मन्त्रिपरिषद्द्वारा स्वीकृत
राजधानी समाचारदाता
काठमाडौं, ८ मंसिर
काठमाडौं, ८ मंसिर
लगानी बोर्ड र नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको
प्रवद्र्धक भारतीय कम्पनी सतलज निगमबीच आयोजना विकास सम्झौता (पीडीए) आज
मंगलबार हस्ताक्षर हुँदै छ ।१० र ११ मंसिरमा काठमाडांै हुन लागेको दक्षिण
एसियाली सहयोग संगठन (सार्क) को १८आंै शिखर सम्मेलनको अवसर पारेर पीडीएमा
हस्ताक्षर हुन लागेको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्ले अरुण तेस्रोको पीडीएका लागि स्वीकृति दिएको
थियो । कांग्रेस र एमालेका नेतृत्वसँग छलफल गरेपछि सोमबार मन्त्रिपरिषद्ले
पीडीएका लागि स्वीकृति दिएको थियो ।
प्रधानमन्त्री सुशील कोइराला तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको
उपस्थितिमा पीडीएमा हस्ताक्षर हुन लागेको लगानी बोर्डले जनाएको छ ।
सन् २०१० मा अरुण तेस्रोको प्रवद्र्धकले पीडीएका लागि निवेदन दिएकोमा
विभिन्न चरणको वार्तापछि बल्ल शुक्रबार लगानी बोर्डको बैठकले पीडीए स्वीकृत
गरेको थियो । हालै बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र निगमका
कार्यकारी निर्देशक आरके अग्रवाल नेतृत्वको टोलीबीचको वार्तामा पीडीए गर्न
दुवै पक्ष सहमत भएका थिए ।
असोजको पहिलो साता बोर्डले नौ सय मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत्
आयोजना प्रवर्धक भारतीय कम्पनी जीएमआरस“ग पीडीए सम्झौता गरेको थियो ।
अधिकांश माथिल्लो कर्णालीकै प्रावधानमा टेकेर अरुणको पनि पीडीए हुन लागेको
बोर्डले जनाएको छ ।
भारतमा बिजुली निर्यात गर्ने गरी बन्न लागेको सो आयोजना दुई वर्Èभित्र
वित्तीय व्यवस्थापन गरी त्यसको पा“च वर्Èभित्र सम्पन्न गर्ने लक्ष्य
राखिएको छ । प्रमुख कार्यकारी अधिकृत पन्तका अनुसार स्थानीयले १ देखि डेढ
अर्बबराबरको सेयर पाउनेछन् । आयोजनाको लागत झन्डै १ खर्ब १५ अर्बको अनुमान
गरिएको छ ।
बोर्डका अनुसार आयोजनाका प्रभावित Ôेत्रका बासिन्दालाई प्रतिमहिना न्यूनतम
सर्वसाधारणले खपत गर्ने २४ युनिटबराबर निःशुल्क विद्युत् दिन पनि सतलज
कम्पनी सहमत भएको छ । सन् २००८ मा खुला प्रतिस्पर्धाको आधारमा लाइसेन्स
दिएको अरुण तेस्रोको सम्झौतामा समेत २१.९ प्रतिशत निःशुल्क ऊर्जा दिने
उल्लेख छ । आयोजना बनेमा आयकर, भ्याटलगायतबापत झन्डै साढे ३ सय अर्ब नेपाली
रुपैया“ नेपालले पाउनेछ ।
त्यसैगरी, सतलजले आयोजना प्रभावित Ôेत्रका लागि अन्तर्राष्ट्रिय
मापदण्डअनुसार पुनस्र्थापना, Ôतिपूर्तिका साथै अन्य सुविधा दिनुपर्नेछ ।
माथिल्लो कर्णालीमा जस्तो अरुण तेस्रोमा पनि २१ दिनसम्म लगातार बन्द, हडताल
भएमा त्यसको Ôतिपूर्ति नेपालले दिनुपर्ने उल्लेख छ ।
बोर्ड र सतलजबीच आयोजना निर्माण गर्दा तल्लो तटीय Ôेत्रमा हुने असरबारे
प्राविधिक समिति गठन गरी ६ महिनाभित्र अध्ययन गरेर त्यसको आवश्यकताको
आधारमा रि–रेगुलेटेड ड्याम बनाउने वा नबनाउने निर्णय गर्नेसमेत सहमति भएको छ
।
http://rajdhani.com.np/article/0540542001416888925
No comments:
Post a Comment