Wednesday, January 1, 2014

सुख्खायामको पीपीए दर १० रुपैयाँ ६० पैसा

काठमाडौं÷रास— नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले सुख्खा यामको बिजुलीको विद्युत खरिद सम्झौता (पीपीए) दर प्रति युनिट १० रुपैयाँ ६० पैसा दिने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले हिउँद अर्थात सुख्खा यामका लागि कुनै स्वदेशी तथा विदेशी कम्पनीले विद्युत उत्पादन गरेमा उक्त दर दिने निर्णय गरेको हो । ‘सन् २०२० भित्र निर्माण सम्पन्न गर्ने आयोजनाका लागि नयाँ पीपीए दर निर्धारण गर्ने निर्णय गरेका हौ ।
’–सञ्चालक सदस्य मनोज मिश्रले भने–‘ती प्रवद्र्धकले बर्षामा भारतमा विद्युत बेच्न सक्छन् भने हिउँदको सुख्खा याममा प्राधिकरणल विजुली किन्छ ।’ प्राधिकरणले सुख्खा यामलाई लक्षित गरी उक्त पीपीए रेट दिने गरी सार्वजनिक रुपमा आयोजना बनाउनका लागि विज्ञापनमार्फत आह्वान गर्ने निर्णय समेत गरेको छ । प्राधिकरणले हाल बर्षामा प्रति युनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा प्रति युनिट ८ रुपैयाँ ४० पैसा पीपीए रेट दिँदै आएको छ । बर्षाको तुलनामा हिउँदमा एक तिहाई मात्र विद्युत उत्पादन हुने कारण सर्वसाधारणले चर्को लोडसेडिङ बेहोर्नुपर्ने अवस्था छ ।
आगामी हिउँदमा दैनिक १८ घण्टा लोडसेडिङ हुने प्रक्षेपण गरेपनि भारतबाट विद्यु आया गरेर यस बर्ष १२ घण्टामा सीमित राख्ने प्राधिकरणको योजना छ । हाल दैनिक ९ घण्टा लोडसेडिङ छ । त्यसैगरी प्राधिकरणले हालसम्म विना कार्यविधि जथाभावी रुपमा डेडीकेटेड फिडर दिने गरेकोमा व्यवस्थित बनाउनका लागि बनाइएको नयाँ कार्यविधि समेत पारित गर्ने निर्णय गरेको छ ।

No comments: