काठमाडौं÷रास—
नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघ
र नेपाल क्रान्तिकारी युवा संघले लोडसेडिङ अन्त्यको माग गर्दै नेपाल
विद्युत् प्राधिकरणमा धर्ना दिएको छ । लोडसेडिङ वृद्धिका कारण सर्वसाधारण
मारमा परेको भन्दै उनीहरूले प्राधिकरण केन्द्रीय कार्यालयअगाडि धर्ना दिएका
हुन् ।
धर्नामा उनीहरूले भक्तपुरमा अन्य
क्षेत्रभन्दा बढी लोडसेडिङ हुँदै आएको उल्लेख गर्दै त्यो हटाउनसमेत मागेका
थिए । उनीहरूले प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीलाई समेत
लोडसेडिङ न्यूनीकरण नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
http://erajdhani.com/en/business/21202----
No comments:
Post a Comment