राजधानी समाचारदाता
काठमाडौं, ९ मंसिर लगानी बोर्ड र ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी एसजीभीएन लिमीेटेड आयोजना विकास सम्झौता (पीडीए) सहित १० आयोजनामा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री शुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितीमा मंगलबार प्रधानमन्त्री कार्यालयमा पीडीएसहित अन्य नौ आयोजनामा सहयोग सम्बन्धी हस्ताक्षर भएको हो । दक्षिण एशियाली सहयोग संगठन (सार्क) को ८ औ शिखर सम्मेलनको अवसर पारेर पीडीएमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्त र एसजीभीएन लिमीेटेडका अध्यक्ष आरवी सिंहले हस्ताक्षर गरे ।
सोमबार बसेको मन्त्री परिषदले अरुण तेस्रोको पीडीएका लागि स्वीकृति दिएको थियो । सन् २०१० मा अरुण तेस्रोको प्रवद्र्धकले पीडीएका लागि निवेदन दिएकोमा विभिन्न चरणको वार्तापछि बल्ल गत शुक्रबार लगानी बोर्डको बैठकले पीडीए स्वीकृत गरेको थियो । प्रमुख अधिकृत पन्तले पीडीएमा संखुवासभामा ५६ किलोमिटर क्षेत्रमा ३३ केभीको प्रशारण लाइन बनाएर ग्रामीण विद्युतीकरण आयोजना सञ्चालन गर्न लागिएको र प्रभावित क्षेत्रका बासिन्दालाई प्रति महिना ३० युनिट विजुली निःशुल्क दिन लागेको जानकारी दिए । ‘भारतीय कम्पनीले संखुवासभाबासीलाई १ अर्ब ६० करोड अर्थात करिब ६ प्रतिशत शेयर दिन लागेका छौ ।’–उनले भने ।
भारतमा बिजुली निर्यात गर्ने गरी बन्न लागेको सो आयोजना दुई वर्Èभित्र वित्तिय व्यवस्थापन गरी त्यसको बढीमा पा“च वर्Èभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको एसजीभीएन लिमीेटेडका अध्यक्ष सिंहले जानकारी दिए । ‘स्थानीय क्षेत्रमा सडक मार्ग, पुलदेखि धेरै विकासमा काम गर्दैछौ, आयोजना पनि दुई बर्षभित्र वित्तिय व्यवस्था गरेर त्यसपछिको पाँच बर्षमा सक्छौ ।’–उनले भने ।
सन् २००८ मा खुला प्रतिस्पर्धाको आधारमा लाइसेन्स दिएको सो आयोजनाले २१ दशमलव ९ प्रतिशत निःशुल्क ऊर्जा दिने उल्लेख छ । सो विजुली ढल्केबर प्रशारण लाइनमार्फत नेपाललाई दिने सिंहले बताए । आयोजना बनेमा आयकर, भ्याटलगायतबापत झन्डै साढे ३ सय अर्ब नेपाली रुपैया“ नेपालले पाउनेछ । आयोजनाको लागत झन्डै १ खर्ब १५ अर्बको अनुमान गरिएको छ ।
सिंहदरबारमा दुवै प्रधानमन्त्रीको उपस्थितीमा भारतले नेपाललाई अन्य नौ आयोजनामा सहयोग सम्बन्धी हस्ताक्षर भएको छ । काभ्रेको पनौतीमा बन्न लानगेको नेपाल पुलिस एकेडेमी निर्माणका लागि अर्थ सचिव र भारतका गृह मन्त्रालयका सचिवबीच हस्ताक्षर भएको छ । त्यसैगरी नेपाल र भारतबीचको सम्बन्ध पर्यटन र आतिथ्यताको माध्यमबाट जनस्तरसम्मै बलिया बनाउनका लागि पर्यटन मन्त्रालयका सचिव र भारतीय राजदूतबीच, आयुर्वेद चिकित्सा क्षेत्रलाई बलियो, प्रवद्र्धन र विकासको सहकार्यका लागि स्वास्थ्य मन्त्रालयका सचिव र भारतीय राजदूतबीच तथा युवा विकासका सहकार्यका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव र भारतीय राजदूतबीच सम्झौतामा हस्ताक्षर भएको छ । गत साउनमा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको अवसरमा घोषणा गरिएको एक विलियन डलर ऋण सम्बन्धी परराष्ट्र मन्त्रालयका सह–सचिव र भारतीय एक्जिम बैकका निमित्त प्रबन्ध निर्देशकबीच, नेपाल र भारतबीच सिधा यातायात आदानप्रदानका लागि मोटर भेईकल एग्रिमेन्टमा भौतिक पुर्वाधार र यातायात मन्त्रालयका सह–सचिव र भारतका सडक, यातायात र राजमार्ग मन्त्रालयका सह–सचिवबीच सम्झौता भएको छ । त्यसैगरी जनकपुर र अध्यायोबीच, काठमाडौ र वनारस तथा लुम्बिनी र वोधगयाबीच सांस्कृतिक सम्बन्ध आदानप्रदान अन्तर्गत भगिनी सम्बन्ध स्थापित गर्नेबारेको सम्झौतामा स्थानीय विकास मन्त्रालयका कार्यवाहक सचिव, काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृत र लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यकारी अधिकृत तथा भारतीय राजदूतबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
भ्रमणकै अवसरमा भारतको तर्फबाट पारादिप फोस्पेट्स लिमीटेडका अध्यक्ष सरोज कुमार पोडारले कृषि मन्त्रालयका सचिव जयमुकुन्द खनाललाई हस्तान्तरण गरे ।
मोटर भेईकल सम्झौता गरेपछि दुवै देशका प्रधानमन्त्रीले काठमाडौबाट दिल्ली जाने बससेवाको मंगलबारनै शुभारम्भ गरेका थिए । प्रधानमन्त्री कोइराला र भारतीय प्रधानमन्त्री मोदी सो बसभित्र पसेर यात्रुसँग कुराकानी गरेका थिए भने यात्रुहरुले उनीहरुलाई सम्मान गरेका थिए ।

No comments:
Post a Comment