Thursday, November 27, 2014

आतंकवाद र गरिबी निवारण साझा मुद्दा

भीम गौतम / राजधानी
काठमाडौं, १० मंसिर

दÔिण एसियाली Ôेत्रीय सहयोग संगठन (सार्क) को १८औं शिखर सम्मेलनमा सहभागी राष्ट्र तथा सरकार प्रमुखहरूले सार्कको साझा समस्या आतंकवाद नियन्त्रण र गरिबी निवारण भएको बताएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै सार्क राष्ट्रका राष्ट्र÷सरकार प्रमुखहरूले सार्क क्षेत्रमा आतंकवाद नियन्त्रण र गरिबी निवारणका लागि सामूहिक रूपमा अघि बढ्नुपर्नेमा जोड दिई साझा मुद्दा भएको उद्घोष गरेका हुन् ।

‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलनमा आफ्नो राष्ट्रको तर्फबाट धारणा राख्दै नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, अफगानिस्तान, माल्दिभ्स र श्रीलंकाका राष्ट्र÷सरकार प्रमुखले आतंकवाद नियन्त्रण र गरिबी निवारणका अलावा सार्कभित्रको ऊर्जा विकास, सामाजिक सुरक्षा, मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानलाई पनि साझा समस्याकै रूपमा उल्लेख गरे । सम्मेलनमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री सुशील कोइरालाले आतंकवाद नियन्त्रण, गरिबी र भोकमरी अन्त्यका साथै सीमापार अपराध र साना हतियार तथा लागू पदार्थको ओसारपसार न्यूनीकरणका लागि सार्क मुलुकले सामूहिक रूपमा कार्य गर्नुपर्ने बताए ।
‘सार्क क्षेत्रको चौतर्फी विकासका लागि सबल, एकीकृत एवं अर्थपूर्ण एकता र ऐक्यबद्धता आवश्यक छ,’ नेपालको औपचारिक धारणा राख्दै प्रधानमन्त्री कोइरालाले भने । दक्षिण एसिया जलवायु परिवर्तन प्रभावको जोखिममा रहेको र अस्थिर मौसमका कारण जोखिम अझ थपिएको तर्फ सार्क मुलुकका शीर्ष नेतृत्वको ध्यानाकर्षण गर्दै उनले क्षेत्रीय एकताको भावनाबाट ती चुनौतीलाई परास्त गर्नुपर्नेमा समेत जोड दिए । सार्क राष्ट्रबीच सहकार्य अनिवार्य रहेको भन्दै उनले त्यसतर्फ लाग्नुपर्नेमा पनि जोड दिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवाद अन्त्य गर्न सबैको सामूहिक प्रयासको खा“चो औंल्याए । २६ नोभेम्बर सन् २०११ मा मुम्बईको होटल ताजमा आतंकवादी हमला भएको प्रसंग उल्लेख गर्दै मोदीले आतंकवादलाई अन्त्य गर्न सार्कका सबै सदस्य राष्ट्रलाई आह्वानसमेत गरे । ‘हामीलाई २६÷११ को पीडा अझै पनि याद छ, यो हमला कहिले पनि निको नहुने पीडा हो, आउनूस् हामी सबै मिलेर आतंकवादलाई खतम पार्ने शपथलाई पूरा गरौं,’ भारतीय प्रधानमन्त्री मोदीले भने । त्यो हमला पाकिस्तानले गरेको भारतको आरोपसँगै भारत र पाकिस्तानबीचको सम्बन्धमा दरार देखिँदै आएको छ । मोदीले सार्क राष्ट्रहरूको सबैभन्दा ठूलो कमजोरी भौतिक पूर्वाधार रहेको उल्लेख गर्दै यो अवस्था हटाउनका लागि सबै सक्रिय हुनुपर्नेमा जोड दिए ।
भारतीय प्रधानमन्त्री मोदीले सार्कका सदस्य मुलुकहरूको आर्थिक समृद्धि र विकासका लागि निराशालाई आशामा र नकारात्मकतालाई सकारात्मकतातर्फ उन्मुख गराउनुपर्नेमा समेत जोड दिए । ‘सँगसँगै भएर मात्र हुँदैन, नजिक पनि हुनुपर्छ, जसले सार्कका लक्ष्य प्राप्त गर्न ऊर्जा प्रदान गर्छ,’ मोदीले भने । व्यापार, वाणिज्य, बौद्ध चक्रपथसहित क्षेत्रीय पर्यटन प्रवद्र्धन, जनता–जनताबीचको सम्पर्क विस्तारका लागि जल, स्थल र आकाश मार्गबाट सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिँदै मोदीले ती क्षेत्रको प्रवद्र्धनका निम्ति भौतिक पूर्वाधार निर्माणमा भारत नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार रहेको भनाइसमेत राखेका थिए ।
पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले दक्षिण एसियाली देशहरू एकआपसमा लड्न छाडेर साझा समस्याविरुद्ध एकजुट भई अभियान चाल्न ढिला भइसकेको बताए । ‘दक्षिण एसियाले अब गरिबी, अशिक्षा, बेरोजगारी, रोगका विरुद्ध संयुक्त रूपमा लड्ने अठोट गर्नुपर्छ । यसलाई आर्थिक विकासको करिडोर बनाउनुपर्छ,’ सरिफले भने । दक्षिण एसियाको आर्थिक विकास केही हदसम्म यहाँ ऊर्जा क्षेत्रको विकास र यसको आपसी उपलब्धतामा सहजीकरण तथा खरिद गर्न सक्ने मूल्यमा पनि भरपर्ने भएकाले ऊर्जाको उत्पादन र वितरणमा सामूहिक प्रयासतर्फ सार्कका आगामी कार्यक्रम केन्द्रित गर्नुपर्नेमा समेत सरिफले जोड दिए । ऊर्जाको समस्या समाधानका लागि भौगोलिक अवस्था र त्यसको सम्भावनाका आधारमा अन्तरदेशीय ग्याँस पाइपलाइनको अवधारणालाई पनि अघि बढाउनुपर्नेमा उनको जोड थियो । अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले सम्मेलनको नारा ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन’ सान्दर्भिक भएको उल्लेख गर्दै यस नारालाई सार्थक बनाउन भ्रष्टाचार, अन्याय र कुशासन अन्त्यमा सामूहिक प्रयास हुनुपर्ने बताए । वर्तमान विश्वलाई विभिन्न खालका वाकयुद्ध र तनावबाट मुक्त बनाउने काम सबैका लागि प्रमुख चुनौतीको विषय भएको पनि उनको भनाइ थियो । उनले आफ्नो मुलुकलाई अर्को कुनै राष्ट्रको विरुद्धमा उपयोग हुन नदिने प्रतिबद्धता पनि जनाए । राष्ट्रपति घानीले दक्षिण एसियालाई ‘भिसा फ्री’ क्षेत्र बनाउनुपर्ने धारणासमेत राखे । श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षेले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि सिंगो दक्षिण एसियालाई बुद्धिस्ट सांस्कृतिक सर्किट बनाउनुपर्ने प्रस्ताव गरे । ‘दक्षिण एसियालाई बुद्धिस्ट कल्चरल ट्रेल बनाउन सकिन्छ, यो क्षेत्रको शान्ति र समृद्धिका लागि बुद्धिस्ट सर्किट बनाउ“m,’ राजापाक्षेको भनाइ थियो । श्रीलंकाले सन्
२००९ मा देशभित्र जारी आतंकवादलाई परास्त गरेयता ६ प्रतिशतभन्दा बढीले आर्थिक वृद्धिदर गरिरहेको चर्चा गर्दै उनले यस प्रगतिलाई कायम राख्न र Ôेत्रीय आर्थिक सम्बन्धलाई थप विस्तार गर्न पारस्परिक लाभका आधारमा सम्बन्धलाई अझ बढावा दिनु आवश्यक रहेको बताए । बंगलादेशी प्रधानमन्त्री सेख हसिना वाजेदले शान्ति र विकासको बाधकको रूपमा रहेको गरिबी निवारणमा सार्कको भूमिका महŒवपूर्ण हुनुपर्ने बताइन् । गरिबी निवारणका लागि खाद्य तथा पोषण सुरक्षा निश्चित गर्नुपर्नेमा उनको जोड थियो ।बंगलादेशमा महिलालाई स्नातक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको उल्लेख गर्दै उनले दक्षिण एसियामा युवा जनशक्तिलाई गुणस्तरीय शिक्षा र प्रभावकारी तालिम दिएर मानव संसाधनको विकास गर्न सकिने उल्लेख गरिन् ।
माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिनले सार्क क्षेत्रको विकास तथा समृद्धिका लागि आर्थिक दिगोपना र चुनौती रहेको बताए ।
‘हामी हाम्रो उद्देश्यमाथि समीक्षा गरौं,’ उनले भने, ‘यस क्षेत्रमा क्षेत्रीय गरिबी उन्मूलनको व्यापार आवश्यक रहेको छ ।’
उनले आपसी विश्वासविना व्यापार टिक्न नसक्ने भन्दै यसतर्फ सदस्य राष्ट्रहरूले आपसी विश्वासमा ध्यान दिनु आवश्यक भएको बताए । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले गरिबीलगायत सामाजिक समस्या समाधानका लागि अन्तरदेशीय रेल र सडक मार्गमा विशेष जोड दिनुपर्ने बताए ।
‘ऊर्जाका लागि सबै मुलुकका सरकारले काम गर्नुपर्छ,’ उनले भने, ‘आतंकवाद हाम्रो जनताको सुरक्षा र शान्तिका लागि चुनौती हो ।’
जलवायु परिवर्तनको असरबाट सार्क मुलुक बढी जोखिममा भएकाले त्यसतर्फ एकमतले अघि बढ्नु आवश्यक भएको उनको भनाइ थियो । उनले जलवायु परिवर्तनले भुटानमा असर पार्न थालिसकेको बताउँदै भुटानमा हिउ“ पर्ने क्रम कम भएको र हिमालहरू पग्लने क्रम बढेको बताए । उनले भने, ‘जलवायु परिवर्तनको क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न हामी तयार हुनुपर्छ ।’
सम्मेलनका क्रममा १७औं सार्कको अध्यÔता गरेका माल्दिभ्सका राष्ट्रपति गयुमले प्रधानमन्त्री कोइरालालाई अध्यÔता हस्तान्तरण गरेका थिए । १९औं सार्क शिखर सम्मेलनसम्मको अध्यक्षता नेपालले गर्नेछ ।

१६ क्षेत्रमा सहकार्य

काठमाडौं÷रास– सार्क मन्त्रिपरिषद्को बैठकले सार्क क्षेत्रभित्र १६ क्षेत्रमा सहकार्य गर्ने निर्णय गरेको छ । सार्क स्थायी समिति बैठकले पारित गरेका प्रस्तावलाई अनुमोदन गर्दै १६ क्षेत्रमा सहकार्य गर्ने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार सार्क वित्त, गरिबी निवारण, कृषि, ग्रामीण विकास, शिक्षा, जनसंख्या, स्वास्थ्यलगायत १६ क्षेत्रमा सार्क मुलुकहरूबीच सहकार्य गर्ने निष्कर्ष बैठकले निकालेको हो । यीलगायतका विषय समेटेर आज (बिहीबार) सम्मेलन समापनको अवसरमा काठमाडौं घोषणा पत्र जारी गरिनेछ ।
http://www.erajdhani.com/article/0800086001417053521

No comments: