भीम गौतम\काठमाडौं
सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर, लुम्बिनी र
मुक्तिनाथको भ्रमण रद्द नगर्न आग्रह गरेको छ । तीन धार्मिकस्थलमा मोदीले
गर्ने भनिएको भ्रमण रद्द गर्न लागेको सार्वजनिक भएपछि शुक्रबार बिहान
सरकारले भारतीय राजदूत रञ्जित रायमार्फत प्रधानमन्त्री मोदीलाई भ्रमण रद्द
नगर्न आग्रह गरेको हो ।
मोदीको भ्रमण रद्द हु“दा जनकपुर, लुम्बिनी र मुक्तिनाथको पर्यटकीय र
धार्मिक स्थलहरूको विदेशमा हुने प्रवद्र्धन एवं प्रचार–प्रसारमा असर गर्ने
निष्कर्षसहित सरकारले भ्रमण जारी राख्न आग्रह गरेको हो । प्रधानमन्त्री
सुशील कोइरालाले भारतीय प्रधानमन्त्री मोदी र उपप्रधानमन्त्री वामदेव
गौतमले आङ्खना समकक्षी राजनाथ सिंहलाई फोन गरेर भ्रमण रद्द नगर्न आग्रह
गरेका थिए । उपप्रधानमन्त्री गौतमले भारतीय राजदूत रायलाई प्रधानमन्त्री
मोदीको सम्बोधन गर्ने इच्छा भए त्योअनुसारको सम्पूर्ण व्यवस्था गर्न सरकार
तयार रहेको उल्लेख गर्दै जानकी मन्दिरमा नागरिक अभिनन्दन गर्ने कुरा दुवै
देशका अधिकारीहरूको सहमतिमा तय भएकाले रद्द नगर्न भनेका थिए ।
मोदीको जनकपुर भ्रमण हुने भएपछि त्यहाँ रहेका होटलहरू भारतीय नागरिकहरूले
बुक गरेका थिए । तर, अचानक ती होटलका बुकिङ भारतीय पक्षले धमाधम रद्द गरेको
जानकारी पाएपछि गत बिहीबार जनकपुरमा मोदी भ्रमणको तयारी र स्वागतको जिम्मा
पाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले परराष्ट्र
मन्त्रालयका दक्षिण एसिया हेर्ने सहसचिव अमृत राईसँग जानकारी लिएका थिए ।
सहसचिव राईले समेत मोदीको भ्रमण रद्द भएकोबारे जानकारी गराएपछि मन्त्री
निधिले बिहीबार विज्ञप्ति जारी गरेर मोदीको भ्रमण रद्द हुन पुगेको जनाएका
थिए ।
भारतीय प्रधानमन्त्री मोदीको भ्रमणबारे अन्योल बढेपछि लुम्बिनीको तयारीका
लागि शुक्रबार त्यसतर्फ जान लागेकी ऊर्जामन्त्री राधा ज्ञवालीले पनि भ्रमण
रद्द गरेकी थिइन् । शुक्रबार भने मन्त्री निधिले मोदीको जनकपुर भ्रमणका
लागि सरकारले प्रयास जारी राखेको उल्लेख गर्दै त्यो क्षेत्रमा तयारीका लागि
अघि बढेको बताए ।
शुक्रबार परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पत्रकारहरूसँग कुरा
गर्दै भारतको तर्फबाट मोदीले लुम्बिनी, जनकपुर र मुक्तिनाथ भ्रमण रद्दको
आधिकारिक जानकारी नआएको बताउँदै त्यसको तयारी अघि बढाइरहेको बताएका थिए ।
‘अरू निकायबाट भ्रमण रद्दबारे के सार्वजनिक भयो थाहा छैन, तर परराष्ट्र
मन्त्रालयलाई आधिकारिक रूपमा कुनै जानकारी आएको छैन,’ उनले भने । सरकारले
भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर, लुम्बिनी र मुक्तिनाथमा ल्याउने
तयारी गरिरहेको जनाएको छ ।
जनकपुर र लुम्बिनीमा तयारी तीव्र
काठमाडौं÷रास– सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणको तयारी
अघि बढाउन निर्देशन दिएपछि जनकपुर र लुम्बिनीमा तयारी पारिएको छ । जनकपुर
संवाददाताका अनुसार रंगभूमि मैदानमा मोदीको कार्यक्रमका लागि मञ्च बनाउने
कार्य सुरु भएको छ । सो मञ्चमा मोदीलाई सार्वजनिक रूपमा नागरिक अभिनन्दन
गर्ने कार्यक्रम रहेको भौतिक पूर्वाधार तथा निर्माणमन्त्री विमलेन्द्र
निधिले बताए । जहाँ मोदीले सम्बोधन गर्ने तयारीसमेत भएको छ ।
यसैगरी, भैरहवा संवाददाताका अनुसार, बिहीबार लुम्बिनीमा समेत मोदीको
कार्यक्रमको तयारी अघि बढाइएको छ । विभिन्न स्थलमा सुरक्षालगायत अन्य
विषयको तयारी तीव्र पारिएको छ । शुक्रबार गृहसचिव सूर्य सिलवालको नेतृत्वमा
नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखले संयुक्त रूपमा जनकपुरको रंगभूमि
मैदानको निरीक्षण गरेका थिए । गृहसचिव सिलवालको निरीक्षणपछि रंगभूमि
मैदानको चारैतिर सुरक्षाकर्मीलाई खटाइएको छ ।
यता, भारतीय प्रधानमन्त्री मोदी जनकपुर नआउने खबरपछि आक्रोशित बनेका
एमाओवादीसहित २२ दलले शुक्रबार एक दिने आमहडताल गरेका थिए । आमहडतालका कारण
जनकपुरको शैक्षिक संस्थान, व्यापारिक प्रतिष्ठान, कलकारखाना बन्द हुन
पुग्यो । जनकपुरबाट सानो तथा लामो दूरीमा चल्ने सवारीसाधन बन्द रहे ।
दिनभरि बन्दकर्ताहरूले प्रदर्शन गरेका थिए । जनकपुरको चोकचोकमा टायर
बालिएको थियो ।
http://www.erajdhani.com/article/0596046001416628488
No comments:
Post a Comment