काठमाडौं÷रास– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर, लुम्बिनी र
मुक्तिनाथ मन्दिरको भ्रमण रद्द भएको छ । सार्क शिखर सम्मेलनका क्रममा
भारतीय प्रधानमन्त्री मोदीले गर्न लागेको ९ मंसिरको जनकपुर तथा १२ मंसिरको
लुम्बिनी र मुक्तिनाथ भ्रमण रद्द भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले ४ मंसिरमा
विज्ञप्ति जारी गरी मोदीको जनकपुर भ्रमण रद्द भएको उल्लेख गरेका थिए ।
यद्यपि, भारतले औचापरिक रूपमा भ्रमणबारे केही बताएको थिएन । आइतबार भारतीय
विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले भारतीय प्रधानमन्त्री मोदीले
सार्क सम्मेलनका क्रममा काठमाडांैको मात्र भ्रमण हुने जनाई काठमाडौं
बाहिरका तीनओटै भ्रमण रद्द भएको प्रस्ट पारेका हुन् । प्रवक्ता सैयदले
भारतमा गरिएका प्रतिबद्धताका कारण भ्रमण स्थगित गर्नुपरेको उल्लेख गर्दै
पछि लुम्बिनी, जनकपुर र मुक्तिनाथको भ्रमणका साथै राजनीतिक नेतृत्व र
जनतासँग अन्तक्र्रिया गर्न तयार रहेको बताएका छन् ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी भारतीय प्रधानमन्त्री
मोदीको काठमाडांै बाहिर जाने कार्यक्रम नरहेको स्पष्ट पारेको छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदीले काठमाडौं बाहिर गर्ने
भनिएको भ्रमण स्थगित भएको सूचना प्राप्त भएको जानकारी दिए । ‘भारतीय
प्रधानमन्त्रीको काठमाडौं बाहिर जाने भ्रमणको कार्यक्रम रद्द भएको खबर आएको
छ,’ उनले भने । बिहीबारको यातायातमन्त्री निधिको विज्ञप्ति जारी गरेर
जनकपुर भ्रमण रद्द भएको जनाएको भोलिपल्ट सरकारले भारतीय राजदूत रञ्जित
रेमार्फत मोदीलाई भ्रमण रद्द नगर्न आग्रह गरेको थियो । प्रधानमन्त्री सुशील
कोइराला र उपप्रधानमन्त्री वामदेव गौतमलगायतले पनि भारतीय प्रधानमन्त्री
मोदीको भ्रमण रद्द नगर्न आग्रह गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदी तीनै धार्मिक क्षेत्रमा भ्रमण आउने र त्यसको
तयारी गर्नू भनेर सरकारले निर्देशन दिएपछि आइतबारसम्म नै ती क्षेत्रमा
तयारी अघि बढाइएको थियो । अन्योलबीच भारतीय विदेश मन्त्रालयले औपचारिक
रूपमा तीन धार्मिक क्षेत्रको भ्रमण स्थगित गरिएको सार्वजनिक गरेपछि सो
क्षेत्रका बासिन्दा निराश बनेका छन् ।
http://rajdhani.com.np/article/0781564001416792695
No comments:
Post a Comment