भीम गौतम\राजधानी
काठमाडौं, १५ कार्तिक । चीनीयाँ कम्पनी जेके होल्डिङले प्रतिष्थापन गरेर पुनः गुणस्तरहिन देखिएका ट्रान्सफर्मर फेरि पुर्नस्थापनाका लागि पत्र पठाउने तयारी गरेको छ । २०६७ सालमा ५ सय ८९ वटा ट्रान्सफर्मर खरिद गरेको जेकेलाई नेपाल विद्युत प्राधिकरणले तेस्रोपटक पत्र पठाउन लागेको हो ।
पहिलो पत्रको आधारमा एक बर्ष अघि नेपाल विद्युत प्राधिकरणद्धारा जेके होल्डिङ कम्पनीद्धारा दुई लटमा गरी ५ सय ८९ ट्रान्सफर्मर खरिद गरेकोमा गल्ती स्वीकार्दै सबै प्रतिष्थापन गरेकोमा ३ सय १८ ट्रान्सफर्मरमा दोस्रो पटक पनि परीक्षणको क्रममा गुणस्तरहिन देखिएको थियो । त्यसपछि प्राधिकरणले पुनः पुर्नस्थापनका लागि जेके होल्डिङलाई पत्र पठाएको दोहोर्याएर प्रतिष्थापन गर्न चीनीयाँ सरकारले गर्न नदिने भन्दै प्राधिकरणलाई पत्र पठाएको थियो । गुणस्तरहिन ट्रान्सफर्मर कम्पनीले प्रतिष्थापन गर्न नमान्दा आर्विटेसनमा जानुपर्ने र त्यसका लागि लाखौ खर्च लाग्ने भन्दै प्राधिकरणले गुणस्तरहिनताको मापन गरी त्यसको आधारमा दोब्बरदेखि चौब्बरसम्म जरीवाना गरी ती ट्रान्सफर्मर स्वीकार्ने निर्णय गरेको थियो । प्राधिकरण व्यवस्थापनले जेके होल्डिङलाई जरीवाना गर्ने गरी प्रस्ताव प्राधिकरण सञ्चालक समितिमा पेश गरेकोमा ६८६ औ बैठकले अस्वीकार गरेपछि पुनः पत्र पठाउन लागिएको हो । ‘फेरि प्राधिकरण सञ्चालक समितिको बैठकको निर्णय अनुसार प्रतिष्थापित भएर परीक्षणको क्रममा गुणस्तरहिन देखिएका ३ सय १८ ट्रान्सफर्मर प्रतिष्थापनका लागि पत्र लेख्दैछौ ।’–प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालय जिन्सी व्यवस्थापन शाखाका उपप्रबन्धक नुतनदेव भट्टराईले भने ।
प्राधिकरणले ग्यारेण्टी भ्यालुभन्दा बढी १५ प्रतिशतसम्म लस भएमा ती ट्रान्सफर्मर स्वीकारेर सम्बन्धित कम्पनीलाई नो लोड लसमा प्रति युनिट ४ हजार ६ सय ८४ डलर तथा लोड लसमा प्रति युनिट ६१८ डलरलाई आधार मानेर त्यसलाई पु“जीकरण गरी दोब्बर जरीवाना लिने गरेको छ तर १५ प्रतिशतसम्म बढी लस भएको ट्रान्सफर्मर कम्पनीलाई के गर्ने भन्ने अन्योल रहेको बेला प्राधिकरण सञ्चालक समितिको ६ सय ७८ औ बैठकबाट १५ प्रतिशतलाई लाग्नेभन्दा दोब्बर अर्थात चौब्बर जरीवाना लगाउने निर्णय गरेको छ । सोही आधारमा चीनको सेन्डम इलेक्ट«िक पावर ट्रान्समिसन एण्ड इन्जिनियरिङ कम्पनीद्धारा सन् २०१० मा खरिद गरिएका ५० केभीएका ४० वटा ट्रान्सफर्मरमा १५ प्रतिशतभन्दा बढी कम्पोनेन्ट लस भेटिएपछि चौब्बर जरीवाना तथा १०० र २०० केभीएका १ सय ५ ट्रान्सफर्मरमा १५ प्रतिशतसम्म लस भेटिएपछि दोब्बर जरीवाना गर्ने निर्णय प्राधिकरणले गरेको थियो । सोही आधारमा सो कम्पनीले प्राधिकरणलाई २४ हजार ७१ डलर जरीवाना तिरेपनि जेके होल्डिङको प्रस्तावलाई भने प्राधिकरण सञ्चालक समितिले अस्वीकार गरेको थियो ।
प्राधिकरणद्धारा २०६७ सालमा तत्कालीन सञ्चालक सदस्य एवं हालका कार्यकारी निर्देशक मुकेश काफ्ले र २०६८ मा तत्कालीन सञ्चालक सदस्य डा. केपी दुलालको संयोजकत्वमा रहेको समितिले ०६३ सालपछि खरिद गरिएका करिब ५ हजारभन्दा बढी ट्रान्सफर्मर गुणस्तरहिन भएको पत्ता लगाएको थियो भने सोही प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका उच्च अधिकारीसहित ५ दर्जनविरुद्ध भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । ट्रान्सफर्मरमा बाहिर र भित्र दुवैमा तामा हुनुपर्नेमा अधिकांशमा भित्र आल्मुनियम पाइएको थियो तर जेके होल्डिङद्धारा खरिद ट्रान्सफर्मरमा भने भित्र र बाहिर दुवै आल्मुनियम पाइएको थियो ।
प्राविधिकहµका अनुसार आल्मुनियम प्रयोग गरिएको ट्रान्सफर्मरमा छिट्टो बिग्रने, फुल लोड नधान्ने, चुहावट बढी हुने, एकपटक बिग्रेपछि मर्मत गर्न नसकिने, आयु कम हुने लगायत समस्या हुन्छन् । तामाको ट्रान्सफर्मर बिग्रेपछि पुनः मर्मत गर्न सकिन्छ । तर, आल्मुनियमको मर्मत गर्न सकि“दैन । यही कारण पछिल्लो समयमा अधिकांश ट्रान्सफर्मर तामाकै प्रयोग गरिन्छ ।

No comments:
Post a Comment