भीम गौतम, एमके माझी\राजधानी
काठमाडौं, २३ पुस
‘चोरलाई चौतारो, साधुलाई सुली’ भन्ने उखान झैं सप्तरी क्षेत्रका विद्युत् नचोर्ने परिवारले साविकको भन्दा दैनिक चार घन्टा बढी लोडसेडिङ भोग्नु परिरहेको छ । अनि न्यूनतम तोकिएको महसुल पनि तिर्नु परिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, नेपालको सबैभन्दा बढी विद्युत् चोरी जनकपुर क्षेत्रमा ३९ दशमलव ५५ प्रतिशत र जनकपुरमध्ये पनि सबैभन्दा बढी सप्तरीको राजविराज वितरण केन्द्रमा ५३ दशमलव ३५ प्रतिशत चुहावट हुन्छ ।
काठमाडौं, २३ पुस
‘चोरलाई चौतारो, साधुलाई सुली’ भन्ने उखान झैं सप्तरी क्षेत्रका विद्युत् नचोर्ने परिवारले साविकको भन्दा दैनिक चार घन्टा बढी लोडसेडिङ भोग्नु परिरहेको छ । अनि न्यूनतम तोकिएको महसुल पनि तिर्नु परिरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, नेपालको सबैभन्दा बढी विद्युत् चोरी जनकपुर क्षेत्रमा ३९ दशमलव ५५ प्रतिशत र जनकपुरमध्ये पनि सबैभन्दा बढी सप्तरीको राजविराज वितरण केन्द्रमा ५३ दशमलव ३५ प्रतिशत चुहावट हुन्छ ।
यस क्षेत्रमा हाल साताको ६८ घन्टा लोडसेडिङको तालिका सार्वजनिक गरिएकोमा चुहावटको कारण देखाउँदै दैनिक थप चार घन्टा लोडसेडिङ गर्ने गरिएको छ । लोडसेडिङ घटाउन नसके पनि प्राधिकरणले विद्युत् चोर्नेहरूलाई भने भटाभट कारबाही गरिरहेको छ । प्राधिकरण क्षेत्रीय कार्यालय जनकपुरका अनुसार, राजविराजमा मात्र एक साताभित्र विद्युत् हुकिङ गरिरहेको अवस्थामा ७६ जनालाई पक्राउ गरिएको छ । सशस्त्र र जनपद प्रहरीको सहयोगमा विगत आठ दिनदेखि चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ ।
‘बढी चुहावट भएको क्षेत्रमा बढी लोडसेडिङ गरिरहेका छौं तर चोरी नगर्नेहरूले बढी लोडसेडिङ भोग्नुपरेको छ,’ क्षेत्रीय प्रमुख विभूतिनाथ मिश्रले भने, ‘राजविराजमा चुहावट नियन्त्रण तीव्र बनाएर बिजुली चोर्नेहरूलाई पनि कारबाही गर्न सुरु गरिएको छ ।’ उनका अनुसार, विद्युत् चोर्दाचोर्दै ७६ जनाका सयौं कलर टिभी र १४ पानी तान्ने मोटरसमेत नियन्त्रणमा लिइएको छ । प्राधिकरण राजविराज वितरण केन्द्र प्रमुख शम्भु कुसियतका अनुसार विद्युत् चोरीमा संलग्न प्रतिव्यक्तिबाट ५ हजारका दरले जरिवाना असुल गरी सचेत गराउँदै छाडिने गरिएको छ । पक्राउ गरेका ७६ जनाबाट प्राधिकरण ३ लाख ८० हजार असुलसमेत गरिसकेको छ । विद्युत्को बिल समयमै तिर्ने तथा वैधानिक रूपमा मिटर राखेर बिजुली बाल्नेहरूले अन्य विद्युत् चोर्नेहरूका कारण बढी लोडसेडिङ भोग्नुपरेको गुनासो गर्दै आएका छन् । विद्युत् चुहावट बढ्दै गएपछि र त्यसको नियन्त्रणका लागि अभियान नगरेपछि प्राधिकरण केन्द्रीय कार्यालयले क्षेत्रीय तथा जिल्ला कार्यालयहरूलाई कडा रूपमा चुहावट नियन्त्रण गर्न निर्देशन दिएको छ । निर्देशनअनुसार, देशकै सबैभन्दा बढी चुहावट रहेका क्षेत्रमध्ये दोस्रो स्थानमा पर्ने राजविराजमा नियन्त्रण अभियान अघि बढाएको हो ।
प्राधिकरण केन्द्रका अनुसार जनकपुर क्षेत्रमा ६ प्रतिशत चुहावट घटाउन निर्देशन दिइएको छ । पहिला प्रहरी प्रशासनबाट सहयोग नआएको भन्दै चुहावट नियन्त्रणमा खासै चासो नदिने राजविराजलगायतका क्षेत्रमा चुहावट नियन्त्रण अभियान तीव्र पारिएको छ । ‘प्रहरी प्रशासनको सहयोगमा बढी चुहावट हुने क्षेत्रमा विशेष फोकस गरेर अभियान सञ्चालन गरिएको छ,’ प्राधिकरणका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘एक साताभित्र ७० भन्दा बढीलाई हुकिङ गर्दागर्दै पक्रेर राजविराजले नियन्त्रणका लागि गरेको प्रयासबाट पाठ सिक्नुपर्छ र अन्य क्षेत्रमा पनि यस्तै अभियान जारी राख्नुपर्छ,’ उनले भने ।
हाल २५ प्रतिशत चुहावट रहेकोमा आर्थिक वर्ष ०७०÷७१ भित्र प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीले १ दशमलव ५ प्रतिशत घटाउन निर्देशन दिएका छन् ।
No comments:
Post a Comment