शीर्ष बैठकका लागि दर्जनभन्दा बढी प्रस्ताव
भीम गौतम / राजधानी
काठमाडौं, ७ मंसिर
काठमाडौं, ७ मंसिर
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) स्थायी समितिको ४१औं बैठक
आइतबारदेखि सुरु भएको छ । परराष्ट्र सचिव स्तरीय सो स्थायी समिति बैठकमा
शनिबार भएको छलफलमा एक दर्जनभन्दा बढी विषयमा छलफल सुरुभएको हो ।
कार्यक्रम समितिको बैठकबाट प्रस्ताव गरिएका कार्यक्रम र गतिविधिका साथै
आर्थिक र वित्तीय सहयोग र सार्क विकास कोÈको दोस्रो बैठकको प्रतिवेदन,
आतंकवाद नियन्त्रण, गरिबी निवारण, ऊर्जा, कृषि, ग्रामीण विकास, सूचना तथा
सञ्चार प्रविधि कोष, खाद्य सुरक्षा, वातावरण, जलवायु परिवर्तन, सामाजिक
विकास, स्वाथ्य, जनसंख्या, कानुनी मामिला, लागूपदार्थ दुव्यर्सनलगायतबारे
छलफल हुने कार्यक्रम छ । दुईदिने बैठकबाट निकालिने निष्कर्षलाई सार्क
मन्त्रिपरिषद्बाट पारित भएपछि सार्क शिखर सम्मेलनमा प्रस्तुत गरी ३१ बुँदे
काठमाडौं घोषणापत्र जारी हुनेछ ।
बैठकअघि पत्रकारसँग कुरा गर्दै सार्क महासचिव अर्जुनबहादुर थापाले सार्क
शिखर सम्मेलनका क्रममा ऊर्जा सहयोग, रेल र सडक यातायातसम्बन्धी सम्झौताका
लागि मस्यौदा तयार भएको जानकारी दिए । बैठकमा नेपालको तर्फबाट परराष्ट्र
मन्त्रालयका कायममुकायम सचिव शंकरदास वैरागीले नेतृत्व गरेका छन् । अबको
दुई वर्ष सार्क स्थायी समितिको अध्यक्ष नेपालका परराष्ट्र सचिव हुनेछन् ।
मंगलबार सार्क मन्त्रिपरिषद्को बैठक हुनेछ भने १० र ११ मंसिरमा १८आंै शिखर
सम्मेलन हुनेछ ।
http://rajdhani.com.np/article/0287326001416792127
No comments:
Post a Comment