–जमानत जफत गरिने
भीम गौतम\राजधानी
काठमाडौं, २० कातिर्क । चीनीया“ कम्पनी जेके होल्डिङले गुणस्तरहिन ट्रान्सफर्मर प्रतिष्थापन गर्न अस्वीकार गरेको छ ।
गत सोमबार प्रतिष्थापनका लागि नेपाल विद्युत प्राधिकरणले पत्र पठाएकोमा बिहीबार जेके होल्डिङ कम्पनीले पुनः प्रतिष्थापन गर्न पत्र पठाएकोमा चीनीयाँ सरकारले अनुमति नदिने भन्दै स्वीकार गरेको हो । प्राधिकरण जेके होल्डिङमार्फत ४ जुलाई २०११ मा १ सय १५ थान र ३ नोभेम्बर २०११ मा ४ सय ७४ थान ट्रान्सफर्मर खरिद गरेको थियो । खरिद सबै ट्रान्सफर्मर गुणस्तरहिन देखिएपनि जेके होल्डिङले आफ्नो गल्ती स्वीकार्दै सबै ट्रान्सफर्मर प्रतिष्थान गरेको थियो तर प्रतिष्थापन गरेकामध्ये पनि ३ सय १८ ट्रान्सफर्मरमा दोस्रो पटक पनि परीÔणको क्रममा गुणस्तरहिन देखिएको थियो । पहिलो पत्रको आधारमा एक बर्È अघि कम्पनीले सबै गुणस्तरहिन ट्रान्सफर्मर प्रतिष्थापन गरेको थियो ।
कम्पनीले प्रतिष्थापन गर्न नमान्दा आविर्टेसनमा जानुपर्ने र त्यसका लागि लाखौ खर्च लाग्ने भन्दै प्राधिकरणले गुणस्तरहिनताको मापन गरी त्यसको आधारमा दोब्बरदेखि चौब्बरसम्म जरीवाना गरी ती ट्रान्सफर्मर स्वीकार्ने निर्णय गरेको थियो । प्राधिकरण व्यवस्थापनले जेके होल्डिङलाई जरीवाना गर्ने गरी प्रस्ताव प्राधिकरण सञ्चालक समितिमा पेश गरेकोमा ६८६ औ बैठकले अस्वीकार गरेपछि पुनः पत्र पठाएको थियो । फेरि प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णय अनुसार प्रतिष्थापित भएर परीÔणको क्रममा गुणस्तरहिन देखिएका ३ सय १८ ट्रान्सफर्मर प्रतिष्थापनका लागि पत्र लेखेकोमा प्रतिष्थापन गर्न अस्वीकार गरेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए । उनका अनुसार, प्रतिष्थापन गर्न नमानेपछि प्राधिकरणको ग्राहक तथा वितरण निर्देशानालयले कम्पनीले राखेको परफरेन्स जमानत जफत गरी असुल उपरका लागि प्राधिकरण सञ्चालक समितिमा पठाइने भएको छ । कम्पनीले समेत आफ्नो जमानत रकमबाट असुल गर्न र नेपालले कम्पनीमा फर्काउन बाँकी गुणस्तरहिन भनिएका ९ सय ७ थान ट्रान्सफर्मर फिर्ता गराउन पनि प्राधिकरणलाई पत्र पठाएको छ ।
प्राधिकरणले ग्यारेण्टी भ्यालुभन्दा बढी १५ प्रतिशतसम्म लस भएमा ती ट्रान्सफर्मर स्वीकारेर सम्बन्धित कम्पनीलाई नो लोड लसमा प्रति युनिट ४ हजार ६ सय ८४ डलर तथा लोड लसमा प्रति युनिट ६१८ डलरलाई आधार मानेर त्यसलाई पँजीकरण गरी दोब्बर जरीवाना लिने गरेको छ तर १५ प्रतिशतसम्म बढी लस भएको ट्रान्सफर्मर कम्पनीलाई के गर्ने भन्ने अन्योल रहेको बेला प्राधिकरण सञ्चालक समितिको ६ सय ७८ औ बैठकबाट १५ प्रतिशतलाई लाग्नेभन्दा दोब्बर अर्थात चौब्बर जरीवाना लगाउने निर्णय गरेको थियो । सोही आधारमा चीनको सेन्डम इलेक्ट्रिक पावर ट्रान्समिसन एण्ड इन्जिनियरिङ कम्पनीद्धारा सन् २०१० मा खरिद गरिएका ५० केभीएका ४० वटा ट्रान्सफर्मरमा १५ प्रतिशतभन्दा बढी कम्पोनेन्ट लस भेटिएपछि चौब्बर जरीवाना तथा १०० र २०० केभीएका १ सय ५ ट्रान्सफर्मरमा १५ प्रतिशतसम्म लस भेटिएपछि दोब्बर जरीवाना गर्ने निर्णय प्राधिकरणले गरेको थियो । सोही आधारमा सो कम्पनीले प्राधिकरण्लाई २४ हजार ७१ डलर जरीवाना तिरेको थियो तर जेके होल्डिङलाई जरीवाना तिराउने प्रस्तावलाई भने प्राधिकरण सञ्चालक समितिले अस्वीकार गरेको थियो । अस्वीकार गरेपछि दुई पटक प्रतिष्थापनका लागि पत्र लेखेको हो । यस अघि समेत सो कम्पनीले एक पटक प्रतिष्थापन गरेको ट्रान्सफर्मर पुनः प्रतिष्थापन गर्न चीनीयाँ सरकारले अनुमति नदिने उल्लेख गरेको छ ।
प्राधिकरणद्धारा २०६७ सालमा तत्कालीन सञ्चालक सदस्य एवं हालका कार्यकारी निर्देशक मुकेश काङ्खले र २०६८ मा तत्कालीन सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा रहेको समितिले ०६३ सालपछि खरिद गरिएका करिब ५ हजार ट्रान्सफर्मर गुणस्तरहिन भएको पत्ता लगाएको थियो भने सोही प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका उच्च अधिकारीसहित ५ दर्जनविरुद्ध भ्रष्टाचारको आरोपसहित विशेÈ अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । ट्रान्सफर्मरमा बाहिर र भित्र दुवैमा तामा हुनुपर्नेमा अधिकांशमा भित्र आल्मुनियम पाइएको थियो तर जेके होल्डिङद्धारा खरिद ट्रान्सफर्मरमा भने भित्र र बाहिर दुवै आल्मुनियम पाइएको थियो ।
No comments:
Post a Comment