काठमाडौं\रास— ऊर्जा मन्त्रालयले दुई जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । कास्कीको ६.८ मेगावाटका रुदी खोला र म्याग्दीको चार मेगावाटको घलेन्दी खोलालाई अनुमतिपत्र दिइएको विद्युत् विकास विभागका सूचना अधिकारी गोकर्णराज पन्तले जानकारी दिए ।
बिन्धवासिनी जलविद्युत् पावर कम्पनी प्रवद्र्धक रहेका रुदीको लागत १ अर्ब १५ करोड रुपैयाँ छ भने दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । त्यसैगरी, चिनियाँ पावर डेभलपमेन्ट कम्पनी प्रवद्र्धक रहेको घलेन्दीको लागत ५६ करोड छ भने तीन वर्षभित्र निर्माण गर्ने लक्ष्य छ । विभागका अनुसार, हालसम्म २१ सय ४० मेगावाटका ७८ आयोजनाले अनुमतिपत्र लिएर आयोजना निर्माण गरिरहेका छन् ।
|
Wednesday, January 1, 2014
दुई जलविद्युत्लाई लाइसेन्स
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment