भीम गौतम, सञ्चिता घिमिरे\राजधानी
काठमाडौं, ८ मंसीर । दक्षिण एशियाली सहयोग संगठन (सार्क) को १८ औ शिखर सम्मेलन आज बुधबादेखि काठमाडौमा सुरु हुँदैछ ।
शिखर सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, वंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तानका सरकार प्रमुखसहित साढे तीन सयको सहभागीता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी सम्मेलनमा अमेरिका, चीन, जापान, अष्ट्रेलिया, कोरिया, इरान, मौरिसस, म्यानमार र इयुका प्रतिनीधि पर्यवेक्षकको रुपमा सहभागी हुँदैछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, शिखर सम्मेलनमा नेपालबाट प्रधानमन्त्री शुशील कोइराला, भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानबाट प्रधानमन्त्री मुहम्मद नवाज सरिफ, वंगलादेशका प्रधानमन्त्री शेख हसिना र भुटानबाट प्रधानमन्त्री ल्योञ्छेन छिरिङ नेतृत्व गर्नेछन् । त्यसैगरी श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाÔ, माल्दिभ्सका राष्ट्रपति अव्दुल्लाह यमेन अव्दुल गयुम र अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले सार्कमा आफ्नो देशबाट नेतृत्व गर्नेछन् । शिखर सम्मेलनमा नेपालको तर्फबाट प्रधानमन्त्री कोइरालासहित परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे, मुख्य सचिव लीलामणि पौडेल, परराष्ट्र मन्त्रालयका कामु सचिव शंकरदास वैरागी, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री लगायतका २४ जनाको सहभागिता हुँदैछ ।
परराष्ट्र मन्त्रालयका अनुसार, छिमेकी राष्ट्र चीनबाट पर्यवेक्षकको रुपमा उपविदेशमन्त्री ल्यू चनमिन सहभागी हुन लागेका छन् भने कोरियाबाट समेत उपविदेशमन्त्री क्युङ सु ली सहभागी हुन लागेका छन् । त्यसैगरी सार्क सम्मेलनमा अष्ट्रेलियाबाट परराष्ट्र सचिव सिनेटर ब्रेट मासोन र अमेरिकाबाट दक्षिण र मध्य एशियाली मामिला सम्बन्धी सहायक विदेश सचिव निशा देशाई विश्वाल सार्क सम्मेलनमा विदेशी पर्यवेक्षकको रुपमा सहभागी हुन लागेका छन् । इरानबाट सडक र सहरी मन्त्री डा. अवास अखण्डी तथा म्यानमारबाट उपविदेश मन्त्री टिनओ ल्वीन सार्क शिखर सम्मेलनमा सहभागी हुनेछन् । जापान र इयुबाट भने भने ती देशका राजदूत सहभागी हुन लागेका छन् ।
सार्क सम्मेलनको क्रममा रेलवे, मोटरवे, उर्जा व्यापारबारे सम्झौता हुन लागेको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले जानकारी दिए ।
सन् १९८७ मा तेस्रो र सन् २००२ मा ११ औ सार्क शिखर सम्मेलनको आयोजना गरेको नेपालले अहिले १८ औ शिखर सम्मेलनको पनि आयोजना गरेको हो ।
विशिष्ठ पाहुना यसरी आईपुगे
सार्क सम्मेलनमा सम्मेलनमा सहभागि हुन आएका विशिष्ठ पाहुनाहरुलाई मंगलबार दिनभर उपप्रधानमन्त्रीद्वय बामदेब गौतम र प्रकाशमान सिंह सक्रिय रहे ।
सबै भन्दा पहिले मङ्गलबार बिहान साढे १० बजे श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्षे आइपुगेका थिए । उनलाई उपप्रधान तथा गृह मन्त्री गौतमले स्वागत गरेका हुन । उपप्रधानमन्त्री पत्नी पनि ‘पहिलो महिला’ लाई स्वागतका लागि पुगेकी थिइन । बिमानस्थलबाट उनले सोझै लुम्बिनि भ्रमण गरेका थिए । लुम्बिनीमा उनलाई सामुहिक अभिनन्दन समेत गरिएको थियो ।
श्रीलङकाका राष्ट्रपति राजापाक्षे त्रिभुवन बिमानस्थलमा आइपुगेको झण्डै १५ मिनेटको अन्तरमा अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानी आइपुगे । उनलाई अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वागत गरेका थिए ।
भुटानका प्रधानमन्त्री लियोनचेन छिरिङ तोब्गे पत्नी सहित झण्डै पौने बाह् बजे आइपुगेका थिए । बिमानस्थलबाट उनी सोझै बौद्ध पुगेका थिए । प्रधानमन्त्री तोब्गेको बौद्ध, स्वयम्भु र पशुपति दर्शनका लागि इच्छा देखाएका थिए । उनी केबि ४०० फ्लाइटमा आएका हुन ।
मालदिप्सका राष्ट्रपति अब्दुल यामिन गैयुम बिहान १२ बजे काठमाडौँ आइपुगे । उनलाई उपप्रधानमन्त्री गौतमले स्वागत गरेका थिए । उनी बिमानस्थलबाट सोझै सरकारले सरकार प्रमुख÷राष्ट्राध्यक्षको बसोबासको प्रवन्ध गरेको सोल्टी होटल पुगेका थिए ।
मालदिप्सका प्रधानमन्त्री यामिन बिमानस्थलबाट होटल सोल्टी हिँडेको लामो अन्तर पछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आइपुगेका थिए । मालदिप्सका प्रधानमन्त्री यामिन आएको झण्डै तीन घण्टा पछि मात्र मोदी काठमाडौँ उत्रिए । मोदी आउँदा अरु सरकार प्रमुख÷राष्ट्राध्यक्ष आउँदा भन्दा बढि सुरक्षा ब्यबस्था मिलाएको थियो । नेपाली सुरक्षाकर्मीले बिमानस्थलमा बलियो सुरक्षा ब्यबस्था मिलाएको थियो । भारतीय सुरक्षाकर्मी बिमानस्थलमा उनी उत्रिएपछि स्टकटिङ गर्दै हिँडेका थिए ।
भारतीय प्रधानमन्त्री मोदी आएको झण्डै आधा घण्टामा नै पाकिस्तानका प्रधानमन्त्री मुहमद नवाज सरिफ आइपुगे । सवा तीन बजे स्पेसल एयरक्राफ्बाट उनी आएका थिए ।
सबैभन्दा पछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना अपरान्ह सवा चार बजे आइपुगिन । उनी बि एच ७०१ को फ्लाइटमा काठमाडौँ आएकी हुन ।
दुई उपप्रधानमन्त्री मध्ये उपप्रधान तथा गृह मन्त्री सिंहले अफगानिस्तान, पाकिस्तान र बंगलादेशका प्रमुखलाई स्वागत गरे । भारत, मालदिप्स, श्रीलङ्का र भुटानका प्रमुखलाई उपप्रधानमन्त्री गौतमले स्वागत गरेका थिए । दुबै उपप्रधानमन्त्रीका श्रीमतिहरुले ‘पहिलो महिला’ लाई स्वागत गरे । सुरक्षाकमीले प्रमुख सवार बिमान उत्रिएको खवर गर्नासाथ उपप्रधानमन्त्री लगायतका टोली स्वागतका लागि पुगेका थिए ।
मङ्गलबार दिनभर बिमानस्थलमा सुरक्षाकमीले कडा सुरक्षा मिलाएको थियो । सबै सुरक्षा निकाय खटिएका थिए । सेनाले बिमानस्थलस्थित ‘सैनिक मन्च’ मा प्रमुखहरुलाई सलामी ग¥यो ।
नेपाली सेनाले सबै देशका प्रमुख आउँदा राष्ट्रिय धुनहरु बजाएको थियो । हरेक देशका प्रमुख आउँदा पहिले सदस्य मुलुकका राष्ट्रिय गीतको धुन र त्यसपछि नेपालको बजाएका थिए । हरेक देशका प्रमुख आउँदा मुख्य द्वारमा एकातिर उनको देशको र अर्कातिर नेपालको झण्डा हुन्थ्यो । नेपालको झण्डा रहिरहे पनि प्रमुख जानासाथ तालिका अनुसार अर्काे देशको झण्डा बदल्न सेना लागेका देखिन्थे । प्रमुख हिँड्ने रातो कार्पेटको सफाईमा पनि उतिकै खटिएर लागेको देखिन्थ्यो । उपप्रधानमन्त्रीहरुले सरकार प्रमुख÷राष्ट्राध्यक्षलाई बिमानस्थकै अति बिशिष्ठ कक्षमा चियापान समेत गराएका थिए ।
सरकार÷राष्ट्रप्रमुख विमानस्थलबाट सोल्टी होटेल पुग्नेक्रममा सडकमा वाजागाजासहित उनीहरुलाई स्वागत गरिएको थियो । सोल्टी होटेलमा पनि उनीहरुलाई पञ्चेवाजासहित स्वागत गरिएको थियो । होटेलमा उनीहरुलाई शिक्षा मन्त्री चित्रलेखा यादव र उर्जा मन्त्री राधा ज्ञवालीले स्वागत गरेका थिए । विशिष्ठ अतिथीहरुको विमानस्थलबाट सोल्टी जाने क्रममा सडक खाली गरिएको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको थियो । हेलिकप्टरबाट समेत गस्ती गरिएको थियो ।
राष्ट्रपति डा. रामवरण यादव र सार्क सम्मेलनमा आएका भारतीय प्रधानमन्त्री मोदीबीच तथा राष्ट्रपति यादव र अफगानीस्तानका राष्ट्रपति घानीबीच मंगलबारनै द्धिपक्षीय भेटघाट भएको छ ।

No comments:
Post a Comment