काठमाडौं÷रास—
तीन वर्षअघि नेपाल विद्युत् प्राधिकरणको ग्राहक तथा वितरण शाखाअन्तर्गत
रहेको ग्रामीण विद्युतीकरण विभाग खारेज गरिएपछि निष्क्रिय ग्रामीण
विद्युतीकरण कार्यक्रमलाई सक्रिय बनाउन अभियान सुरु गरिएको छ । गत साउनदेखि
पुनःस्थापित गरिएको विभागको कामलाई सक्रिय बनाउनका लागि क्षेत्रीय
कार्यालयमा पुगेर अभियान सुरु गरिएको हो । विभाग र नेपाल ग्रामीण
विद्युतीकरण उपभोक्ता महासंघको सक्रियतामा प्राधिकरणका क्षेत्रीय
कार्यालयमा पुगेर निष्क्रिय कार्यक्रमलाई सक्रिय बनाउनका लागि अभियान सुरु
गरिएको महासंघका महासचिव नारायण ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार, जनकपुर क्षेत्रीय
कार्यालयबाट सुरु भएको सो अभियान फागुनभित्र सबै क्षेत्रीय कार्यालयमा
पुगेर ग्रामीण विद्युतीकरण कार्यक्रमलाई सक्रिय बनाउने लक्ष्य छ । विभाग,
महासंघ, ग्रामीण विद्युतीकरण कार्यक्रमका ठेकेदार, प्राधिकरण क्षेत्रीय
कार्यालय र मातहत जिल्लाका प्रतिनिधिसमेत राखेर विद्युतीकरण कार्यक्रममा
देखिएका समस्या र समाधानबारे छलफल गरिने विभागले जनाएको छ । जनकपुरमा
अभियानअन्तर्गत छलफल र समीक्षा सुरु भइसकेको र दुई महिनाभित्र हेटौंडा,
बुटवल, नेपालगन्ज, पोखरा, अत्तरिया, विराटनगर र काठमाडांैलगायतका क्षेत्रमा
समेत छलफल तथा समीक्षा गर्ने लक्ष्य छ ।
जनकपुरको छलफलमा सामुदायिक विद्युतीकरण
विभागका प्रमुख मनोज सिलवाल, लेखासहायक निर्देशक सूर्य सिवाकोटी, क्षेत्रीय
प्रमुख विभूतिनाथ मिश्रलगायतले सामुदायिक विद्युतीकरणबारे चर्चा गरेका थिए
।
http://erajdhani.com/en/business/21206-----
No comments:
Post a Comment