राजधानी समाचारदाता
काठमाडौं, १८ कार्तिक । संसदको कृषि तथा जलस्रोत समितिको बैठकले विद्युत विद्येयक र विद्युत नियमन आयोग सम्बन्धी विद्येयक आगामी पुसभित्र संसदमा पेश गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।
मंगलबारको बैठकले दुवै विद्येयक पेश गर्न निर्देशन दिएको हो । बैठकमा सभासद्हरुले विद्युत विद्येयक संसदमा पेश गर्न ढिलाई भएको भन्दै आलोचना गरेका थिए । बैठकमा उर्जा मन्त्री राधा ज्ञवालीले आगामी कार्तिकभित्रै संसदमा पेश गर्ने बताएपनि सचिव राजेन्द्रकिशोर क्षेत्रीले पुस अघि पेश गर्न नसक्ने बताएपनि समितिले पुस महिनाको समय तोकेर निर्देशन दिएको थियो । समितिका सभापति गगन थापाले निर्देशन दिने बेलामा कार्तिक महिनाभित्र पेश गर्न भनेपछि सचिव क्षेत्रीले गर्न नसक्ने भन्दै पुस महिनासम्म समय दिन भनेका थिए ।
त्यसैगरी समितिले करिब १३ हजार मेगावाट बराबरका ५ सय ४७ जलविद्युत आयोजनाले लिएको अनुमतिपत्र (लाइसेन्स) को अवस्था एक महिनाभित्र समितिमा पेश गर्न र वेभसाईटमा प्रगति विवरण सार्वजनिक गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी उर्जा मन्त्रालय अन्तरगत चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लिखित कार्यक्रमहरुको कार्यान्वयनको कार्यतालिका बनाई कार्यान्वयन गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।

No comments:
Post a Comment