारवाला निकायले जनतालाई सुसूचित गर्नुपर्ने बताए ।
३० वर्ष अघिदेखि नेपालमा परम्परागत घट्टहरूलाई सुधार कार्यक्रम अघि सारिएको र हालसम्म ८ हजार ४ सय ९३ घट्ट सुधारिएको ग्रामीण प्रविधि केन्द्रका कार्यकारी निर्देशक गणेशराम श्रेष्ठले जानकारी दिए । ‘२३ हजार ८ सय ११ ओटा परम्परागत घट्ट रहेकोमा सुधारिएको घट्टबाट मात्र ४ लाख ४० हजारले सेवा पाएका छन् र २ हजारले रोजगारी पाएका छन्,’ उनले भने ।
सुधारिएको पानी घट्ट नमुना आयेजनाका टिम लिडर टंक भट्टले काभ्रेको मेच्छे, फलामेटार, गोकुले र फोक्सिङटार गाविसका चार घट्टलाई नमुना आयोजनाको रूपमा अघि बढाइएको र ती घट्टहरूमार्फत बिजुली उत्पादन गरी साना–साना उद्योगहरूसमेत सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रममा मेच्छे सुधारिएको घट्ट उपभोक्ता समितिका सचिव विष्णु थपलियाले पानी घट्टबाट बिजुली र साना उद्योग सञ्चालन गरेर ग्रामीण क्षेत्रका बासिन्दाले राम्रो आम्दानीसमेत गर्न सम्भव भएको बताए ।
एसएनभी नेपालका नवीकरणीय ऊर्जा नेटवर्कका लिडर गुय डेकेलभरले सन् २०३० भित्र सबैलाई ऊर्जा पु¥याउने संयुक्त राष्ट्रसंघको अभियानमा सुधारिएको पानी घट्टले समेत बिजुली उत्पादन गरेर सहयोग गरिरहेको बताए । ईएनडीईभी नेपालका आयोजना प्रबन्धक बार्टजन भ्यानले परम्परागत घट्टलाई आधुनिक प्रविधिमार्फत ग्रामीण क्षेत्रका लागि उपयोगी बनाउन सकिएको बताए ।
एसएनभी नेपालका केशव दास र ग्रामीण प्रविधि केन्द्रका विकल्प काफ्लेले विद्युत्को केन्द्रीय प्रसारण लाइन नपुगेका, लघु जलविद्युत् आयोजनासमेत बनाउन नसक्ने विकट क्षेत्रका लागि सुधारिएको घट्टमार्फत विद्युतीकरण गर्न सम्भव भएको बताए । ‘सुधारिएको पानी घट्टलाई व्यवसायसँग जोडेर गरिबी निवारणका लागि जोड दिएका छौं, टिभी, कम्प्युटरका साथै मोबाइल चार्जका लागि यो उपयोगी देखिएको छ,’ दासले भने ।
कार्यक्रममा दिइएको जानकारीअनुसार, सन् २००४ मा ६ सय ३४ ओटा मात्र सुधारिएको पानी घट्ट रहेकोमा सन् २०१३ सम्म ८ हजार ४ सय ९३ पुगेको हो । सन् २०१३ मा मात्र ४ सय ६९ परम्परागत घट्ट सुधारिएको थियो ।
http://www.erajdhani.com/en/business/22020-2014-01-30-01-25-02

Tuesday, January 28, 2014

बूढीगण्डकी एक दिन ढिला हुँदा ६ करोड घाटा

राजधानी समाचारदाता

काठमाडौं, १५ माघ । नेपालबाट लोडसेडिङ हटाउने आयोजनाको रूपमा लिइएको ६ सय मेगावाटको बूढीगण्डकी जलाशयुक्त आयोजना निर्माणमा एक दिन मात्र ढिला भए ६ करोड रुपैयाँ घाटा हुने देखिएको छ ।
अबको १८ महिनाभित्र विस्तृत परियोजना अध्ययन (डीपीआर) सकेर २०७७ साल फागुनदेखि उत्पादन सुरु गर्ने लक्ष्य राखिएको बूढीगण्डकी आयोजना निर्माणमा एक दिन ढिलाइ भए ६ करोड रुपैयाँ घाटा पर्ने देखिएको हो ।
समयमै आयोजना सम्पन्न भएमा बूढीगण्डकीले प्रतिवर्ष २ करोड ५० लाख युनिटमार्फत २५ अर्ब रुपैयाँ बराबर आम्दानी गर्ने बूढीगण्डकी जलविद्युत् विकास समितिका कार्यकारी अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले जानकारी दिए । ‘आयोजना एक दिन मात्र ढिला भए पनि प्रतिदिन ६ करोड घाटा पर्छ, त्यसकारण आयोजना निर्माणका लागि सबै क्षेत्रको सहयोग र सहजीकरण आवश्यक छ ।’
देवकोटाले भने, ‘बूढीगण्डकी सम्पन्न भए नेपाल समृद्ध नै बन्छ ।’ परामर्शदाता ट्राकबेल इन्जिनियरिङ फ्रान्सले डीपीआर गरिरहेको छ । समयमै डीपीआर सम्पन्न हुने अवस्था देखिए पनि अन्य तयारी नगर्दा समयमै आयोजना सम्पन्न हुनेमा भने शंका देखिएको छ ।
डीपीआर पूरा भएस“गै आयोजना निर्माणमा जाने गरी सरकारले अन्य पूर्वाधार, वित्तीय व्यवस्थापन, अधिग्रहण, पुनःस्थापनालगायतका कार्यलाई निरन्तरता दिन सके समयमै आयोजना बन्न सक्ने दाबी समितिको छ ।
जलाशय आयोजना भएकाले आयोजनाको डुबान क्षेत्रको रूपमा रहेका गोर्खा र धादिङका करिब ५० हजार बासिन्दालाई पुनःस्थापना गर्नुपर्नेछ । गोर्खाका १२ गाविस र धादिङका ११ गाविस गरी २३ गाविसको ५४ किलोमिटर डुबानमा पर्छ । यो आयोजनाको बाँधको उचाइ मात्र २ सय २५ मिटर छ ।
अध्यक्ष देवकोटा बूढीगण्डकी निर्माणका लागि आर्थिक र प्राविधिकसँगै पुनःस्थापनाको समस्या पनि मुख्य रूपमा रहेको बताउँछन् ।
‘जलाशययुक्त आयोजनाको अभावमा देशबाट लोडसेडिङ अन्त्य हुन नसक्ने भएकाले यो आयोजनाविना नेपालबाट लोडसेडिङ नघट्ने हुनाले यो आयोजना बनाउनु अनिवार्य छ,’ उनले भने, ‘सबैसँग सहकार्य गरेर समयमै आयोजना बनाउनका लागि पहल गर्छु । सरकारले विशेष सहयोग र सहजीकरण गर्नुपर्छ ।’
उनले आयोजनाको सबै काम पारदर्शी रूपमा अघि बढाउने उल्लेख गर्दै आयोजनाभित्र विकृति, विसंगति हुन नदिन कडा नियमन निकाय बनाएर समितिलाई पूर्ण स्वायत्त दिन माग गरे ।
राष्ट्रिय गौरवको आयोजना घोषणा यो आयोजनालाई बहुउद्देश्यीय बनाउने, अनुसन्धान गर्ने तथा पर्यटकीय आयोजनाको रूपमा विकास गर्ने लक्ष्य छ । जलाशययुक्त आयोजनाको अभावमा लोडसेडिङको समस्या बढिरहेको बेला काठमाडौंबाट सबैभन्दा ६० किलोमिटर नजिकमा उक्त आयोजना पर्छ । करिब डेढ खर्बको लागतमा बन्न लागेको आयोजनाको वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने अझै टुंगो लाग्न सकेको छैन ।
जग्गा अधिग्रहण, पुनःस्थापना, वित्तीय व्यवस्थापनलगायतबारे समितिले अहिलेदेखि नै प्रक्रिया अघि बढाए मात्र आयोजना समयमा बन्न सक्ने देखिएको छ, तर यसबारे समितिले प्रक्रिया अघि बढाएको छैन । ‘२०७७ फागुनभित्र निर्माण सक्ने हो भने अबको ११ महिनामा सुरु गरिसक्नुपर्छ, तर समितिले त्योअनुसारको तयारी गर्न सकेको छैन,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘समितिले सरोकारवाला निकायहरूको विश्वास नलिएकाले त्यो लिएर तुरुन्तै आयोजनाको मोडलदेखि लागत जुटाउनका लागि द्रुत गतिमा
सक्रिय हुनुपर्छ ।’
बूढीगण्डकीमा आवश्यक जनशक्ति राख्न समितिले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग उचित समन्वय गर्न सकेको छैन । जसको कारण ६ सय मेगावाटको बूढीगण्डकीमा आवश्यक जनशक्तिकै अभाव छ ।
http://erajdhani.com/en/business/21974-2014-01-29-00-53-22

Monday, January 27, 2014

‘२०१४ भित्रै चार आयोजनासँग पीडीए’

राजधानी समाचारदाता

काठमाडौं, १४ माघ । लगानी बोर्डले सन् २०१४ भित्रै चार ठूला जलविद्युत् आयोजनासँग आयोजना विकास सम्झौता (पीडीए) गरिसक्ने दाबी गरेको छ । सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोर्डले छिमेकी राष्ट्र भारतमा निर्यात गर्ने गरी बन्न लागेका चारै आयोजनाको पीडीए सन् २०१४ भित्रै गर्ने जनाएको हो ।
निर्यात गर्ने गरी बनाउन लागिएका ९ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रो, ६ सय ५० मेगावाटको तामाकोसी तेस्रो र ६ सय मेगावाटको मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाले पीडीएका लागि निवेदन दिएका छन् । सन् २०१२ जुनदेखि ती आयोजनाहरूसँग पीडीए नेगोसेसन गरेको जनाए पनि अहिलेसम्म कुनै आयोजनासँग पीडीए गर्न सकेको छैन । जसका कारण ती चारै आयोजनाको निर्माण सम्पन्न मिति अन्योलमा परेको छ ।
ठूला आयोजना भएको जोखिमको अवस्थासमेत उच्च रहेको बताउँदै बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले पीडीए नेगोसेसन सकारात्मक रहेको जानकारी दिए । ‘ठूला जलविद्युत् बनाउन ठूला चुनौतीहरू छन्, विदेशी लगानीकर्ताहरूलाई आश्वस्त पार्न पीडीए नेगोसेसनको अन्तिम चरणमा पुगेका छांै,’ उनले भने, ‘पीडीएबारे सबै राजनीतिक दलदेखि सरोकारवालाहरूलाई जानकारी दिन्छौं, नेपाल र प्रवद्र्धक कम्पनी दुवैले जित्ने गरी मात्र यो हुन्छ ।’
नेपालको विद्युतीय माग, आर्थिक मुनाफा, आयोजना खतराको अवस्था, सन्तुलन, उच्च वातावरणीय दिगोपन, औद्योगिक र रोजगारी मुनाफा, नमुना सामुदायिक फाइदालगायतका नौ सिद्धान्तलाई आधार मानेर बोर्डले असल जलविद्युत् सहमतिमा जोड दिइएको कार्यक्रममा जानकारी दिइएको थियो ।
बोर्डका सतीश जोशीले जलविद्युत्बारे मिसन, भिजन र रणनीति बनाएर बोर्ड अघि बढेको बताउँदै बोर्डले लगानीकर्ताका लागि पेमेन्ट ग्यारेन्टी, निर्यात संयन्त्र निर्माण, बजार अध्ययन, उद्योग र स्थानीयलाई मुनाफालगायतमा जोड दिएको बताए । कार्यक्रममा चार निर्यातयोग्य आयोजनाबाट १० हजारभन्दा बढीले रोजगारी पाउने जानकारी दिँदै छिट्टै पीडीए नेगोसेसन सिध्याएर आयोजना निर्माणलाई अघि बढाइने जानकारी दिइएको थियो ।

सोलार जडान गर्न सिंहदरबारका अधिकांश छत अयोग्य

एक मेगावाट मात्र उत्पादनको सम्भावना

भीम गौतम/राजधानी

काठमाडौं, १४ माघ । सिंहदरबार र आसपासका सरकारी कार्यालयहरूको छतहरू सौर्य (सोलार) जडान गर्न अयोग्य देखिएका छन् । चिनियाँ सरकारको सहयोगमा जडान गर्न लागिएका सोलारबारे गरिएको अध्ययनमा अधिकांश सिंहदरबार र आसपासका क्षेत्रका कार्यालयका छतहरू अयोग्य देखिएका हुन् ।
सिंहदरबार र आसपासका रहेका ५० सरकारी कार्यालयहरूको छतछतमा सोलार जडान गर्दा दुई मेगावाट विद्युत् उत्पादन हुन सक्ने अनुमान गरिए पनि एक मेगावाट मात्र उत्पादन हुन सक्ने अध्ययनका क्रममा देखिएको छ । तीन वर्È अघिदेखि नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र सोलार राख्ने योजना बनाए पनि नौ दिनअघि मात्र चिनीयाँ टोलीले सम्भाव्यता अध्ययन सुरु गरेको थियो ।
चिनियाँ टोलीले सिंहदरबारभित्रका ३५ र बाहिरका १५ सरकारी कार्यालयका छतबाट उत्पादन हुन सक्ने विद्युत्बारे अध्ययन गरेको थियो । सोमबार मात्र तयार पारिएको प्रारम्भिक अध्ययनले ५० मध्ये डेढ दर्जन मात्र भवनका छत सोलार जडान गर्न योग्य देखिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय, अर्थ, परराष्ट्रलगायतका अधिकांश मन्त्रालय मात्र अध्ययनका क्रममा सोलार जडान गर्न योग्य भेटिएका थिए । कानुन, संसद् सचिवालयलगायतमा नयाँ छाना हाल्न लागिएको तथा अन्य केही भवन चुहिने समस्याको कारण सोलार जडान गर्न नसक्ने अवस्था देखिएको छ ।
सिंहदरबार क्षेत्र वरपरका जिविस, नार्क भवन, आयल निगम, सडक विभागलगायतका भवनमा समेत टोलीले अध्ययन गरेको थियो । मन्त्रालयका अनुसार अधिकांश छत टिन र जस्ताको छाना रहेको, केही भवन पुनर्निर्माण गर्न लागिएको लगायतका कारणले अधिकांश भवनमा सोलार जडान गर्न असम्भव देखिएको छ । ‘दुई मेगावाटसम्म सिंहदरबार र आसपासका क्षेत्रबाट सोलारमार्फत विद्युत् उत्पादन हुने अपेक्षा थियो । तर, अधिकांश भवनका छतमा टिन हालेको, घाम नदेखिनेलगायतका कारणले एक मेगावाट मात्र उत्पादन हुने देखियो,’ ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले भने ।
प्रवक्ता अधिकारीले टोलीले चीन सरकारलाई प्रारम्भिक अध्ययन प्रतिवेदन दिएपछि चिनियाँ सरकारले सिंहदरबारभित्रको सोलारबारे निर्णय गर्ने जानकारी दिए । चिनियाँ विज्ञहरूको अध्ययनको प्रतिवेदनका आधारमा चिनियाँ सरकारले सहयोग गर्ने निर्णय गरे चीन र नेपालको ऊर्जा मन्त्रालयबीच सम्झौता भई सोलार आयोजना अघि बढाउने योजना छ ।
प्रतिमेगाबाट सोलारबाट बिजुली निकाल्न २२ करोड लाग्ने अनुमान गरिएको छ । हिउ“दमा दैनिक १२ घन्टा लोडसेडिङ भइरहेका बेला सिंहदरबारभित्र र काठमाडौं उपत्यकाभित्र रहेका सरकारी भवनहरूमा जडान गरिने सोलारबाट ऊर्जा संकट न्यूनीकरणका लागि सहयोग पुग्ने अपेÔा गरिए पनि अधिकांश छतमा जडान गर्न नदिने अवस्था देखिएको छ ।

Sunday, January 26, 2014

विद्युत् प्राधिकरणमा ‘सोर्सफोर्स र घुस’ रोक्न आचारसंहिता

भीम गौतम/राजधानी

काठमाडौं, १३ माघ । नेपाल विद्युत् प्राधिकरणमा सोर्सफोर्स र आर्थिक चलखेलको आधारमा कर्मचारी नियुक्ति र बढुवा हुने गरेको आरोप रोक्न आचारसंहिता निर्माण गरिएको छ । विभिन्न राजनीतिक दलका नेताहरूले ऊर्जा मन्त्रालय सम्हाल्दा राजनीतिक कार्यकर्ताको भर्ती केन्द्र बनाएको आरोप लागेको प्राधिकरणमा अब भने सोर्सफोर्स र चलखेल हुन नदिने गरी नियुक्ति/बढुवा सिफारिस समिति आचारसंहिता निर्माण गरिएको हो । नियुक्त सिफारिस समितिको ८ सय १६औं बैठकबाट स्वीकृत भएपछि सो आचारसंहिता प्राधिकरणमा लागूसमेत भइसकेको छ ।
पहिला अव्यवस्थित रूपमा नियुक्ति र बढुवा हुने तथा गलत गरे पनि कडा कारबाहीको व्यवस्था नभएकामा नियुक्ति र बढुवामा संलग्न प्राधिकरणका जिम्मेवार अधिकारी, कर्मचारी, विज्ञहरूका लागि पहिलो पटक आचारसंहिता निर्माण गरिएको छ । प्राधिकरण सञ्चालक सदस्य सन्तोषनारायण श्रेष्ठको संयोजकत्वमा रहेको समितिले सिफारिसका आधारमा समितिको ६ सय १६औं बैठकबाट स्वीकृत भएको सो आचारसंहितामा दक्ष/विज्ञहरूले पालना गर्नुपर्ने आचरणको स्पष्ट व्यवस्था गरिएको छ ।
प्रश्नपत्र परिमार्जन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, बढुवा समितिका लागि तोकेका दक्ष/विज्ञहरूका लागि छुट्टाछुट्टै आचरणहरू निर्माण गरिएको छ । निर्माण गरिएका आचरणमा सबै पूर्णतया गोप्य राख्न अपनाउनका लागि स्प्ष्ट व्यवस्था गरिएको छ । स्वतन्त्रता, निष्पक्षता, गोपनीयता र समानता तथा सदाचार र अनुशासनसम्बन्धी आचरणहरू स्पष्ट रूपमा तोकिएको छ ।
आचारसंहितामा समितिका पदाधिकारीले गर्न हुने कार्य, गर्न नहुने कार्य र पदको दुरुपयोग गर्न नहुने कार्यहरू स्पष्ट रूपमा तोकिएको छ । अनाधिकृत रूपमा प्रतिबद्धता र प्रतिज्ञा गर्न नहुने, आर्थिक फाइदा लिन नहुने, उपहार तथा कोसेली ग्रहण गर्न नहुने आचारसंहितामा उल्लेख छ ।
नियुक्ति/बढुवा समितिका पदाधिकारी एवं प्राधिकरणका कर्मचारीले परीक्षार्थीबाट वा समितिसाग आर्थिक कारोबार गरिरहेको वा समितिबाट सम्पादन हुने कार्यसाग सम्बन्धित व्यक्ति वा संघ/संस्थाबाट कुनै दान, दातव्य, ऋण, आर्थिक वा भौतिक लाभ (घुस), उपहार वा कोसेली स्वीकार्न नहुने तथा माथिल्लो तहका कर्मचारीबाट आफू निकायअन्तर्गतको कर्मचारीबाट समेत कुनै उपचार वा कोसेली ग्रहण गर्न नहुने व्यवस्था आचारसंहितामा गरिएको छ ।
समितिका पदाधिकारी एवं कर्मचारीले सम्पत्ति वा सुविधा कार्यालय प्रयोगका लागि वा पदीय हैसियतलाई सुहाउादा किसिमले बाहेक अन्य व्यक्तिगत काममा प्रयोग गर्न नहुने आचारसंहितामा उल्लेख छ ।
संघ/संस्थामा आबद्ध हुन नपाउने तथा अन्यन्त्रको रोजगारी स्वीकार्न नहुने गरी बनाइएको आचारसंहितामा समितिका पदाधिकारीहरू कुनै राजनीतिक दल वा त्यस्तो दलसाग आबद्ध कुनै संघ/संस्थाको सदस्यता ग्रहण गर्न नहुने उल्लेख छ । यसका आधारमा आचारसंहिताले समितिका रहने प्राधिकरण सञ्चालक सदस्यहरूसमेत अन्य कुनै गैरसरकारी संघ/संस्थामा आबद्ध हुन नपाउने तथा राजनीतिक दलको सदस्यता लिन नपाउने व्यवस्था गरेको छ । नाता सम्बन्ध भएका व्यक्ति उम्मेदवार रहेको खण्डमा त्यसको लिखित जानकारी दिनुपर्ने उल्लेख छ ।
आचारसंहिता अनुगमनको प्रावधान राख्दै समितिको अध्यक्षको हकमा समितिबाट तथा समितिका सदस्य वा प्राधिकरणका १० तहसम्मका कर्मचारीको हकमा अध्यक्ष वा अध्यक्ष तोकेको सदस्यबाट, अन्य कर्मचारीको हकमा सदस्य–सचिव वा निजले तोकेको अधिकृतबाट अनुगमनको व्यवस्था गरिएको छ । आचारसंहिता पालना नगरेमा दक्ष/विज्ञलाई समेत स्वीकृत रोस्टरबाट हटाई कालोसूचीमा राख्ने, कर्मचारीबाट भएमा कानुनबमोजिम विभागीय कारबाहीका लागि लेखी पठाउने आचारसंहितामा उल्लेख छ ।
लोक सेवा आयोगबाट लिादै आएको परीक्षा मात्र स्वच्छ र निष्पक्ष हुने मान्यता रहेकामा अब प्राधिकरणको परीक्षा प्रणालीसमेत पूर्ण रूपमा विवादमुक्त र निष्पक्ष हुनेमा आशा राखिएको छ । ‘आचारसंहिता लागू भएपछि अब नियुक्ति/बढुवामा संलग्न हुने विज्ञदेखि कर्मचारीहरूसमेत जवाफदेही र जिम्मेवार हुनेछन्,’ आचारसंहिता निर्माण समितिका सदस्य एवं ऊर्जा मन्त्रालयका सह–सचिव किरणराज शर्माले भने, ‘विज्ञहरूबाट नराम्रो काम भएमा कालोसूचीमा राख्न सकिने व्यवस्था गरिएको छ, यसबाट उत्कृष्ट कर्मचारी छनोट हुनेछन् ।’
नियुक्ति/बढुवामा संलग्न सबैलाई नयाा आचारसंहिता लागू गरिएपछि अब प्राधिकरणभित्र सोर्सफोर्स र घुसको अन्त्य भई निष्पक्ष र स्वतन्त्र रूपमा परीक्षा सञ्चालन हुने अपेक्षा गरिएको छ ।

बूढीगण्डकीले डुबाउने भन्दै दरबुङमा पाच वर्षदेखि विकास ठप्प


भीम गौतम/राजधानी

दरबुङ (गोर्खा), १२ माघ । ६ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी निर्माण गर्न बनेको विकास समितिको लक्ष्यअनुसार ३० महिनापछि मात्र आयोजनाको निर्माण कार्य सुरु भएर २०७७ साल फागुनभित्र सम्पन्न हुन्छ ।  डुबानमा पर्ने बासिन्दाको  पुन:स्थापना झन्डै ६ वर्षपछि मात्र हुन्छ तर विगत पााच वर्षदेखि डुबान क्षेत्रमा पर्ने भए पनि गोर्खाको दरबुङटारका बासिन्दालाई सरकारले कुनै विकास निर्माण योजना नदिएको हो ।
डुबान क्षेत्रमा पर्ने भन्दै केन्द्रको सर्कुलर देखाएर गोर्खाका सरकारी कार्यालयमार्फत आउने बजेटदेखि विकास निर्माणसम्म ठप्प पारेर राज्यले आफूमाथि अन्याय गरेको गुनासो दरबुङवासीले गरेका छन् । ‘बूढीगण्डकी आयोजनाले डुबान क्षेत्रमा पर्ने गरेको भन्दै २०६५ सालदेखि खानेपानी, सिाचाइदेखि सरकारले दिनुपर्ने सबै विकास पूरै ठप्प गरेको छ ।’ स्थानीय रत्नेश्वर उच्च माविका प्राचार्य कृष्ण खनालले भने, ‘हाम्रो क्षेत्रमा देशकै लागि ठूलो जलविद्युत् आयोजना बन्दै छ, हामी खुसी छांै र सहयोग पनि गर्छौं तर सबै विकासका काम ठप्प पारेर हामीमाथि  अन्याय भएको छ ।’
प्राचार्य खनालले बूढीगण्डकीले डुबाउने भन्दै मावि, उच्च मावि र क्याम्पसलाई सरकारले संवद्र्धन नदिएको, टार सिाचाइ आयोजनालाई सरकारले सहयोग नगरेको, अन्य विकास निर्माणका कार्यमा समेत बजेट नछुट्टयाएको गुनासो पोखे । यही कारण दरबुङमा जग्गाजमिनको किनबेचसमेत ठप्पजस्तै छ ।
‘३० वर्षअघि गाउामा हेलिकोप्टर घुमेर बिजुली बल्ने कुरा आएको थियो, पााच वर्षअघि नेताहरू आएर बूढीगण्डकी बन्दै छ भने पनि खुसी पनि लागेको थियो तर अहिले आएर बल्ल अध्ययनको काम भइरहेको सुनेका छांै ।’ उनले भने, ‘कहिलेदेखि निर्माण सुरु हुने हो थाहा छैन । अहिलेदेखि नै विकास निर्माण रोकिदिएपछि हामी त सकसमा बााचिरहेका छांै ।’ उनले डुबान क्षेत्रका बासिन्दालाई उचित ठाउामा पुन:स्थापित गर्नुपर्ने भन्दै यसबारे जनतासाग छलफल गर्न र माथिबाट जबर्जस्ती निर्णय नलाद्न आग्रह गरे ।
सो क्षेत्रमै पुगेका बूढीगण्डकी जलविद्युत् विकास समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले आयोजना निर्माणकै चरणमा रहेकाले अहिले सरकारी निकायलाई कुनै पनि विकास निर्माणका काम नगर्न परिपत्र नगरिएको र अझै ५/६ वर्ष डुबानमा नपर्ने भएकाले त्यतिबेलासम्मका लागि विकास निर्माणमा राज्यले ध्यान दिनुपर्ने बताए । ‘डुबानमा पर्ने क्षेत्रका बासिन्दालाई विकास निर्माणका काम नगर्नू भनेर परिपत्र गरिएको मलाई थाहा छैन ।
आयोजनाले विस्थापित नगरुन्जेलसम्मको अवधिका लागि सरकारले सहयोग गर्नुपर्छ । यसबारे मुख्य सचिव र स्थानीय विकास अधिकारीलगायतसाग सल्लाह गर्छु ।’ उनले जनतासाग प्रत्यक्ष छलफल गरेर मात्र सर्वसाधारणलाई पुन:स्थापित गर्ने प्रतिबद्धता जनाए । ‘आयोजना बनाउन सरकार, बूढीगण्डकी र स्थानीयको उत्तिकै भूमिका रहन्छ । जनतालाई रुवाएर देशको मुहार खुसी हुादैन । अहिलेको सुविधाभन्दा कम भयो भने म राजीनामा दिन्छु,’ उनले भने ।
दरबुङ टारमा लेकबाट झरेका ३ सय ५० घरधुरी छन् भने त्यहाा २ सय हेक्टर खेतीयोग्य जमिन छ । पुस्तांैदेखिको सो टार छोडेर बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि अन्त बसाइा सार्नुपर्ने अवस्थामा पुगेका अधिकांश भने पुख्र्यौली थलो छोड्न मन नलागे पनि राष्ट्रका लागि बनाउन लागिएको योजनाको बाधक नबन्ने बताउाछन् ।
‘आफ्नो पुख्र्याैली थलो छोड्नु र मर्नु एउटै हो तर राज्यका लागि हामी सहयोग गर्न तयार छांै ।’ ७८ वर्षीय वृद्ध धर्मप्रसाद खनालले भने, ‘राज्यले लखेट्छ र बिचल्ली पार्छ कि ? भन्ने चिन्ता छ, सुविधा दियो भने हामीलाई चितवनलगायतका ठाउामा यहााजत्तिकै जग्गा दिएमा हामी खुसी हुन्छांै ।’ स्थानीय विष्णु रेग्मी र विमला खनालले आफूहरूलाई सरकारले सुविधा आयोजनाको विरोध नगर्ने र बाधक नबन्ने बताए ।
स्थानीयबासीले जलविद्युत् आयोजनाको विकासक्रमबारे हालसम्म केही जानकारी नदिएको गुनासो गरेका छन् । तर, कार्यकारी अध्यक्ष देवकोटाले जलविद्युत्बारे जनचेतना अभियान सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिए । करिब २ खर्ब रुपैयााको लागतमा निर्माण हुने आयोजना आगामी आठ वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।
http://erajdhani.com/en/business/21827-2014-01-26-00-18-24

Saturday, January 25, 2014

चिलिमेको सेयर किन्न रसुवाका गाउँगाउँमा ‘माफिया’ सक्रिय

भीम गौतम, बलराम घिमिरे / राजधानी

काठमाडौं, रसुवा, १० माघ । आउँदो आइतबारदेखि मात्र रसुवाली समुदायले पाएको चिलिमे जलविद्युत् कम्पनीको १० प्रतिशत सेयर बजारमा बिक्री गर्न पाउनेछन् तर त्यो अगाडि नै सर्वसाधारणलाई छक्याएर सेयर माफियाले सर्वसाधारणको सेयर ठगी गरेको पाइएको छ ।
२२ मेगावाटको रसुवामा निर्माण भएको चिलिमे जलविद्युत् आयोजनाले रसुवाका २६ हजार सर्वसाधारणलाई ९ लाख ६० हजार कित्ता अर्थात १० प्रतिशत सेयर दिएको थियो । तीन वर्षसम्म सेयर बजारमा बिक्री गर्न नपाउने गरी दिइएको सो सर्वसाधारणको सेयर आइतबारदेखि बिक्री गर्न पाउने भएपछि सस्तोमा सेयर किन्नका लागि गाउँगाउँमा पुगेर माफियाले सर्वसाधारणलाई ठगेका हुन् ।
माफियाले शिक्षक, विभिन्न राजनीतिक दललगायतका कार्यकर्ता र स्थानीय टाठाबाठाहरूलाई एजेन्टका रूपमा परिचालन गरी सेयर किनिरहेका छन् ।
बिहीबारको धितोपत्र बोर्डमा भएको कारोबारअनुसार चिलिमेको प्रतिकित्ता सेयर १५ सय १ रुपैयाँ छ तर एजेन्टमार्फत रसुवाका गाउँगाउँमा प्रतिकित्ता ६ सयदेखि ९ सयसम्ममा किनबेच गरिरहेका छन् । तीन वर्षभित्र १ सय कित्ता सेयर लिने सर्वसाधारणलाई चिमिलेले लाभांश र बोनसबापत मात्र १ सय ३६ कित्ता सेयर दिइसकेको छ ।
सर्वसाधारणको सो लाभांश सेयर बैंकमै रहेको तथा अधिकांशलाई त्यसबारे जानकारीसमेत नभएकाले माफियाहरूले १ सय कित्ता सेयर किनेर लाभांश सेयरसमेत घोटाला गर्ने योजना बनाएको बताइएको छ ।
स्थानीय एजेन्टहरूलाई प्रतिकित्ता ५० रुपैयाँदेखि १ सय रुपैयाँ दिएर सेयर माफियाहरूले गाउँगाउँमा एजेन्ट परिचालन गरेका छन् । ‘माफियाहरूले रसुवाली जनताका नाममा रहेको सेयर कागज बनाएर किनिरहेको जानकारी आएको छ ।’ प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने, ‘गाउँगाउँमा सेयर ठगी भएका प्रमाण आएकाले छानबिन गरी ठगीको मुद्दामा कारबाही गर्छांै ।’ उनले स्थानीय सर्वसाधारणले समेत ठगी गर्नेमाथि कारबाहीका लागि भनेको उल्लेख गर्दै उनले प्रशासन परिचालन गरेर ठगी गर्ने सबैलाई कारबाही हुने बताए । उनका अनुसार, करिब सर्वसाधारणको २० हजार कित्ता सेयर माफियाहरूले सस्तो दरमा किनेर ठगेको प्रारम्भिक सूचना आएको छ । प्रारम्भिक सूचनाका आधारमा मात्र हालसम्म माफियाहरूले करिब ३ करोडभन्दा बढीको घोटाला गरिसकेका छन् । ‘१५ सयको सेयर ७÷८ सयमा किनेका छन् भने थप पाएको लाभांश सेयरसमेत निःशुल्क लिन खोजेका छन्,’ एक सर्वसाधारणले भने ।
संविधानसभाको चुनाव अघिदेखि नै रसुवाका गाउँगाउँमा सेयरमाफिया सर्वसाधारणको सेयर सस्तोमा किन्न सक्रिय भए पनि स्थानीय प्रशासनले खासै चासो दिएको थिएन । सेयर बजारमा कारोबार गर्न पाउने दिन नजिकिँदै जाँदा दलालको सक्रियता बढेसँगै प्रशासन चनाखो बनेको हो । स्थानीय नागरिक समाजका अगुवा एवं नेपाल रेडक्रस सोसाइटी रसुवाका सभापति बाबुलाल तामाङ सर्वसाधारणलाई सेयर दलालहरूले ठगेको पाइएकाले त्यसबारे प्रशासनलाई कारबाहीका लागि दबाब दिने बताउँछन् ।
‘सर्वसाधारणको सेयर ठगीबारे जानकारी पाएका छौं, नागरिक समाजका तर्फबाट प्रशासनलाई थप दबाब दिन्छौं,’ उनले भने ।
http://erajdhani.com/en/business/21740-2014-01-24-01-01-55

Thursday, January 23, 2014

सञ्चालकहरूको ‘द्वन्द्व’ का कारण प्राधिकरण बोर्ड बैठक अनिश्चित

राजधानी समाचारदाता

काठमाडौं, ९ माघ । जलविद्युत् आयोजनाबारे एक दिन मात्र निर्णय गर्न ढिलाइ गर्दा नेपाल विद्युत् प्राधिकरणले करोडां घाटा बेहोर्नुपर्छ तर सञ्चालक सदस्यहरूको विवादका कारणले तीन हप्तादेखि प्राधिकरणको बोर्ड बैठक बस्न सकेको छैन ।
१६ पुसमा पछिल्लो पटक बोर्ड बैठक बसे पनि प्राधिकरण सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जासचिव विश्वप्रकाश पण्डित, प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्की र अर्थसचिव शान्तराज सुवेदी तथा प्राधिकरणका चार सञ्चालकहरू मनोज मिश्र, लक्ष्मण अग्रवाल, सन्तोषनारायण श्रेष्ठ र विवेक तातेडबीच विभिन्न प्रस्तावबारे द्वन्द्व बढेपछि प्राधिकरणको बोर्ड बैठक बस्न नसकेको हो ।
बैठक नबस्दा प्राधिकरणमा तत्काल गर्नुपर्ने पाँच दर्जनभन्दा बढी प्रस्ताव थन्किएका छन् । ती प्रस्तावमा सरुवा, बढुवा र अवकाशदेखि केही महवपूर्ण आयोजनासम्बन्धी प्रस्तावसमेत रहेका प्राधिकरण स्रोतले जनाएको छ ।
पटकपटक बोर्ड बैठक बोलाए पनि ऊर्जामन्त्री तथा प्राधिकरणका तत्कालीन सञ्चालक समितिका अध्यक्ष उमाकान्त झाले नियुक्त गरेका चार सञ्चालक सदस्यहरू प्राधिकरण सञ्चालक समितिको बैठकमै आउन छोडेपछि बैठक नै अनिश्चित बनेको छ । ‘प्राधिकरण सञ्चालक सदस्यहरूको आन्तरिक द्वन्द्वका कारणले बोर्ड बैठक नै बन्धक बन्यो ।’ प्राधिकरणका एक कर्मचारीले भने, ‘प्राधिकरणको बैठकबाट कुनै आयोजनाबारे निर्णय गर्न एक दिन मात्र ढिलाइ गर्दा करोडांै घाटा बेहोर्नुपर्छ तर प्रत्येक साताजस्तो बस्नुपर्ने बैठक २२ दिनदेखि बस्न सकेको छैन ।’
बुधबार प्राधिकरणको बोर्ड बैठक बोलाए पनि चार सञ्चालकहरू मिश्र, अग्रवाल, श्रेष्ठ र तातेड नआउने भएपछि बैठक स्थगित भएको छ भने यसअघि दुई पटक बोलाइएको बैठक पनि उनीहरू उपस्थित हुन नमानेपछि स्थगित भएको थियो । बैठक नभएपछि पाँच दर्जनभन्दा बढी बोर्डमा लानुपर्ने प्रस्ताव थन्किएको प्राधिकरण स्रोतले जनाएको छ । बोर्ड बैठक नबस्दा प्राधिकरणभित्र अन्योल बढेको छ ।
२५ मंसिरमा प्राधिकरण सञ्चालक सदस्य अग्रवालको संयोजकत्वमा रहेको समितिले राहुघाट जलविद्युत् आयोजनाका ठेकेदारलाई १४ करोड दिन प्रस्ताव गरेकामा त्यसलाई पुनर्मूल्यांकन गरी बोर्डले ३ करोड ९३ लाख दिने निर्णय गरेपछि प्राधिकरणका सञ्चालकहरूबीच विवाद बढ्दै गएको थियो । सञ्चालकहरू भने अग्रवाल समितिको सिफारिसका आधारमा दिनुपर्ने अडानमा रहे पनि पण्डित, कार्की र सुवेदीले करिब ४ करोडमा झारेपछि उनीहरूबीच विवाद सुरु भएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । त्यसपछि, हाल प्राधिकरणको आर्थिक विनियावलीअनुसार प्राधिकरणका कार्यकारी निर्देशकले ५० करोडसम्मको अनुमानित लागतसम्म स्वीकृति गर्न पाउने व्यवस्था हचुवामा दिन नहुने भन्दै चार सञ्चालकहरूले विरोध जनाएका थिए ।
अध्यक्ष पण्डित, अर्थसचिव सुवेदी र कार्की सार्वजनिक खरिद नियमावलीअनुसार जति रकम पनि कार्यकारी निर्देशकले दिन पाउने पक्षमा थिए तर चार सञ्चालकहरूले त्यसको विरोध गरेका थिए । एक सञ्चालकका अनुसार, चार सञ्चालकहरूको विरोधका बाबजुद निर्णय भएपछि उनीहरूले बैठकपुस्तिकामा हस्ताक्षर नै नगरी विरोध जनाएका थिए ।
‘प्राधिकरणको आर्थिक विनियावलीअनुसार ५० करोडभन्दा बढीको अनुमानित लागत कार्यकारी निर्देशकले स्वीकृति गर्न पाउँदैन । यो परिवर्तन गर्नका लागि प्राधिकरण ऐन २०४१ अनुसार बहुमत सञ्चालक सदस्यको निर्णय हुनुपर्छ ।’ एक सञ्चालक सदस्यले भने, ‘सरकारको सार्वजनिक खरिद ऐनमा तीन तहका कर्मचारी मात्र विभागीय प्रमुख हुन पाउने व्यवस्था छ तर प्राधिकरणमा पाँचांै तहदेखि विभागीय प्रमुख हुन पाउने व्यवस्था छ ।
खरिद ऐनअनुसार प्राधिकरणको आर्थिक नियमावली बनाआंै भन्ने प्रस्ताव उहाँहरूले मान्नुभएन ।’ उनका अनुसार प्राधिकरणमा सार्वजनिक खरिद नियमावली अनुसार नै गर्नुपर्छ भन्नेमा उहाँहरू आएपछि सरकार र प्राधिकरणको संरचना फरक भएकाले एउटा समिति गठन गरेर त्योअनुसार नै गरांै भन्ने हाम्रो कुरामा अध्यक्ष पण्डित, अर्थसचिव सुवेदी र निर्देशकले मानेका थिएनन् । प्राधिक™ण सञ्चालकहरूले बहुमतद्वारा ५० करोडभन्दा बढी स्वीकृतिको अधिकार पारित नभए पनि कार्यकारी निर्देशकले प्राधिकरणको बहुउद्देश्यीय भवन निर्माणको अनुमानित लागत स्वीकृति गर्ने कार्य गरेको तथा प्राधिकरणको बोर्ड बैठकविना नै सहायक कम्पनी चिलिमेमा दुईजना र मध्य भोटेकोसी जलविद्युत् आयोजनामा एकजनालाई सञ्चालक सदस्यका रूपमा पठाएको पनि उनले आरोप लगाए ।
प्राधिकरण अध्यक्षनिकट स्रोतका अनुसार, चार सञ्चालकले बहुमत देखाएर प्राधिकरणलाई घाटा हुने र जथाभावी निर्णय गर्न थालेपछि सार्वजनिक खरिद ऐनलाई समेत प्राधिकरणभित्र लागू गर्ने प्रस्ताव अघि बढाएको हो । स्रोतले प्राधिकरणको फाइदाभन्दा पनि आर्थिक चलखेलमा बढी सक्रिय हुन थालेपछि दुई पक्षबीच द्वन्द्व बढेर बोर्ड बैठक नै बन्धकजस्तै बनेको हो । ‘प्राधिकरण अध्यक्ष नयाँ सरकार आएर नयाँ सञ्चालक सदस्य आएपछि मात्र बोर्ड बैठक राख्ने सुरमा छन् ।
चार सञ्चालकसमेत पेलेरै जाने अवस्थामा छन् ।’ प्राधिकरणका एक कर्मचारीले भने, ‘सञ्चालकहरूको द्वन्द्वका का™णले प्राधिकरण अनिर्णयको बन्दी हुनुहुँदैन । दीर्घकालीन असर गर्ने निर्णय नगरे पनि तत्काल गर्नुपर्ने निर्णय त गर्नुप¥यो नि, प्राधिक™णका चार सञ्चालकहरूले पनि आफ्नोभन्दा प्राधिकरणको फाइदा
पो हेर्नुपर्छ ।’
http://erajdhani.com/en/business/21694-2014-01-23-04-48-50

प्राधिकरण कर्मचारीलाई साढे सात करोडको बिजुली सित्तैमा

- भीम गौतम / राजधानी
काठमाडौं, ९ माघ । वार्षिक साढे ४ अर्ब घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले अझै आङ्खना कर्मचारीलाई बर्सेनि साढे ७ करोड रुपैयाँबराबरको निःशुल्क बिजुली उपलब्ध गराउँदै आएको छ ।
विद्युत् अभावमा सर्वसाधारणले दैनिक १२ घन्टासम्म लोडसेडिङ भोग्नुपरिरहेका बेला चौतर्फी रूपमा निःशुल्क बिजुलीको विरोध हुँदै आए पनि प्राधिकरण व्यवस्थापनले त्यसलाई बेवास्ता गर्दै अझै कर्मचारीलाई निःशुल्क बिजुली उपलब्ध गराउँदै आएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा विद्युत् महसुल निर्धारण आयोगले कर्मचारीलाई दिँदै आएको निःशुल्क विद्युत् पटक–पटक कटौती गर्न निर्देशन दिए पनि प्राधिकरण भने मौन छ ।
बिजुली कम खपतका लागि सर्वसाधारणलाई सीएफएल चिम वितरण अभियान गरिरहेको प्राधिकरणले भने कर्मचारीलाई आवश्यकभन्दा बढी सिलिङ तोकेर निःशुल्क बिजुली दिँदै आएको हो । प्राधिकरणका अनुसार प्रतिकर्मचारी मासिक रूपमा वर्षामा १ सय २५ युनिट र हिउँदमा ७५ युनिट विद्युत् निःशुल्क पाउनेछन् ।
प्राधिकरणमा साढे ९ हजार कर्मचारी छन् । प्राधिकरण अधिकारीहरूका अनुसार प्रतिकर्मचारी मासिक रूपमा ३० एम्पेयरबराबरको न्यूनतम ६ सय ६५ रुपैयाँबराबरको निःशुल्क ऊर्जा पाउने गरेका छन् । जसअनुसार प्राधिकरणका सबै कर्मचारीले मासिक ६३ लाख तथा वर्षको ७ करोड ५६ लाख ९६ हजार रुपैयाँबराबरको बिजुली निःशुल्क पाउनेछन् । उनीहरूले पछिल्लो १० वर्षदेखि यस्तो सुविधा पाउँदै आएका छन् ।
आइतबार लोडसेडिङ अन्त्य गर्न माग गर्दै प्राधिकरण पुगेका विभिन्न राजनीतिक दलका १३ विद्यार्थी संगठनले समेत कार्यकारी निर्देशक अर्जुन कार्कीसँग निःशुल्क बिजुली कटौती गर्न माग गरेका थिए । अख्तियारले ०६८ सालमै प्राधिकरणले कर्मचारीलाई दिँदै आएको निःशुल्क बिजुली कटौती गर्न निर्देशन दिए पनि प्राधिकरणभित्रका कर्मचारी संगठनको विरोधका कारणले सम्भव भएको थिएन । डेढ वर्षअघि महसुल निर्धारण आयोगले समेत निःशुल्क बिजुली कटौती गर्न निर्देशन दिएको थियो तर अझैसम्म प्राधिकरण व्यवस्थापनले कार्यान्वयन गरेको छैन ।
‘आयोगले कर्मचारीलाई दिँदै आएको निःशुल्क बिजुली कटौती गर्न निर्देशन दिएको छ । तर, प्राधिकरण व्यवस्थापनले कार्यान्वयन गरेको छैन,’ आयोगका अध्यक्ष गणेश सुब्बाले भने ।

उनले थपे, ‘आयोगले मागेको आर्थिक विवरणमा निःशुल्क ऊर्जाको विवरणसमेत रहेकाले त्यो हटाउन र आर्थिक विवरणमा उल्लेख नगर्न भनेका छौं ।’ पछिल्लो वर्षदेखि कर्मचारीलाई दिँदै आएको निःशुल्क ऊर्जालाई समेत आन्तरिक खपतभित्र समेटेर आयोगलाई छक्याउँदै आएको छ । आयोगले फेरि प्राधिकरणलाई निःशुल्क बिजुली कटौती गर्न निर्देशन दिन लागेको छ ।
विभिन्न उद्योगले त्यहाँको उत्पादन निःशुल्क रूपमा पाउने उल्लेख गर्दै प्राधिकरण कर्मचारीले पनि विद्युत् सित्तैमा पाउनुपर्ने माग गर्दै आएका छन् । नाफा र बिजुली फालाफाल भएको अवस्थामा कर्मचारीलाई सुविधा दिने कुरा नाजायज नभए पनि लोडसेडिङको चरम समस्या र बिजुली कम खपतका लागि सीएफएल वितरण अभियान गरिरहेको प्राधिकरणका लागि यो सुविधा गलत भएको विज्ञहरूको तर्क छ ।
‘घाटामा गएको संस्थाले निःशुल्क बिजुली दिने कुरा गलत छ, यो बच्चाले पनि बुझ्ने कुरा हो,’ प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक एवं जलस्रोत विश्लेषक रवीन्द्र श्रेष्ठले भने, ‘कर्मचारीलाई दिँदै आएको बिजुली कटौती गर्नुपर्छ, यो प्राधिकरणको नैतिकहीन र गैरजिम्मेवार कार्य हो ।’ सर्वसाधारणले पैसा तिरेर पनि बिजुली नपाइरहेका बेला कर्मचारीलाई आवश्यकभन्दा बढी बिजुली उपलब्ध गराउने कार्य बन्द गर्नुपर्ने र यस्तो कार्य राष्ट्रिय अपराधजस्तै रहेको उनको तर्क छ ।
http://erajdhani.com/en/interview/2014-01-23-03-46-25/21663

Wednesday, January 22, 2014

विद्युत् महसुल निर्धारणको मापदण्ड हचुवा

काठमाडौं, ८ माघ । विद्युत् महसुल निर्धारण आयोगले हचुवाकै भरमा विद्युत् महसुल निर्धारण गर्दै आएको पाइएको छ ।
छिमेकी राष्ट्र भारतलगायतका देशमा निश्चित मापदण्ड बनाएर विद्युत् महसुल निर्धारण गर्ने गरिएको भए पनि नेपालमा भने निश्चित मापदण्डभन्दा पनि हचुवाको भरमा निर्धारण गर्ने गरिएको पाइएको हो । ‘बिजुलीको मूल्य थपघट गर्ने कुरा तथ्य र तथ्यांकसँग मिल्ने गरी हुनुपर्छ तर आयोगको महसुल निर्धारण गर्ने मापदण्ड स्पष्ट छैन,’ प्राधिकरणका एक अधिकारीले भने, ‘अवैज्ञानिक र हचुवाको भरमा निर्धारण गर्दा प्राधिकरणलाई सबैभन्दा ठूलो समस्या परेको छ, अर्थक सन्तुलन खल्बलिएको छ ।’
प्राधिकरणले प्रतियुनिट दुई रुपैयाँ घाटा भएको भन्दै २० प्रतिशत महसुल वृद्धिका लागि आयोगका प्रस्ताव गरिसकेको छ भने गत वर्ष प्राधिकरणले प्रत्येक वर्ष ५ प्रतिशतका दरले नियमित रूपमा महसुल बढाउनका लागि प्रस्ताव गरेको थियो तर हालसम्म आयोगले महसुल वृद्धि गरेको छैन । डेढ वर्षअघि आयोगले महसुल वृद्धि गरेको थियो ।
प्राधिकरणका अधिकारीका अनुसार, छिमेकी राष्ट्र भारतमा कुल लागतमध्ये ऋण र इक्विटीका आधारमा तथा सञ्चालन भएको र नभएको अवस्थाको आधारमा निश्चित महसुल तोक्ने गरिएको छ । ऋणको सावाँ र ब्याज, इक्विटीको निश्चित फाइदा प्रतिशत, मर्मत र सञ्चालन गर्न २ प्रतिशत, ३३ वर्षसम्मको पावर हाउसको ३ प्रतिशत ह्रासकट्टीलगायतका आधार मानी भारतमा महसुल निर्धारण गर्ने भए पनि नेपालमा भने आयोगले निश्चित मापदण्डभन्दा वर्तमान अवस्थालाई हेरेर महसुल निर्धारण गर्ने गरेको छ ।
सहकारी र बैंकमा रकम बचत गर्दा १५ प्रतिशतसम्म ब्याज पाउने भए पनि नेपालमा अहिलेसम्म जलविद्युत् प्रवद्र्धकहरूले मुनाफा निश्चित गरिएको छैन । आयोगका अध्यक्ष गणेश सुुब्बा आयोगसँग महसुल निर्धारण निश्चित फरम्याट भए पनि त्यो लागू गर्न नसकिएको स्वीकार गर्छन् । ‘खर्च र आम्दानी हेरेर फाइदा पनि नहुने र घाटा पनि नहुने गरी महसुल निर्धारण गरिरहेका छौं, वैज्ञानिक रूपमा निर्धारण गर्न थाले महसुल उच्च हुन्छ र सन्तुलित पनि हुँदैन,’ उनले भने, ‘आयोजनाको उत्पादन, वितरण, सञ्चालन र
प्रसारणको लागत उच्च भएका कारण फरम्याटअनुसार निर्धारण गर्न गाह्रो छ, छुट्टाछुट्टै रूपमा सेवा दिएको भए अहिले सजिलो हुने थियो ।’अध्यक्ष सुब्बाले विद्युत् खरिद सम्झौता (पीपीए), ह्रासकट्टी, लागत, लाभांश लगायतलाई आधार बनाएर महसुल निर्धारण गर्ने नियमावली भए पनि आयोजनाको महँगीलगायतका कारणले त्यो नियमावलीलाई पूर्णरूपमा पछ्याउन नसकेको बताए । प्राधिकरणका अधिकारीहरूले भने प्राधिकरणसँग तथ्यांक मागेर सामान्य विश्लेषणसमेत नगरी महसुल 
निर्धारण गर्ने गरेको बताउँछन् । ‘प्रतियुनिट दुई रुपैयाँ महसुलमा मात्र घाटा छ, लागत, सञ्चालन, व्यवस्थापन, सेवालगायतलाई हेरेर महसुल बढाउनुपर्छ भन्ने हाम्रो माग हो तर आयोग विरोध र समर्थनको
कुरातिर बढी सक्रिय हुन्छ,’ ती अधिकारीले भने ।
आयोगले भने प्राधिकरणका सबै तथ्य र तथ्यांकलाई गहन रूपमा विश्लेषण गरेर सबै अवस्थालाई मध्यनजर राखेर महसुल निर्धारण गर्ने गरेको जनाएको छ ।
http://erajdhani.com/en/business/21641-2014-01-22-00-58-27

Monday, January 20, 2014

सिंहदरबारका भवनका छतछतमा सोलार


–आइतबारदेखि सम्भाव्यता अध्ययन सुरु
–दुई मेगावाट उत्पादन हुने प्रारम्भिक अनुमान
राजधानी समाचारदाता
काठमाडौं, ५ माघ
तीन बर्ष अघिदेखि नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र सौर्य उर्जा (सोलार) राख्ने योजना बनाएपनि बल्ल सम्भाव्यता अध्ययन सुरु भएको छ ।
चीन सरकारको सहयोगमा निर्माण हुन लागेको उक्त सोलारबारे आइतबारदेखि सम्भाव्यता अध्ययन सुरु भएको हो । २०६७ सालमै सिंहदरबारभित्र सोलारमार्फत विद्युत आपुर्ति गर्ने निर्णय सरकारले गरेको थियो । ‘चीन सरकारको तर्फबाट विशेषज्ञसहितको टोली आएर आइतबारदेखि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।’–उर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले भने–‘सम्भाव्यता अध्ययनको क्रममा सिंहदरबारभित्र र आसपासमा रहेका सरकारी भवनहरुको तथ्यांक संलकन गरिने छ, त्यो आधारमा कति विद्युत उत्पादन हुन सक्ने निक्र्योल हुनेछ ।’ उनका अनुसार, प्रारम्भिक रुपमा दुई मेगावाट विद्युत उत्पादन हुन सक्ने अनुमान गरिएको छ ।
चीनीयाँ विज्ञहरुको अध्ययनको प्रतिवेदनको आधारमा चीनीयाँ सरकारले सहयोग गर्ने निर्णयपछि चीन र नेपालको उर्जा मन्त्रालयबीच सम्झौता भई सोलार आयोजना अघि बढ्ने मन्त्रालयले जनाएको छ । ‘सिंहदरबारभित्रका भवनहरुको छतछतमा अव सोलार जडान गरिनेछ, सिंहदरबारभित्र आवश्यक विद्युत त्यही सोलारमार्फत आपुर्ति गर्ने लक्ष्य छ ।’–प्रवक्ता अधिकारीले भने–‘सिंहदरबारमा जडान गरिएका सोलारमार्फत उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ग्रीडमा जडान गर्ने लक्ष्य छ ।’
प्रति मेगावाट सोलारबाट विजुली निकाल्न २२ करोड लाग्ने अनुमान गरिएको छ । हिउँदमा दैनिक १२ घण्टा लोडसेडिङ भईरहेको बेला सिंहदरभित्र र काठमाडौ उपत्यकाभित्र रहेका सरकारी भवनहरुमका जडान गरिने सोलारबाट उर्जा संकट न्यूनीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । सिंहदरबारभित्र ४० भवन छन् । सिंहदबार बाहिर रहेका सर्वोच्च अदालत, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय लगायतका थप एक दर्जन सरकारी कार्यालयमा पनि सोलार राख्ने योजना छ ।
http://www.rajdhani.com.np/en/national


यस्तो छ सडक विस्तारमा विद्युत् प्राधिकरणको योजना

भीम गौतम / राजधानी

काठमाडौं, ६ माघ । काठमाडौं उपत्यकाभित्र सडक विस्तारका क्रममा नेपाल विद्युत् प्राधिकरणले आगामी असार मसान्तभित्र सबै सडकमा काम सम्पन्न गर्ने योजना अघि सारेको छ ।
प्राधिकरणका अनुसार आगामी चैतसम्ममा ५ र असार मसान्तसम्ममा १० सडक फराकिलो पार्ने योजनाको विद्युतीकरणअन्तर्गतको काम सम्पन्न गर्ने योजना अघि सारेको हो । विद्युत् प्राधिकरणले सडक विस्तारका क्रममा बिजुलीको पोल सार्ने, तार व्यवस्थित गर्नेलगायतका कार्य गर्नुपर्ने हुन्छ ।
प्राधिकरणका अनुसार चैत मसान्तभित्र उपत्यकाभित्रका सडकखण्डअन्तर्गत कमलपोखरी–हात्तीसार–जयनेपाल, पुतलीसडक–डिल्लीबजार–चारखाल, डिल्लीबजार–कालिकास्थान–ज्ञानेश्वर ग्यालेक्सी चोक, गल्फुटार–बूढानीलकण्ठस्थित लामटांगी मार्ग, चण्डोल–चुडालदेवी सडकमा विद्युतीकरण व्यवस्थित गर्ने योजना छ । त्यसैगरी असार मसान्तभित्र बागबजार–पुतलीसडक, कमलादी–कृष्णपाउरोटी, सोह्रखुट्टे–बालाजु, मण्डीखाटार–गल्फुटार, महाराजगन्ज डेन्टल अस्पतालदेखि रसियन एमबेसी, बालुवाटार–विशालनगर, जीवनगुञ्ज–चुनदेवी मन्दिर, आशीर्वाद स्कुल–दक्षिण, राष्ट्रपति निवास–सामाखुसी र चाइनिज एम्बेसी–विशालनगर सडक विस्तार क्षेत्रभित्र विद्युतीकरणको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ ।
सडक विस्तारका क्रममा विद्युत् प्राधिकरणले ढिलाइ गर्दा समस्या भइरहेको भनिए पनि प्राधिकरणका अधिकारीहरू भने समयमै काम गरिरहेको दाबी गरेका छन् । लाजिम्पाट क्षेत्रमा तुलनात्मक रूपमा काममा केही ढिलाइ भए पनि अन्य क्षेत्रमा काम सुचारु भएको तथा केही क्षेत्रमा नगर विकास प्राधिकरणले जग्गा अधिग्रहणलगायतका कार्यमा ढिलाइ गर्दा समस्या आएको उनीहरू बताउँछन् । ‘सडक फराकिलो पार्ने क्षेत्रमा कहीं पनि विद्युत् प्राधिकरणको तर्फबाट काममा ढिलाइ भएको छैन,’ सडक विस्तार आयोजनामा विद्युत् प्राधिकरणबाट समन्वय गरिरहेका प्राधिकरण रत्नपार्क केन्द्रका प्रमुख भानुभक्त भट्टराईले भने, ‘बिजुली भएको समयमा काम गर्दा धेरै गुनासो आएकाले लोडसेडिङको समयमा काम गरिरहेका छौं तर प्राधिकरणको कारण ढिलाइ भएको छैन ।’
नगर विकास प्राधिकरणले ढिलाइ गर्दा कतिपय क्षेत्रमा भने विद्युत् प्राधिकरणले काम गर्न सकेको छैन । कृष्ण पाउरोटीदेखि जयनेपाल हलसम्मको क्षेत्रमा विद्युतीकरणका लागि टेन्डर गरेर ठेक्का सम्झौता भए पनि भत्काउने काम नगर्दा प्राधिकरणले पोल गाड्न पाएको छैन भने पुतलीसडकदेखि डिल्ली बजारसम्मको क्षेत्रमा पनि पूर्ण रूपमा भत्काउने काम नगर्दा प्राधिकरणलाई समस्या परेको छ ।
पहिला–पहिला सडक विभाग, विस्तार आयोजना, नेपाल टेलिकमलगायत बीच सडक फराकिलो पार्ने क्रममा समन्वय नहुँदा सुरुमा समस्या देखिए पनि अहिले भने समन्वय भइरहेको सडक विस्तार आयोजनाले जनाएको छ । ‘पहिला सुरुमा समस्या थियो । तर, अहिले विद्युत् प्राधिकरणले काममा ढिलाइ गरेको छैन,’ काठमाडौं सडक विस्तार सुधार आयोजनाका श्याम खरेलले भने, ‘बरु नगर विकास प्राधिकरणले समयमै भत्काउने काम नगर्दा थप समस्या भएको छ ।’
लोडसेडिङको समयमा मात्र काम गर्नुपर्ने, रातिको समयमा काम गर्न अप्ठ्यारो हुनेलगायतका कारण रहे पनि विद्युत् प्राधिकरणले समयमै काम गर्दै आएको छ । प्राधिकरणका अनुसार सडक विस्तारका क्रममा गर्नुपर्ने विद्युत्को कामका लागि बजेटको अभाव छैन तर कतिपय क्षेत्रमा घर भत्काउने कार्य समयमै नगरिदिँदा थप कार्यका लागि अप्ठ्यारो परेको छ ।
http://erajdhani.com/en/business/21553-2014-01-20-01-38-13

Sunday, January 19, 2014

बूढीगण्डकी बनाउन क्यानेडियन कम्पनीको प्रस्ताव

राजधानी समाचारदाता
काठमाडौं, ५ माघ । सरकारद्वारा राष्ट्रिय गौरवको आयोजना घोषित ६ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि क्यानेडियन कम्पनीले ऊर्जा मन्त्रालयसँग प्रस्ताव गरेको छ ।
क्यानेडियन कम्पनी एएसटीक्यूले ऊर्जा मन्त्रालयलाई पत्र लेख्दै बूढीगण्डकी निर्माणका लागि प्रस्ताव गरेको हो । ‘क्यानेडियन कम्पनीले बूढीगण्डकी बनाउन इच्छा व्यक्त गर्दै पत्र लेखेको छ,’ ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले भने, ‘कम्पनीले पठाएको पत्र प्रारम्भिक भएकाले र कम्पनीबारे समेत विस्तृत जानकारी नभएकाले कम्पनीबारे विस्तृत जानकारी माग्दै छौं ।’
सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना विकास समिति गठन गरी त्यही समितिमार्फत आयोजनाको विकास अघि बढाउन लागेको छ । तर, मन्त्रालयमा क्यानेडियन कम्पनीले आफ्नो लगानीमा आयोजना बनाउने प्रस्ताव गरेपछि बूढीगण्डकीबारे बहस सुरु भएको छ । समितिले ठूलो जलाशययुक्त आयोजना बनाउन नसक्ने भन्दै आलोचना भइरहेका बेला कम्पनीले गरेको प्रस्तावप्रति ऊर्जा मन्त्रालयका अधिकारी पनि सकारात्मक बनेका छन् । सरकारले आर्थिक व्यवस्थापन गरेर निर्माण गर्न कठिन भएको भन्दै उनीहरू सकारात्मक बनेका हुन् । ‘विकास समिति गठन गरेर मात्र भयो ? त्यत्रो पैसा कहाँबाट ल्याउने ठूलो समस्या छ ।’ एक अधिकारीले भने, ‘साँच्चिकै विश्वसनीय कम्पनी ™हेछ भने सरकारले पुनर्विचार गर्न सक्छ ।’ आयोजनाको लागत करिब १ खर्ब अनुमान गरिएको छ । आयोजना निर्माणको क्रममा ५० वर्ग किलोमिटर डुबानमा पर्ने र करिब ३ हजार ५ सय घरधुरी  विस्थापित हुने प्रारम्भिक अध्ययनका क्रममा देखिएको छ ।
मेलम्ची खानेपानीलगायतका विकास समितिमार्फत अघि बढाउँदा समयमै बनाउन नसकिएको उदाहरण पेस गर्दै जलस्रोत विज्ञहरूले बूढीगण्डकीको अहिलेको संरचना र मोडालिटीप्रति आलोचना गर्दै आएका छन् । राजनीतिक नियुक्ति रहेको बूढीगण्डकी समितिको पुनर्गठन गरी ऊर्जासचिव वा सरकारी प्रतिनिधि अध्यक्ष रहने गरी अर्को समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।
विगत १० महिनादेखि फ्रान्सको ट्र्याकवेल कम्पनीले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिरहेको छ । बा“की २० महिनाभित्र डीपीआर सक्ने लक्ष्य राखिएको छ । सन् २०१५ भित्र निर्माण सुरु गरेर ५ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको आयोजनाले ट्र्याकवेलले डीपीआर तयार गरुञ्जेल जग्गा अधिग्रहण र वित्तीय व्यवस्थापनलगायत गरिसक्नुपर्ने भए पनि अहिलेसम्म यसबारे, खासै प्रगति हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणद्वारा डीपीआर बनाइरहेको सो आयोजना सरकारले विकास समितिमार्फत अगाडि बढाउने निर्णय गरेपछि दुई महिनाअघि समितिलाई हस्तान्तरण भएको थियो । दक्ष जनशक्तिविहीन समितिलाई हस्तान्तरण गरेपछि आलोचकहरूले यसको विरोध गर्दै आएका  छन् । विकास समितिले भने समयमै आयोजना सम्पन्न गर्ने बताउँदै आएको छ ।
जलाशययुक्त आयोजनाको निर्माणविना नेपालबाट लोडसेडिङ अन्त्य नहुने भएकाले बूढीगण्डकीलाई नेपालबाट लोडसेडिङ हटाउन सक्ने आयोजनाका रूपमा लिइएको छ । गोर्खा र धादिङ जिल्लाको दोसा“धमा बन्न लागेको आयोजनाको सन् १९८४ मै सम्भाव्यता अध्ययन सकिएको थियो ।
http://erajdhani.com/en/business/21508-2014-01-19-02-07-58

Thursday, January 16, 2014

निर्यातमूलक ठूला आयोजनासग पीडीए वार्ता सुरु

भीम गौतम/राजधानी
काठमाडौं, ३ माघ । ठूला निर्यातमूलक तीन आयोजनासँग लगानी बोर्डले आयोजना विकास सम्झौता (पीडीए) वार्ता सुरु गरेको छ । 
बिहीबार नर्बेजियन कम्पनी एनपावरले निर्माण गर्न लागेको ६ सय ५० मेगावाटको तामाकोसी–तेस्रोसँग वार्ता सुरु गरेको बोर्डले जनवरीभित्रै माथिल्लो कर्णाली र अरूण तेस्रोसँग पनि वार्ता गर्न लागेको छ । झन्डै साढे ३ खर्बको लागतमा निर्माण हुन लागेका ३ हजार २ सय ५० मेगावाटका चार ठूला निर्यातमूलक आयोजनामा विभिन्न पक्षबाट अवरोध हुन थालेपछि दुई वर्षअघि सुरक्षालगायतको ग्यारेन्टी माग्दै पीडीएका लागि सरकारलाई निवेदन दिइएको थियो । पीडीएमा ढिलाइ हुँदा चारै आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदै गएको छ । 
बोर्ड र प्रवद्र्धक कम्पनी नर्बेजियन टिमबीच बिहीबार पहिलो वार्ता भएको र आगामी मंगलबार अर्को वार्ता हुने बोर्डका जनसम्पर्क प्रमुख घनश्याम ओझाले जानकारी दिए । उनका अनुसार, भारतको सतलज कम्पनीले निर्माण गर्न लागेको ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत् आयोजनासँग आगामी १९ र २० गतेसम्म तथा ९ सय मेगावाटकै भारतको जीएमआर कम्पनीले निर्माण गर्न लागेको माथिल्लो कर्णाली आयोजनासँग बोर्डले आगामी जनवरी २० देखि एक हप्ता पीडीए वार्ता गर्न लागेको छ । गत भदौमा समेत बोर्डले माथिल्लो कर्णालीसँग पीडीए वार्ता गरेको थियो । बोर्डले माथिल्लो कर्णालीसँग निर्णायक वार्ता गर्न लागेको हो । 
नेपालको अस्थिर राजनीति तथा नीतिको कारण देखाउँदै दुई वर्षअघि छिमेकी राष्ट्र भारतमा निर्यात गर्ने गरी बनाउन लागेका चार आयोजनाले पीडीएका लागि निवेदन दिए पनि ढिलो गरी बोर्डले वार्ता अघि बढाएको हो । एक वर्षअघि बोर्डले चारै आयोजनासँग पीडीए वार्ता गर्ने निर्णय गरेको थियो । माथिल्लो कर्णाली, अरूण तेस्रो र तामाकोसी तेस्रोका साथै भारतकै जीएमआर इनर्जीअन्तर्गत हिमताल हाइड्रो पावर कम्पनीले निर्यात गर्ने गरी ६ सय मेगावाटको मस्र्याङ्दी दोस्रोसमेत निर्माण गर्न लागेको छ । 
मस्र्याङ्दी आयोजनासँग समेत बोर्डले वार्ताअघि बढाउन लागेको जनाएको छ । सतलज र जीएमआरले ९०÷९० अर्ब, हिमतालले ६० अर्ब र एसएन पावरले १ खर्ब लगानी गर्न लागेका छन् । स्थानीयवासीको अवरोध, जलविद्युत् आयोजना निर्यात गर्न नहुनेलगायतका समस्याको कारण आयोजनाको काम प्रभावित हुँदै आएका छन् । आयोजनामा अवरोध आउन थालेपछि चारै आयोजनाले सरकारसँग पीडीएको लागि निवेदन दिएका थिए । 
भारत निकासी प्रयोजनका लागि निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण (बुट) नीतिअन्तर्गतका चारै आयोजनाले विस्तृत अध्ययन गरिसकेका छन् । बोर्डले पीडीएका लागि १६ ओटा कानुनमा संशोधन गर्नुपर्ने औंल्याएर संशोधनका लागि छलफलसमेत अघि बढाइसकेको छ । 
राजस्व र करबाहेक माथिल्लो कर्णालीबाट जीएमआरले १२ प्रतिशत निःशुल्क ऊर्जा र २७ प्रतिशत विनाआर्थिक दायित्व सेयर दिने सहमति गरिसकेको छ । त्यस्तै, अरूण तेस्रो आयोजनाबाट सतलजले २२ प्रतिशत बिजुली निःशुल्क दिनेछ । पीडीए गरेपछि सात वर्षभित्र आयोजनाको निर्माण कार्य पूरा गर्ने माथिल्लो कर्णाली आयोजनाका अधिकारीले बताउँदै आएका छन् ।
http://erajdhani.com/en/business/21420-2014-01-17-02-06-24

Wednesday, January 15, 2014

जैविक ऊर्जा रणनीति अन्तिम चरणमा


राजधानी समाचारदाता
 धुलिखेल (काभ्रे), ३० पुस- कुल ऊर्जा खपतमध्ये २ प्रतिशत ओगट्ने जलविद्युत् क्षेत्रको बढी चर्चा परिचर्चा भइरहेको बेला जैविक ऊर्जा रणनीतिको निर्माण अन्तिम चरणमा पुगेको छ । जर्मन विकास सहयोग (जीआईजेट) को सहयोगमा नेपाल इनर्जी इफिसेन्सी प्रोगाम (निप) को सहयोगमा जल तथा ऊर्जा आयोगको सचिवालय तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको संयुक्त तत्वावधानमा ऊर्जा रणनीति बनाउन लागिएको हो ।
‘सरकारले विशेष प्राथमिकतामा राखेर ऊर्जा रणनीति बनाउन लागेको हो,’ आयोग सचिवालयका सचिव डा.कृष्णचन्द्र पौडेलले भने । कार्यक्रमका अनुसार, अहिले पनि दाउरा, गोबर, गुइँठा, भुस, काठका टुक्रालगायतका जैविक ऊर्जा नेपालका ७५ प्रतिशत अर्थात् ४० लाख जनताले उपयोग गर्ने गरेका छन् । मंगलबार सकिएको सन् २०३० सम्मको सम्भावित परिदृश्य प्रारूप तयार गर्नका लागि आयोजित दुईदिने समीक्षा गोष्ठीमा ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक नवराज ढकालले परामर्शदाताहरूले तयार पारेको परिदृश्यमा सरोकारवालाहरूले केही थप सुझाव दिएकाले सम्भावित अवस्थाको छनोटका लागि सहमति गर्ने अन्तिम चरणमा पुगेको बताए ।
उनका अनुसार, जैविक ऊर्जालाई लक्षित गरेर बनाउन लागिएको यो रणनीति एसियाकै पहिलो हो । परामर्शदाताले तयार पारेको परिदृश्यमा घरायसी जैविक ऊर्जाको प्रयोगलाई मात्र बढी जोड दिएको उल्लेख गर्दै सरोकावालाहरूले ठूला तथा मझौला उद्योगहरूमा प्रयोग हुने जैविक ऊर्जालाई समेत परिदृश्यमा समेटेर कार्ययोजना बनाउन सुझाव दिए । आयोगका सचिव डा.पौडेलले घरायसीसँगै अन्य जैविक ऊर्जा खपत गर्ने साना तथा मझौला उद्योगहरूलाई समेटेर रणनीति बनाइने जानकारी दिए ।
‘वनजंगललाई बढी क्षति हुन नदिने, जैविक उर्जा फारु गर्ने, दाउराको विकल्पमा प्रयोग गर्न सक्ने वैकल्पिक ऊर्जामा जोड दिने लक्ष्य यसमा समेटिएको छ, मुख्यतया राष्ट्रिय ऊर्जा सन्तुलन कायममा जोड दिन्छौं,’ उनले भने । परामर्शदाताले प्रस्तुत गरेको परिदृश्यमा हाल विद्यमान जनसंख्या, सामाजिक, आर्थिक तथा प्राविधिक विकासको आधारमा सन् २०३० भित्र जैविक ऊर्जाको खपत ३ सय २ मिलियन गिगाजुलबाट ४ सय ७० मिलियन गिगाजुल पुग्नेछ ।
सन् २०३० सम्म जैविक ऊर्जा धेरैले उपयोग गर्ने तथा नयाँ जलविद्युत् र सौर्यबाट ऊर्जाको १९ प्रतिशत मात्र ओगट्ने परामर्शदाताले प्रस्तुत गरेको परिदृश्यमा उल्लेख छ । उनीहरूले बढ्दो जनसंख्याको मागअनुसार सरकारी र सामुदायिक वनबाट उत्पादकत्व बढाउनुका साथै निजी स्वामित्वमा रहेको भूमिमा थप वृक्षरोपण गर्नुपर्ने, सुधारिएको चुलो जस्ता कार्यक्रमलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरेका थिए । दिगो व्यवस्थापन तथा दक्ष प्राविधिकको प्रयोगबाट वनको उत्पादकत्वमा हालभन्दा २८ प्रतिशत बढाउन सकिने उल्लेख छ ।
‘जैविक ऊर्जाको दक्षतालाई जोड दिनुपर्ने आवश्यकता छ, यसका लागि रणनीति बनाउन लागिएको होे,’ निपका कार्यक्रम व्यवस्थापक डा.रोल्फ पोसोरस्र्काले भने । थोरै ऊर्जा उपयोग गर्दा बढी उपलब्धि हासिल गर्नका लागि ल्याउन लागिएको जैविक ऊर्जा रणनीतिबाट सर्वसाधारणलाई ठूलो फाइदा हुने तथा बढ्दो ऊर्जा संकट न्यूनीकरण गर्न सहयोग पुग्ने निपका डेपुटी कार्यक्रम व्यवस्थापक डा.नारायण चौलागाईंले बताए ।
http://www.erajdhani.com/en/business/21274-----

Tuesday, January 14, 2014

प्राधिकरणमा थुप्रदै चालु सम्पत्ति

–३ अर्ब ६६ करोड चालु सम्पत्ति
–सबैभन्दा बढी ग्राहक निर्देशानालयमा दुई अर्ब
–टर्नकि कन्ट्याक्टमा ठेक्का दिइदै
भीम गौतम\राजधानी
काठमाडौं, २९ पुस
    विकसित देश र अन्र्तराष्ट्रिय मान्यता अनुसार कुनै पनि सरकारी कार्यालयको चालु सम्पत्ति एक प्रतिशत भन्दा बढी हुनु हुँदैन तर मान्यता विपरित नेपाल विद्युत प्राधिकरणमा एउटा निर्देशानालयको ६ प्रतिशतसम्म चालु सम्पत्ति रहेको खुलासा भएको छ ।
    प्राधिकरणका अनुसार, ग्राहक तथा वितरण निर्देशानालयमा सबैभन्दा बढी ६ प्रतिशत चालु सम्पत्ति छ भने अर्थ, इन्जिनियरिङ, योजना, प्रशारण लाइन, प्रशासन र उत्पादन तथा निर्माण निर्देशानालयमा करिब दुई प्रतिशत चालु सम्पत्ति छ । यी निर्देशानालयमार्फत सञ्चालन गरिने कार्यक्रम तथा आयोजनामा आवश्यक भन्दा बढी सामानहरु कमिसनको भरमा खरिद गरिएकै कारण चालु सम्पत्ति प्राधिकरणमा थुप्रिएको हो ।
    अहिलेसम्म प्राधिकरणमा करिब ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको चालु सम्पत्ति रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, ग्राहक तथा वितरण निर्देशानालयमा २ अर्ब ८ करोड ६६ लाख, इन्जिनियरतर्फ ५ करोड ४९ लाख, आयोजना तर्फ ४१ करोड १९ लाख, प्रशारण लाइनतर्फ २८ करोड १९ लाख, उत्पादनतर्फ ९० करोड र केन्द्रीय कार्यालयमा ३ करोड ८६ लाख रुपैयाँ चालु सम्पत्ति छ । अनावश्यक चालु सम्पत्तिको कारणले प्राधिकरणले व्याज लगायत वापत करोडौ रुपैयाँ घाटा बेहोर्नुपर्छ । ‘निर्देशानालयमा कार्यरत उच्च अधिकारीहरुले आफू रहेकै अवस्थामा अनावश्यक भएपनि कमिसनका लागि सामान किन्ने गर्छन ।’–प्राधिकरणका एक अधिकारीले भने–‘अनावश्यक सामाग्री किनेकै कारण प्राधिकरणभित्र अरर्बौ सामान थुप्रिएको छ ।’
    प्राधिकरण उच्च व्यवस्थापनले अनावश्यक सामान खरिद गर्दा रोक्नुपर्ने भएपनि वेवास्ता गर्दा अनावश्यक रुपमा सामान थुप्रिदै गएको र पछिल्ला बर्षहरुमा चालु सम्पत्ति बढ्दै गएको प्राधिकरणले जनाएको छ । सन् २००४ मा एक अर्ब रुपैयाँ बराबरका चालु सम्पत्ति रहेको प्राधिकरणमा १० बर्षमा तेब्बर अर्थात तीन अर्ब नाघेको छ तर यो रकम बढ्नुभन्दा पनि घट्दै जानुपर्ने हो । प्राधिकरणका अनुसार, सन् २००८ मा १ अर्ब ८० करोड चालु सम्पत्ति रहेको प्राधिकरणमा २००९ मा २ अर्ब १५ करोड ९१ लाख, २०१० मा २ अर्ब ४३ करोड, २०११ मा २ अर्ब ५० करोड, २०१२ मा ३ अर्ब ३ करोड र सन् २०१३ मा ३ अर्ब ६ करोड पुगेको छ ।
    पहिला वेवास्ता गर्दै आएको प्राधिकरण व्यवस्थापनले अनावश्यक चालु सम्पत्ति थुप्रन थालेपछि ६ प्रतिशत चालु सम्पत्ति रहेको ग्राहक तथा वितरण शाखालाई ३ प्रतिशतमा झार्न तथा अन्य निकायलाई एक प्रतिशतमा झार्न निर्देशन दिएको छ । आर्थिक बर्ष २०७०÷७१ भित्र यो निर्देशन कार्यवन्यन भएमा चालु सम्पत्ति १ अर्ब ८० करोडमा झर्ने प्राधिकरणले जनाएको छ ।
    विश्व बैक, एशियाली विकास बैकका साथै अन्र्तराष्ट्रिय मान्यता एक प्रतिशतभन्दा बढी चालु सम्पत्ति राख्न नमिल्ने बताउँदै प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका एक अधिकारीले कार्यकारी निर्देशक अर्जुन कार्कीको कडा निर्देशनपछि प्रकृया अघि बढाइएको बताए । ‘आयोजनाहरुमा प्राधिकरण आफैले किन्ने भन्दा पनि टर्नकि कन्ट्याक्टको आधारमा दिँदैछौ ।’–ती अधिकारीले भने–‘ ठेकेदारबाटै सामान खरिद गराउँदा सामान मौजाद रहदैन, ढुवानी भाडा पनि लाग्दैन, सामान टुटेफुटे ठेकेदार जिम्मेवार हुन्छ, छुट्टै स्टोर किपिङ झन्झट पनि हुँदैन ।’ उनले मालसामान छुट्टै खरिद नगरी कार्य सम्पन्नताको आधारमा भुक्तानी दिने तथा अहिले चालु सम्पत्तिमा रहेका सामान अब सञ्चालन हुने योजनाका लागि खरिद गर्ने प्रबन्ध समेत मिलाइएको जानकारी दिए । अन्य निर्देशानालयले समेत चालु सम्पत्ति घटाउनका लागि प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
                        चालु सम्पत्ति
सन् २००८                 १ अर्ब ८० करोड
सन् २००९                 २ अर्ब १५ करोड ९१ लाख
सन् २०१०                  २ अर्ब ४३ करोड
सन् २०११                  २ अर्ब ५० करोड
सन् २०१२                  ३ अर्ब ३ करोड
सन् २०१३                  ३ अर्ब ६ करोड
स्रोतः नेपाल विद्युत प्राधिकरण

   

ग्रामीण विद्युतीकरण सक्रिय बनाउन अभियान


काठमाडौं÷रास— तीन वर्षअघि नेपाल विद्युत् प्राधिकरणको ग्राहक तथा वितरण शाखाअन्तर्गत रहेको ग्रामीण विद्युतीकरण विभाग खारेज गरिएपछि निष्क्रिय ग्रामीण विद्युतीकरण कार्यक्रमलाई सक्रिय बनाउन अभियान सुरु गरिएको छ । गत साउनदेखि पुनःस्थापित गरिएको विभागको कामलाई सक्रिय बनाउनका लागि क्षेत्रीय कार्यालयमा पुगेर अभियान सुरु गरिएको हो । विभाग र नेपाल ग्रामीण विद्युतीकरण उपभोक्ता महासंघको सक्रियतामा प्राधिकरणका क्षेत्रीय कार्यालयमा पुगेर निष्क्रिय कार्यक्रमलाई सक्रिय बनाउनका लागि अभियान सुरु गरिएको महासंघका महासचिव नारायण ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार, जनकपुर क्षेत्रीय कार्यालयबाट सुरु भएको सो अभियान फागुनभित्र सबै क्षेत्रीय कार्यालयमा पुगेर ग्रामीण विद्युतीकरण कार्यक्रमलाई सक्रिय बनाउने लक्ष्य छ । विभाग, महासंघ, ग्रामीण विद्युतीकरण कार्यक्रमका ठेकेदार, प्राधिकरण क्षेत्रीय कार्यालय र मातहत जिल्लाका प्रतिनिधिसमेत राखेर विद्युतीकरण कार्यक्रममा देखिएका समस्या र समाधानबारे छलफल गरिने विभागले जनाएको छ । जनकपुरमा अभियानअन्तर्गत छलफल र समीक्षा सुरु भइसकेको र दुई महिनाभित्र हेटौंडा, बुटवल, नेपालगन्ज, पोखरा, अत्तरिया, विराटनगर र काठमाडांैलगायतका क्षेत्रमा समेत छलफल तथा समीक्षा गर्ने लक्ष्य छ ।
जनकपुरको छलफलमा सामुदायिक विद्युतीकरण विभागका प्रमुख मनोज सिलवाल, लेखासहायक निर्देशक सूर्य सिवाकोटी, क्षेत्रीय प्रमुख विभूतिनाथ मिश्रलगायतले सामुदायिक विद्युतीकरणबारे चर्चा गरेका थिए ।
http://erajdhani.com/en/business/21206-----

लोडसेडिङ घटाउन प्राधिकरण घेराउ


काठमाडौं÷रास— नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघले लोडसेडिङ अन्त्यको माग गर्दै नेपाल विद्युत् प्राधिकरणमा धर्ना दिएको छ । लोडसेडिङ वृद्धिका कारण सर्वसाधारण मारमा परेको भन्दै उनीहरूले प्राधिकरण केन्द्रीय कार्यालयअगाडि धर्ना दिएका हुन् ।
धर्नामा उनीहरूले भक्तपुरमा अन्य क्षेत्रभन्दा बढी लोडसेडिङ हुँदै आएको उल्लेख गर्दै त्यो हटाउनसमेत मागेका थिए । उनीहरूले प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीलाई समेत लोडसेडिङ न्यूनीकरण नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
http://erajdhani.com/en/business/21202----

आजदेखि त्रिशूली–१ आयोजनासँग पीडीए वार्ता



काठमाडौं÷रास— ऊर्जा मन्त्रालय र निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबीच आज मंगलबार आयोजना विकास सम्झौता (पीडीए) वार्ता हुने भएको छ । नौ महिनाअघि पीडीएका लागि माथिल्लो त्रिशूलीले निवेदन दिएकामा आज र भोलि बुधबार वार्ता हुन लागेको हो । दुई साताअघि मन्त्रालयले पीडीएबारे वार्ताका लागि माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत्को मुख्य लगानीकर्ता कोरियाको साउथ इस्ट इलेक्ट्रिक कम्पनीलगायतलाई वार्तामा बोलाएको थियो ।
करिब ५० अर्ब रुपैयाँको लागत रहेको आयोजनाले सन् २०१९ देखि व्यावसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । परियोजनामा कोरियाको साउथ इस्ट इलेक्ट्रिक कम्पनीको ५०, अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) को १५, डेलियम इन्डस्ट्रियलको १५, क्रेयङ कन्स्ट्रक्सन कम्पनीको १० र नेपाली नागरिकको १० प्रतिशत लगानी रहनेछ । आयोजनाले सन् २००७ मा सर्भे लाइसेन्स पाएको थियो ।
http://erajdhani.com/en/business/21203-----

२०७१ भित्र सम्पन्न गर्ने आयोजनालाई बढी दर

काठमाडौं÷रास— ऊर्जा मन्त्रालयले २०७१ सालभित्र निर्माण सम्पन्न हुने जलविद्युत् आयोजनाहरूलाई वृद्धि भएको विद्युत् खरिद दिने भएको छ । ऊर्जामन्त्री उमाकान्त झाको अध्यक्षतामा सोमबार बसेको ऊर्जा मन्त्रालयको चौथो समीक्षा तथा मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा निजी क्षेत्रद्वारा २०७१ भित्र निर्माण सम्पन्न हुने आयोजनालाई सात वर्षका लागि वृद्धि खरिददर प्रदान गर्न लागेको जानकारी दिइएको थियो ।
त्यसैगरी, बैठकमा सुनकोसी दोस्रो र तेस्रो, दूधकोशी, दोस्रो क्रसबोर्डर ट्रान्समिसन लाइनलगायतका आयोजनाका लागि एसियाली विकास बंैकबाट सहयोग प्राप्त भएको जानकारी दिइएको थियो ।
http://erajdhani.com/en/business/21204--------

चुहावट नियन्त्रण गर्न कर्मचारी अभाव


भीम गौतम\राजधानी
काठमाडौं, २९ पुस
वार्षिक ६ अर्ब रुपैयाँभन्दा बढीको चुहावट हुने नेपाल विद्युत् प्राधिकरणमा चुहावट नियन्त्रणका लागि कर्मचारी अभाव भएको छ । चालू आर्थिक वर्ष २०७०÷०७१ भित्र नै २५ प्रतिशत रहेको चुहावटलाई घटाएर २३ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य रहेको भए पनि चुहावट नियन्त्रणका लागि कर्मचारीको अभाव रहेको हो । चुहावट नियन्त्रणका लागि सक्रिय वितरण ग्राहक सेवा निर्देशनालयमा २ सय ८४ इन्जिनियर आवश्यक भए पनि हाल १ सय ३२ मात्र कार्यरत छन् ।
‘चुहावट नियन्त्रणलगायतका कार्यक्रमका लागि १ सय ५२ जना इन्जिनियर मात्र अपुग छन् ।’ ग्राहक तथा वितरण शाखाका एक कर्मचारीले भने, ‘कर्मचारी अपुग रहेका कारण चुहावट नियन्त्रण कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन ।’ प्राधिकरण स्रोतका अनुसार नयाँ संरचना बनाउँदा उल्लेख गरिएका दरबन्दीको अभावमा चुहावट नियन्त्रणका साथै टीओटी मिटर डाउनलोडलगायतमा समेत समस्या भएको छ । प्राधिकरणका अनुसार, क्षेत्रीय कार्यालयमा इन्जिनियरतर्फ मात्र विराटनगरमा २८ जना, हेटांैडामा १६, जनकपुरमा २७, काठमाडांैमा १५, पोखरामा १५, बुटवलमा १८, नेपालगन्जमा २० र अत्तरिया क्षेत्रमा १२ इन्जिनियरको अभाव छ ।
इन्जिनियरका साथै अन्य कर्मचारीसमेत अभाव भएपछि प्राधिकरणलाई चुहावट नियन्त्रण गर्न समस्या परेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । प्राधिकरणले १ दशमलव ५ प्रतिशत चुहावट घटाउन निर्देशन दिएपछि अधिकांश क्षेत्रीय कार्यालयहरूले चुहावट नियन्त्रण अभियान सुरु गरिसकेका छन् । कार्यक्रम सुरु गरेपछि जिल्ला–जिल्लामा मिटरको माग बढे पनि प्राधिकरणसँग मिटर नहुँदा अर्को समस्या परेको छ । ‘काठमाडौंको केन्द्रीय कार्यालयमा कर्मचारी थुप्रिएका छन् तर जिल्लामा छैनन् ।
नियन्त्रण अभियानपछि मिटरको माग बढेको छ तर दिन सकेका छैनांै,’ एक क्षेत्रीय कार्यालयका कर्मचारीले भने । प्राधिकरण व्यवस्थापनले भने नयाँ इन्जिनियरहरूको प्राधिकरणले नियुक्ति गर्न लागेको र ती इन्जिनियरहरूलाई जिल्ला–जिल्लामा पठाउने जनाएको छ । क्षेत्रीय कार्यालयहरूले भने चुहावट नियन्त्रणका लागि तत्काल सक्रिय हुनुपर्ने कारणले नयाँभन्दा पनि पुराना र अनुभवी इन्जिनियरहरूलाई पठाउन आग्रह गरेको छ ।
ग्राहक तथा वितरण निर्देशनालयले प्राधिकरणका कार्यकारी निर्देशकलाई पदपूर्ति व्यवस्थानका लागि पत्र पठाइसकेको र छिट्टै पूर्ति हुने जनाएको छ ।
http://erajdhani.com/en/business/21205-----

Monday, January 13, 2014

‘भगवान भरोसा’मा जलविद्युत क्षेत्र

भीम गौतम :- ‘नेपाल विद्युत प्राधिकरण मात्र होइन, पुरै जलविद्युत क्षेत्र भगवान भरोसामा चलेको छ’–प्राधिकरणको केन्द्रीय कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गरेको टिप्पणीतर्फ ध्यान मोडियो । ‘कसरी’ भन्ने प्रश्न खस्न नपाउँदै उनले तर्क गरे–‘जलविद्युतको मुटु भनेकै उत्पादन, प्रशारण र वितरण हो तर तीनै क्षेत्र ध्वस्त जस्तै अवस्थामा छ, देश नै भगवान पशुपतिनाथको भरोसामा छ भने जस्तै प्राधिकरणको अवस्था पनि त्यस्तै छ ।
आशा गर्ने ठाउँ रहेपनि उपलब्धिकै आधारमा हेर्ने हो भने सरकारको उत्पादनको अवस्था शुन्य जस्तै छ, प्रशारण लाइन विगत पाँच बर्षदेखि एक किलोमिटर पनि बन्न सकेको छैन । अझ वितरणको अवस्था हेर्ने हो भने मिटर र ट्रान्सफर्मरको अभाव छ, पोलको अवस्था पनि उस्तै छ ।’ पछिल्लो समयको अवस्था हेर्ने हो भने साच्चीकै ती कर्मचारीको टिप्पणी भन्दा फरक छैन जलविद्युत क्षेत्र । उत्पादन, वितरण र प्रशारण लाइन यस्तो विजोग लाग्दो अवस्थामा छकि जलविद्युत क्षेत्रमा कुन बेला ठूलो खतराको घण्टी बज्छ भन्न सक्ने अवस्था छैन ।
भगवानको कृपाले ट्रान्सफर्मर एउटा पनि नभएको यो बेलामा कुनै ठूलो दुर्घटना भएको छैन अर्थात ट्रान्सफर्मर पड्केको छैन । मिटर पाइएन भनेर प्राधिकरणका कार्यालय जनताले घेराऊ गरेका छैनन् । यही भगवान भरोसाले सरकार वा प्राधिकरणले ठूलो विपत्ति भोग्नुपरेको छैन । जलविद्युतको लाइभ साइकल चलिरहेकै छ । मानिस बाँच्नका लागि मुटु र रगतको सर्कुलेसन हुनैपर्छ । वितरणका लागि विद्युत उत्पादन मुटु र प्रशारण लाइन रगत हो ।
ट्रान्सफर्मरविना रगत शरीरभरि सर्कुलेसन हुँदैन । मिटर त्यस्तो चीज हो, जो विना उत्पादन, वितरण र प्रशारण लाइन उभिन सक्दैन, खुट्टाजस्तै । तर पुरानै अवस्थामा जलविद्युतको साईकल चलिरहेको छ । प्रत्येक बर्ष एक सय मेगावाट विद्युत माग बढ्छ र जलविद्युतको अहिलेको आवश्यकताको आधारमा बर्षका कम्तीमा तीन सय मेगावाट विद्युत उत्पादन भएमा मात्र माग र आपुर्तिको सन्तुलन हुन्छ ।
राष्ट्रिय योजना आयोगको तथ्यांकनै हेर्ने हो भने तीन बर्षमा जम्मा २१ मेगावाट विद्युत उत्पादन भयो । विद्युत ओहोरदोहोर गर्ने राजमार्ग अर्थात प्रशारण लाइन थप एक किलोमिटर बनेन र थप विद्युतीकरण पनि ठप्प जस्तै रह्यो । के तीन बर्षमा जलविद्युत क्षेत्रमा केही उपलब्धि गर्न सक्दैनथ्यो ? त्यतिबेला के सरकारी निकायनै थिएनन् ? थिए तर जलविद्युतको उपलब्धि शुन्यनै जस्तै रह्यो । हुन त जलविद्युत आयोजना वा प्रशारण लाइन आयोजना सुरु गरेको २÷३ बर्षमा पुरा हुन सक्दैन तर निर्माण चरणमा रहेका आयोजनाहरु समयमै बनाउन त सकिन्थ्योनि ।
सरकारी निकायमा बसेर तीन÷तीन बर्षसम्म कुनै उपलब्धि नै गर्न सक्दैन भने त्यो गर्न नसक्नेहरु कार्बाहीको भागीदार हुनेकि नहुने ? नेपालमा राजनीतिक अस्थिरता थियो तर सरकारी भत्ता र तलब खान त कुनै मन्त्री र सचिवले छोडेनन् । प्रत्येक बर्ष किन्नैपर्ने अत्यावश्यक ट्रान्सफर्मर र मिटरहरु नकिन्दा के हेरेर बसे उर्जा मन्त्री र उर्जा मन्त्रालयका अधिकारीहरु ? के हेरेर बसे प्राधिकरणका अधिकारीहरु ? पदमा बसेर उपलब्धि हासिल गर्न नसक्ने मन्त्रीदेखि अधिकारीसम्म यसमा दोषी छन्कि छैनन् ? उनीहरुलाई कार्बाही हुनुपर्छकि पदैन ?
मन्त्रीको झण्डा फरफराएर करोडौको गाडीमा गुडेर वा उर्जा मन्त्रालय वा प्राधिकरणका उच्च अधिकारी भएर सरकारी सरकारको सुख सुविधामा रमाएर गैरजिम्मेवार बन्ने प्रवृत्तिको अन्त्य नभएसम्म जलविद्युतमा यस्तै छाडातन्त्र रहिरहन्छ । सर्वसाधारण जनताले एक दिन बिजुलीको विल तिर्न ढिला गर्दा जरीवाना गर्नेहरुले जिम्मेवार निकायमा हुँदा लक्ष्य हासिल गर्न नसकेमा किन दण्ड सजाय नगर्ने ? उर्जा मन्त्रीदेखि उर्जा मन्त्रालय र जलविद्युत उत्पादन, वितरण र प्रशारण गर्ने निकायले लक्ष्य अनुसार उपलब्धि हासिल गर्न नसके अनिवार्य दण्ड, सजायको व्यवस्था हुनुपर्छ ।
अहिले त सरकार शासक बनेको छ र जनता शोषित छन् । सरकार र जनताको साझेदारी आवश्यक छ, जहाँ जनताले आफ्नो काम र जिम्मेवारी समयमै नपुर्याएर जसरी सजाय र दण्ड हुन्छ, त्यसैगरी सरकारको नेतृत्व गर्ने मन्त्रीदेखि कर्मचारीलाई समेत जिम्मेवार नहुँदा अनिवार्य दण्ड र जरीवानाको व्यवस्था हुनुपर्छ । आज जलविद्युत क्षेत्र एक बर्ष अघि सिंहदरबारभित्र उर्जा सचिवलाई भेट्न आएका सुर्खेतका एक सर्वसाधारणले भने जस्तो भएको छ ।
उनले भनेका थिए–‘तीन दिन भयो गाउँमा विद्युतीकरणको समस्याबारे सचिवलाई भेटेर भन्छु भनेको तर सधै मिटिङ मिटिङ भन्छन्, होइन, के मिटिङबाटै खिचडी पकाउन लागे कि क्या हो ? उनले भोगेको जस्तै अवस्था छ अहिले । उर्जा मन्त्रालय वा प्राधिकरणभित्र जाने हो भने यति धेरै मिटिङ हुन्छन्कि कसैलाई एक मिनेट फुर्सद हुँदैन तर उत्पादन, वितरण र प्रशारण लाइनको उपलब्धि भने शुन्य जस्तै छ । सरकार यतिसम्म गैरजिम्मेवार बनेको छकि आफैले निर्णय गरे अनुसार भारतबाट विद्युत ल्याउँदाको र डिजेल प्लान्ट चलाउँदाको मुल्यान्तर अझसम्म दिन सकेको छैन ।
थप लोडसेडिङ हुन नदिन थप अनुदान सहयोग गर्न पनि पनि अग्रसर हुनुपर्ने सरकार लोडसेडिङको दोष पनि प्राधिकरणलाई देखाएर उम्कनु खोज्छ । जुन सरकारको अत्यन्त गैरजिम्मेवारीपनता हो । उर्जा मन्त्रालय, प्राधिकरण वा सरकारले जलविद्युत विकासमा सिन्को भाँचेकै छैन भन्दा अन्याय हुनेछ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी लगायतका केही आयोजनाहरुको प्रगति हेर्दा आशा लाग्दो ठाउँ छ तर मिटिङ, सिटिङ, बजेटिङ आदि हेर्ने हो भने जलविद्युत क्षेत्रमा नेपालले छलाङनै मार्नुपर्ने हो ।
बिडम्बना जलविद्युतको उत्पादन भएको १ सय २ बर्षे लामो इतिहास भोगेको नेपालमा जम्मा सात सय मेगावाट विद्युत उत्पादन छ । अहिले हिउँदमा दैनिक १२ घण्टा लोडसेडिङ छ । अहिले दुई सय मेगावाट विद्युत दिएको छिमेकी राष्ट्र भारत दाहिना भएन भने दैनिक हुने १८ घण्टा भन्दा बढीको कहालीलाग्दो लोडसेडिङ भोग्नुपर्ने अवस्था त छँदैछ । अर्को बर्ष कति लोडसेडिङ हुन्छ भनेर भन्न सक्ने अवस्था छैन । विद्युत उत्पादन भएर पनि प्रशारण लाइन बनाउन सकिएन भने उत्पादन हुने क्षेत्रमा विद्युत खेर जाने र जनताले चर्को लोडसेडिङ भोग्नुपर्ने अर्को तीतो भविष्य त हामीसँग छ ।
गएको बर्षामा समेत प्रशारण लाइन अभावमा विद्युत खेर गएकै हो । मिटिङ, सिटिङ र सिंहदरबारभित्र बन्ने फाइलका चाङले जलविद्युत उत्पादन हुने रहेछन भन्ने देखिसकेको छ । कार्यक्रम र योजना भएपनि त्यो कार्यवन्यन नहुने हो भने उपलब्धि हुँदैन भन्ने वास्तविकताबाट कोही अनभिज्ञ छैन तर दण्ड र सजायको अभावमा पावरफूलका लागि कमिसन बटुल्ने थलो बन्दैछ जलविद्युत क्षेत्र । यही कमिसन चक्करले मन्त्री वा मन्त्रालयका उच्च अधिकारीले समयमै आयोजना बनाउन नसक्ने गैरजिम्मेवार नीजि क्षेत्र वा सरकारी निकायका अधिकारीलाई कुनै कार्बाही गर्न सक्दैनन् ।
जहाँ असल काम गर्नेलाई पुरस्कार तथा लक्ष्य अनुसार समयमै गर्न नसक्नेलाई दण्ड र सजाय हुँदैन, त्यहाँ छाडातन्त्र मौलाउँछ । यही जलविद्युतमा मौलाएको छाडातन्त्रले जलविद्युत क्षेत्रको उत्पादन, प्रशारण र वितरण पुरै असफल हुने अवस्थामा पुगेको छ । सधै भगवान भरोसामा जलविद्युत क्षेत्र चल्न सक्दैन । जनता सधै यसरी अध्यारोमा बसेर संयमता अपनाउन पनि सक्दैनन् । शिक्षा, स्वास्थ्यका लागि जागेका जनता अब उज्यालोको लागि पनि जाग्छन् ।
राज्यको नेतृत्वकर्ताको नैतिकहिनता र गैरजिम्मेवारविरुद्ध जनता उत्र्न्छन् । बढ्दो लोडसेडिङले बढाएको आक्रोशले जनता मुक दर्शक बनेर बस्दैनन् भन्ने देखाईसकेको छ । त्यसकारण जलविद्युत क्षेत्र अब सुध्रनुपर्छ । यसका लागि सबैभन्दा पहिले राज्य सबैभन्दा जिम्मेवार हुनुपर्छ । जलविद्युतको जिम्मा प्राधिकरण वा नीजि क्षेत्रलाई छोडेर सरकार जनताको अत्यावश्यक बिजुलीको प्राप्तिका लागि गैरजिम्मेवार बन्न मिल्दैन । जलविद्युत विकासका लागि कानुन, नीति, नियमावली, प्रक्रिया, कार्यवन्यन लगायतमा देखिएका सबै चुनौतीको अन्त्य गरेर जलविद्युत क्षेत्रको विकासमा ब्रेक थु्र हुनैपर्छ ।
नत्र अहिले विश्वमा उर्जाका लागि ठूला ठूला आन्दोलन र लडाई हुन थालेका छन्, नेपालमा पनि उज्यालोका लागि आन्दोलनको आँधीवेरी आउने सम्भावना छ । त्यो आँधीवेरी उज्यालो पुगेका जनतालाई सधैभरि उज्यालो र नपुगेका जनतालाई उज्यालोको झिलिमिली नपुर्याएसम्म रोकिदैन भन्ने यथार्थतालाई सरकार र सरकारका प्रतिनीधिहरुले समयमै हृदयगम गर्नु जरुरी छ । 

नगरवासीलाई सोलारमा अनुदान

*सोलार लिन सरकारी प्रक्रिया गलत
*सहज बनाउन अन्तर्राष्ट्रिय ब्याट्री
भीम गौतम\राजधानी
काठमाडौं, २८ पुस
सरकारले काठमाडौं उपत्यकाका पाँचओटै नगरपालिकासहित १४ नगरपालिकाका बासिन्दालाई सोलार (सौर्य) मा अनुदान दिने निर्णय गरेको छ । सहरमा दैनिक १२ घन्टा लोडसेडिङ भइरहेका बेला सरकारले १४ सहरी क्षेत्रमा पहिलो चरणमा अनुदान दिने निर्णय गरेको हो । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले १४ नगरपालिकाभित्रका बासिन्दालाई सोलारमा अनुदान दिने व्यवस्था गरेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार काठमाडौं उपत्यकाको काठमाडौं महानगरपालिका र ललितपुर उपमहानगरपालिकाका साथै कीर्तिपुर, मध्यपुर ठिमी र भक्तपुर नगरपालिकावासीले सोलारमा अनुदान पाउनेछन् ।
मध्यमाञ्चलभित्र काठमाडौंका साथै जनकपुर नगरपालिका तथा पूर्वाञ्चल विकास क्षेत्रका विराटनगर र धनकुटा, पश्चिमाञ्चलको पोखरा, लेखनाथ, बुटवल र तानसेन, मध्यपश्चिममको नेपालगन्ज र सुदूरपश्चिमको धनगढी नगरपालिकाका बासिन्दाले सोलारमा अनुदान पाउने केन्द्रले जनाएको छ । ‘काठमाडौंसहित १४ नगरपालिकाले सोलारमा अनुदान दिने निर्णय भएको छ,’ केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेलले भने । केन्द्रले १ सयदेखि २ सय वाटसम्मको सोलार जडान गर्न प्रतिघरधुरी ५ हजार तथा त्योभन्दा माथिको सोलार जडान गर्न ८ हजार दिन लागेको छ ।
मन्त्रीस्तरीय निर्णयमा सम्बन्धित नगरपालिकाले समेत थप साझेदारी गर्ने उल्लेख भए पनि कति नगरपालिकाले अनुदान दिने हो स्पष्ट तोकिएको छैन । केन्द्रका सहायक निर्देशक रामप्रसाद धितालले नगरपालिकासँग छलफल गरी छिट्टै सोलारका लागि अनुदान दिने नीति कार्यान्वयनमा आउने बताए । ‘आगामी आइतबारसम्म सोलार अनुदानको निवेदन अनलाइनमा राखिसक्छौं,’ उनले भने, ‘सोलार जडानका लागि अनुदान दिन प्राविधिक मापदण्ड बनाउन बाँकी छ, एक हप्ताभित्र मापदण्ड पनि बनिसक्छ, एक हप्ताभित्र अनुदानका लागि प्रक्रिया सुरु भइसक्छ ।’ सरकारले आव ०७०÷७१ मै सहरवासीलाई समेत अनुदान दिने घोषणा गरे पनि त्यसको कार्यविधि भने पुसमा मात्र पारित भएको हो ।
नगरपालिकाले समेत अनुदानमा थप साझेदारी गर्ने उल्लेख भए पनि स्पष्ट नभएपछि घरायसी सोलारमा सर्वसाधारणले कति अनुदान पाउने भन्ने अन्योलमा परेको छ । तर, मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी स्थानीय विकास मन्त्रालयका अधिकारीसँग समन्वय गरेर व्यवस्था नगरिएकाले कुनै समस्या नहुने बताउँछन् । ‘स्थानीय विकास मन्त्रालयसँग समन्वय भएको छ, थप समन्वयका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई भनेका छौं,’ उनले भने ।
सोलारका लागि ल्याइने ब्याट्रीको गुणस्तर नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को नवीकरणीय ऊर्जा परीक्षण केन्द्रद्वारा गर्नुपर्ने र गुणस्तरका लागि निवेदन दिएको एक वर्षभित्र मात्र परीक्षण गरिसक्ने भएकाले तत्काल सोलार राख्ने र अनुदान पाउन कठिनाइ रहेको मन्त्रालयका एक अधिकारीले बताए । ‘सरकारको प्रक्रिया नै जटिल छ, सोलार परीक्षणका लागि एक वर्ष लाग्ने अवस्था छ,’ ती अधिकारीले भने, ‘बरु सरकारले अन्तर्राष्ट्रिय मापदण्डको ब्याट्री अनिवार्य उपयोग गर्ने नीति ल्याउन सके लोडसेडिङको भयावहका बेला सोलार सहरवासीले तुरुन्तै पाउन सक्छन् र कार्यक्रम पनि प्रभावकारी हुन्छ ।
’ परीक्षण केन्द्रको क्षमता अभिवृद्धि नगर्दा सहरवासीले सरकारी गलत प्रक्रियाका कारण एक वर्ष पर्खनुपर्ने अवस्था आउन सक्ने अवस्था छ । नेपालमा आयात हुने ब्याट्रीमध्ये करिब १३ प्रतिशत मात्र केन्द्रमा परीक्षण भई सोलार निर्माणका लागि उपयोग गर्ने गरिएको छ । तर, ८७ प्रतिशत विनापरीक्षण बजारमा उपयोग हुने गरेका छन् ।

Sunday, January 12, 2014

चुहावट नियन्त्रण कार्यक्रमले मिटरको माग बढ्यो

राजधानी समाचारदाता
 काठमाडौं, २७ पुस- नेपाल विद्युत् प्राधिकरणले जनकपुर क्षेत्रमा चुहावट नियन्त्रण अभियान सुरु गरेपछि मिटरको माग बढेको छ । ३९ प्रतिशत चुहावट रहेको जनकपुर क्षेत्रमा चुहावट नियन्त्रण अभियान सुरु गरेसँगै मिटरको माग बढ्न थालेको हो । चुहावट अभियानपछि मिटरका लागि निवेदन दिने क्रम बढेको प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयका प्रमुख विभूतिनाथ मिश्रले जानकारी दिए । ‘चुहावट नियन्त्रण अभियान सुरु भएलगत्तै मिटरको माग बढेको छ ।’ जनकपुर क्षेत्रका प्रमुख विभूतिनाथ मिश्रले भने, ‘जनकपुर क्षेत्रमा मात्र १६ हजारभन्दा बढी मिटरको माग भइसकेको छ ।’ जनकपुर क्षेत्रको सबैभन्दा चुहावट हुने सप्तरी र सिराहा जिल्लामा चुहावट नियन्त्रणमा अभियानअन्तर्गत १ सयभन्दा बढी व्यक्तिलाई विद्युत् चोरी गर्दागर्दै (हुकिङ) पक्राउ गरेर ५ हजार ज™िवाना गरेपछि मिटर माग्नेको संख्या बढेको हो ।
जनकपुर क्षेत्रमा मात्र १६ हजारभन्दा बढी मिटरको माग रहे पनि प्राधिकरणसँग भने मिटर छैन । विगत एक वर्षदेखि मिटर खरिद नगरेकाले कारणले प्राधिकरणमा मिटरको समस्या छ । ‘मिटरको माग बढे पनि प्राधिक™णसँग मिटर छैन,’ उनले भने । समयमै मिटर खरिद गर्न नसकेका कारणले ग्राहकहरू उज्यालोको लागि चोरीको विद्युत् बाल्न बाध्य हुने प्राधिकरणका अधिकारी बताउँछन् । ‘विद्युत् चोरी गरेर बाल्नसमेत मिटरका लागि निवेदन दिन आउनु चुहावट नियन्त्रण कार्यक्रमको सफलता हो । तर, प्राधिकरणले मिटर नदिएपछि फेरि ती ग्राहक चोरी विद्युत्तिर फर्कन्छन्, यो बिडम्बना हो।’ प्राधिकरणका ती अधिकारीले भने, ‘चुहावट नियन्त्रण अभियानपछि प्राधिकरणले केके समस्या आउँछ र त्यो समाधानका लागि के गर्नुपर्छ भन्ने नहुँदा समस्या बढेको छ ।
’ प्राधिकरण केन्द्रीय कार्यालयले जनकपुर क्षेत्रमा ६ प्रतिशत चुहावट घटाउनका लागि निर्देशन दिएलगत्तै चुहावट नियन्त्रण अभियान सुरु गरेको क्षेत्रीय कार्यालयलाई मिटर नहुँदा भने समस्या परेको छ । सप्तरी र सिराहापछि जनकपुर क्षेत्रका महोत्तरी, धनुषा, सर्लाही, सिन्धुली, उदयपुर, ओखलढुंगा र खोटाङ जिल्लामा समेत चुहावट नियन्त्रण अभियान सुरु गर्न लागेको छ । तर, चोरीको सट्टा वैधानिक रूपमा मिटर राख्ने ग्राहकलाई मिटर दिन नसक्ने प्राधिकरणको लाजमर्दो अवस्था छ । क्षेत्रीय कार्यालयले प्राविधिक र अप्राविधिक दुवै चुहावट नियन्त्रण सँगसँगै अघि बढाउने जनाएको छ ।
प्राधिकरणका अनुसार, करिब १५ प्रतिशत प्राविधिक चुहावट छ । प्राधिकरणका अधिकारीका अनुसार, चुहावट नियन्त्रण अभियान सुरु गर्नु सकारात्मक भए पनि मिटर बाँड्न नसक्दा लक्ष्यप्राप्ति प्रभावका™ी हुन नसक्ने बताउ“छन् । मिटर माग्ने ग्राहकका लागि प्राधिकरणले अस्थायी रूपमा व्यवस्थापन गर्नुपर्ने उनीहरूको सुझाव छ । ‘मिटर नदिने हो भने फेरि चोरी दोहो™िन्छ । त्यसकारण माग्नेहरूलाई अहिले तत्काल अन्य माध्यमबाट वितरण गरी बिजुलीको सुविधा दिनुपर्छ,’ ती अधिकारीले भने ।

जलविद्युत्को लाइसेन्स दिन बन्द गर्नुपर्छ


shere singशेरसिंह भाट, प्रवक्ता, नेपाल विद्युत् प्राधिकरण
शेरसिंह भाट, जलविद्युत् क्षेत्रमा चर्चित नाम हो । लामो समयसम्म लोडसेडिङ तय र प्रक्षेपण गर्ने भार प्रेषण केन्द्रको नेतृत्व गरेका उनको नाम लोडसेडिङसँग जोडिन्छ । डोटीको मुडेगाउँमा जन्मिएर ३२ वर्षदेखि नेपाल विद्युत् प्राधिकरणमा कार्यरत भाटलाई लोडसेडिङ बढ्ने बित्तिकै फोन गरेरै आलोचना गर्नेहरू पनि छन् । अहिले उनी प्राधिकरणको योजना निर्देशानालयको उपकार्यकारी निर्देशकको रूपमा कार्यरत छन् । नेपाल जलविद्युत् क्षेत्रबारे राम्रो जानकार भाट प्राधिकरणभित्र आफ्नो ज्ञान, शिक्षा, जानकारी र अनुभवलाई बढीभन्दा बढी बाँड्न रुचाउँछन् । हालै प्राधिकरणले लोडसेडिङ बढाएर दैनिक १२ घन्टा पु¥याएको छ । प्राधिकरणका प्रवक्तासमेत रहेका भाटसँग लोडसेडिङ, जलविद्युत् क्षेत्रलगायतबारे राजधानीका लागि भीम गौतमले गरेको कुराकानी :
० लोडसेडिङबाटै कुरा सुरु गरौं, लोडसेडिङ त बढेको बढ्यै छ, के कारण लोडसेडिङ बढिरहेको हो ?
– मुख्यतः त जति विद्युत्को आवश्यकता छ, त्यो आवश्यकताको आधारमा उत्पादन नभएर नै हो । अहिले जलविद्युत्को माग ११ सय ७६ मेगावाट छ तर डिजेल प्लान्ट, थर्मल प्लान्टसहित सबै जलविद्युत् आयोजनाहरूको उत्पादन हेर्ने हो भने ७ सय ५० मेगावाट नाघ्दैन । वर्षैपिच्छे विद्युत्को माग बढ््दै गएको तर मागअनुसारको उत्पादन बढेको छैन । हिउँदमा त त्योभन्दा निक्कै कम छ ।
० विद्युत् उत्पादन सुरु भएको त १ सय २ वर्ष पुगिसक्यो, किन उत्पादन बढ्न सकेको छैन त ? यसका कमजोरी के छ ?
– २०४९ सालअघि सरकारले मात्र जलविद्युत् आयोजनाहरू बनाउँथ्यो । सरकारको लगानी पनि ठूलो थियो तर २०४९ सालमा आएको जलविद्युत् ऐन २०४९ ले निजी क्षेत्रलाई जलविद्युत् उत्पादनको जिम्मा दियो । त्यसपछि सरकारले निजी क्षेत्रले जलविद्युत् आयोजना बनाइहाल्छ भनेर ढुक्क भयो । निजी क्षेत्रले जलविद्युत् आयोजनाहरूको लाइसेन्स भटाभट लिन थाले । हजारौं जलविद्युत्को लाइसेन्सहरू जथाभावी रूपमा बाँडिए तर मागका आधारमा उत्पादन बढेन ।
० सरकारको गलत नीति र संरचनाको कारणले नै जलविद्युत्को उत्पादन नबढेको हो त ?
– संरचनाको कारण नभनौ । ऊर्जा मन्त्रालय छ, जल तथा ऊर्जा आयोग छ, नेपाल विद्युत् प्राधिकरण छ । तर, २०४९ सालपछि जुन रूपमा निजी क्षेत्रलाई जथाभावी रूपमा लाइसेन्स दिइयो, निजी क्षेत्रको त  विद्युत् उत्पादनभन्दा पनि मुख्य लक्ष्य नाफा हुन्छ । उनीहरूले जलविद्युत् वा अरू कुनै क्षेत्रमा लगानी गर्दा नाफा खोज्छन् । नाफा नदेख्ने कारण वा अन्य कारणले उनीहरूको प्राथमिकता यसमा पर्दैन । नीतिको कुरा गर्दा अरूभन्दा पनि हजारौं मेगावाटका आयोजना जथाभावी रूपमा लाइसेन्स दिँदा अहिले उत्पादनमा समस्या आएको छ । जलविद्युत्को उत्पादन बढाउने हो भने जलविद्युत्को लाइसेन्स दिन बन्द गर्नुपर्छ । अनि देशलाई कति जलविद्युत् आवश्यक छ, कुन–कुन क्षेत्रमा कसरी आयोजना बनाउँदा विद्युत्को माग पूरा हुन्छ भनेर त्यसका आधारमा आयोजना छनोट गरेर अघि बढ्नुपर्छ । अहिले त जथाभावी रूपमा जुनसुकै खोलाको पनि लाइसेन्स दिइएको छ । नेपाललाई विद्युत् कति आवश्यक छ, त्यो कसरी उत्पादन गर्न सकिन्छ भन्दा पनि कुनै खोला देखाएर लाइसेन्स माग्ने बित्तिकै दिइएको छ । हेर्दा सबै खोलाका लाइसेन्स गएका छन् तर उत्पादन धेरै हुन सकेको छैन ।
० निजी क्षेत्रको त अब प्राधिकरण वा सरकारले जलाशययुक्त आयोजना मात्र बनाउनुपर्छ र रन अफ द दिभर (नदी प्रवाहमा आधारित) आयोजना निजी क्षेत्रलाई दिनुपर्छ भनिरहेका छन् नि त ? यो कत्तिको सम्भव छ ?
– निजी क्षेत्रले समेत जलाशययुक्त आयोजना बनाउन सक्छ नि । यसमा मिक्स अवधारणामा जान सकिन्छ । कुन आयोजना कसलाई दिनेभन्दा पनि कुन क्षेत्रको कुन आयोजना किन आवश्यक छ भनेर पहिचान गर्नुपर्छ अनि मात्र त्यो आधारमा आयोजनाको लाइसेन्स दिनुपर्छ । माग र आपूर्तिको अवस्थालाई बेवास्ता गरी लाइसेन्स दिइएको छ, अनि कतिपय आयोजनाहरू प्राधिकरण विद्युत् खरिद सम्झौता (पीपीए) का लागि आउँछन् । अनि प्राधिकरणलाई पीपीएका लागि समस्या भएको छ । कहाँ–कहाँ लाइसेन्स दिइएको छ, प्राधिकरणले कसरी पीपीए गर्नु ? यस्ता समस्याहरू देखिरहिएका छन् ।
० अब के गर्दा जलविद्युत् आयोजनाहरू बनेर लोडसेडिङ अन्त्य हुन्छ त ?
– पहिलो त सरकारले कति जलविद्युत् नेपाललाई आवश्यक छ, त्यसको पहिचान गर्नुप¥यो । त्यसका आधारमा यो यो क्षेत्रमा यो यो जलविद्युत् आयोजनाहरू बनाउने भनेर योजना बनाउनुप¥यो । त्यसका आधारमा लाइसेन्स दिनुप¥यो । त्यो योजनालाई पञ्चवर्षीय आयोजनाभित्र पारेर त्यो आधारमा जलविद्युत् क्षेत्रको विकास गर्नुप¥यो । हिउँदमा कति आवश्यक छ, वर्षामा कति आवश्यक छ ? त्यसका आधारमा बिजुली उत्पादन गरेर बढी भएको बिजुली कहाँ बेच्ने र कसरी बेच्ने त्यो पनि टुंगो लगाउनुप¥यो ।
० प्राधिकरण जनशक्तिमा धनी भए पनि आफू भने गरिब छ नि, यसको कारण के होला ?
– प्राधिकरणको सेवा भनेको डोर टु डोर छ । मिटर राख्ने, बिल पुु¥याउने वा मिटर जाँच गर्न प्रत्येक ग्राहकको घर–घर पुग्नै पर्छ । टेलिफोनको जस्तो कुनै कोठामा बसेर लाइन काट्न सकिँदैन । यो त जनतासँग प्रत्यक्ष जोडदिएको क्षेत्र हो । त्यसकारण प्राधिकरणमा धेरै जनशक्ति देखिएको होला ।
० नेपालको जलविद्युत् क्षेत्रमा दक्ष जनशक्ति सबैभन्दा बढी
प्राधिकरणमा छन् तर विद्युत् क्षेत्र किन कमजोर बनेको हो त ?
– हरेक आयोजनाहरू विद्युत् प्राधिकरणलाई दिँदा धेरै सर्तहरू राखिएका हुन्छन् । जसले सहयोग ग¥यो, त्यो सहयोग गर्नेका १० सर्तहरू प्राधिकरणको माथि जाँतो झैं घुमिरहेका हुन्छन् । उनीहरूका सर्तअनुसार काम गर्नुपर्छ । जसको कारणले आयोजनाहरू सफल हुँदैनन् । उनीहरूका सर्त दायाँबायाँ जान सक्ने अवस्था रहँदैन ।
० प्राधिकरणले काम गरिरहेका धेरै आयोजनाहरूमा समयमै बन्न सकेका छैनन् नि, यसको कारण पनि यही हो कि अन्य छन् ?
– विशेषतः जसले आयोजनाहरूमा सहयोग गरेको छ, त्यो पनि कारण हुन् । अधिकांश आयोजनाहरू समयमै बन्न सकेका छैनन् । दाताको सहयोगको कारण कारण पनि एक मान्न सकिन्छ ।
उदाहरणका लागि चमेलियामा कोरियनहरूले सहयोग गरेका छन् । त्रिशूली–३ ए मा एक्जिम बैंकले सहयोग गरेको छ । अन्य स्थानीय जनतामा मागका कुराहरू पनि छन् ।
० अरूलाई दोष दिनुभन्दा पनि प्राधिकरणभित्र पनि बेला–बेलामा अनियमितताका घटना सार्वजनिक हुन्छन् । प्राधिकरणभित्र पनि त विकृति त छन् नि ?
– प्राधिकरणभित्र विकृृति नै छैन म भन्दिन । कुनै सार्वजनिक रूपमा वोलपत्र आह्वान गरेर सामान ल्याउँदा ठेकेदार कम्पनीले एउटा सामान पठाउनुपर्नेमा अर्को पठायो भने के गर्ने ? ट्रान्सफर्मर घटनामा पनि त त्यही हो नि ।
० लोडसेडिङ बढ्दै गएपछि धेरै जनताको प्रश्न छ, कहिले लोडसेडिङ अन्त्य हुन्छ ? प्राधिकरणको तर्फबाट भन्नुपर्दा जनताले कहिले लोडसेडिङ अन्त्य भएको हेर्न पाउँछन् ?
– हाम्रै उत्पादनका आधारमा हेर्ने हो भने अझै ६÷७ वर्ष
*     हजारौं मेगावाटका आयोजना जथाभावी रूपमा लाइसेन्स दि“दा अहिले उत्पादनमा समस्या आएको छ
*    जसले सहयोग ग¥यो, त्यो सहयोग गर्नेका १० सर्तहरू प्राधिकरणको 
       माथि जा“तो झैं घुमिरहेका हुन्छन्
*    बुढीगण्डकी, नौस्यालगाढ, दूधकोसी, पश्चिम सेतीलगायतका जलविद्युत् आयोजना निर्माणको कुरा अघि बढेका छन् 
*    ९÷१० वर्षअघि मैले नेपालमा दैनिक १४÷१५ घन्टासम्म लोडसेडिº हु“दै छ भनेर भन्दा धेरैले यसलाई खुस्केको कुरा पनि भनेका थिए