Tuesday, November 11, 2014

‘२५ मेगावाटभन्दा कमका आयोजनामा पीपीए रोक्दिनँ’

 राजधानी समाचारदाता
काठमाडौं, २४ कात्तिक
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले २५ मेगावाटभन्दा तलका जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद सम्झौता (पीपीए) नरोकिने बताएका छन् । सोमबार जलस्रोत पत्रकारसँगको अन्तक्र्रियामा कार्यकारी निर्देशक काफ्लेले पीपीए नरोकिने स्पष्ट पारे । ‘अब २५ मेगावाटको पीपीए रोकिँदैन, प्रक्रिया पूरा गरेका सबै आयोजना छिटो हुन्छ,’ उनले भने, ‘२५ मेगावाटमाथिका आयोजनाको हकमा मापदण्ड बनिरहेको छ, छिट्टै बनाएर यसलाई अघि बढाउँछौं ।’
कार्यकारी निर्देशक काफ्लेले प्राधिकरणद्वारा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको काम छिटो अघि बढाउन आफूले पहलकदमी अघि बढाएको जानकारी दिँदै तीन महिनाभित्र प्राधिकरणमा केही सुधार भएको देख्न सकिने बताए । ‘तीन महिनाभित्र प्राधिकरणमा सुधार भएको तपाईंहरूले देख्न पाउनुहुनेछ,’ उनले भने, ‘लोडसेडिङ घटाउन मेरो अधिकतम प्रयास हुनेछ ।’

No comments: