राजधानी समाचारदाता
काठमाडौं, २७ कात्तिक
काठमाडौं, २७ कात्तिक
सरकारले आगामी सार्क सम्मेलनमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री
मोदीको नागरिक अभिनन्दन मात्रै हुने जानकारी दिएको छ । बिहीबार
व्यवस्थापिका संसद्को राज्य व्यवस्था समिति बैठकमा उपप्रधान तथा गृहमन्त्री
वामदेव गौतमले सो जानकारी दिएका हुन् ।
भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र लुम्बिनीमा सार्वजनिक सम्बोधन र
साइकल वितरण गर्ने चर्चा चलिरहेका बेला सरकारले मोदीको नागरिक अभिनन्दन
गर्ने कार्यक्रम मात्रै रहेको प्रस्ट पारेको हो । गृहमन्त्री गौतमले भारतीय
प्रधानमन्त्री मोदीको जनकपुरमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय
भइसकेको बताए । ‘भारतीय प्रधानमन्त्रीले सम्बोधन गर्ने होइन, जनकपुरमा
जनताले उहाँलाई अभिनन्दन गर्ने कार्यक्रम मात्रै रहेको छ,’ सभासद्को
जिज्ञासा मेट्दै उपप्रधान तथा गृहमन्त्री गौतमले भने । उनले केही व्यक्ति र
संस्था सार्क सम्मेलनमा आउने विदेशी विशिष्ट व्यक्तिहरूलाई विवादमा पार्न
चाहिरहेको भन्दै बाहिर चर्चा गरेजस्तो कुनै कार्यक्रम नरहेको पनि प्रस्ट
पारे । ‘मेरो जनकारीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम मात्रै छ, यस्तो
अभिनन्दन गर्ने कार्य परम्परादेखि चल्दै आएको हो,’ गौतमले भने । मोदीले
जनकपुरमा सम्बोधन गर्ने विषयलाई लिएर सभासद्हरूले प्रश्न उठाएपछि
गृहमन्त्रीले सम्बोधन या कुनै राहत वितरणको कार्यक्रम तय नभएको प्रस्टीकरण
दिएका हुन् ।
उनले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरमा साइकल वितरण गर्ने कार्यक्रम
तय भएको भन्ने कुरा असत्य रहेको समेत प्रस्ट पारेका छन् । दक्षिण एसियाली
क्षेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनका लागि भारतीय
प्रधानमन्त्री मोदी जनकपुर हुँदै राजधानी आउन लागेका छन् । सोही विषयलाई
लिएर राज्य व्यवस्था समितिको बैठकमा सभासद्हरूले मोदीको सुरक्षा, जनकपुरमा
साइकल वितरण र सार्वजनिक सम्बोधनको विषयमा चासो राखेका थिए । प्रधानमन्त्री
सुशील कोइरालासमेत उपस्थित समिति बैठकमा सभासद्हरूले सार्क सम्मेलनमा
सुरक्षा, सार्वजनिक बिदा, ट्राफिक व्यवस्थापनलगायतका विषयमा पनि चासो
राखेका थिए ।
बैठकमा सभासद् तथा एमाले नेता युवराज ज्ञवाली, एमाओवादीका गिरिराजमणि
पोखरेल, कांग्रेसका रमेश लेखक, हृदयराम थानीलगायतले सुरक्षा व्यवस्थामा
गम्भीर हुन सरकारलाई सुझाएका थिए । सुरक्षाको विषय संवेदनशील हुने हुँदा
सामान्य कुराले पनि अन्तर्राष्ट्रिय स्तरमा ठूलो प्रभाव पार्ने भन्दै
यसबारे सरकार सचेत हुनुपर्ने उनीहरूले सुझाव थियो । एमालेकै अर्का सभासद्
यज्ञराज सुनुवारले अर्को देशको प्रधानमन्त्रीले टोलटोलमा सम्बोधन गर्ने
कुरा राम्रो नहुने बताएका थिए । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले
भने सार्क सम्मेलनलाई मोदीमय बनाउन लागिएको आरोप लगाएका थिए । यस्तै,
सम्मेलन अवधिभर जनतामा पुग्ने असुविधाप्रति पनि सोच्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री र गृहमन्त्रीको जवाफपछि समितिले सार्क सम्मेलनमा सुरक्षा
व्यवस्था मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिले राज्यका सुरक्षा
निकायलाई अति चनाखो र चुस्त तुल्याई आइपर्न सक्ने सम्भावित समस्याहरूको
आँकलन, विश्लेषणसहित रोकथामको रणनीति र कार्यनीति तत्काल तर्जुमा गर्न
सरकारलाई निर्देशन दिएको हो । सार्क शिखर सम्मेलनमा सहभागी हुने विशिष्ट
पाहुनालगायत सरोकारवालाहरूको सुरक्षा व्यवस्थापनमा मुलुक र सम्बन्धित
सबैलाई आश्वस्त तुल्याउने कार्यमा मात्र सीमित रही प्रक्रिया र अन्य
व्यवस्थापनलाई सार्वजनिक नगर्न पनि समितिले निर्देशन दिएको छ ।
समितिले अति विशिष्ट पाहुनाहरूको सवारी व्यवस्थापनका सन्दर्भमा हुन सक्ने
ट्राफिक समस्याको पूर्वआँकलन गरी सही र उचित व्यवस्थापनका लागि ध्यान
पु¥याउन पनि सरकारलाई निर्देशन दिएको छ । सार्क शिखर सम्मेलनको औचित्यता र
गाम्भीर्यका सन्दर्भमा सकारात्मक सन्देश मात्र प्रवाह हुन सक्ने
क्रियाकलापलाई प्रोत्साहित गर्दै नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धि
गर्ने÷गराउने कार्यमा सजग र सचेत रहन पनि समितिले निर्देशन दिएको छ ।
‘पहिला थप बिजुली आयातका लागि पत्र पठाउँदा पनि भारतले बेवास्ता गर्दथ्यो
तर अहिले प्राधिकरणलाई फोन गरेर नै भारतीय अधिकारीहरूले बोलाउन थालेका
छन्,’ उनले भने, ‘प्रधानमन्त्री मोदीका कारण यसो भएको हो, उनले नेपाल
भ्रमणका क्रममा संसद्मा अहिले नेपाललाई लोडसेडिङ भएको बेला भारतले थप
बिजुली दिने र बढी भएपछि किनेर भारत लैजाने बताएका थिए ।’
हिउँदमा १६ घन्टासम्म लोडसेडिङ प्रक्षेपण गरिएकोमा सरकारले भारतबाट थप
बिजुली ल्याएर १२ घन्टामा सीमित बनाउने योजना बनाएको थियो ।सोही आधारमा
भारत थप बिजुली दिन सहमत भएपछि लोडसेडिङको भयावह कम हुने अनुमान गरिएको छ ।
हालको प्रसारण प्रणालीबाट २ सय ४० मेगावाट बिजुली मात्र आयात हुन सक्ने भए
पनि नेपाल र भारतका केही क्षेत्रका नाकाहरूको सुदृढीकरण गरेर थप बिजुली
ल्याउने योजना प्राधिकरणको छ । हाल प्राधिकरणले रक्सौल, टनकपुर,
कटैयालगायतका १० नाकाबाट बिजुली ल्याएकोमा थप तीन नाकाबाट पनि ल्याउने
योजना बनाएको छ ।
No comments:
Post a Comment