Tuesday, November 25, 2014

काबेली जलविद्युत्लाई साढे चार अर्ब दिने सम्झौता

काठमाडौं÷रास— काबेली ए जलविद्युत् आयोजनाका लागि विश्व बैंकअन्तर्गत इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसनले ४ अर्ब ५३ करोड २० लाख रुपैयाँ दिने सम्झौता भएको छ ।
अर्थ मन्त्रालयमा सोमबार अर्थसचिव सुमनप्रसाद शर्मा र विश्व बैंकका नेपाल अफिसका राष्ट्रिय प्रबन्धक ताकिया कमाताबीच काबेलीलाई ४६ मिलियन डलर अर्थात् ४ अर्ब ५३ करोड २० लाख रुपैयाँ दिने सम्झौतामा हस्ताक्षर भएको हो । ४६ मिलियन डलरमध्ये ४० मिलियन ऋण हो भने ६ मिलियन अनुदान हो ।
यसैगरी, सो अवसरमा सचिव शर्मा र विश्व बैंकका ताकियाबीच वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको बायोग्याँस परियोजनाका लागि ७.९ मिलियन अर्थात् ७८ करोड अनुदान दिने सम्झौतासमेत भएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा बनिरहेको ३७.६ मेगावाटको काबेली ए जलविद्युत् आयोजना ताप्लेजुङ र पा“चथर जिल्लामा निर्माण भइरहेको छ ।
सो आयोजनाका लागि अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) ले समेत ऋण दिइसकेको छ । सरकारले विश्व बैंक समूहस“ग काबेलीका लागि ऋण दिने सम्झौता गरे पनि यो आयोजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काबेली खारेजीका लागि निर्देशन दिएपछि विवाद बढेको छ । ऊर्जा मन्त्रालयले हालसम्म यो आयोजनाबारे निर्णय गरिनसकेकाले खारेज हुने÷नहुने अन्योल छ ।
काबेली आयोजनाको प्रबन्धक बुटबल पावर कम्पनीका प्रमुख उत्तरकुमार श्रेष्ठले भने विदेशी लगानीकर्ताको लगानी तथा सरकारलाई वित्तीय व्यवस्थापनबारे स्पष्ट जानकारी दिइसकेकाले खारेज नहुने बताए । 
http://rajdhani.com.np/article/0917817001416889022

No comments: