भीम गौतम\राजधानी
काठमाडौं, २५ पुस
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नयाँ पाँच कम्पनीमार्फत नेपाल विद्युत् प्राधिकरणले खरिद गरेका ट्रान्सफर्मरबारे छानबिन प्रक्रिया अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा गुणस्तरहीन ट्रान्सफर्मरबारे गठित उपसमितिको छानबिन नै नपरेका पाँच कम्पनीद्वारा खरिद गरिएका करिब २ हजार थान ट्रान्सफर्मरबारे छानबिन प्रक्रिया अघि बढाएको हो ।
काठमाडौं, २५ पुस
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नयाँ पाँच कम्पनीमार्फत नेपाल विद्युत् प्राधिकरणले खरिद गरेका ट्रान्सफर्मरबारे छानबिन प्रक्रिया अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा गुणस्तरहीन ट्रान्सफर्मरबारे गठित उपसमितिको छानबिन नै नपरेका पाँच कम्पनीद्वारा खरिद गरिएका करिब २ हजार थान ट्रान्सफर्मरबारे छानबिन प्रक्रिया अघि बढाएको हो ।
तीन ट्रान्सफर्मर प्रकरणमा करिब १ अर्ब
रूपैयाँको बिगो दाबी गर्दै विशेष अदालतमा ४६ जनाविरुद्ध मुद्दा दायर
गरिसकेको अख्तियारले छानबिनमा नपरेका ट्रान्सफर्मर खरिदबारे समेत छानबिन
अघि बढाएको अख्तियार स्रोतले जानकारी दियो । गुणस्तरहीन ट्रान्सफर्मर
प्रकरणमा संलग्न कर्मचारीहरूबारे छानबिन गर्न पूर्वसञ्चालक सदस्य मोहनराज
पन्तको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनमा अर्का पूर्वसञ्चालक
सदस्य डा. कृष्णप्रसाद दुलालको संयोजकत्वमा रहेको समितिले पाँच
कम्पनीद्वारा खरिद ट्रान्सफर्मरहरू छानबिनमा नपरेको उल्लेख छ ।
समितिले २०६३ देखि २०६८ सम्म ६
कम्पनीद्वारा खरिद गरिएका ४ हजार ६ सय ट्रान्सफर्मर गुणस्तरहीन भएको
प्रतिवेदन दिएको थियो । कारबाहीका लागि प्राधिकरणले सो फाइल अख्तियारमा
पठाइएकोमा अख्तियारले उपसमितिले छानबिन नगरेका कम्पनीलाई समेत छानबिनको
दायरामा ल्याएर छानबिन अघि बढाएको हो ।
प्रतिवेदनमा सिचुवान डाङफाङ ट्रान्सफर्मर
लिमिटेड चीन, पिपल्स इलेक्ट्रिक एलायन्स ग्रुप चीन, एसभीआर इलेक्ट्रिकल्स
कम्पनी भारत तथा जेके होल्डिङ चीन र द वेम्स गु्रप ट्रेडिङ र सहवान्त
इलेक्ट्रिक कम्पनी थाइल्यान्डद्वारा खरिद गरिएका ट्रान्सफर्मरहरू छानबिनमा
नपरेको उल्लेख भए पनि अख्तियारले ती कम्पनीद्वारा खरिद ट्रान्सफर्मरबारे
पनि छानबिन अघि बढाएको हो । यी प्रकरणमा कोको प्राधिकरणका कर्मचारी मुछिएका
छन् भन्नेबारे अख्तियारले गोप्य नै राखेको छ । एसभीआर भारत, सहवान्त
थाइल्यान्ड, दुई लटमा हुवेई सनलाइट, जेके होल्डिङ र स्याङडङ इलेक्ट्रिक
चीनमार्फत खरिद गरिएका ट्रान्सफर्महरू छानबिन गर्दा दोषी देखिएका
कर्मचारीहरूले प्राधिकरणका उच्च अधिकारीहरू संलग्न ट्रान्सफर्मरहरूबारे
छानबिन नगरिएको भन्दै समितिको प्रतिवेदनको आलोचना गरेका थिए ।
प्राधिकरणको समितिले छानबिनमा नपरेकामध्ये
एक सिचुवान डङफाङ चीनमार्फत खरिद गरिएका ट्रान्फर्मर प्रकरणमा दोषी
देखिएका सो कम्पनीका नेपाली एजेन्ट इन्टर कन्टिनेन्टल बिजनेस नेटवर्कका
प्रोपाइटर मणिनाथ ढकाललाई भने अख्तियारले ५० लाख रूपैयाँ धरौटी मागेकोमा
बुझाएपछि तारिखमा छाडिएको छ । अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेले
प्राधिकरणको ट्रान्सफर्मरबारे छानबिन अघि बढाइरहेको जानकारी दिए पनि
विस्तृत रूपमा बताउन चाहेनन् ।
‘तीनओटा ट्रान्सफर्मर प्रकरणमा मुद्दा
दायर गरिसकेका छौं, केही छानबिनका क्रममा छन्,’ उनले भने, ‘छानबिनका क्रममा
कोको छन्, अहिले भन्न मिल्दैन ।’ २०६७ साल भदौमा प्राधिकरणका तत्कालीन
सञ्चालक सदस्य मुकेशराज काफ्लेको संयोजकत्वमा रहेको समितिले सोही वर्षको
पुसमा गुणस्तरहीन ट्रान्सफर्मरहरूबारे प्रतिवेदन दिएको थियो भने
प्राधिकरणले पुनः थप छानबिनका लागि २०६८ साल चैतमा तत्कालीन सञ्चालक सदस्य
दुलालको संयोजकत्वमा रहेको समितिले २०६९ जेठमा प्रतिवेदन दिएको थियो ।
दुलालको प्रतिवेदनका आधारमा प्राधिकरणका
दोषी कर्मचारी छानबिन गर्न तत्कालीन अर्का सञ्चालक सदस्य पन्तको
संयोजकत्वमा रहेको समितिले प्राधिकरणका उच्च अधिकारीहरूसहित ३३ जना संलग्न
भएको प्रतिवेदन दिएको थियो । प्राधिकरणभित्र गुणस्तरहीन ट्रान्सफर्मरमा
दोषी कर्मचारीहरूको कारबाहीबारे विवाद बढेपछि प्राधिकरण सञ्चालक समितिले नै
थप कारबाहीका लागि अख्तियारमा प्रतिवेदनसहित बुझाएको थियो ।
http://www.erajdhani.com/en/national/20999-------
No comments:
Post a Comment