Tuesday, June 30, 2015

तनहुँ जलविद्युत् र परामर्शदाताबिच सम्झौता

भीम गौतम /राजधानी
काठमाडौं, १४ असार
परामर्शदाता छनोटकै क्रममा ठूलो विवादमा परेको तनहुँ (माथिल्लो सेती) जलविद्युत् आयोजना र परामर्शदाताबिच बल्ल सम्झौता भएको छ ।परामर्शदाता छनोटको जिम्मा पाएको एसियाली विकास बैंक (एडीबी)ले छनोट गरेको परामर्शदातालाई ऊर्जा मन्त्रालयले अस्वीकार गरेपछि मन्त्री परिषद्बाटै ठुलो विवादबिच ल्याहमेर र मनितोबा क्यानडाको संयुक्त कम्पनीलाई छनोट गरिएको थियो । सन् २०२० भित्र आयोजना सम्पन्न गर्ने गरी २०१४ को जनवरीमा ठेक्का सम्झौता गरेर फेब्रुअरीदेखि परामर्शदातालाई काममा खटाइसक्ने लक्ष्य राखिएकोमा झन्डै डेढ वर्षपछि सम्झौता भएको हो । पहिला सन् २०१८ मै सम्पन्न गर्ने लक्ष्य राखिए पनि सरकारकै कारण दुई वर्ष ढिलाइ भएको सो आयोजनामा निर्माणमा कुनै अवरोध नआएमा सन् २०२२ भित्र सम्पन्न हुनेछ ।


एडीबीले छनोट गरेर ऊर्जा मन्त्रालयले अस्वीकार गरेपछि मन्त्री परिषद्बाट छनोट गरिएको सोही ल्याहमेर र मनितोबाको संयुक्त कम्पनी र तनहुँ हाइड्रो पावर लिमिटेडबिच सोमबार सम्झौता भएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोका अध्यक्ष मुकेशराज काफ्ले र एडीबीका देशीय निर्देशक केनिची योकोयामाको उपस्थितिमा तनहुँका प्रबन्धक सञ्चालक सुनिल ढुंगेल र परामर्शदाता कम्पनीका वित्तीय निर्देशक हान्स डाइटर माइसबिच सम्झौता भएको हो ।
१२ वर्षका लागि भएको सो परामर्श सेवाका लागि १ करोड ३४ लाख २१ हजार १ सय ९० युरो तथा ८१ लाख ५६ हजार २० अमेरिकी डलर दिने सहमति दुई पक्षबिच भएको छ । सम्झौताअनुसार तिन चरणमा परामर्श सेवा कार्यान्वयन हुनेछ । एक वर्ष आयोजना पूर्वाधारहरूको निर्माण, विस्तृत इन्जिनियरिङ अध्ययन तथा डिजाइनसम्बन्धी प्रतिवेदन अध्ययन (रिभ्यू) तथा मुख्य निर्माण कार्यका लागि टेन्डर आह्वान गरी ठेकेदार छनोटलगायतमा परामर्शदाता सक्रिय हुनेछ । त्यसैगरी सम्झौताअनुसार परामर्शदाताले दोस्रो चरणको ६ वर्ष आयोजनाको मुख्य निर्माण कार्यको अनुगमन तथा सुपरिवेक्षण कार्य गर्नु तथा अन्तिम चरणको पाँच वर्षमा विद्युत् उत्पादनको सञ्चालन तथा सम्भारका कार्य गर्नेछ ।
एसियाली विकास बैंक (एडीबी)ले ल्याहमेरलाई छनोट गरेकोमा त्यसप्रति असन्तुष्ट जनाउँदै ८ असोजमा ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले सो छनोटलाई रद्द गरेकी थिइन् । त्यसपछि एडीबीले आयोजनाबाट हात समेत झिक्ने चेतावनी दिएपछि १७ पुसमा मन्त्रिपरिषद्ले ऊर्जामन्त्रीको निर्णय उल्टाएर ल्याहमेरलाई दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय भएको सात दिनभित्रै तनहुँले नेगोसेसनका लागि ल्याहमेरलाई पत्र लेखेको थियो । पटकपटक वार्ता भए पनि आयकर नेपालले नै तिर्नुपर्ने सर्त राखेकोमा कम्पनीले त्यसलाई अस्वीकार गरेपछि प्राधिकरण र परामर्शदाता कम्पनीबिच विवाद भएको थियो । त्यसपछि तनहुँ बोर्डले १५ दिनभित्र ठेक्कासम्झौताका लागि गत चैतको दोस्रो साता १५ दिनभित्र सम्झौतामा नआए ठेक्का तोडेर विकल्पमा जाने चेतावनी दिएको थियो । सो चेतावनीपछि परामर्शदाता कम्पनी ठेक्कासम्झौताका लागि आएको थियो । त्यसपछि सोमबार तनहुँ र परामर्शदाताबिच सम्झौता भएको हो ।
५०५ मिलियन अमेरिकी डलर अर्थात् झन्डै ५० अर्ब रुपैया“ लागत भएको सो आयोजनामा जापानको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) को १८ अर्ब रुपैया“ (१८४ मिलियन डलर), एसियाली विकास बैंक (एडीबी)को करिब १५ अर्ब रुपैया“ (१५० मिलियन डलर) र युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)को करिब साढे ८ अर्ब (८५ मिलियन डलर) सहयोग रहनेछ ।
सरकारले जापान सरकारलाई जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगअन्तर्गत स्तरवृद्धि सम्भाव्यता अध्ययनका लागि आग्रह गरेपछि जाइका अध्ययन टोलीले गत ०६२ को हिउँदबाट सो अध्ययन सुरु गरेको थियो । हाल यस आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन र डिजाइन कार्य एसियाली विकास बैंकको आर्थिक सहयोगमा जापानिज अन्तर्राष्ट्रिय परामर्शदाता जे पावरले गरेको थियो ।
तनहुँ आयोजनाका अनुसार आयोजनाको विस्तृत अध्ययनअन्तर्गत एक किलोमिटर टेस्ट कार्य सकिएको छ भने टेस्ट अडिटभित्र भौगर्भिक परीक्षणका लागि कोर ड्रिलिङको कार्य गरिरहेको छ । प्रवेशमार्ग, पुल तथा क्याम्पका लागि सर्भे, डिजाइन आदिको कार्य सम्पन्न गरी सेती नदीमा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको पनि आयोजनाले जनाएको छ ।
http://www.erajdhani.com/article/0603572001435623566

त्रिशूली–३ बीको क्षमता बढाउन पत्र

राजधानी समाचारदाता
काठमाडौं, १४ असार
नेपाल विद्युत् प्राधिकरणले निर्माण हुन लागेको त्रिशूली–३ बीको क्षमता ३७ मेगावाटबाट ४२ मेगावाट पु¥याउन ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीलाई पत्र लेखेको छ ।
प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक मुकेशराज काफ्लेले सोमबार ऊर्जा मन्त्रालयले दिएको अनुमति पत्रको क्षेत्रभित्रै रहेर उत्पादन ४२ मेगावाट पु¥याउन सकिने भन्दै ४२ मेगावाटको उत्पादन अनुमति पत्रसमेत माग गरेका छन् । पत्रमा गत २४ जेठ र त्यसको संशोधन गर्ने गरी ३१ जेठमा भएको ऊर्जा सचिवस्तरीय निर्णय संशोधन गर्नसमेत माग गरिएको छ ।
अघिल्लो वर्षको ९ वैशाखमा आयोजनाले आफूले उत्पादन अनुमति पत्र पाएको क्षेत्रभित्रै रहने गरी आयोजना बनाउँदा प्राविधिक प्रतिवेदनको आधारमा ३७ मेगावाटको आयोजना ४२ मेगावाट पुग्ने तथा विना थप लगानी २२ करोड रुपैयाँ थप आम्दानी हुने भन्दै विद्युत् विकास विभागमा सो माग गरेको थियो । तर, गत २४ जेठको सचिवस्तरीय निर्णयबाट आयोजनाको टेल वाटर लेभल दुवै अनुमति पत्रमा नभएको ६ सय ३९ मिटर कायम गरिएको थियो । पत्रमा त्रिशूली–३ बीका लागि विद्युत्गृह
प्रस्तावित गरिएको क्षेत्र पहिरोको जोखिममा रहेको र अनुमति पत्रकै परिधिमा रहेर उपयुक्त ठाउँमा सर्च ट्यांक र विद्युत्गृह सार्दा क्षमता बढ्ने समेत उल्लेख गरिएको छ ।
प्राधिकरणका कर्मचारीले सचिवस्तरीय निर्णयले क्षमता बढाउन अप्ठेरो परेको भन्दै सो निर्णय तल्लो भू–भागमा सर्वेक्षणमा रहेको निजी कम्पनीसँगको साँठगाँठमा गरिएको आरोप लगाउँदै आएका छन् । आइतबार नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकम कर्मचारी युनियनले संयुक्त विज्ञप्ति जारी गरेर सो आरोप लगाएका हुन् । उनीहरूले ऊर्जामन्त्री राधा ज्ञवालीलाई मागपत्र प्रस्तुत गर्दै सचिवस्तरीय निर्णय कानुनविपरीत भएको आरोपसमेत लगाएका छन् ।
प्राधिकरण र टेलिकम कर्मचारी युनियन, संघ, परिषद्, संगठन र राष्ट्रिय संगठनले संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा सचिवस्तरीय निर्णय बदर गरी÷गराई त्रिशूली जलविद्युत् कम्पनीलाई विद्युत् उत्पादन अनुमति पत्र दिँदा उल्लेख भएको क्षेत्रभित्र आफ्नो संरचना निर्माण गर्ने गरी क्षमता अभिवृद्धि गर्न माग गरेका छन् ।
प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत संस्थापक सेयर लगानीमा निर्माण हुन लागेको सो आयोजनालाई मन्त्रालयले ‘बी’लाई ३७ मेगावाटको मात्रै उत्पादन लाइसेन्स दिएको थियो । उत्पादन लाइसेन्समा तोकिएको क्षेत्रभित्रै क्षमता बढाएर ४२ मेगावाट पु¥याउन सक्ने भए पनि यो क्षेत्रमा पर्ने गरी फरवेक्ट इनर्जी डेभलपमेन्ट प्रालिलाई ६५ मेगावाटको आयोजनाको Ôेत्र संशोधन अनुमति दिएपछि कर्मचारी युनियनहरूले यसको विरोध गरेका हुन् ।
त्रिशूली–३ बीमा टेलिकम तथा प्राधिकरणका कर्मचारीको ५ प्रतिशत, नुवाकोट तथा रसुवाका गाविस तथा जिविसको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोट जिल्लावासीको १० प्रतिशत र मुलुकभरका सर्वसाधारणको १५ प्रतिशत सेयर रहनेछ । आयोजनाले ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वामित्व पु“जी (इक्विटी)बाट लगानी जुटाउन लागिएको हो । आयोजनाको लागत करिब ८ खर्ब रुपैया“ छ ।

माथिल्लो त्रिशूलीको ४करोड सहयोग

२ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले रसुवावासीका लागि ४ करोड सहयोग गरेको छ । भूकम्पबाट क्षति भएको रसुवाको हाकु, राम्चे र धुन्जे गाविसका क्षतिग्रस्त विद्यालय, स्वास्थ्य चौकी, खानेपानी, सोलार र स्वास्थ्य शिविरको निर्माण तथा ती क्षेत्रका बासिन्दाको बसोबास, खाद्यान्नलगायत ४ करोड रुपैयाँ सहयोग गरेको हो ।
रसुवाका स्थानीय विकास अधिकारी विष्णु कोइराला र प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी विकास कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत होङ सेकबिनबिच सहायताबारे सम्झौता भएको छ । सो जलविद्युत् कम्पनीले भूकम्पपीडित २७ स्थानीयलाई हेलिकोप्टरबाट उद्धारका साथै यस क्षेत्रका बासिन्दाका समेत खाद्यान्न, लत्ताकपडासमेत सहयोग गरेको थियो ।
http://www.erajdhani.com/article/0160737001435623611

Monday, June 29, 2015

दातापछि विपद् सम्मेलन

भीम गौतम /राजधानी
काठमाडौं, १३ असार
भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आयोजना गरेको विकास साझेदार र दातृ निकायको सम्मेलन सफल बनाएको सरकारले अब विपद् सम्मेलन गर्ने भएको छ । पुनर्निर्माणका लागि छिमेकी मित्रराष्ट्र, विकास साझेदार र दातृ निकायबाट ४ खर्ब ४० अर्ब बराबरको सहायता घोषणा भएपछि उत्साहित बनेको सरकारले आगामी असोजमा विपद् सम्मेलन गर्न लागेको हो ।
राष्ट्रिय योजना आयोगले आगामी सेप्टेम्बरमा विपद् सम्मेलन गर्ने गरी तयारी अघि बढाएको आयोगका सदस्य डा. गोविन्द नेपालले जानकारी दिए । ‘दक्षिण एसियाली राष्ट्रहरूको विपद्पछि गरेको पुनर्निर्माणका अनुभवहरू आदान–प्रदानका लागि विपद् सम्मेलन गर्ने तयारी अघि बढाएका छौं, सेप्टेम्बरमा गर्नेबारे छलफल भए पनि मिति भने तय भइसकेको छैन,’ नेपालले राजधानीसँग भने ।
यूएन स्कापले योजना आयोगसँग मिलेर विपद् सम्मेलन गर्नका लागि प्रस्ताव गरेपछि आयोगले दक्षिण एसियाली सहयोग संगठन (सार्क) राष्ट्रहरूलाई सहभागी गराएर सम्मेलन गर्न लागिएको हो । २८ र २९ मेमा बैंककमा भएको यूएन स्कापको बैठकमा नेपालको प्रतिनिधित्व गर्दै गएका आयोगका सदस्य डा.स्वर्णिम वाग्लेले नेपालमा सम्मेलन गर्न प्रस्ताव गरेका थिए ।
‘भूकम्पपछि नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिनका लागि पनि नेपालमा सम्मेलन गर्नुपर्छ भनेर यूएन स्कापमा प्रस्ताव गरेको थिएँ,’ उनले भने, ‘यूएन स्कापले नेपालमा सममेलन गर्ने निर्णय गर्दै त्यसका लागि आयोगलाई अनुरोधसमेत गरिसकेको अवस्था छ ।’
यूएन स्कापले प्रस्ताव गरेपछि आयोगले आगामी सेप्टेम्बरलाई लक्षित गरी सम्मेलन गर्ने तयारी अघि बढाएको छ । कोको सहभागी हुने र कसरी गर्ने भन्ने विस्तृत निर्णय नगरे पनि आयोगले यसबारे थप गृहकार्य गर्ने जनाएको छ । मित्रराष्ट्र तथा विकास साझेदारहरूको सम्मेलनको क्रममा सहायता घोषणा भए पनि त्यसको कार्यान्वयनबारे अन्योल छ ।
कार्यान्वयन अन्योल भइरहेका बेला विपद्को अवस्थामा सार्क राष्ट्रहरूले कसरी पुनर्निर्माण गरे र यसका लागि कसरी अघि बढ्नुपर्छ भन्ने जानकारी लिने उद्देश्यले यो सम्मेलन गर्न लागिएको हो । सम्मेलनबाट नेपालको पुनर्निर्माणका लागि सहयोग पुग्ने आशा गरिएको छ ।
भाग–२ का योजनालाई निरन्तरता
विगतमा स्थानीय आयोजनाहरू समेटिएको भाग–२ आगामी वर्षदेखि ननिकाल्ने र त्यस्ता आयोजनाहरूको बजेट स्थानीय निकायतर्फ विनियोजन गर्ने निर्णय गरेको राष्ट्रिय योजना आयोगले विगतका ती आयोजनाहरूको निरन्तरताबारे छलफल गरेको छ ।
आइतबार बसेको आयोगको बैठकमा यसबारे लामो छलफल भए पनि कुनै निर्णय भने भएन । ‘भाग–२ का पुराना योजनाहरूलाई निरन्तरता दिनेबारे आयोगको बैठकमा लामै छलफल भयो,’ आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले भने, ‘भाग–२ का पुराना योजनाहरूलाई निरन्तरता दिनुपर्छ तर यसबारे निर्णय भएन ।’ बैठकमा जिल्ला परिषदबाट पारित भएकाबाहेकका योजनाहरू बजेट तथा कार्यक्रममा समेट्न नहुनेलगायतका विषयमा समेत छलफल भएको थियो ।
सभासद् तथा विभिन्न राजनीतिक दलका नेताहरूले सिधै पहुँचको भरमा बजेट पार्ने भएपछि स्थानीय निकायमा विकासको असमन्वयको अवस्था देखिँदै आएको छ ।
आयोगले भाग–२ मा छुट्ट्याउने कार्यक्रममा दोहोरो बजेट विनियोजन हुने तथा साना आयोजनाहरूमा बजेट विनियोजन हुँदा त्यसले एकीकृत विकासमा असर गरेपछि भाग–२ ननिकाल्ने निर्णय आयोगले गरेको थियो । आयोगले सो निर्णय गरे पनि सभासद् तथा विभिन्न राजनीतिक दलहरूले योजना पार्नका लागि आयोगलाई दबाब दिन भने छोडेका छैनन् ।
http://www.erajdhani.com/article/0172672001435537255

‘चमेलियामा पुनर्मूल्यांकन गरेर भुक्तानी देऊ’

राजधानी समाचारदाता
काठमाडौं, १३ असार
व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले निर्माणाधीन ३० मेगावाटको चमेलियाको भेरियसनबारे पुनर्मूल्यांकन गरेर भुक्तानी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।
ऊर्जा मन्त्रालयले स्वतन्त्र विज्ञ नेतृत्वको तीनसदस्यीय टोलीले प्राविधिक मूल्यांकन गरी भुक्तानी प्रक्रिया अघि बढाउनका लागि पहल गरिदिन लेखा समितिलाई पत्र लेखेकोमा समितिले नेपाल विद्युत् प्राधिकरणको इन्जिनियरिङ विभागको नेतृत्वमा मूल्यांकन गरी भुक्तानी प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
समितिका सभापति जनार्दन शर्माले लेखा समितिले चमेलियाको अध्ययनका क्रममा सामग्री दररेट विश्लेषण गरेको उल्लेख गर्दै त्यसलाई समेत आधार बनाएर पुनर्मूल्यांकन गरी भुक्तानी प्रक्रिया अघि बढाउन निर्देशन दिएको जानकारी दिए । समितिले प्राधिकरणले प्रस्तावित गरेको मार्च २०१६ भित्रै आयोजनाको निर्माण कार्य पूरा गर्नसमेत निर्देशन दिएको छ ।
भेरियसन नम्बर ६ मा सुरुङ साँघुरिएको (टनेल स्विजिङ) निर्माणका लागि १ अर्ब ९ करोड रूपैयाँ दिने विद्युत् प्राधिकरण सञ्चालक समितिको निर्णयमा अनियमितताको आशंका गर्दै एक वर्षअघि लेखा समिति छानबिन गरेको थियो । छानबिनका क्रममा अनियमितता भएको ठहर गर्दै थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाएको थियो तर ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि आयोजनाले काम गरेको छैन ।
९४ प्रतिशत काम सकिएको सो आयोजनाको निर्माणमा समस्या देखिएपछि प्राधिकरणका अधिकारीले लेखा समितिका कारण भुक्तानीलगायतका कार्यमा अप्ठेरो बताउँदै आएको थियो भने समितिका सभापति शर्मालाई भेटेर सुदूरपश्चिमका सभासद्ले समेत अघि बढाउने वातावरणका लागि आग्रह गरेका थिए । आइतबारको बैठकमा भने अधिकांश सभासद्ले लेखा समितिले चमेलियाको काम नरोकेको बताउँदै भेरियसनबारे गरेको निर्णयको पुनर्मूल्यांकन गरेर अघि बढ्न आग्रह गरेका छन् । चमेलिया छानबिनका क्रममा अनियमितता देखिएको बताउँदै उनीहरूले यसबारे अख्तियारले छानबिन गरिरहेको तर काम रोक्न कुनै निर्देशन नदिइएको उनीहरूको भनाइ छ ।
आइतबारको बैठकमा ऊर्जासचिव राजेन्द्रकिशोर क्षत्रीले अख्तियारले गत मंसिरमा सार्वजनिक लेखा समितिले पठाएको पत्रमा चमेलियामा अनियमितता भएको देखाएकाले यसबारे प्राधिकरणको इन्जिनियरिङ विभागलाई पुनर्मूल्यांकन गर्न समस्या परेको बताए । ‘अनियमितता भएको ठहर गरेर निर्णय प्रक्रियामा संलग्न सबैलाई कारबाही गर्नु भनेकाले विभागले माथिल्लो निकायको समेत नाम मुछिएकाले यसबारे मूल्यांकन गर्न मानेन, अप्ठेरो प¥यो,’ उनले भने ।
तर आइतबारको लेखा समितिले सोही विभागबाट पुनर्मूल्यांकन गर्न निर्देशन दिएको छ । लेखा समितिले चमेलियाबारे गरेको अध्ययनपछिको प्रतिवेदन र निर्णयका आधारमा भेरियसनको निर्णयमा वर्तमान ऊर्जामन्त्री एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष राधा ज्ञवाली, ऊर्जा सचिव क्षत्रीलगायतका प्राधिकरणका धेरै उच्च अधिकारीहरू संलग्न छन् ।
यसबारे लेखा समितिले प्रधानमन्त्री कार्यालय, ऊर्जा मन्त्रालय, विद्युत् प्राधिकरणलगायतलाई निर्णय पठाएपछि तिनओटै निकायले अख्तियारलाई छानबिनका लागि जिम्मा दिएको थियो । अख्तियारले यसबारे छानबिन गरिरहेको जनाएको छ ।
बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्रचलित कानुनअनुसार अघि बढ्ने गरी चमेलिया जलविद्युत् आयोजनाको भुक्तानीलगायतका समाधानका लागि बाटो खोलिदिन आग्रह गरेका थिए ।
निर्देशन कार्यान्वयन भएमा साँघुरिएको ८ सय ४३ मिटर सुरुङमध्ये ठेकेदार कम्पनी सीजीजीसीले सम्पन्न गरेको ६ सय ११ मिटरको भौतिक प्रगतिको मूल्यांकन प्रतिवेदन अब प्राधिकरणको इन्जिनियरिङ विभागका इन्जिनियरहरूले गर्नेछन् । बाँकी २ सय ३२ मिटरको मूल्यांकन प्रतिवेदन पनि सोही समितिले गर्नेछ ।
ऊर्जा मन्त्रालयले लेखा समितिमा प्रस्ताव गरेको कार्यविधिमा भने सम्पन्न भएको र बाँकीका लागि मूल्यांकन गर्न स्वतन्त्र व्यक्तित्वको नेतृत्वमा ऊर्जा मन्त्रालय र प्राधिकरणका प्रतिनिधि रहने गरी तिन सदस्यीय समितिले गर्ने र सोका लागि १२ लाख ३८ हजार खर्च लाग्ने प्रस्ताव पेस गरेका थिए तर अधिकांश सभासद्हरूले दक्ष जनशक्ति रहेको प्राधिकरणबाटै गर्नुपर्ने बताएका थिए ।
आयोजनाको ९४ प्रतिशत काम सकिएको छ भने २०६८ सालमै निर्माण सम्पन्न हुने आयोजनामा ढिलाइ हुँदै आएको छ । चमेलियाको प्रतिमेगावाट ५० करोड रुपैयाँ नाघेपछि आयोजनामा व्यापक अनियमितता भएको आरोप लाग्दै आएको छ ।
सुरुमा करिब ८ अर्ब रुपैयाँ लागत रहेको आयोजनाको लागत बढेर १५ अर्ब ६ करोड रुपैया“ पुगिसकेको छ । २०६४ सालको माघ महिनामा आयोजनाको निर्माण सुरु भएको थियो ।
http://www.erajdhani.com/article/0678466001435539030

४४० अर्ब सहायता प्रतिबद्धता

शिव दुवाडी, भीम गौतम/राजधानीकाठमाडौं, १० असार
नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा मित्रराष्ट्र तथा दातृ निकायले ४ खर्ब ४० अर्ब रुपैयाँ बराबरको सहायता घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका सहभागी मित्रराष्ट्र तथा दातृ निकायका प्रतिनिधिहरूले सो सहायता घोषणा गरेका हुन् ।

घोषणा गरिएको रकममध्ये ५० प्रतिशत अर्थात् २ खर्ब २० अर्ब रुपैयाँ अनुदान र बाँकी सहुलियतपूर्ण ऋण रहेको अर्थमन्त्री एवं सम्मेलन आयोजक समिति संयोजक डा. रामशरण महतले जानकारी दिए । राष्ट्रिय योजना आयोगले भूकम्पपछिको आवश्यकता आँकलन (पीडीएनए) प्रतिवेदनमा भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि ६ खर्ब ६९ अर्ब रुपैयाँ आवश्यक रहेको औंल्याएको थियो । यसकै आधारमा सरकारले निजी क्षेत्रबाहेक करिब ३ खर्ब पुनर्निर्माणका लागि आवश्यक पर्ने र सम्मेलनबाट त्यति रकम सहायता घोषणा हुने अपेक्षा गरेको थियो । अर्थमन्त्री महतले सम्मेलनबाट अपेक्षाभन्दा बढी सहायताको प्रतिबद्धता आएको बताए ।

सम्मेलनमा छिमेकी मित्रराष्ट्र भारतले सबैभन्दा बढी सहायता घोषणा गरेको छ । भारतले १ खर्ब रुपैयाँ बराबरको सहायता गर्ने घोषणा गरेको हो । त्यसमध्ये २५ अर्ब अनुदान र बाँकी सहुलियतपूर्ण ऋण रहेको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपालसँग काँधमा काँध मिलाएर अघि बढ्न तयार रहेको भन्दै सो सहायताको घोषणा गरेकी थिइन् । यसअघि नेपालको मैत्रीपूर्ण भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई १ खर्ब रुपैयाँ सहुलियत ऋण दिने घोषणा गरेकोमा त्यो रकममध्ये भारतले ४० अर्ब रुपैयाँ अनुदानका रूपमा दिने घोषणा पनि सम्मेलनमा गरेको छ ।
त्यसैगरी, अर्को छिमेकी राष्ट्र चीनले सम्मेलनका क्रममा सबैभन्दा बढी अनुदान दिने घोषणा गरेको छ । सम्मेलनमा चीनले दिएको सबै रकम अनुदान हो । चीनले ५० अर्ब अनुदान दिएको छ । साथै, चीनले आवश्यक परेमा थप ४८ अर्ब सहुलियत ऋण दिने घोषणा पनि गरेको छ । चीनका परराष्ट्रमन्त्री वाङ यीले सहायता घोषणा गरेका थिए । सम्मेलनमा दातृ निकायको तर्फबाट एसियाली विकास बैंक (एडीबी) ले सबैभन्दा बढी ६० अर्ब रुपैयाँ सहायता दिने घोषणा गरेको छ । घोषित रकममध्ये १३ अर्ब अनुदान र बाँकी सहुलियत ऋण हो । एडीबीका अध्यक्ष ताकाहिको नाकाओले सो घोषणा गरेका थिए ।
त्यसैगरी, विश्व बैंकको तर्फबाट ५० अर्ब सहायता दिने प्रतिबद्धता जनाएको छ । यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएफएफ) ले ५० अर्ब सहायता दिने घोषणा गरेको छ । यस्तै, मित्रराष्ट्र जापानले २६ अर्ब सहायता दिने घोषणा गरेको छ । त्यसैगरी, अमेरिकाले १३ अर्ब, युरोपियन युनियन (ईयू) र बेलायतले ले ११÷११ अर्ब, नर्वेले ३ अर्ब सहायता दिने घोषणा सम्मेलनमा गरेका छन् । त्यसैगरी, जर्मनी, स्विट्जरल्यान्ड, कोरिया, फिनल्यान्ड, टर्की, श्रीलंका, बंगलादेश र पाकिस्तानले समेत सम्मेलनमा सहायता दिने घोषणा गरेका छन् । उनीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि रकम भने खुलाएका छैनन् ।
सहायता रकमबारे सम्बन्धित मित्रराष्ट्र तथा दातृ निकायसँग आपसी छलफलपछि टुंगो लगाई परियोजना अघि बढाइने अर्थमन्त्री महतले बताए । ‘आगामी आर्थिक वर्षदेखि सहायता अन्तर्गतका परियोजनाहरू सुरु गर्ने लक्ष्य छ,’ उनले भने, ‘सहायता प्रतिबद्धताअनुसार आपसी छलफलमा परियोजना तय गरी दुई पक्षबीच सम्झौता गरेर कार्यान्वयन गरिनेछ ।’ सम्मेलनका क्रममा दातृ निकाय तथा मित्रराष्ट्रका प्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, हाउजिङ, महिला र बालबालिका, ग्रामीण विकास, ऊर्जा, पर्यटन लगायतका क्षेत्रमा बढी चासो दिएका थिए ।
http://www.erajdhani.com/article/0217252001435307168

Thursday, June 25, 2015

दाता सम्मेलनमा ‘नौ’ डिजाइनका घर प्रदर्शनमा

भीम गौतम / राजधानी
काठमाडौं, ९ असार
बिहीबार सरकारले गर्न लागेको नेपालको पुर्नर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहरी विकास मन्त्रालयले नौ प्रकारका घरका डिजाइन प्रदर्शन गरिने भएको छ ।

भूकम्पपछिका क्षतिग्रस्त घरको सट्टा नेपालका ग्रामीण क्षेत्रमा निर्माण हुने भूकम्प प्रतिरोधी नौ प्रकारका घर मन्त्रालयले प्रदर्शनमा राख्न लागेको हो ।
मन्त्रालयको भवन विभागले तयार पारेका ती घरहरूको नक्सासहितको फ्लेक्स दाता र विकास साझेदारलाई ध्यानाकर्षण गराउने सम्मेलन केन्द्र सोल्टी होटेलको परिसरमा प्रदर्शन गरिने कार्यक्रम छ ।
‘नौ प्रकारका भूकम्प प्रतिरोधी घर सम्मेलन केन्द्रको वरिपरि प्रदर्शनमा राख्न लागेका छौं,’ भवन विभागमा उपमहानिर्देशक रवि शाहले भने, ‘ग्रामीण क्षेत्रमा उपयोग हुने घरहरू प्रदर्शनमा राखिन लागिएको छ ।’
बढी ग्रामीण र कम सहरी क्षेत्रमा समेत उपयोगी हुने ती डिजाइन विशेष गरी भूकम्पबाट अति प्रभावित १४ जिल्लालाई लक्षित गरी बनाइएको भवन विभागले जनाएको छ ।
प्रदर्शनमा एकतले, तिनतले र दुईतले ६ प्रकारका घरका डिजाइन विभागले तयार पारेको छ । विभागका अनुसार, ढुंगा–माटो, ढुंगा–सिमेन्ट, इँटा–सिमेन्टलगायतका भवनहरू प्रदर्शनमा सहभागी छन् ।
प्रदर्शनका लागि तयार पारिएका भवनको मोडेल, प्रविधि, कामदार, लागतलगायतबारे समेत उल्लेख गरिएको छ । विभागका उपमहानिर्देशक शाहका अनुसार, साढे तिन लाखदेखि २० लाखसम्म पर्ने भवनहरू प्रदर्शनमा राखिनेछन् ।

जाइकाका नमुना घर प्रदर्शन

काठमाडौं÷रास— जापान
अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ललितपुरको पुलचोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा नमुना घर प्रदर्शन गरेको छ ।


ग्रामीण तथा ग्रामीण र सहरी दुवै क्षेत्रमा उपयोगी हुने भूकम्प प्रतिरोधी दुई घरका डिजाइन प्रदर्शन गरेको हो । बुधबार र बिहीबार सर्वसाधारणका लागि समेत ती नमुना घर हेर्न खुला गरिएको छ । बुधबार जाइकाले प्रदर्शनका लागि राखेका नमुना घरहरू सहरी विकासमन्त्री डा. नारायण खड्का तथा जापानका परराष्ट्र राज्यमन्त्री निउरो किउची, नेपालका लागि जापानी राजदूत मासासी आगावा र जाइका अध्यक्ष अकिहिको तानाकाले निरीक्षणसमेत गरेका छन् । ग्रामीण क्षेत्रका लागि उपयोगी हुने नमुना घर दातृ तथा विकास साझेदारको सम्मेलन स्थलबाहिर समेत प्रदर्शनमा राखिन लागेको जाइकाले जनाएको छ ।
http://www.erajdhani.com/article/0871324001435195867

अक्सफाम र सेभ द चिल्ड्रेनलाई कारबाही प्रक्रिया अघि बढाइने

काठमाडौं\रास— बुधबारको कृषि तथा जलस्रोत समितिको बैठकमा कृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि मन्त्रालयलाई बाइपास गरेर अन्तर्राष्ट्रिय गैरसकारी संस्था अक्सफार्म र सेभ द चिल्डे«नले बिउ बाँडेको बताएपछि समितिले कारबाही प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउने निर्णय गरेको छ ।
मन्त्री पराजुलीले मन्त्रालयका साथै मन्त्रालयसँग मिलेर विश्व खाद्य कार्यक्रम (एफएओ) बाँडेको बिउ परीक्षण गरेर मात्र पठाइएको तर मन्त्रालयसँग समन्वय नगरी अक्सफार्म र सेद द चिल्डे«नले पनि बाँडेको उल्लेख गर्दै त्यसप्रति मन्त्रालय जिम्मेवार नहुने बताएका थिए ।
मन्त्रीको सो अभिव्यक्ति पछि समितिले दुवै गैरसरकारी संस्थाको कारबाही प्रक्रियाबारे प्रधानमन्त्री कार्यालयमा पत्र लेखेर त्यहाँबाट आएको जानकारीको आधारमा कारबाही प्रक्रिया अघि बढाउनका लागि पहल गर्ने निर्णय गरेको सभापति गगन थापाले जानकारी दिए ।
http://www.erajdhani.com/article/0760225001435195937

ब्याज अनुदान १ अर्ब खर्च १ करोडभन्दा कम

 परियोजना किसानमुखी छैन कृषिमन्त्री

राजधानी समाचारदाता
काठमाडौं, ९ असार
बढ्दो युवा पलायन र बेरोजगारी अन्त्यका लागि आर्थिक वर्ष २०७१÷०७२ मा सरकारले युवाहरूलाई व्यावसायिक कृषिका लागि कर्जाको ब्याजमा दिएको अनुदानको खर्च अत्यन्त न्यून देखिएको छ ।
बुधबार संसद्को कृषि तथा जलस्रोत समितिले युवालाई व्यावसायिक कृषि कर्जामा गरिने ब्याज अनुदानको प्रभावकारिताबारे गरेको छलफलमा खर्च अत्यन्त न्यून देखिएको हो । चालु वर्षमा अर्थ मन्त्रालयमार्फत खर्च हुने गरी सरकारले १ अर्ब रुपैयाँ ब्याज अनुदानका लागि छुट्याएको थियो । किसानलाई ६ प्रतिशतमा ऋण प्रवाह गर्नका लागि सरकारी र निजी बंैकहरूलाई परिचालन गरेको सरकारले बैंकहरूको घाटा ब्याज प्रतिशत बेहोर्न सरकारले सो रकम छुट्याएको थियो । सरकारले बंैकहरूका लागि ४ प्रतिशत ब्याज बेहोर्छ भने बैंकले ६ प्रतिशत नबढाई किसानका लागि ऋण दिनुपर्ने व्यवस्था
गरेको छ ।
अर्थ मन्त्रालयका राजस्व सचिव नवराज भण्डारीले १ अर्ब अनुदान ब्याजका लागि छुट्याएकामा हालसम्म १ करोडभन्दा पनि कम खर्च भएको बताए । ‘१ अर्ब अनुदान ब्याजका लागि छुट्याएकामा १ करोड पनि खर्च भएको छैन, सोचेअनुसार खर्च नभएकै हो, आगामी वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’ उनले महानगरपालिकाबाहेक सबै नपा र ग्रामीण क्षेत्रमा कृषि कर्जा प्रदान गर्ने व्यवस्था गरेको जानकारी दिए ।
बैठकमा फागुनमा कृषिकर्जामा प्रदान गरिने ब्याज अनुदानसम्बन्धी कार्यविधि २०७१ संशोधनपछि हालसम्म ३ सय ५६ किसानले झन्डै ४२ करोडबराबर मात्र ऋण लिएको जानकारी दिइएको थियो । कृषिमन्त्री हरिप्रसाद पराजुलीले ४ हजार ६ सय किसानले ऋण मागेको बताउँदै कर्जा प्रवाहमा निजी बैंकहरू सकारात्मक नदेखिएको बताए । सुरुमा राष्ट्रिय वाणिज्य बैंक सकारात्मक देखिए पनि कृषि विकास बंैक सकारात्मक नदेखिएको उनको भनाइ थियो । ‘कार्यावन्यन पक्ष कमजोर छ, तल्लोतहसम्म पु¥याउने बलियो संयन्त्र र कठोर अनुगमन गर्ने प्रणालीको विकास गर्नुपर्छ ,’ उनले भने । उनले कृषि मन्त्रालयका परियोजनाहरू बढी दातामुखी भएको र किसानमुखी नभएको बताउँदै यसको परिवर्तनका लागि सरकार अग्रसर भएको बताए । ‘परियोजना किसानमुखी छैनन्, प्रक्रिया पनि झन्झटिलो छन्, दाताहरूको सहयोगको परियोजनाको कार्यविधि परिवर्तन गर्न कठिन छ तर समीक्षा बैठकबाट परिवर्तन गरेर किसानमुखी बनाउन सक्रिय छांै,’ उनले भने ।
बैठकमा जलस्रोत समितिका सभापति गगन थापाले युवा कृषिकर्जा कार्यान्वयन सन्तोषजनक नभएको बताउँदै यसलाई सहज र सरलीकृत बनाउनुपर्ने बताए । बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भूकम्पअघिको र भूकम्पपछिको अवस्थामा ३ सय ५६ किसानलाई कृषिकर्जा प्रदान गर्नु सकारात्मक भएको बताए । ‘यति छोटो अवधिमा निजी बैंकले ७७ र बाँकी सरकारी बैकले दिनुलाई सकारात्मकका रूपमा लिनुपर्छ,’ उनले भने ।
बैठकमा सभासद्हरूले कृषि कर्जासम्बन्धी व्यवस्था झन्झटिलो र वास्तविक किसानले पाउने खालको नभएको बताउँदै साना किसान र विपन्नलाई दिने गरी सहज बनाउन माग गरेका थिए । बैठकमा उनीहरूले कुहिएको र गुणस्तरहीन खाद्यान्नबारे समेत प्रश्न उठाएका थिए । मन्त्रालयका अधिकारीले गोर्खाको लाप्राङ बाँडिएको चामल गुणस्तरहीन भएको तथा काभ्रेमा अखाद्य नभए पनि टुक्रा २५ प्रतिशतभन्दा बढी देखिएको बताएका थिए । मन्त्रालयले नेपालगन्जको विश्व खाद्य कार्यक्रमको गोदामको मटर दालमा केही मात्रामा खेसरी दाल मिसिएको भेटिएको बताएको थियो । कृषिमन्त्री पराजुलीले भने संयुक्त राष्ट्र संघका निकायलाई कारबाहीका लागि गर्नुपर्ने कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग छलफल गरिरहेको जानकारी दिए ।
तातोपानी नाका खोल्न प्रयास
समितिको बैठकमा सभासद् अमृतकुमार बोहोराले भूकम्पपछि ठप्प भएको तातापानी नाका खुलाउनका लागि अर्थ मन्त्रालयका राजस्व सचिव नवराज भण्डारीसँग आग्रह गरेका थिए । तातोपानी नाका ठप्प हुँदा १ करोड बराबरको राजस्व गुमेको, १ अर्बको सामान क्षति भएको, ५ सय १३ गाडी फसेको र १० हजारभन्दा बढी व्यवसायीलाई असर परेको भन्दै सभासद् बोहोराले पहलका लागि आग्रह गरेका थिए । त्यसपछि सचिव भण्डारीले तातोपानी नाका खुलाउनका लागि चीन सरकारका प्रतिनिधिसँग छलफल गरिरहेको बताए ।
‘हामीले खोल्ने प्रयास गरेका
छौं तर तातोपानी नाकामा समस्या भएर चार÷पाँच महिना खुलाउन कठिन देखिएको छ, यसको सहजताका लागि पनि छलफल गर्दैछौं भने रसुवा नाका छिट्टै खुलाउन सक्ने भएकोले त्यो छलफल पनि अघि बढाएका छौं,’ उनले भने ।
http://www.erajdhani.com/article/0427738001435195992

आईएफसीको जलविद्युत्लाई ९० लाख सहयोग

काठमाडौं\रास– अन्तर्राष्ट्रिय वित्तीय निगम (आईएफसी) ले नेपालको जलविद्युत् विकासका लागि ९० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ ।
जलविद्युत्को वातावरण अध्ययन (ईआईए) मार्गदर्शन निर्माणका साथै सरकारी र निजी जलविद्युत् क्षेत्रको क्षमता अभिवृद्धिका लागि आईएफसीले सो अनुदान दिएको हो । विज्ञान, प्रविधिक तथा वातावरण मन्त्रालयलाई दिएको सो रकम जलविद्युत्बाट सामाजिक तथा वातावरणीय क्षेत्रमा पार्ने प्रभावको न्यूनीकरणका लागि खर्च हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–सचिव महेन्द्रमान गुरुङ तथा आईएफसीका निर्देशक पोर्टर पेक्षाबिच बुधबार सहायतासम्बन्धी हस्तान्तक्षर भएको छ ।
http://www.erajdhani.com/article/0260770001435196021

Wednesday, June 24, 2015

दातासमक्ष सरकारको स्पष्ट पुनर्निर्माण रणनीति

भीम गौतम /राजधानी
काठमाडौं, ८ असार
बिहीबार हुन लागेको विकास साझेदारको सम्मेलनमा सरकारले स्पष्ट पुनर्निर्माण रणनीति प्रस्तुत गर्ने भएको छ ।सरकारले आर्थिक वर्षहरूमा विनियोजन गरेको बजेट कम खर्च भई कार्यान्वय फितलो भएको तथा स्थानीय निकायको अभावमा पुनर्निर्माणमा समेत समस्या आउने बताइरहेका बेला सरकारले सम्मेलनमा एकीकृत पुनर्निर्माण रणनीति प्रस्तुत लागेको हो । सम्मेलनमा सरकारले पुनर्निर्माण योजना, त्यसका लागि आवश्यक पर्ने नीति, कानुनको थप र संशोधन, कार्यविधि, कार्ययोजनालगायतबारे स्पष्ट रूपमा दातालाई जानकारी दिनेछ ।
१२ वैशाख र त्यसपछि आएको पराकम्पनबाट नेपालको आर्थिक क्षेत्रमा ७ खर्ब ६ अर्बबराबरको असर पारेको र त्यसको पुनरुत्थानका लागि ६ खर्ब ६९ अर्ब बराबर आवश्यक रहेको भूकम्पपछिको आवश्यकता आंकलन (पीडीएनए) गरेको राष्ट्रिय योजना आयोगले एकीकृत पुनर्निर्माण रणनीति तयार गरेको हो । सम्मेलनमा आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले भूकम्पपछिको क्षति, असर र आवश्यकतासँगै गर्ने पुनर्निर्माण कार्यका लागि आयोगले तयार पारेको रणनीति समेत प्रस्तुत गर्नेछन् । भूकम्पका कारण क्षति भएका २३ क्षेत्रको छुट्टाछुट्टै रणनीति तयार पारेको आयोगले दाता सम्मेलनमा एकीकृत रणनीति प्रस्तुत गर्ने आयोगका उपाध्यक्ष डा. पोखरेलले जानकारी दिए । ‘हामीले पीडीएनएमै पुनर्निर्माण रणनीति पनि छ, यसलाई सम्मेलनमा प्रस्तुत गरिनेछ,’ उनले भने, ‘पीडीएनएकै आधारमा दाताहरूले सहयोग गर्ने क्षेत्र र रकम घोषणा गर्ने अपेक्षा छ ।’
आयोगले बनाएको पुनर्निर्माण रणनीतिमा सामुदायिक सहभागिता, युवा स्वयंसेवक परिचालन, संस्थागत संरचना निर्माण, स्रोत परिचालन, निजी क्षेत्रसँगको सहकार्यलगायत उल्लेख छ । यसैगरी दाता तथा विकास साझेदारसँग गर्ने सहकार्य तथा यसबारे बनाइने सर्तको परिधिभित्र रहेर खर्च गरिनेसमेत रणनीतिमा उल्लेख छ ।
रणनीतिले पुनर्निर्माणमा पहुँच, कार्यक्रम व्यवस्थापन, प्राकृतिक प्रकोप नियन्त्रणलगायतलाई समेत समेटिएको छ । पुनर्निर्माण योजनालाई पारदर्शी तथा जवाफदेही बनाउन रणनीतिमा स्वतन्त्र व्यक्तिहरूको अनुगमनलाई समेत जोड दिइएको छ । भूकम्पपछिको पुनर्निर्माणको क्षेत्रको प्राथमिकता निर्धारण गरी त्यसको आधारमा अघि बढ्ने गरी बनाइएको रणनीतिमा भूकम्पसम्बन्धी नीति तथा भूकम्प प्रतिरोधी संरचना निर्माणलाई समेत जोड दिएको छ । रणनीतिमा सरोकारवाला निकायहरूको सहभागितासहित दातृ निकाय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्थाको भूमिकाबारे पनि उल्लेख छ ।
तयार पारेको रणनीतिमा केन्द्रीकृत योजना निर्माण र विकेन्द्रित कार्यान्वयनलाई जोड दिइएको आयोगका सदस्य डा. गोविन्द नेपालले जानकारी दिए । ‘२३ क्षेत्रका छुट्टाछुट्टै रणनीतिहरू तयार पारेका छौं, यसले कार्यान्वयनमा बढी जोड दिएको छ,’ उनले भने, ‘आयोगले पुनर्निर्माण योजनासँगै कार्यावन्यनको खाका समेत तयार पारेको छ । आयोगले पुनर्निर्माणका लागि विकास मार्गनिर्देशन र नीतिमा समेत जोड दिएको छ ।
सरकारले पुनर्निर्माण कार्य अघि बढाउनका लागि अधिकार सम्पन्न प्राधिकरण गठनका लागि सरकारले अध्यादेश ल्याइसकेको छ भने सो अध्यादेश राष्ट्रपतिबाट स्वीकृति गरेपछि प्राधिकरण गठन प्रक्रिया अघि बढ्नेछ । पुनर्निर्माणको सबै कार्य गर्ने प्राधिकरणको कामकारबाहीलाई पारदर्शी बनाउनका लागि विशेष व्यवस्थासमेत गर्न लागिएको छ ।
आयोगले तयार पारेको पीडीएनएमा भूकम्पको कारण सबैभन्दा बढी सामाजिक क्षेत्रमा ५८ प्रतिशत क्षति भएको तथा उत्पादशील क्षेत्रमा २५ प्रतिशत, पूर्वाधार क्षेत्रमा १० प्रतिशत र सम्बन्धित (क्रसकटिङ) क्षेत्रमा ७ प्रतिशत क्षति भएको उल्लेख छ । सम्मेलनमा प्रस्तुत हुने पीडीएनए प्रतिवेदनले दातृ र विकास साझेदारहरूका लागि सहयोग गर्न स्पष्ट मार्गनिर्देशन गर्ने अपेक्षा आयोगको छ ।
http://www.erajdhani.com/article/0957487001435110179

Tuesday, June 23, 2015

निर्माण सम्पन्न प्रमाण पत्रविना भवन उपयोगमा रोक


भीम गौतम /राजधानी
काठमाडौं, ७ असार
सहरी विकास मन्त्रालयले नयाँ बन्ने भवनहरूमा निर्माण सम्पन्न भएको प्रमाण पत्र नलिईकन भवन उपयोगमा रोक लगाउने व्यवस्थासहित भवन मापदण्ड र संहिता तयार पारेको छ । १२ वैशाखमा गएको भूकम्पपछि परिवर्तित अवस्थामा भूकम्प प्रतिरोधी भवन निर्माणलाई लक्ष्य गरी विद्यमान निर्माण मापदण्ड तथा संहितालाई संशोधन गरी यस्तो प्रस्ताव ल्याइएको हो ।
प्रस्तावमा सबै गाउँ विकास समितिमा समेत भवन निर्माणका लागि अनिवार्य रूपमा सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने तथा नक्सा स्वीकृति गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि नगरपालिकामा मात्र भएको सो व्यवस्था अब गाविसलाई समेत अनिवार्य गरिएको हो । सहरी विकास मन्त्रालयका सहसचिव डा. महेन्द्र सुब्बाको संयोजकत्वमा गठित सहरी योजना तथा निर्माण सम्पन्न मापदण्ड र सुरक्षित बस्ती विकासका लागि नीति–नियम पुनरावलोकन र परिमार्जन समितिले निर्माण सम्पन्न प्रमाण पत्र लिइसकेपछि पनि सम्बन्धित निकायहरूको पूर्वस्वीकृति तथा नक्सा पास एवं भवन निर्माण अनुमतिविना संरचनाहरूमा थपघट गर्न नपाइने प्रस्ताव गरेको छ ।
निर्माण सम्पन्न प्रमाण पत्रविना बैंकिङ र बिमा कारोबार नगर्न स्थानीय निकायले सम्बन्धित निकायलाई लेखी पठाउने तथा बंैकिङ र बिमा निकायहरूले सो कार्यमा सहयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ । बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी सो मापदण्ड तथा संहिता पुनरावलोकनका लागि सरोकारवाला निकायलाई पठाइएको मन्त्रालयका प्रवक्ता सहसचिव पदमकुमार मैनालीले जानकारी दिए । ‘सरोकारवाला मन्त्रालयहरूले रिभ्यू (पुनरावलोकन) गरेर आएपछि अन्तिम रूप दिई मन्त्रिपरिषद्बाट पारित भएपछि लागू हुनेछ,’ मैनालीले राजधानीसँग भने ।
भवन निर्माण गर्दा सबै मापदण्ड नअपनाएको, खुला क्षेत्र घोषणाबारे स्पष्ट मापदण्ड नभएको तथा जोखिमयुक्त बस्तीमा बस्ती रहेको र यसबारे उपयुक्त सुपरिवेक्षण हुन नसकेको यथार्थतालाई दृष्टिगत गरी नयाँ संहिता र मापदण्ड ल्याइएको मन्त्रालयको भनाइ छ । ‘भूकम्पपछिको परिवर्तित अवस्थालाई विश्लेषण गरी सहरी विकास मन्त्रालयले स्पष्ट मापदण्ड र संहितासहितको प्रस्ताव अघि सारेको छ,’ राष्ट्रिय योजना आयोगका सहसचिव गोपी मैनालीले भने । तयार पारिएको मापदण्डमा भवन निर्माणका मापदण्डहरू पु¥याउने प्रयोजनका लागि स्वामित्व हस्तान्तरण नगरी सँधियारको मञ्जुरीनामा÷करारनामाको आधारमा नक्सा स्वीकृत नगर्ने, भवन निर्माणको अनुमति तथा नक्सा स्वीकृति जुन प्रयोजनका लागि भएको हो, सोही प्रयोजनका लागि मात्र गर्न सकिने तथा कसैले योविपरीत उपयोग गरेमा सो भवनमा जडान भएको बिजुली, खानेपानी, टेलिफोनलगायत काट्नुका साथै गाविस÷नपाबाट दिने सेवाबाट वञ्चित गर्न सकिने उल्लेख छ ।
भवन ऐन, २०५५ को दफा ८ अनुसार (क) र (ख) वर्गका तिन तलाभन्दा अग्ला सबै आवासीय र कुनै पनि सर्वसाधारण भेला हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक आदिको भवन निर्माण गर्न अनिवार्य रूपमा माटो परीक्षण तथा १७ मिटरभन्दा अग्ला भवनहरूको हकमा भौगर्भिक परीक्षण र भूकम्पीय विश्लेषणसहितको प्रतिवेदन नक्सा पास अनुमतिका लागि आवश्यक पर्ने व्यवस्था गरिएको छ । सो नगरेमा विद्युत्, खानेपानी, टेलिफोन सेवाबाट वञ्चित गर्ने प्रस्ताव छ ।
प्रस्तावमा आधिकारिक निकाय÷संस्थाले माटो तथा भौगर्भिक परीक्षण गरी तोकेको स्थानमा मात्र १७ मिटरभन्दा अग्ला संरचना निर्माण अनुमति प्रदान गर्न सकिने र अग्ला संरचना निर्माण गर्न सकिने स्थान नतोकिएसम्म यस्ता भवनहरूको नक्सा पास नगर्ने, खानी तथा भूगर्भ विभागले नेपाल राजपत्रमा प्रकाशन गरी निषेध गरिएका क्षेत्रहरूमा घर बनाउन नदिइने उल्लेख छ ।
जथाभावी रूपमा हुने जग्गाको प्लटिङमा कडाइ गर्दै यसका लागि सम्बन्धित प्राधिकरण वा नगर विकास समितिले तोकेको स्थानमा मात्र बनाउन पाउने र अन्यको हकमा स्थानीय निकायले गठन गर्ने प्राविधिक समितिको सिफारिसमा मात्र स्वीकृति गर्ने, योजना अनुमति लिइसकेको अवस्थामा मात्र मालपोत कार्यालयबाट स्वामित्व हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ ।
योजना अनुमति दिँदा कुल जमिनको कम्तीमा बाटोबाहेकको ५ प्रतिशत उपयुक्त स्थानमा खुला क्षेत्र तथा पार्कका लागि सार्वजनिक स्वामित्वमा राख्नुपर्ने, मूल बाटोको चौडाइ कम्तीमा आठ मिटर हुनुपर्ने, प्लटिङ गरेको क्षेत्रमा टेलिफोनको खम्बा, बिजुलीको खम्बा, ढल तथा बाटो पिच गर्ने जिम्मेवारी प्लटिङ गर्ने व्यक्तिको हुने तथा प्लटिङ गरेका हरेक घडेरीले भवन मापदण्ड पूरा गर्नुपर्ने उल्लेख छ ।
नयाँ प्रावधानमा जग्गा विकासको कार्य प्रचलित कानुनअनुसार दर्ता भएको संस्था÷कम्पनीले सम्बन्धित निकायबाट स्वीकृति लिएर मात्र गर्न पाउने व्यवस्था गरिएको छ । भवन निर्माणका लागि हाइट सेट ब्याक रेसियोसमेत कायम गर्नुपर्नेछ । सेट ब्याकअन्तर्गत व्यापारिक÷आवासीय र सहर विस्तार क्षेत्रमा १० मिटर उचाइसम्म न्यूनतम १ दशमलव ५ मिटर, १० मिटरभन्दा माथि १७ मिटरसम्म न्यूनतम २ मिटर र १७ मिटरभन्दा माथि न्यूनतम ६ मिटर सेट ब्याक कायम गर्ने प्रावधान राखिएको छ । तर, संस्थागत तथा व्यावसायिक प्रयोजनका लागि भवनहरूको हकमा न्यूनतम ३ मिटर कायम गर्नुपर्ने उल्लेख छ ।
यस्तै, अब आवासीय प्रयोजनका लागि निर्माण हुने भवनहरूमा सटर तथा पसल राख्न नपाइने तथा सटर तथा पसल राखी स्वीकृति लिएमा सो भवनलाई स्वतः व्यापारिक मानिने उल्लेख छ । ६ मिटरभन्दा कम चौडाइको सडकको पहुँच भएको भवनमा सटर राख्न नपाइने तथा सटर राख्दा कम्तीमा ३ मिटरको सेट ब्याक छोड्नुपर्ने उल्लेख छ । मापदण्डविपरीत बनेका संरचना भत्काउन सकिने व्यवस्था गरिएको प्रस्तावित प्रावधानमा सम्बन्धित स्वामित्वकर्ताले अटेर गरेमा भत्काउन लाग्ने खर्च सरकारी बाँकीसरह बिगोसहित असुलउपर गर्ने तथा त्यस्ता मापदण्ड नमान्ने व्यक्तिको नामसहितको विवरण वेबसाइटमा सार्वजनिक गर्ने व्यवस्था गरिएको छ ।
आवासीय भवनका लागि ग्राउन्ड कभरेज २ सय ५० वर्गमिटरसम्म क्षेत्रफल भएका जग्गामा अधिकतम ७० प्रतिशत तथा सोभन्दा बढी भएको क्षेत्रफलका लागि ६० प्रतिशत कायम गर्ने, नयाँ निर्माण हुने स्थानीय सडकको क्षेत्राधिकार सडकको केन्द्रबाट न्यूनतम ३ मिटर सेट ब्याक कायम गर्ने, कित्ताकाँट हुने बाटोको न्यूनतम चौडाइ ६ मिटर हुने तर साविक बाटो ६ मिटरभन्दा कम भएमा सोभन्दा कम नहुने गरी कित्ताकाँट गर्न सकिने तथा साविकका साना बाटाहरूमा समेत कम्तीमा ४ मिटर हुनेगरी स्थानीय निकायले बाटो विस्तार गर्नुपर्ने उल्लेख छ । ऐतिहासिक र पुराताŒिवक महŒवका स्थानमा भने स्थानीय निकायले यस प्रावधानमा विशेष मापदण्ड तय गर्न सक्ने उल्लेख गरिएको छ । शैक्षिक संस्था, पार्टी प्यालेस, अस्पताल, सुपरमार्केट, सिनेमा हल, व्यापारिक कम्प्लेक्सजस्ता ठुला संरचना बनाउँदा अनिवार्य योजना अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।
सीमा पर्खाल निर्माण गर्दा सम्बन्धित निकायले तोकेको मापदण्डअनुसार पर्खालको उचाइ १ दशमलव २ मिटर नबढ्ने गरी गाह्रो निर्माण तथा सोभन्दा माथि जाली राख्ने गरी स्वीकृति लिएर मात्र निर्माण गर्ने, न्यूनतम एक तलाको पूर्ण वा आंशिक निर्माण सम्पन्न प्रमाण पत्र लिएका भवनलाई मात्र पानी, बिजुली, टेलिफोन जोड्न सिफारिस गर्ने, न्यूनतम १ मिटर छोडेर पिलरको जग्गा राख्न पाइने तर जग्गाको सिमाना जोडेर राख्न नपाइने प्रावधान प्रस्ताव गरिएको छ ।
आर्थिक वर्ष २०७३÷०७४ देखि भवन संहिता तथा मापदण्डमा आधारभूत तालिम प्राप्त भई नगरपालिकामा सूचीकृत डकर्मी, कालीगढ र ठेकेदारले मात्र भवन निर्माणमा संलग्न हुन पाउने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकाको पुरानो सहरी क्षेत्रमा ‘अर्वान रिजेनेरेसन’ को अवधारणाअनुरूप बस्ती विकासका लागि नगरपालिकाले विशेष व्यवस्था गर्ने तथा सहरी विकास मन्त्रालयसँग प्राविधिक सहयोग लिई प्रचलित कानुनअनुसार हाउस पुलिङ र ल्यान्ड पुलिङको कार्यक्रम सञ्चालनमा ल्याउन सक्ने प्रस्ताव पनि गरिएको छ । सुरक्षित बस्ती विकासका लागि आवश्यक सर्त र आधारसमेत उल्लेख गरिएको प्रस्तावमा जोखिम बस्तीहरूको स्थानान्तरण, भूउपयोग योजना र नियन्त्रणसम्बन्धी व्यवस्था गरिएको छ ।
यस्तै, सबै गाविस र नगरपालिकामा सहरी योजना तथा भवन निर्माण मापदण्डको सुदृढीकरण तथा सुपरिवेक्षण एवं कार्यान्वयनको नियमित समीक्षा तथा स्थानीय निकायलाई आवश्यक सहजीकरण एवं पृष्ठपोषणका लागि स्थानीय विकास मन्त्रालयका सचिवको नेतृत्वमा समिति गठन प्रस्ताव गरिएको छ ।
मापदण्ड तथा संहिता कार्यान्वयनका लागि राजापत्रांकित तृतीय श्रेणीका कार्यकारी अधिकृत भएका नगरपालिकाहरूमा भवन संहिता र मापदण्ड कार्यान्वयन तथा नक्सा पासका लागि आर्किटेक÷सिभिल इन्जिनियर, सब–इन्जिनियर र सर्वेयर तथा भौतिक पूर्वाधार योजनाहरूको कार्यान्वयनका लागि छुट्टै सिभिल र सब–इन्जिनियर (एक÷एकजना) को व्यवस्था गर्न प्रस्ताव
गरिएको छ । राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत भएका नगरपालिकाहरूमा यसका लागि स्ट्रक्चरल, आर्किटेक÷सिभिल, सब–इन्जिनियर र सर्वेभर तथा महानगर र उपमहानगरपालिकाका लागि जियो टेक्निकल इन्जिनयरहरूको व्यवस्था गर्न प्रस्ताव गरिएको छ । त्यसैगरी, १ हजारभन्दा बढी घरधुरी रहेबको गाविसमा भवन मापदण्ड, संहिता र नक्सा पासका लागि सिभिल इन्जिनियर, सर्वेयर र सब–इन्जिनियरको प्रस्ताव गरिएको छ ।
सार्वजनिक उपयोगिताद्दका सेवा प्रयोग गर्न भवन निर्माण सम्पन्न प्रतिवेदन लिनुपर्ने तथा भवन निर्माणको अनुमति प्रदान गर्ने निकायले भवन निर्माणको अनुमति दिँदा सम्पूर्ण भवनको अनुमति नदिई पहिलो पटक डीपीसी लेभल सम्मको दिनुपर्ने र त्यसपछि सुपरिवेक्षणमार्फत दिन सकिने प्रस्तावमा उल्लेख छ । भवन निर्माण सम्पन्न प्रतिवेदन नभएका भवनहरू सार्वजनिक प्रयोजनका लागि भाडामा लिन नपाइने व्यवस्था पनि गर्न लागिएको छ ।
http://www.erajdhani.com/article/0907012001435018364

चमेलियाबारे ऊर्जा सचिवलाई बोलाइने

काठमाडौं÷रास— निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना निर्माणको ठेकेदार कम्पनीलाई भुक्तानीबारे नरम नीति लिने गरी छलफल अघि बढाएको संसद्को सार्वजनिक लेखा समितिले ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूलाई बोलाउने निर्णय गरेको छ ।
अनियमितताको कारण देखाउँदै भुक्तानीमा कडाइ गरेको लेखा समितिले एउटा स्वतन्त्र विज्ञको नेतृत्वमा रहने प्राविधिक÷मूल्यांकन अनुगमन समितिको गठन गरी भुक्तानी गर्ने ऊर्जा मन्त्रालयका प्रस्तावबारे थप छलफल गर्न ऊर्जा सचिव सहितलाई बोलाउने निर्णय गरेको हो । छुट्टै कार्यविधि बनाएर बन्ने विज्ञ नेतृत्वको समूहमार्फत भौतिक प्रगति मूल्यांकन गरी सञ्चालक समितिका पतिवेदन पेस गरी यसका आधारमा भुक्तानी दिने व्यवस्था गर्न लागिएको छ । सोबारे सोमबारको बैठकमा सभासद् राजन केसी लगायतले भुक्तानीमा ढिलाइ गर्दा आयोजनाको लागत झन् बढ्ने देखिएको उल्लेख गर्दै भुक्तानी फुकुवा गर्नु उपयुक्त हुने बताएका थिए । कार्यविधिमा स्वतन्त्र विज्ञको नेतृत्वमा ऊर्जा मन्त्रालय र प्राधिकरणका एक÷एक प्रतिनिधि रहेको समिति गठन गरी समितिले दिएको प्रतिवेदनका आधारमा भुक्तानी गर्ने ऊर्जा मन्त्रालयले गरेको छ ।
http://www.erajdhani.com/article/0333943001435022968

Monday, June 22, 2015

प्रधानमन्त्रीको नेतृत्वमा पुनर्निर्माण प्राधिकरण

पुनर्निर्माणमा विशेषाधिकार, केही ऐन निष्क्रिय हुने

शुरोजंग, भीम/राजधानीकाठमाडौं, ६ असार
सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्राधिकरण गठनका लागि अध्यादेश जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महाभूकम्पपछिको पुनर्निर्माणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा अधिकारसम्पन्न प्राधिकरण गठनका लागि बनेको अध्यादेश राष्ट्रपति डा.रामवरण यादवसमक्ष सिफारिस गरेको हो ।

प्राधिकरण अध्यादेशमार्फत कि संसद्मार्फत ऐन ल्याएर गठन गर्ने विषयमा प्रमुख दलहरूबीच विवाद रहेकोमा एमाओवादीको असहमतिका बाबजुद सत्तारूढ कांग्रेस–एमालेबीच पुनर्निर्माण संरचनामा सहमति भएलगत्तै मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको हो ।
राष्ट्रपतिबाट भूकम्पपछि पुनर्निर्माणका लागि क्षतिग्रस्त संरचना पुनर्निर्माणसम्बन्धी सो अध्यादेश–२०७२ लालमोहर लगाएर प्रमाणित गरेलगत्तै पुनर्निर्माणका लागि शक्तिशाली संरचना गठन प्रक्रिया अघि बढ्नेछ । भूकम्पपछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन १० असारमा आयोजना गर्न लागिएको दाता सम्मेलन हुनु केही दिनअघि उनीहरूलाई पुनर्निर्माण योजना र कोष परिचालनमा विश्वास दिलाउन प्राधिकरण गठन गर्न लागिएको हो ।
दाताहरूले पुनर्निर्माण आयोजना कार्यान्वयनप्रति आशंका गर्दै बलियो संयन्त्रको आवश्यकतामा जोड दि“दै आएका छन् । सोही आधारमा सरकारले दाता सम्मेलनमा बजेट तथा योजना कार्यान्वयन गर्ने बलियो संयन्त्रको रूपमा प्राधिकरण गठन गर्न लागेको जानकारी दाताहरूलाई दिनेछ ।
अध्यादेशको व्यवस्थाअनुसार पाँच वर्षका लागि प्रधानमन्त्रीको अध्यक्षतामा विशेष अधिकार सम्पन्न पुनर्निर्माण प्राधिकरण गठन हुनेछ । त्यसैगरी, प्रधानमन्त्रीकै अध्यक्षतामा राजनीतिक दलहरूको समेत सहभागितामा राष्ट्रिय परामर्श समिति गठन गरिनेछ । प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को व्यवस्था गरिएको छ । उनकै संयोजकत्वमा दातृ निकायका प्रतिनिधिसहितको छुट्टै स्रोत परिचालन समितिको पनि प्रावधान अध्यादेशमा छ ।
प्राधिकरणको कामलाई नीतिगत निर्देशन र अनुगमन गर्ने काम सोही परामर्श समितिले गर्नेछ भने समिति मातहत प्रधानमन्त्रीकै अध्यक्षतामा ११ सदस्यीय शक्तिशाली प्राधिकरण रहनेछ । प्राधिकरणमा प्रधानमन्त्रीले मनोनीत गर्ने चार मन्त्री, सरकारका मुख्य सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रधानमन्त्रीले नै मनोनीत गर्ने पुनर्निर्माणस“ग सम्बन्धित तीनजना विज्ञ तथा सरकारले छनोट गर्ने सीईओसहित १० सदस्य रहनेछन् । जसअनुसार प्राधिकरणको संरचना ११ सदस्यीय हुनेछ । त्यस्तै, अध्यादेशमा पुनर्निर्माण योजनाको अनुमगन गर्ने जिम्मा नागरिक समाजलाई दिने समेत उल्लेख छ ।
उद्योगमन्त्री महेश बस्नेतका अनुसार पुनर्निर्माणका क्षेत्रमा कम्तीमा १५ वर्ष अनुभवी व्यक्तिलाई सरकारले प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट गर्नेछ ।
त्यस्तै, प्राधिकरणमा सीईओ मातहत रहने गरी एक नायब कार्यकारी अधिकृत पनि छनोट गरिनेछ । गठन भएको मितिले प्राधिकरणको कार्यअवधि पाँच वर्ष हुने भनिए पनि अध्यादेशमा विशेष अवस्थामा सरकारले एक वर्ष कार्यकाल बढाउन सकिने व्यवस्था गरिएको छ ।
प्राधिकरणलाई पुनर्निर्माणका सम्बन्धमा अधिकारसम्पन्न बनाइएको छ । सार्वजनिक खरिद ऐन, जग्गा प्राप्ति ऐन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायतका कानुनका कतिपय प्रावधानलाई छोट्ट्याइएको छ । जसअनुसार प्राधिकरणले गर्ने पुनर्निर्माणसम्बन्धी काममा ती ऐनका धेरै दफा आकर्षित हुने छैनन् । अध्यादेश अनुसार प्राधिकरणले पुनर्निर्माण प्रयोजनका लागि जोखिमयुक्त भवन, सम्पदाहरू भत्काउने या व्यक्तिलाई खर्च बेहोर्न लगाएर भत्काउने, जोखिममा रहेका बस्ती स्थानान्तरणको निर्णय गर्ने, विस्थापितहरूलाई पुनर्बासका लागि जग्गा उपलब्ध गराउने र त्यस सिलसिलामा व्यक्तिका घर, जग्गा पनि अधिग्रहण गर्न सक्ने तथा सडक विस्तारका क्रममा जग्गा अधिग्रहण गर्न सक्नेजस्ता अधिकार पनि प्राधिकरणलाई दिइएको छ ।
प्राधिकरण संरचनाले पूर्णता नपाएसम्म मुख्य सचिवले प्रमुख कार्यकारी अधिकृतको हैसियतमा काम गर्ने व्यवस्था गरिएको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिए । उनका अनुसार कामलाई सहज बनाउन प्राधिकरणले थप आवश्यक कार्यविधि बनाउनेछ ।
‘पुनर्निर्माणको काम फास्ट ट्र्याकबाट अघि बढाउन अध्यादेश सिफारिस गरिएको हो, अब बन्ने प्राधिकरणले मन्त्रालयहरूले गर्ने नियमितबाहेकका काम गर्नेछ,’ पण्डितले भने । त्यस्तै, पुनर्निर्माणका लागि जुट्ने बजेट पनि प्राधिकरणले स्वायत्त ढंगले प्रयोग गर्न सक्नेछ । सरकारले कम्तीमा पुनर्निर्माणका लागि १० खर्ब रुपैयाँ जुटाउने लक्ष्य लिएकोमा सो रकम परिचालनसम्बन्धी सम्पूर्ण अधिकार प्राधिकरणलाई दिइएको हो ।
राष्ट्रिय योजना आयोगले भूकम्पबाट ७ खर्ब रुपैयाँ बराबरको अर्थतन्त्रमा क्षति पुगेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै त्यसका लागि ६ खर्ब ६९ अर्ब बराबर रकम आवश्यक पर्ने आ“कडा प्रस्तुत गरिसकेको छ । त्यस्तै, प्राधिकरणलाई निर्देशित गर्ने परामर्श समितिमा पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, विपक्षी दलका नेता, सभाध्यक्ष, संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि, विभिन्न मन्त्रालयका सचिव, जिल्ला विकास समिति, नगरपालिका र गाविस महासंघका प्रतिनिधिहरूसहित करिब १ सय सदस्य रहनेछन् ।
यसअनुसार पुनर्निर्माणमा मन्त्रालयहरू, राष्ट्रिय योजना आयोग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगानी बोर्ड, विश्वविद्यालय, शैक्षिक संस्थाका प्रतिनिधिलगायत पनि समिति सदस्य रहनेछन् ।
एमाले सहमत, एमाओवादी असहमत
अध्यादेशमार्फत पुनर्निर्माणसम्बन्धी संरचना बनाउन नहुने अडानमा रह“दै आएको सत्ता साझेदार एमाले अन्ततः सहमत भएको छ भने एमाओवादीले असहमति जनाएको छ । पुनर्निर्माण संरचना बनाउन पार्टीले उठाउ“दै आएको सरोकारका विषयमा कांग्रेस सम्बोधन गर्न तयार भएकाले सहमति जनाइएको एमालेले जनाएको छ ।
सहरी विकास, एकीकृत वस्ती विकास, ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माणलगायत समेटिनुपर्ने, विषय र क्षेत्र हेर्ने गरी विषय विज्ञताका आधारमा प्रमुख कार्यकारी अधिकृत मातहत छुट्टाछुट्टै अधिकारीको व्यवस्था गर्नुपर्ने, जिल्लास्तरमा पनि पुनर्निर्माणको संरचना बनाइनुपर्ने, प्राधिकरण बनाइनु पहिले व्यापक सुझाव लिएर आधारपत्र तयार पार्नुपर्ने, पुनर्निर्माण कोष परिचालनका लागि आवश्यक जनशक्तिका सन्दर्भमा स्पष्ट व्यवस्था गर्नुपर्नेजस्ता विषय ऐनमै सम्बोधन गर्न तयार भएकाले अध्यादेशमार्फत भए पनि पुनर्निर्माण संरचना बनाउन सहमति जनाइएको एमालेको भनाइ छ ।
‘हामीले केही सरोकारका विषय उठाएर बजेट अधिवेशनको पूर्वसन्ध्यामा संसद्लाई छल्ने कुराले राम्रो सन्देश दि“दैन भन्ने अडान राखेका थियौं,’ एमाले सचिव प्रदीप ज्ञवालीले राजधानीस“ग भने, ‘तर छलफलका क्रममा दाता सम्मेलनअगावै संरचना बनाउ“दा पुनर्निर्माणमा राष्ट्रिय एकतासहितको तत्परता देखिँदा सकारात्मक सन्देश जान्छ भन्ने भएपछि अडान राखेनौं र हाम्रा सरोकारका विषय पनि धेरै सम्बोधन भएका छन् ।’ उनले प्रधानमन्त्रीकै नेतृत्वमा प्राधिकरण गठन गर्नुपर्छ भन्ने सुरुदेखि नै धारणा राख्दै आएकाले त्यसमा एमालेको फरक मत नरहेको स्पष्ट पारे ।
एमाओवादीले भने आइतबारको चार दल बैठकमै संसद् छलेर अध्यादेश जारी गर्न नहुने भन्दै फरक मत राखेको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालले व्यवस्थापिका संसद् बोलाइएकै अवस्थामा हतारमा अध्यादेशमार्फत पुनर्निर्माण अघि बढाउन खोज्नु रहस्यमय भन्दै असहमति जनाएका थिए । ‘व्यवस्थापिका संसद् बैठक बोलाइएको अवस्थामा हतार–हतारमा यसरी प्राधिकरण बनाउन खोज्ने कुरा रहस्यमय छ, यसलाई समर्थन गर्न सकिँदैन, हामी विपक्षमा छौं,’ बैठकमा दाहालको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले राजधानीस“ग भने ।
एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीकै अध्यक्षतामा प्राधिकरण बनाउने कुरा गलत भएको तथा मन्त्रीहरूको भीड रहेको संरचना बनाएर नवनिर्माणको काम हुन नसक्ने बताएका छन् । मन्त्री, राष्ट्रिय योजना आयोगदेखि सबैतिर एउटै पार्टीका हाबी हुने गरी पार्टीकरण गर्दा प्राधिकरणले नवनिर्माणको काम गर्न नसक्ने एमाओवादीको ठहर छ ।
http://rajdhani.com.np/article/0863210001434939056

जोखिममुक्त काठमाडौं उपत्यका बनाउन जुटे सभासद्

राजधानी समाचारदाता
काठमाडौं, ६ असार
उपत्यकालाई जोखिममुक्त क्षेत्रका रूपमा विकास गर्न काठमाडांै उपत्यकाका सभासद्हरू जुटेका छन् । प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको काठमाडौंलाई जोखिममुक्त बनाउन उनीहरू जुटेका हुन् ।
कांग्रेस, एमाले, एमाओवादी, नेमकिपा लगायतका अधिकांश दलका सभासद्हरू सो अभियानमा लागेका छन् । १२ वैशाखमा गएको भूकम्प र त्यसले गरेको क्षतिपछि भविष्यमा काठमाडांैलाई जोखिममुक्त बनाउन उनीहरूले नयाँ योजना बनाउन थालेका छन् । उनीहरूले विज्ञहरूसँग छलफल तथा कार्ययोजना बनाउन सुरु गरेका छन् । ‘सबै सरोकारवाला पक्षहरूसँग छलफल गरी काठमाडौं उपत्यकालाई जोखिममुक्त बनाउन स्पष्ट कार्ययोजना बनाउँछौं,’ अभियानका अगुवा सभासद् नवीन्द्रराज जोशीले भने, ‘अहिले तत्कालीन कार्ययोजना प्रधानमन्त्रीलाई १० असारमा हुने दाता सम्मेलनअघि नै बुझाउँछौं र दीर्घकालीन रूपमा त्यसपछि बुझाउँछौं ।’ कार्ययोजना निर्माणका लागि काठमाडांै, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रको स्थलगत अध्ययनसमेत उनीहरूले गरेका थिए ।
आइतबार विज्ञहरूलाई बोलाएर छलफल गरेका सभासद्हरूले सोमबार, मंगलबार र बुधबार यसबारे थप छलफलसहित कार्ययोजना बनाएर प्रधानमन्त्री सुशील कोइरालालाई बुझाउने लक्ष्य राखिएको सभासद् जोशीले जानकारी दिए । ‘काठमाडौंको सम्पदा र संस्कृतिलाई जोगाउने गरी भूकम्पपछिको तत्कालीन पुनर्निर्माण सहितको स्पष्ट कार्ययोजना बुझाउँछौं र हामी प्रधानमन्त्रीलाई यो कार्ययोजनासमेत दाता सम्मेलनसमक्ष प्रस्तुत गर्न आग्रह गर्छौं,’ उनले भने । आइतबारको छलफलमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी, पूर्वमन्त्री केशव बडाल, नेमकिपाका नेता सुनिल प्रजापतिसहित काठमाडांैका अधिकांश निर्वाचित र समानुपातिक सभासद्हरू
सहभागी थिए । छलफलमा विज्ञ माधव माथेमाले मुलुकको ९ प्रतिशत जनसंख्या ओगटेको तथा २३ प्रतिशत जीडीपीमा योगदान गरेको नेपालको आर्थिक र सांस्कृतिक पावर हाउसका रूपमा चिनिएको काठमाडौं उपत्यकाको व्यवस्थित योजना नहुँदा जोखिममा रहेको बताए । ‘विनायोजना ३० वर्षमा १ लाख ८० हजार रोपनीमा भवनहरू बनाइए,’ उनले तथ्यांक प्रस्तुत गर्दै भने, ‘३ अर्बको कोष स्थापना गरेर पुनर्निर्माण गर्नुपर्छ ।’
छलफलमा काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त योगेश्वर पराजुलीले भूकम्प, भूक्षय, बाढी र आगलागीको उच्च जोखिममा रहेको बताउँदै यसको समाधानका लागि संवेदनशील भूउपयोग योजनाको तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार, प्राधिकरणले एकीकृत बस्ती विकास, भवन निर्माण मापदण्डको आवश्यक संशोधन र कार्यान्वयन, सडक प्रणाली सुदृढीकरणका लागि सडक सञ्जालको तह निर्धारण र इमर्जेन्सी रोड नेटवर्क पहिचान र निर्माण, ऐतिहासिक विकासका लागि सहर पुनर्निर्माण र हाउस पुलिङ बनाउनुपर्ने कार्यलाई प्राधिकरणले प्राथमिकताका साथ अघि बढाएको छ । छलफलमा सभासद् दीपक कुइँकेल, रूपा महर्जन लगायतले काठमाडौं उपत्यकाको संस्कृति, सम्पदा जोगिने गरी र भविष्यमा हुने सबै किसिमका जोखिमको अन्त्य हुने गरी योजना बनाउनुपर्ने सुझाव दिए ।
अभियानअन्र्तगत सोमबार काठमाडांै उपत्यकाको जोखिमबारे अध्ययन गरेको जापान सहयोग नियोग (जाइका) विज्ञहरूसँग छलफल हुनेछ । ९ असारसम्म अभियानअन्तर्गत काठमाडांै उपत्यकाका तिनै जिल्लाका पूर्वजनप्रतिनिधिहरूका साथै नगरपालिकाका अधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम छ ।
http://rajdhani.com.np/article/0808254001434935679

चमेलियामा ‘नरम’ बन्दै लेखा समिति

राजधानी समाचारदाता
काठमाडौं, ६ असार
निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना निर्माणका क्रममा अनियमितता भएको भन्दै अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र लेखेको संसद्को सार्वजनिक लेखा समिति ‘नरम’ रूपमा प्रस्तुत हुने भएको छ ।
लेखा समितिको निर्णयका कारण नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूले चमेलिया जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीलाई त्रासका कारण भुक्तानी नगरेपछि र ठेकेदार कम्पनीले समेत काम सुस्त बनाएपछि समिति नरम रूपमा प्रस्तुत हुने भएको हो ।
अनियमितताको कारण देखाउँदै भुक्तानीमा कडाइ गरेको लेखा समितिले एउटा स्वतन्त्र विज्ञको नेतृत्वमा रहने प्राविधिक÷मूल्यांकन अनुगमन समितिको गठन गरी भुक्तानीमा नरम नीति लिने भएको हो ।
छुट्टै कार्यविधि बनाएर बन्ने विज्ञ नेतृत्वको समूहमार्फत भौतिक प्रगति मूल्यांकन गरी सञ्चालक समितिमा प्रतिवेदन पेस गरी यसका आधारमा भुक्तानी दिने व्यवस्था गर्न लागिएको छ । सोमबार हुने लेखा समितिको बैठकमा भुक्तानीलाई कार्यविधिबारे छलफल गरेर आयोजना निर्माणमा सहजीकरण गर्न लागिएको छ । ‘छिट्टै आयोजनाको काम सकियोस् र अनियन्त्रित आर्थिक अपचलन पनि नहोस् भनेर आयोजना अघि बढाउनका लागि नरम नीति लिन लागिएको हो,’ लेखा समितिका सदस्य रामहरि खतिवडाले भने, ‘चमेलियाका नाममा ऊर्जा मन्त्रालयमा आउने मन्त्री र प्राधिकरणका कर्मचारी मोटाउने र आयोजना नबन्ने प्रवृत्तिको अन्त्यका लागि छिट्टै सम्पन्न गर्न बीचको बाटो अबलम्बन गरिन लागेको हो ।’
कार्यविधिमा स्वतन्त्र विज्ञको नेतृत्वमा ऊर्जा मन्त्रालय र प्राधिकरणका एक÷एक प्रतिनिधि रहेको समिति गठन गरी समितिले दिएको प्रतिवेदनको आधारमा भुक्तानी गर्ने उल्लेख छ । ठेकेदार कम्पनीले साँघुरिएका ८ सय ४३ मिटर सुरुङमध्ये ठेकेदार कम्पनीले सिजीजीसीले सम्पन्न गरेको ६ सय ११ मिटरको भौतिक प्रगतिको मूल्यांकन प्रतिवेदन समितिमार्फत गर्ने तथा सोका लागि १० दिनको खर्च ८२ हजार तथा बाँकी २ सय ३२ मिटरको मूल्यांकन प्रतिवेदनबापतको ६७ हजार रुपैयाँ लाग्ने प्रसताव ऊर्जा मन्त्रालयले लेखा समितिमा पेस गरेको छ । सबै सदस्य तथा अन्य खर्च गरी कुल १२ लाख ३८ हजार रुपैयाँ अनुगमन तथा मूल्यांकनका लागि लाग्ने प्रस्ताव लेखा समितिमा ऊर्जाले प्रस्ताव गरेको छ ।
आयोजनाको निर्माण कार्य अघि नबढेपछि ऊर्जा र प्राधिकरणका अधिकारीले लेखा समितिका कारण आयोजनाको काम अघि नबढेको बताउँदै आएका थिए । २८ जेठमा लेखा समितिले जलविद्युत् आयोजनाको काम रोक्ने र सबै भुक्तानी दिनका लागि लेखा समितिले रोक नलगाएको भन्दै आयोजना काम अघि बढाउन ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणलाई निर्देशन दिएको थियो ।
चमेलिया जलविद्युत् आयोजनामा अनियमितता भएको भन्दै यसअघि लेखा समितिले भेरियसन नम्बर ६ को भुक्तानी रोक्का गर्न निर्देशन दिएपछि भुक्तानी नपाएको भन्दै ठेकेदार कम्पनीले खास काम अघि बढाएको छैन ।
आयोजनाको ९६ प्रतिशत काम सकिएको छ भने २०६८ सालमै निर्माण सम्पन्न हुने आयोजनामा ढिलाइ हुँदै आएको छ । चमेलियाको प्रतिमेगावाट ५० करोड नाघेपछि आयोजनामा व्यापक अनियमितता भएको आरोप लाग्दै आएको छ । सुरुमा करिब ८ अर्ब लागत रहेको आयोजनाको लागत बढेर १५ अर्ब ६ करोड रुपैया“ पुगिसकेको छ । २०६४ सालको माघ महिनामा आयोजनाको निर्माण सुरु भएको थियो ।
http://rajdhani.com.np/article/0835588001434931585

असन–इन्द्रचोकमा अब ‘हाउस पुलिङ’ नीति

भीम गौतम /राजधानी
काठमाडांै, ३ असार
काठमाडौं उपत्यकाका बाक्लो बस्तीमा भूकम्प प्रतिरोधी भवनहरू बनाउने उद्देश्यसहित नेपालमा पहिलो पटक हाउस पुलिङ नीति बनाइने भएको छ । १२ वैशाखको भूकम्पबाट पाठ सिकेर थोरै जग्गामा प्लटिङ गर्ने प्रवृत्तिलाई विस्थापित गर्दै राष्ट्रिय योजना आयोगले बढीमा पाँच तलासम्मको भवन निर्माण गर्न मिल्ने गरी हाउस पुलिङ नीति बनाउन लागेको हो ।
यसअघि सरकारले ल्यान्ड पुलिङ नीति भने बनाइसकेको छ । उपत्यकाभित्र काठमाडौंको असन, इन्द्रचोक, ललितपुरको हरिसिद्धि, लुभुलगायतका पुराना बस्तीलाई लक्ष्य गरी आयोगले यो प्रक्रिया अघि बढाएको हो । भूकम्प, आगलागीजस्ता प्राकृतिक प्रकोपबाट बच्न सकिने तथा पुराना मौलिकतालाई कायम राख्न सकिने गरी सरकारले बाक्लो बस्ती रहेका क्षेत्रमा हाउस पुलिङको प्रक्रिया अघि बढाउन लागेको हो । इटालीका केही सहरमा मात्र प्रचलित सो हाउस पुलिङ नीति निर्माण गृहकार्य अघि बढाइसकेको आयोगले जनाएको छ । ‘नेपालमा पहिलो पटक हाउस पुलिङ नीति बनाउन लागेका हांै,’ आयोगका सल्लाहकार एवं सहरी विकास मन्त्रालयका पूर्वसचिव किशोर थापाले भने, ‘एक महिनाभित्र नीति बनाइसक्छौं, त्यसपछि यसबारे कार्यविधि बनाएर यो कार्यान्वयनमा आउँछ ।’
काठमाडौंका कतिपय क्षेत्रका बासिन्दाले पुरानो र जोखिममा रहेका घरहरू भत्काएर पुरानो शैली नबिग्रने गरी आधुनिक घर बनाउन चाहिरहेका बेला आयोगले हाउस पुलिङ नीति अघि बढाउन लागेको हो । थोरै जग्गामा ठूलो घर बनाउने प्रतिस्पर्धा भइरहेका बेला आएको भूकम्पले असुरक्षित बनेपछि धेरै जग्गाको एउटै भरमा धेरै परिवार बस्न मिल्ने गरी हाउस पुलिङ नीति बनाउन लागिएको छ । हाउस पुलिङअन्र्तगत घर बनाउँदा तल्लो तलामा पसल राख्ने सटरका साथै माथिका तलाहरूमा फ्ल्याटपिच्छे फरकफरक परिवार बस्न मिल्ने गरी बनाउन सरकारले नीति बनाउन लागेको हो । ‘प्लट सिस्टमबाट फ्ल्याट सिस्टममा लैजान बनाउने नीतिले संयुक्त परिवार बसोबास गर्ने प्रवृत्तिको वृद्धि हुनेछ,’ सल्लाहकार थापाले भने । निम्न र मध्यम वर्गीय परिवारलाई लक्ष्य गरी हाउस पुलिङ अघि बढाएको आयोगले हालसम्म नेपालमा १७ तलासम्मको भवन बनेकोमा २५ देखि ३० तलासम्मको होटेल, सुपर मार्केटलगायत बनाउन मिल्ने गरी समेत नीति तयार गर्न लागिएको जनाएको छ ।
सहरी विकास मन्त्रालयमार्फत नीति तथा कार्यविधि र काठमाडौं उपत्यका विकास प्राधिकरणमार्फत कार्यान्वयन हुने गरी हाउस पुलिङ नीति बनाउन लागिएको छ । सरकारले नीतिका लागि सहरी योजनाकार तथा विज्ञहरूले पहिल्यैदेखि माग गर्दै आएका थिए । सहरी विज्ञ सूर्यभक्त सागाछे भूकम्पपछि धेरै क्षेत्रबाट हाउस पुलिङको माग आइरहेको बताउँछन् । ‘भूकम्पबाट घरहरू क्षति भएपछि र थोरै जग्गाका कारण अब सुरक्षित भवन बनाउन नसक्ने अवस्थामा पुराना सम्पदाको मौलिकता अनुसारका घरहरू बनाउनुपर्छ,’ सागाछे भन्छन्, ‘अहिले धेरै बाक्लो बस्तीबाट माग आइरहेको छ ।’
बस्तीबाट कोही विस्थापित नहुने गरी र पुरानै मौलिकताको संरक्षण गर्ने गरी हाउस पुलिङ मोडेल अगाडि बढाउन सकिने सागाछेको तर्क छ । ‘पुराना सम्पदा, सभ्यता र संस्कृति बचाउन हाउस पुलिङको विकल्प छैन, यसो गर्दा कोही विस्थापित हुँदैनन्, बरु भूकम्प प्रतिरोधी सुरक्षित भवन बनाउन सकिन्छ,’ उनले भने । उनले सरकारले यो नीति ल्याउन ढिला गर्न नहुने बताए ।
सागाछे लगायतको टिमले काठमाडौंको झोंछे मंगलमा हाउस पुलिङबारे सम्भावित अध्ययनसमेत गरेका थिए । तर, त्यहाँका बासिन्दाले पत्याएका थिएनन् । अब भूकम्पपछि यसको अलावा साँखु, वसन्तपुर, भक्तपुर लगायतका धेरै ठाउँबाट माग आइसकेको उनी बताउँछन् । हाउस पुलिङ मोडेलमा घर बनाउन नरदेवीस्थित वैद्य चोकलाई अघि बढाउन लागिएको छ । अमरसिंह थापाको २ सय वर्ष पुरानो सो घर अहिले टुक्राटुक्रा बनेकोमा एकीकृत बनाएर बनाउने योजना राखिएको छ । यसका लागि घरधनीको स्वीकृति लिने प्रक्रिया अघि बढेको सागाछेले बताए ।

के हो हाउस पुलिङ

थोरै जग्गामा जोखिम भवनको सट्टा केही परिवार मिलेर सबै किसिमका प्राकृतिक प्रकोपबाट बच्न मिल्ने गरी घर बनाउनु नै हाउस पुलिङ हो । यस्ता घर बनाउँदा पहिलो तलामा व्यापारिक प्रयोजनका लागि सटरहरू बनाइन्छ भने माथिल्ला तलाहरूमा छुट्टाछुट्टै परिवार बस्न मिल्ने फ्ल्याट बनाइन्छ । एउटै भ¥याङले पुग्ने भएकाले थोरै जग्गामा धेरै आधुनिक र सुविधासम्पन्न बनाउन सकिन्छ । भूकम्प, आगलागीजस्ता प्राकृतिक प्रकोपका बेला काठमाडौंका अधिकांश बस्तीहरूमा ठुलो जनधनको क्षति हुने भएकाले पुराना बस्तीहरूको मौलिकता, स्थानीय संस्कृति, सभ्यता र सम्पदाको संरक्षण गर्न हाउस पुलिङको अवधारणा उपयुक्त हुने विज्ञहरूको भनाइ छ । उनीहरूका अनुसार हाउस पुलिङ मोडलमा जाँदा स्थानीय कोही विस्थापित हुनुपर्दैन भने स्थानीय डबली, पाटी, बाटोघाटोसमेत चौडा पार्न सकिन्छ । सरकारले ल्यान्ड पुलिङको नीति ल्याइसके पनि हाउस पुलिङको नीति अहिलेसम्म छैन । पुराना कलाकौशल, सम्पदा र मौलिकतालाई बचाएर हाउस पुलिङमा जाँदा पर्यटक प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
दाता सम्मेलनमा घरका डिजाइन पनि आगामी १० असारमा सरकारले गर्न लागेको दाता सम्मेलनमा विभिन्न २५ प्रकारका घरका डिजाइन प्रदर्शन गरिने भएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको भवन विभाग तथा यस क्षेत्रमा कार्यरत गैरसरकारी संघ÷संस्थाको पहलमा बनाउन लागिएको २५ प्रकारका घरका नक्सा दाता सम्मेलन केन्द्र वरिपरि प्रदर्शनमा राख्न लागिएको हो । २५ प्रकारका नक्सा अधिकांश गाउँलाई केन्द्रित गरेर तयार गरिरहेको र सम्मेलनका प्रदर्शन गरिने राष्ट्रिय योजना आयोगका सल्लाहकार किशोर थापाले जानकारी दिए ।
http://www.erajdhani.com/article/0165182001434672824

Wednesday, June 17, 2015

बिल आउँछ बिजुली आउँदैन

  • भूकम्पका बेला व्यस्त भयौं : प्राधिकरण वितरण केन्द्र
  • च्याम्राङबेंसीमा मात्र किन यस्तो : स्थानीय
भीम गौतम/राजधानीकाठमाडौं, १ असार
काभ्रेको विकट क्षेत्र डाँडापारिको च्याम्राङबेंसी गाविस–४ र ९ नम्बर वडामा बिजुली आउन छाडेको चार महिना पुगिसक्यो तर बिजुलीको बिल भने आइरहेको छ । गत माघको अन्तिम साता ट्रान्सफर्मर जलेका कारण फागुनदेखि यहाँका बासिन्दाले बिजुलीको उज्यालो देख्न पाएका छैनन् तर बिल भने तिर्नुपरिरहेको उनीहरूको गुनासो छ ।
‘बिजुलीको बिल त महिनैपिच्छे आइरहेको छ तर बिजुली देख्न नपाएको चार महिना बितिसक्यो,’ स्थानीय वडा नागरिक मञ्चका अध्यक्ष चिरञ्जीवी दाहालले भने, ‘नतिरे जरिवाना हुन्छ भनेर महिनाको ८० रुपैयाँ तिरिरहेका छौं ।’ पटक–पटक जलेको ट्रान्सफर्मर फेरेर बिजुलीको व्यवस्था गर्नका लागि आग्रह गर्दा पनि प्राधिकरणले चासो नदिएपछि साढे दुई महिनाअघि बिजुली बाल्न स्थानीयले निवेदन दिएका थिए ।
स्थानीयवासीका अनुसार च्याम्राङबेंसी गाविस–९ का ८२ र ४ का १४ घरधुरीमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन चार वर्षअघि पुगेको थियो । बिजुलीको ट्रान्सफर्मर जलेपछि तांग्रेमाराङ, हात्तीढुंगा, सुकुम, फेदी, झिंगे, लामीडाँडालगायतका गाउँ अँध्यारोमा बस्नुपरेको छ । ‘बारम्बार प्राधिकरण वितरण केन्द्र बनेपामा आग्रह गर्दा पनि बन्न सकेको छैन,’ स्थानीय विष्णु तिमल्सिनाले भने, ‘विकट भएकाले सडक पुग्ने क्षेत्रसम्म जलेको ट्रान्सफर्मर ल्याउन प्राधिकरणले भनेको ल्यायौं तर लगेर अर्को फेरिदिएको छैन ।’ स्थानीयका अनुसार धेरै टाढाबाट ल्याउनुपर्ने कारण २० हजारभन्दा बढी खर्चेर सडकसम्म जलेको ट्रान्सफर्मर ल्याइएको थियो । उनीहरूले ११ वैशाखमा सडक पुगेको कलंकसिंहसम्म ट्रान्सफर्मर ल्याएर राखेका छन् ।
प्राधिकरण वितरण केन्द्र बनेपा प्रमुख प्राथ्र्व श्रेष्ठले जलेको ट्रान्सफर्मर ल्याएर मर्मत गरी सो गाउँमा बिजुली बत्ती पु¥याउन नसकेको स्विकारे । ‘टाढा छ, विकट ठाउँबाट सडकमा ल्याउन भनेका हौं तर त्यसपछि भूूकम्प गएर अन्तै व्यस्त हुनुप¥यो,’ उनले भने, ‘ट्रान्सफर्मर मर्मत गर्न लैनचौरको वर्कसप पनि बन्द भएको तथा भूकम्पका बेला व्यस्त हुनुपरेकाले नल्याएको हो, अब छिट्टै ल्याएर बिजुली दिन्छौं ।’
१२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण गएको पहिरोले अहिले सडकबाट गाउँसम्म ट्रान्सफर्मर पु¥याउनसमेत कठिन रहेको स्थानीय बताउँछन् । उनीहरूका अनुसार भूकम्पका कारण धेरै पोलसमेत ढलेका छन् । स्थानीयवासीका अनुसार चट्याङका कारण चार वर्षभित्र १४ ट्रान्सफर्मर जलिसकेका छन् ।
गुणस्तरहीन र थोत्रा ट्रान्सफर्मर पठाएका कारण चट्याङ पर्दा जलेको स्थानीयको आरोप छ । ‘छमेकी ललितपुरको ठुलादुर्लुङ, चन्दनपुरमा पनि चट्याङ पर्छ तर ट्रान्सफर्मर जलेको थाहा छैन,’ अध्यक्ष दाहालले भने, ‘तर, हामीकहाँ ल्याएको मात्र जल्छ, प्राधिकरणको लापरबाही यसमा देखिन्छ ।’ प्राधिकरणका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डे भने चट्याङ प्रतिरोधी ट्रान्सफर्मर भए पनि पटक–पटक ट्रान्सफर्मर जल्नुको कारणबारे थप अध्ययन गरेर मात्र भन्न सकिने बताउँछन् ।
http://www.erajdhani.com/article/0036925001434514884

Tuesday, June 16, 2015

दाता सम्मेलनअघि नै पुनर्निर्माणको एकीकृत रणनीति

आयोगद्वारा पीडीएनए प्रतिवेदनलाई अन्तिम रूप 

छुट्टाछुट्टै रणनीति बन्दै

भीम गौतम /राजधानी
काठमाडौं, ३२ जेठ
सरकारले भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि १० असारमा गर्न लागेको दाता सम्मेलनअघि नै राष्ट्रिय योजना आयोगले एकीकृत रणनीति ल्याउने भएको छ । दाता मुलुक तथा निकायहरूले सहायता गर्दा त्यसको कार्यान्वयन, पारदर्शिता र जवाफदेहिता खोज्ने भएकाले उनीहरूलाई विश्वास दिलाउन आयोगले एकीकृत रणनीति बनाउन लागेको हो ।
स्थानीय निकायसमेत जननिर्वाचित नभएको तथा चालु आर्थिक वर्षको बजेटमा हालसम्म न्यून खर्च रहेकाले पुनर्निर्माण योजना र बजेट समयमै खर्च हुनेप्रति दाताहरूले आशंका गर्दै आएका छन् । सरकारले स्पष्ट रणनीति नल्याएमा दाताहरूको सहायता प्रभावित हुने अवस्था सिर्जना भएपछि आयोगले एकीकृत रणनीति निर्माणलाई तीव्रता दिएको हो ।
‘दाता सम्मेलनअघि नै पुनर्निर्माणको एकीकृत रणनीति बनाइसक्छांै, अहिले बनाइरहेका छौं,’ आयोगका सदस्य डा. गोविन्द नेपालले राजधानीसँग भने, ‘दाता सम्मेलनअघि नै पुनर्निर्माणको सहायता कार्यान्वयनको विश्वासिलो आधार बनाउन एकीकृत रणनीति बनाइसक्छौं ।’
दातृ निकायहरूको सहभागितामा भूकम्पपछिको क्षति आँकलन (पीडीएनए) प्रतिवेदन अन्तिम अवस्थामा पु¥याएको आयोगले त्यसको कार्यान्वयनका लागि २१ क्षेत्रकै छुट्टाछुट्टै रणनीति बनाउँदै छ । २१ क्षेत्रमा ५ खर्ब १३ अर्बको क्षति तथा १ खर्ब ८७ अर्बबराबरको नोक्सान भएको पीडीएनए प्रतिवेदन सार्वजनिक गरेको आयोगले त्यसका लागि ६ सय ६६ खर्ब आवश्यक रहेको जनाइसकेको छ । उल्लिखित स्रोत जुटाउनका लागि गर्न लागेको दाता सम्मेलनमा पीडीएनए प्रतिवेदनसहित त्यसको रणनीतिसमेत प्रस्तुत गरिने कार्यक्रम छ । आयोगका अनुसार रणनीतिमा २१ क्षेत्र समेटिनेछ ।
‘आयोजनामा योजनामा केन्द्रीकृत र कार्यावन्यनमा विकेन्द्रितलाई जोड दिइएको छ,’ आयोग सदस्य नेपालले भने ।
आयोगले २१ क्षेत्रको छुट्टाछुट्टै रणनीतिसमेत बनाइरहेको छ । छुट्टाछुट्टै रणनीतिको प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी दिँदै आयोग सदस्य नेपालले छुट्टाछुट्टै रणनीति र त्यसको कार्यान्वयनका लागि कार्ययोजना भने दाता सम्मेलनपछि बनाइने जानकारी दिए । आयोगका अनुसार कृषि, सञ्चार, सामुदायिक पूर्वाधार, संस्कृति सम्पदा, प्रकोप खतरा न्यूनीकरण, शिक्षा, विद्युत्, रोजगार र जीविकोपार्जन, वातावरण र विज्ञान, आर्थिक क्षेत्र, लैंगिकता र विविधता, सुशासनबारे प्रारम्भिक रणनीति बनाइएको हो ।
यस्तै, स्वास्थ्य र जनसंख्या, आवास र मानव बसोबास, उद्योग र वाणिज्य, सिँचाइ, पोषण, सामाजिक सुरक्षा, पर्यटन, यातायात, खानेपानी र सरसफाइ क्षेत्रबारे प्रारम्भिक रणनीति बनाइएको छ । पीडीएनएलाई अन्तिम रूप दिएपछि एकीकृत रणनीतिलाई अन्तिम रूप दिने बताएको आयोगले आफ्नो तर्फबाट सोमबार अन्तिम रूप दिएको छ । आयोग उपाध्यक्ष डा. गोविन्दराज पोखरेलको नेतृत्वमा आयोगका सदस्यत्रय डा. नेपाल, डा. स्वर्णिम वाग्ले र डा. चन्द्रमणि अधिकारी पीडीएनए प्रतिवेदनमा सहभागी छन् । अन्तिम प्रतिवेदनलाई सरकारका विभिन्न निकायबाट तथ्य र तथ्यांकभन्दा पनि अन्य विषयवस्तु टुंग्याएपछि मन्त्रिपरिषद्बाट पारित गरिने आयोगले जनाएको छ ।
मन्त्रिपरिषद्बाट पारित भएपछि पीडीएनए प्रतिवेदन दाताहरूसमक्ष पु¥याइने आयोगले जनाएको छ । दातृ निकायहरू विश्व बैंक, एसियाली विकास बैंक (एडीबी), संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी), जापान सहयोग नियोग (जाइका) लगायतको समेत सहभागितामा बनेको पीडीएनए प्रतिवेदन विश्वसनीय र भरपर्दो रहेको तथा यसमा दातृ निकायले सहयोग गर्ने आशा आयोगको छ । दाता सम्मेलनका लागि सरकारले मित्रराष्ट्र भारत र चीनका कार्यकारी प्रमुखलाई निमन्त्रणा दिइसकेको छ । दुवै देशले पुनर्निर्माणमा सहयोग गर्ने वाचासमेत गरिसकेका छन् ।
दाता सम्मेलनअघि नै पुनर्निर्माणको एकीकृत रणनीति बनाइसक्छांै, अहिले बनाइरहेका छौं, साथै पुनर्निर्माणको सहायता कार्यान्वयनको विश्वासिलो आधार बनाउन एकीकृत रणनीति बनाइसक्छौं
– डा. गोविन्द नेपाल, सदस्य, राष्ट्रिय योजना आयोग
http://www.rajdhani.com.np/article/0026790001434416455

Monday, June 15, 2015

पुनर्निर्माणका लागि तिन कानुन खुकुलो बनाइँदै

भीम गौतम/राजधानीकाठमाडौं, ३१ जेठ
भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले तिन कानुनको प्रावधानलाई खुकुलो बनाउने गृहकार्य अघि बढाएको छ । भूकम्पको प्रकोप व्यवस्थापनका लागि सरकारले बनाउन लागेको अधिकार सम्पन्न संयन्त्रलाई सहज बनाउन सार्वजनिक खरिद ऐन–२०६३, जग्गा प्राप्ति ऐन–२०३४ र वातावरण ऐन–२०५३ मा भएको प्रारम्भिक वातावरण मूल्यांकन (ईआईए) सम्बन्धी कानुनलाई खुकुलो बनाउन लागिएको हो ।
राष्ट्रिय योजना आयोगले भूकम्पपछिको क्षति आँकलन (पीडीएनए) प्रतिवेदन सार्वजनिक गरेपछि अधिकांश विज्ञ र सरोकारवालाहरूले संयन्त्र तथा तिन कानुन यथास्थितिमा राखेर पुनर्निर्माण हुन नसक्ने बताएका थिए ।
त्यसपछि मुख्य सचिव लीलामणि पौडेलले पुनर्निर्माण कार्यका लागि सहज बनाउन तिन कानुन खुकुलो बनाउन लागेको जानकारी दिए ।
‘लामो समय लाग्ने विद्यमान सार्वजनिक खरिद ऐन र जग्गा ऐन तथा वातावरणसम्बन्धी व्यवस्थाबाट काम अघि बढाउन कठिन हुन्छ,’ मुख्य सचिव पौडेलले भने, ‘सबै प्रक्रियामा छोटो बाटोमा पूरा गर्ने गरी कानुन अघि बढाउन लागेका छांै ।’
आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोखरेलले समेत पुनर्निर्माणका लागि यससँग सम्बन्धित कानुन, नियम, नियमावली र कार्यविधिहरूलाई खुकुलो बनाएर अघि बढ्न लागेको जानकारी दिए । ‘पाँच वर्षभित्र पुराताŒिवक सम्पदाबाहेकका सबै संरचनाहरूको पुनर्निर्माण गरिसक्ने लक्ष्य छ, पुराताŒिवक सम्पदा भने सात वर्षभित्र पुनर्निर्माण गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ।
पीडीएनले क्षति र नोक्सान गरी ७ खर्ब रुपैयाँ बराबरको अर्थतन्त्रमा असर गरेको तथा त्यसको पुनर्निर्माणका लागि ६ खर्ब ६६ अर्ब आवश्यक रहेको सार्वजनिक गरिसकेको छ । २१ ओटा क्षेत्रको पुनर्निर्माणका लागि आयोगले यति रकम आवश्यक भएको बताएपछि अधिकांश विज्ञहरूले यसको स्रोत व्यवस्थापन र कार्यक्रम कार्यान्वयन पक्षबारे आवाज उठाएका छन् भने कार्यान्वयनका लागि विद्यमान कानुनमा परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले भूकम्पपछिको प्रकोप व्यवस्थापनका लागि निर्माण गर्न लागिएको संयन्त्र र यसको कार्यविधिसमेत बनाइरहेको छ । कार्यविधिमै तीन कानुनलाई खुकुलो पार्न लागिएको छ । विद्यमान सार्वजनिक खरिद ऐनका सबै प्रावधानका प्रक्रिया पूरा गर्दा एक वर्षभन्दा बढी लाग्छ भने जग्गा प्राप्ति गर्न १५ वर्षसम्म लागेका उदाहरण छन् ।
कुनै पनि आयोजना अघि बढाउँदा लाग्ने प्रारम्भिक वातावरणीय अध्ययन (ईआईए) कम्तीमा दुई वर्ष लाग्ने गरेको छ । १० असारमा सरकारले गर्न लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनअघि नै बलियो संयन्त्र बनाउने गरी कार्यविधि निर्माणको प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तिनओटै कानुनमा रहेका झन्झटिला र लामो प्रक्रियाहरूलाई छोट्ट्याएर छिटोछरितो बनाउन लागिएको छ । यस्ता प्रक्रियालाई छोट्ट्याउँदा पारदर्शिता, जवाफदेहिता र वातावरणलाई विशेष ख्याल गरिने सरकारको भनाइ छ । तिन कानुनमा परिवर्तन गरेर खुकुलो बनाए मात्र पुनर्निर्माण कार्ययोजना कार्यवन्यनमा सहज हुने अपेक्षा गरिएको छ ।
जिल्लासम्म पनि संयन्त्र
भूकम्पपछिको पुनर्निर्माणका लागि केन्द्रमा मात्र नभई जिल्लास्तरमा समेत संयन्त्र बनाउन सभासद्हरूले माग गरेका छन् । आइतबार संसद्को अर्थ समितिमा बोल्ने अधिकांश सभासद्हरूले जिल्लाको सरकारी संयन्त्रले पुनर्निर्माणलाई विशेष प्राथमिकतामा राखेर काम गर्न नसक्ने बताउँदै त्यसका लागि छुट्टै संयन्त्र आवश्यक रहेको बताए । बैठकमा कतिपय सभासद्ले जिल्लामा सहसचिवको नेतृत्वमा विज्ञसहितको टोली खटाउनुपर्ने बताएका थिए भने कतिपय सभासद्ले जिल्लास्तरसम्म बलियो संयन्त्र बनाउनुपर्ने बताए ।
सभासद् पशुपति चौलागाईंले पुनर्निर्माण कार्यक्रम कार्यान्वयन गर्न केन्द्र र जिल्लामा बलियो र स्पष्ट अधिकार भएको संयन्त्र बनाउनुपर्ने बताए । सभासद् दीपक कुइँकेलले जिल्लाजिल्लामा सहसचिवको नेतृत्वमा विज्ञसहितको विशेष टोली खटाउनुपर्ने बताए । अर्का सभासद् सीपी मैनालीले दाता सम्मेलनमा दाताहरूसँग सहकार्य कसरी गर्ने भन्नेबारे स्पष्ट भिजनसहित सरकार प्रस्तुत हुनुपर्ने बताए ।
सभासद् शेरबहादुर तामाङले भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारी संयन्त्रले काम नगर्ने हुनाले छुट्टै बनाउनुपर्ने बताए । अर्का सभासद् शक्तिबहादुर बस्नेतले परम्परागतभन्दा छुट्टै संरचना बनाउनुपर्ने बताए । ‘नियमित संयन्त्रभन्दा छुट्टै र बलियो बनाउनुपर्छ,’ उनले भने, ‘अनुगमन गर्नसमेत विशेष समिति गठन गर्नुपर्छ ।’
सभासद् रेशम लामाले अहिलेसम्म पनि भूकम्पको भरोसायोग्य तथ्यांक नआएको तथा राहत वितरणमा सभासद्हरूलाई परिचालन नगरिएकोमा गुनासो गरे । सभासद् विक्रम पाण्डेले प्राकृतिक प्रकोपपछिको अवस्थामा हाम्रो सम्पत्तिको रूपमा रहेको जंगलका बुढा र सुक्खा काठहरूलाई उपयोग गरेर पुनर्निर्माणमा सहयोग गर्नुपर्ने बताए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोखरेलले पुनर्निर्माणका लागि स्पष्ट कार्यविधि तथा डिजाइन सरकारले बनाएर तल्लो स्तरसम्म पु¥याउने बताए । ‘प्रत्येक गाउँको विगतका परम्परा, कार्यशैली र संस्कृतिलाई जगेर्ना गर्ने गरी धेरै प्रकारका डिजाइनहरू गाउँगाउँ पु¥याएर आवास निर्माणका लागि सरकारले सहजीकरण गर्छ,’ उनले भने । संयन्त्रबारे भने सरकारले निर्णय गर्ने बताउँदै यसबारे सरकारलाई झकझकाउन सभासद्हरूलाई उनले आग्रह गरे ।
आयोग सदस्य गोविन्द नेपालले सरकारले केन्द्रीकृत योजना र विकेन्द्रित कार्यान्वयनमा जोड दिने बताए । अर्का सदस्य डा. स्वर्णिम वाग्लेले पीडीएनए नवनिर्माणका लागि प्रस्थानबिन्दु भएको बताउँदै अब अधिकार सम्पन्न संयन्त्र, पुनर्निर्माण र पुनर्बाससम्बन्धी नीति निर्माणमा आयोग अघि बढ्ने बताए । बैठकमा समितिका सभापति प्रकाश ज्वालाले पूर्वतयारीका साथ गम्भीर भएर दाता सम्मेलनमा प्रस्तुत हुन सरकारलाई निर्देशन दिएका थिए ।
http://www.erajdhani.com/article/0857699001434334470

Sunday, June 14, 2015

विज्ञविनाको विपद् संयन्त्रको काम छैन

डा. दिनेशचन्द्र देवकोटा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । हाल नेकपा एमाले निकटको बुद्धिजीवी परिषद्का केन्द्रीय अध्यक्षसमेत रहेका देवकोटाले भूकम्पपछिको विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण गठन गर्नुपर्ने बताउँदै आएका छन् । उनीसँग भूकम्पपछिको अवस्था, त्यसको व्यवस्थापनका लागि गर्नुपर्ने कार्य र संयन्त्रबारे राजधानीका लागि भीम गौतमले गरेको संक्षिप्त कुराकानी :


० दुःखदायी भूकम्पपछिको अवस्थालाई उपयोग गरेर अहिले नयाँ नेपाल बनाउने चर्चा गरिरहेका छन्, के यो सम्भव होला ?
– पहिले त यो कुरा सम्भव छ भन्ने बुझ्नुप¥यो । प्रकृतिसँग जुध्ने भनेको विज्ञानमा आधारित भएर जुध्नुपर्छ । विज्ञानमा आधारित कुरा गर्नेहरूले माक्र्सवाद र द्वन्द्ववादमा आस्था राख्नेहरूले विज्ञानसम्मत कुरालाई अघि बढाउनु जरुरी छ । हामी दैवी प्रकोप ऐन २०३९ बाट निर्देशित छौँ । यसबाट चलिरहेका छौँ । यो दैवले दिएको होइन भनेर सोच्नुप¥यो । संसद् जसले कानुन बनाउँछ, पार्टी जसले देश हाँक्छ, यहाँका राजनेताहरूमा यो विपद् भनेको विज्ञानमा आधारित भएर आएको छ भनेर जनचेतना ल्याउनुपर्छ । भ्यागुताको विवाह गरेर पानी पर्छ, १२ बजे भाले बासेपछि उज्यालो हुन्छ भन्ने चिन्तनबाट बाहिर आउनुपर्छ । नेपाल अहिलेसम्म बाहिर आएकौ छैन ।
० देश चलाउने अगुवा परम्परावादी चिन्तनबाट ग्रसित छन् भन्न खोज्नुभएको हो ?
– हो, उनीहरू त्यो चिन्तनबाट बाहिर आउनुप¥यो । नेतृत्व आउनुप¥यो, हामी आउनुप¥यो । मुलुक आउनुप¥यो । यसको मतलब दैवीप्रकोप ऐन २०३९ लाई संशोेधन गर्नुप¥यो । अथवा पुनर्लेखन गर्नुपर्यो । त्यो कुरा २०६६ मा सुरुआत भयो । त्यो बेला म राष्ट्रिय योजना आयोगको सदस्य थिएँ, हामीले सुरु गरेको हो । त्यो बेला विपदको रणनीति मन्त्री परिषदबाट पारित भएको छ । माधव नेपाल प्रधानमन्त्री र भीम रावल गृहमन्त्री भएको बेला पारित भएको त्यो रणनीतिअनुसार ऐन बनाएर राज्यले नेतृत्व गरेर अघि जाने कुरा थियो तर राजनीतिक अस्थिरताको कारणले ओझेलमा पर्यो । अब रणनीतिअनुसार कानुन बनाएर अघि बढ्नुपर्यो । ऐनअनुसार नीति परिवर्तन गर्नुपर्यो । अर्थात विपद् व्यवस्थापनलाई संस्थागत रूपमा अघि बढाउनुपर्यो । त्यो भनेको विज्ञहरूको नेतृत्वमा रहेको प्राधिकरणनै हो । यदि त्यो संरचना बनाएको भए अहिले धेरै सहज हुन्थ्यो । विज्ञहरूले आफ्नो कुरा सार्वजनिक रूपमा राख्न पाउनुहुन्थ्यो । उहाँहरूले विज्ञानमा आधारित कुरा गर्नुहुन्थ्यो । भूकम्प वा पहिरोको जोखिमबारे पहिल्यै सजग गराउनुहुन्थ्यो । हिमताल कहिले फुट्न सक्छ भनेर विज्ञहरूले विश्लेषण गर्न सक्नुहुन्थ्यो । बाढी कसरी आउँछ र खत्तम गर्छ भनेर पहिल्यै सजग गराउनुहुन्थ्यो । राजनीतिक व्यक्तिहरूले त विज्ञहरूलाई साथ लिएर मुलुक हाँक्ने हो नि । तर, नेपालका राजनेताहरूलाई सबै मैले जानेको छु भन्ने भ्रम छ ।
० नेपाल प्रकोपको उच्च जोखिममा छ भन्ने त पहिल्यैदेखि सार्वजनिक भएको हो तर पूर्वतयारीमा त कमजोरी देखियो नि ?
– निराशाको कुरा पनि धेरै नगराँै । जेजस्तो गर्न सक्याँै, गर्न सक्याँै । राजनीति कुरा गर्ने हो भने २००७ सालदेखि अहिलेसम्म हाम्रो राजनीतिले स्पष्ट फ्रेमवर्क पाएको छैन । स्थायित्व नभए त विकास निर्माण ओझेलमा परे । वैदेशिक नीति ओझेलमा परे । जलविद्युत् ओझेलमा पर्यो । जीडीपी कमजोर बन्यो । प्राकृतिक प्रकोप पनि त्यस्तै भयो । भियतनाम, चीन, भारत हामी ५०÷६० वर्षअघि एकै हाराहारीमा थियाँै । तर, ती देशले छलाङ मारे, हामी उस्तै छाँै । यसको कारण मुलुकले राजनीतिक स्थिरता कायम गर्न सकेन । यसको कारण प्राविधिक दक्षतालाई उपयोग गर्नुभन्दा मैले सबै कुरा जानेको छु भन्ने चिन्तन हाबी भएको छ । यसकारण मुलुक दुर्भाग्यमा छ ।
० कतिपय देशहरू द्वन्द्व चलिरहँदा पनि विकास भएका छन्, सबैको दोष राजनीतिमा स्थायित्व भएन भनेर दिन मिल्ला र ?
– नेपालको जनसंख्या थोरै छ, वातावरण पनि छुट्टै छ । प्राकृतिक स्रोत अपार छ । त्यसलाई परिचालन गर्ने प्राविधिक समूह र राजनेताहरूबीचको सामीप्यताको आधारमा काम गर्ने हो । तपार्इँहरूले भनेको जस्तो अरू देश पनि राजनीतिक अस्थिरता भएका देश छन् । जस्तै श्रीलंकामा द्वन्द्वको समस्या एक ठाउँमा मात्र थियो तर नेपालमा माओवादी सशस्त्र द्वन्द्व त मुलुकभर नै थियो । नेपालको परिस्थिति छुट्टै छ । अरू देशले व्यवस्थापन गर्न सक्नु र हामीले गर्न नसक्नुको कारण आर्थिक, सामाजिक अवस्था र स्रोत परिचालनलाई दीर्घकालीन ढंगले अघि लैजान नसक्नुको कारण हो । सन् २०११ मा २० बर्से विकासको रणनीति ल्याएको थियो तर सरकार परिवर्तनपछि त्यो अघि बढेन । सरकार परिवर्तन भएपछि राम्रा कुरालाई नलिने चिन्तन छ । समग्रमा भन्दा राजनीतिक अस्थिरता भएको मुलुकले विकास निर्माण अघि बढाउन सकेको छैन । प्रकोपको तयारी गर्दा रणनीतिपछि ऐन आइसक्नुपर्दथ्यो । राष्ट्रिय योजना आयोगले २२ जिल्लाको भन्दा पनि समग्र देशको विकासको कुरा गर्ने हो । मुख्य मुख्य देशका संरचनाहरू हेर्ने हो । अहिले त मन्त्रालयका कुर्सीमा बस्नेहरूलाई सबै काम मैले गर्ने हो भन्ने भ्रम छ । विज्ञ समूहको प्राधिकरण बन्यो भने त्यसले प्राकृतिक प्रकोपको व्यवस्थापनमा काम गर्न सक्छ । वर्षको ५÷६ खर्ब परिचालन गर्ने प्राधिकरण बनाउन सक्यो भनेर प्राकृतिक प्रकोपको पूर्वतयारीका लागि समेत धेरै सहज हुन्छ । यसो गर्न सकेमा ४÷५ वर्षमा ध्वस्त संरचना पुनर्निर्माण गर्न सकिन्छ ।
० अहिले भूकम्पपछिको प्रकोप व्यवस्थापनका लागि छुट्टै मन्त्रालय, प्राधिकरण वा प्रधानमन्त्रीको नेतृत्वको समिति बनाउनुपर्छ भनेर भनिरहेका छन् । कतिले राजनीतिज्ञले, कतिले विज्ञले त्यसको नेतृत्व गर्नुपर्छ भन्ने आवाज आएको छ, तपाईंको विचारमा के गर्दा उपयुक्त होला ?
– विपद् व्यवस्थापनको कुरा गर्दा पहिले सबैबीच राष्ट्रिय सोचमा एकरूपता कायम हुनुपर्छ । भूकम्पले कोही महिला, पुरुष, ठुलो सानो त भनेन । विपद्को कुरा गर्दा पक्ष र विपक्षभन्दा पनि एकीकृत राष्ट्रिय सोच निर्माण गर्नुपर्यो । दातृ संस्था, विकास साझेदार, सरकारको बजेट र कार्यक्रम गर्ने संयन्त्र बनाइरहँदा एउटा सोचाई बनाउनु जरुरी छ । अहिले सरकारका मन्त्रालयहरूको क्षमता हेर्दा २५÷३० प्रतिशत पुँजीगत खर्च गर्न नसकेको अवस्था छ । भूकम्पको पुर्ननिर्माणको खर्च गर्न तिनै मन्त्रालयहरूलाई दिने हो भने सम्भव छैन । किनकि, वर्षको १ खर्ब पुँजीगत खर्च नसक्ने मन्त्रालयहरूको संयन्त्रले वर्षको पुनर्निर्माणका लागि खर्बौँ रुपैयाँ खर्च गर्न सक्दैन । मौजुदा नियम, कानुन र कार्यशैलीबाट विकास निर्माण गर्न कठिन छ । छुट्टै विपद् मन्त्रालय बनाउँदा विपद् नभएको बेला बिजनेस हुँदैन । त्यसकारण अधिकारसम्पन्न प्राधिकरणको कुरा किन जरुरी छ भने यसले काम गर्न सक्छ । यो प्राधिकरणमा ५÷७ जना विज्ञहरू रहनुहुन्छ । पहिरो, बाढी, आगलागी, हिमताल, भूकम्पविज्ञलगायत राखेर प्राधिकरणलाई एउटा विज्ञ समूहको रूपमा राख्नुपर्छ । विज्ञ समूह राखेर प्राधिकरणको कार्यकारिणी समिति बनाउने अनि प्रधानमन्त्रीको अध्यक्षतामा नीतिगत निर्देशन समिति गठन गर्ने हो भने सहज रूपमा काम हुन्छ । प्रधानमन्त्रीहरूको अध्यक्षतामा मन्त्रीहरू रहेको नीतिगत निर्देशन समिति अनि विज्ञहरू रहेको कार्यकारिणी समिति बन्यो भने यसले काम गर्छ तर यसका लागि नियमावली र कार्यविधि बनाउनुपर्छ । अहिले दाता, विकास साझेदारहरूले छाडातन्त्रको हिसाबले खर्च गरिरहेका छन्, त्यसको पनि केही हदमा नियन्त्रण हुन्छ, यी पैसा पनि नेपाली फ्रेमवर्कमा आउँछन् । स्वाभिमानी अर्थतन्त्र निर्माण गर्न सहयोग मिल्छ । यस्तो गर्दा अहिले निर्वाचन नभइरहेका गाविस, जिविसलाई साथ लिएर हिँड्न सक्नुपर्छ । गाविस, नगरपालिका जिविस तहमा प्राकृतिक प्रकोप व्यवस्थापन योजना बनाएर कार्यवन्यन गर्नुपर्छ । यो योजनामा जोखिम बस्तीहरूको पहिचान गर्न सक्नुपर्छ । बाढी, पहिरो, हिमताल आदिलाई आधार मानेर सुरक्षित र एकीकृत वस्ती विपकास पनि गर्न सकिन्छ । राजनेता, मन्त्रीहरूको ब्याक अप अनि सहयोगमा विज्ञहरू परिचालन हुन सक्यो भने स्वाभिमानमा उभिएको अर्थतन्त्र निर्माण हुन सक्छ । वैदेशिक संस्था र दाताहरूको दबाब र प्रभावमा नपर्ने अवस्था सिर्जना हुन सक्छ । दाताहरू पनि एकद्वार प्रणालीमा आउन सक्छन् । यसले मुलुकको निकास पनि पाउन सक्छ ।
० हाम्रो देशमा विज्ञहरूका नाममा समेत राजनीतिक दलका कार्यकर्ता भर्ती गर्ने गलत प्रवृत्ति छ, भोलि कतै प्राधिकरण पनि यस्तै थलो हुने त होइन, भागबन्डा त हुने होइन । के सम्भावना देख्नुहुन्छ ?
– हामीले राष्ट्रिय योजना आयोगमै हेरौँ न, त्यो त प्रधानमन्त्रीलाई ब्याक अप दिने संस्था हो । त्यसले समग्र मुलुकको योजना बनाउने हो । प्रधानमन्त्री आज एउटा हुन्छ, भोलि अर्को होला । नयाँ आएपछि नयाँ टिम ल्याउनु पनि अस्वाभाविक होइन तर पहिले गरिएका राम्रा कामहरूलाई बेवास्ता गर्नुभएन । यसमा राजनीतिक दलहरू पनि सुध्रनुपर्यो । मन्त्रालयहरूले पनि आफ्नो क्षमताअनुसार काम गर्नुपर्यो । ६० अर्ब बजेट लिएर गएर १५ अर्ब पनि खर्च गर्न नसक्ने मन्त्रालय छन् । अहिले ७ लाख घरधुरी बनाउनुपर्नेछ । यो एउटैले बनाउन सक्छ भनेर बस्यो भने यो प्रत्युत्पादक हुन्छ । जहाँसम्म विज्ञहरू राखेर प्राधिकरण बनाउने कुरा छ, राजनीतिक दलहरूले राखेर बनाउनुपर्छ । बढी राजनीतिक हस्तक्षेप गर्नुहुन्न । प्राधिकरणमा को बस्छ, को बस्दैन भन्ने भन्दा पनि विज्ञहरूको रायसुझावका आधारमा काम गर्नुभयो भने मात्र सफल भइन्छ । मैले के भन्दै आएको छु भने प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय नीति निर्देशन समिति बनाउनुपर्छ । कार्यकारिणी समिति भने विज्ञ उपाध्यक्षको नेतृत्वमा बनाउनुपर्छ । अधिकार सम्पन्न विषयगत विज्ञ राखेर प्राधिकरण बनाउनुपर्छ । यसबाट पुनर्निर्माण, नयाँ निर्माण गर्न सकिन्छ । विज्ञविनाको कुनै पनि विपद् संयन्त्रले काम गर्न सक्दैन ।
१० असारमा सरकारले दाता सम्मेलन गर्दै छ, एकातिर सरकारले एकद्वार प्रणालीमार्फत पुनर्निर्माण गर्नुपर्ने बताइरहेको छ भने कतिपय दाताहरूले त्यसमा विश्वास नगरेको भनेर स्वयं मन्त्रीहरूले पनि भनिरहेका छन्, यस्तो अवस्थामा विश्वासको वातावरण कसरी तयार गर्न सकिन्छ ?
हामीले के कुरा बुझ्नुपर्छ भने एनजीओ, आईएनजीओ नियन्त्रणका लागि समाज कल्याण परिषद् छ । त्यहाँमार्फत विकासमा साझेदार गर्नु जरुरी छ । सरकारले समाज कल्याण परिषद्मा दर्ता भएका ती संस्थाहरूलाई कसरी परिचालन गर्ने भनेर सोच्नुपर्छ । पुनर्निर्माणका लागि बनाएको स्पष्ट खाकाका आधारमा ल्याएको सहायता सरकारको नीति, नियमको परिधिमा रहेर खर्च गर्ने वातावरण बनाउनुपर्छ । कुनै दातृ राष्ट्रले दिएको पैसा सीधै एनजीओ÷आईएनजीओले पाउने र तिनीहरूले ३०÷४० प्रतिशत पैसा ओभरहेड कष्टका नाममा खर्च गर्ने प्रचलन छ, त्यसलाई हाम्रो संयन्त्रभित्र ल्याउनुपर्छ । उदाहरणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र छ, जसले वर्षको ५ अर्ब पैसा खर्च गर्छ । यसको स्पष्ट पे्रmमवर्क छ । सरकारभन्दा केही सहज प्रक्रिया त छ तर यसको नियन्त्रण मन्त्रालयले गर्छ । वातावरणमन्त्री अध्यक्ष र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदेन उपाध्यक्ष रहने व्यवस्था छ । हामीले बनाउने संयन्त्र भनेको सरकारको नीति, नियम र पे्रmमवर्कभित्र रहेको हुनुपर्छ भनेर बुझ्नुपर्यो । मैले बुझेको के हो भने दातृ निकायमा हामीले दिएको सहयोग सही रूपमा कार्यान्वयन हुँदैन कि भन्ने छ तर हाम्रो फ्रेमवर्कभित्र तिमीले दिएको पैसा सदुपयोग हुन्छ भनेर राज्यले स्पष्ट पार्नुपर्छ । जसरी भारतीय प्रधानमन्त्री मोदीले गुजरातमा भूकम्पपछि काम गर्नुभयो, त्यसले उहाँलाई कहाँ पुर्यायो । आज हाम्रा विकास साझेदारहरूले जे जे भन्छन्, त्यो मान्ने पक्षमा अर्थ मन्त्रालय, आयोग छैन भन्ने बुझ्नुपर्यो नि । यति गर्दा उहाँहरूको सुशासनको मुद्दालाई सम्बोधन गर्न सक्छाँै, सुधार्न सक्छाँै । हामीले नयाँ संविधान बनाउने हो र स्थानीय निकायको चुनाव गराउने हो भने त दातृ निकायलाई पनि सहायताका लागि एकदम सहज हुन्छ नि । यसो गरेर दीर्घकालीन योजनाका साथ अघि बढ्याँै भने छरिएरको रहेका बस्तीहरूलाई एकीकृत गर्न सक्याँै भने यो भूकम्प नेपालीका लागि एउटा अवसर पनि हुन सक्छ ।
० धेरैले भूकम्पपछिको अवस्थालाई निराशाजनक रूपमा विश्लेषण गरेर नेपाल हाइटी बन्छ भनेर पनि टिप्पणी गर्छन्, तपार्इं यसमा के भन्नुहुन्छ ?
– नेपाल हाइटी बन्दैन, स्पष्ट छ । हाइटी बन्नुको कारण त्यहाँको सरकारको अवस्था हो तर नेपालमा जनताले चुनेको प्रजातान्त्रिक मूल्य मान्यता मान्ने संसद् अद्यापि विद्यमान छ । यसबाट बनेको मन्त्रिपरिषद् छ । संवैधानिक अंगहरू यथावत् छन् । सबै दातृ निकाय र विकास साझेदारहरूलाई कसरी परिचालन गर्ने भन्ने स्पष्ट संयन्त्र छ । सबै कानुनहरू छन् । अन्तरिम संविधान २०६३ छ । कार्यविधिसहितको मन्त्रालय छ । यो अवस्थामा नेपाल हाइटी बन्छ भनेर भन्नु निराधार छ । अहिले सरकारले दातृ निकाय, विकास साझेदारहरूलाई यो यो ठाउँमा गएर काम गर्नुस् भनेर भन्ने वातावरण बनेको छ, यसले पुनर्निर्माणमा धेरै सहज हुन्छ । कसैले कुनै निश्चित स्वार्थका लागि काम गर्न सक्दैन । यस्तो अवस्थामा विज्ञसहितको अधिकार सम्पन्न प्राधिकरण बनाएर बौद्धिकताका साथै अघि बढ्न सक्यो भने पुनर्निर्माण हुन सक्छ, नयाँ नेपाल पनि निर्माण हुन सक्छ । यस्तो अवस्थामा जोखिममा परेका जनतालाई राहत पनि दिन सकिन्छ । यो नेपालको आर्थिक सामाजिक विकासमा लागि महŒवपूर्ण अवसर हो ।
http://rajdhani.com.np/article/0792421001434254770

पीडीएनएप्रति विज्ञको प्रश्न

पुनर्निर्माण योजना कार्यान्वयन गर्ने रणनीति खोई ?

भीम गौतम/राजधानीकाठमाडौं, ३० जेठ
राष्ट्रिय योजना आयोगले तयार पारेको भूकम्पपछिको क्षति आँकलन (पीडीएनए) प्रतिवेदनको कार्यान्वयनबारे प्रश्न उठाएका छन् । पीडीएनए प्रतिवेदन तथा १० असारमा सरकारले गर्न लागेको नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आईसीएनआर) बारे आयोगले शनिबार राजधानीमा आयोजना गरेको कार्यशालामा विज्ञहरूले कार्यान्वयनबारे प्रश्न उठाएका हुन् । 
आयोगले १२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछिको पराकम्पनका कारणले अर्थतन्त्रमा ७ खर्ब रुपैयाँबराबरको असर पारेको र पुनर्निर्माणका लागि ६ खर्ब ६६ अर्ब लाग्ने पीडीएनए प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यक्रममा अधिकांश वक्ताले योजनाभन्दा पनि ठूलो कार्यान्वयनको समस्या रहेको बताउँदै त्यसका लागि स्पष्ट रणनीति बनाउनुपर्ने बताए । ‘पीडीएनए प्रतिवेदनले एउटा तथ्यांक सार्वजनिक गरेको छ तर पुनर्निर्माणका लागि कार्ययोजना गर्ने रणनीति सरकारसँग के छ ?’ आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षत्रीले भने, ‘यसका लागि कस्तो कानुनी आधार बन्छ र कस्तो बलियो संयन्त्र बन्छ ?’
आयोगका अर्का पूर्वउपाध्यक्ष डा. मोहनमान सैंजुले समस्या कार्यान्वयन गर्न अन्योल देखिएको बताए । ‘कार्यान्वयन कसरी सम्भव छ ?, कार्यान्वयन संयन्त्र कसरी बन्छ र परिचालन हुन्छ,’ उनले सोधे ।
दाताहरूसँग सहायता माग्नका लागि गरिने प्रस्तुत गर्ने भन्ने स्पष्ट रणनीति हुनुपर्ने आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले बताए । ‘दाता सम्मेलनमा बोलाइएका ५० भन्दा बढी डोनरहरुलाई पीडीएनपछिको आवश्यकता आँकलनको आधारमा कसरी डिल गर्ने भनेर छुट्टाछुट्टै रणनीनि बनाउनुपर्छ ।’ उनले भने, ‘पीडीएनमा यो कसरी समेटिएको छ ।’ पूर्वऊर्जामन्त्री डा. प्रकाशशरण महतले पीडीएनले अबको बाटोबारे स्पष्ट नपारेको बताए । ‘पुनर्निर्माण भविष्यमा कसरी गरिन्छ भनेर पीडीएनएले बोलेन, ’उनले भने ।
पूर्वअर्थसचिव रामेश्वर खनालले पीडीएनएका आधारमा सरकारले कति र कसरी ऋण वा अनुदान लिनेबारे स्पष्ट निर्णय गर्नुपर्ने बताए । ‘कस्ता आयोजनामा ऋण र कस्तामा अनुदान लिने भनेर स्पष्ट रणनीति बनाएर जानुपर्छ, पीडीएनमा त्यो समेटिनुपर्छ,,’ उनले भने । नेपाल इन्जिनियर एसोसिएसनका अध्यक्ष धु्रव थापाले राजनीतिक सहमतिविना पुनर्निर्माण असम्भव भएको बताउँदै सरकारले तुरुन्तै पुनर्वास तथा भवन मापदण्ड नीति बनाउनुपर्ने बताए । ‘ढुंगामाटाको भवन बनाउँदा जोखिम छ भनेर प्रचार गरिएको छ, स्थानीय सामग्री उपयोग गरेर बनाउनेतिर सरकारले रणनीति नबनाउने हो भने हाम्रो देशको अर्थतन्त्रले धान्दैन,’ उनले भने ।
सभासद् एवं संसद्को कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले दाता सम्मेलनमा विदेशी दाताले कसरी खर्च गर्छाै भनेर सोधेमा त्यसको स्पष्ट उत्तर दिने गरी अघि बढ्नुपर्ने बताए । अर्का सभासद् एवं संसद्को अर्थ समितिमा सभापति प्रकाश ज्वालाले पीडीएनले आंैल्याएको पुनर्निर्माण कार्यका लागि स्पष्ट मोडालिटी बनाउनुपर्ने बताए । मानव अधिकारवादी सुशील प्याकुरेलले पुनर्निर्माणको योजना कार्यान्वयनमा जाँदा दाताहरूले उठाउने पारदर्शीता र जवाफदेहिताबारे सरकार स्पष्ट हुनुपर्ने बताए ।
कार्यशालामा सहभागी अधिकांश विज्ञ, सभासद्, व्यवसायी एवं सरोकारवालाले भूकम्पपछिको क्षतिको पुनर्निर्माणका लागि बजेट व्यवस्थापनसँगै दक्ष जनशक्ति तयार गर्न, विदेशमा रहेका जनशक्तिलाई स्वदेश फर्काउन, भूकम्पले नागरिकता, लालपुर्जालगायत गुमाएकाले कानुनी सहायताको व्यवस्था गर्न, व्यापार प्रवद्र्धनका लागि विजनेश रिकभरी सेन्टर स्थापना, जोखिममा रहेका बस्तीलाई पुनर्वास गर्नेलगायतबारे सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै अर्थमन्त्रीले बजेट खर्चको कार्यान्वयन पक्ष फितलो भएको स्विकारे । ‘नेपालमा बजेटको समस्या होइन, खर्च गर्ने क्षमता कमजोर छ ।’ उनले विगतको प्रवृत्तितर्फ इंगित गर्दै भने, ‘यसको कारण सुशासन, कर्मचारीतन्त्र र कार्यान्वयन पक्षमा रहेको कमजोरी नै हो ।’ उनले अहिले प्रस्तुत गरेको पीडीएनए प्रतिवेदन संक्षिप्त मात्र भएको बताउँदै सबै कार्यान्वयनका लागि स्पष्ट रणनीति रहेको बताए ।
‘विदेशी दाताले दिएको सहयोग सरकारी मापदण्ड, अर्थ मन्त्रालयको सर्त र सम्बन्धित क्षेत्रसँगको सम्झौतापछि मात्र कार्यान्वयन हुन्छ ।’ उनले भने, ‘कुन क्षेत्रमा कुन दातालाई कसरी परिचालन गर्ने भन्ने स्पष्ट छ, निजी घरको सवालमा सरकारले राहत र सहुलियत दिने हो, घर व्यक्तिले नै बनाउने हो ।’
आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले पीडीएन प्रतिवेदनपछि आयोग यसको रणनीति र आवश्यक ऐनबारे छलफल गरिरहेको र छिट्टै बनाउने बताए । ‘आर्थिक वृद्धिद्धरलाई लक्षित गरेर ऐन, रणनीतिसँगै कार्ययोजना पनि बनाउँछौ ।’ उनले भने, ‘पीडीएनए प्रतिवेदनले एउटा स्पष्ट मार्ग तय गरेको छ ।’ मुख्य सचिव लीलामणि पौडेलले विपद् व्यवस्थापनका लागि बनाइने संयन्त्रबारे सरकारले कानुन निर्माण गरिरहेको जानकारी दिए । ‘राजनीतिक र विज्ञको सन्तुलित प्रतिनिधित्व हुने गरी संयन्त्र बनाउने गरी कानुन निर्माण अघि बढाएका छाँै,’ उनले भने । अर्थसचिव सुमन शर्माले दाता सम्मेलनले पुनर्निर्माणका लागि सहायता जुटाउन सहयोग गर्ने बताए । दातृ निकायको तर्फबाट संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) का प्रतिनिधि ज्यामी ज्याकले प्रकोप व्यवस्थापनका लागि बलियो संयन्त्र आवश्यक रहेको बताए ।

७ लाख गरिब बढे

भूकम्पले अर्थतन्त्रमा ७ खर्ब असर परेको र त्यसका लागि ६ खर्ब ६६ करोड आवश्यक रहेको पीडीएनए प्रतिवेदन सार्वजनिक गरेको राष्ट्रिय योजना आयोगले यसका कारण ७ लाख गरिब थपिएको जनाएको छ ।
पीडीएनए प्रतिवेदनबारे जानकारी दिँदै आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले भूकम्पका कारण ७ लाख परिवारमा गरिबी बढेको बताएका हुन् । ‘पीडीएन प्रतिवेदनले साढे दुईदेखि साढे तीन प्रतिशत गरिबी बढाएको देखाएको छ ।’ उनले भने, ‘भूकम्पका कारण व्यक्तिगत आयआर्जनमा १७ अर्बभन्दा बढी क्षति भएको छ ।’
http://rajdhani.com.np/article/0652410001434254024

क्षतिग्रस्त आयोजनालाई स्वतः दुई वर्ष थप्न माग

राजधानी समाचारदाताकाठमाडौं, ३० जेठ
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) ले भूकम्पबाट क्षतिग्रस्त निर्माणाधीन जलविद्युत् आयोजनाको म्याद स्वतः दुई वर्ष थप्न माग गरेका छन् । ईप्पानले नेपाल विद्युत् प्राधिकरणसँग भएका सम्झौतामा आवश्यक व्यापारिक उत्पादन मिति (आरसीओडी), वित्तीय व्यवस्थापन गर्नुपर्ने मिति आदिलाई काबुबाहिरको परिस्थिति मानी क्षतिग्रस्त आयोजनालाई स्वतः म्याद थप्न माग गरेको हो । पत्रकार सम्मेलन गरी ईप्पानले सर्भेक्षण तथा उत्पादन अनुमतिमा उल्लेख गरिएको विद्युत् खरिद सम्झौता (पीपीए) गर्नुपर्नेलगायतलाई समेत स्वतः एक वर्ष थप्न माग गरेका छन् । त्यसैगरी, र्ईप्पानले सरकारले प्रदान गरेको सर्वेक्षण र उत्पादन अनुमतिपत्रको अवधि कम्तीमा एक वर्ष थप गर्न तथा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडबाट प्रदान गरिने रिफाइनान्सिङका सुविधाहरु क्षतिग्रस्त आयोजनामा प्रदान गर्नसमेत माग गरेको छ ।
ईप्पानले ऋण तिर्ने मिति सहज बनाउन, क्षतिग्रस्त आयोजनाको पेनाल्टी छुट गर्न, तथा मूल्य अभिवृद्धि कर तिरेबापत उद्यमीलाई हाल एकमुष्ट प्रदान गरिने ५० लाख प्रति मेगावाटलाई १ करोड पु¥याउन, सहुलियत दरमा ऋणको प्रबन्ध गर्न, क्षतिग्रस्त आयोजनाको बिमा व्यवस्थापन गर्न पनि सरकारसँग माग गरेको छ ।
क्षतिग्रस्त आयोजना पुनर्निर्माण भई राष्ट्रिय प्रसारण लाइनमा नजोडिएसम्मको अवधि उत्पादन अनुमतिपत्र, पीपीए र आयोजना विकास सम्झौता (पीडीए) मा थप गर्न, जोखिममा रहेका पहाडी जिल्लामा विज्ञान तथा जोखिमको आँकलन गर्नुपर्ने तथा बाढीपहिरोसम्बन्धी पूर्वसूचना दिने प्रणाली स्थापना गर्नुपर्ने तथा क्षतिग्रस्त आयोजनालाई यस अघि दिँदै आएको पीपीए दरमा संशोधन गरी पोस्टेड दर कायम गरिदिनुपर्ने माग पनि ईप्पानले सरकारसँग गरेको छ ।
ईप्पानका अध्यक्ष खड्गबहादुर विष्टले भूकम्पको कारणले १९ जलविद्युत् आयोजनामा क्षति भएको र १४ जलविद्युत्को उत्पादन बन्द भएको जानकारी दिँदै यसबाट २ अर्ब ३० करोडबराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदन आएको बताए ।
http://rajdhani.com.np/article/0697959001434253891

तामाकोसीको सेयर बाँडफाँट

काठमाडौं/रास— स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर बाँडफाँट भएको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कोषका कर्मचारीका साथै नेपाल विद्युत् प्राधिकरण र तामाकोसी आयोजना, राष्ट्रिय बिमा संस्थान, नेपाल टेलिकम र नागरिक लगानी कोषका कर्मचारीलाई सेयर बाँडफाँट गरिएको हो । सञ्चयकर्ता तथा यी निकायका कर्मचारीका लागि २४ प्रतिशतबराबरको सेयर आह्वान गरिएको थियो । बाँकी १० प्रतिशत जिल्लावासी र १५ सर्वसाधारणलाई पछि सेयर जारी गर्न बाँकी छ ।


आयोजनाको निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार सञ्चयकर्ताले १ करोड ८२ लाख ९९ हजार ५ सय २० कित्ता सेयर पाएका छन् । ५ हजार हाल्ने सञ्चयकर्ताले ५० कित्ता पाएका छन् भने त्यसभन्दा माथि हाल्ने सञ्चयकर्ताले हालेको रकमको आधारमा सेयर पाएका छन् । सबैभन्दा बढी ५ लाख सेयर हाल्ने सञ्चयकर्ताले २ सय ९३ कित्ता सेयर पाएको कोषले जनाएको छ ।
त्यसैगरी, विद्युत् प्राधिकरण र तामाकोसीका कर्मचारीले ४० लाख ६६ हजार ५ सय ६०, टेलिकमका कर्मचारीले ९ लाख १४ हजार ९ सय ७६ कित्ता, सञ्चय कोषका कर्मचारीले १५ लाख २४ हजार ९ सय ६० तथा बिमा संस्थान र नागरिक लगानीका कोषका कर्मचारीले बराबर ३ लाख ४ हजार ९ सय ९२ कित्ता सेयर पाएका छन् ।
दोलखा जिल्लावासीका लागि छुट्ट्याएको बाँकी १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासनको तयारीमा रहेको र त्यसपछि थप १५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गरिने आयोजनाले जनाएको छ ।
http://rajdhani.com.np/article/0563354001434165352

राहुघाटको ठेकेदारसँग ठेक्का तोड्ने निर्णय

काठमाडौं/रास— नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीसँग ठेक्कासम्झौता तोड्ने निर्णय गरेको छ । बिहीबार राति ऊर्जा मन्त्रालयमा बसेको सञ्चालक समितिको बैठकले ठेक्का तोड्ने निर्णय गरेको हो ।
बैठकले ठेकेदार आईभीआरसीएल लिमिटेडले राखेको धरौटी रकमसमेत जफत गर्ने निर्णय गरेको हो । प्राधिकरणका अनुसार ठेकेदार कम्पनीले राखेको २४ लाख ८० हजार डलर र ९ करोड ३५ लाख रुपैयाँ धरौटी जफत गर्न लागिएको हो । यो निर्णयसँगै प्राधिकरण अब ठेकेदार कम्पनीलाई सूचना दिएर बाँकी हरहिसाब फरफारक गरी बिदाइ गर्नुका साथै नयाँ ठेक्का आह्वान गर्ने प्रक्रिया अघि बढाइने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जनाएको छ ।
ठेकेदार कम्पनीले काम नगरेपछि प्राधिकरणले ठेक्कासम्झौता तोड्ने प्रक्रिया अघि बढाएसँगै त्यसविरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको थियो । प्राधिकरणको पक्षमा फैसला आएपछि बाटो खुलेको हो । समस्याग्रस्त अवस्थामा पुगेको सो आयोजना निर्माणमा ढिलाइ गरेको भन्दै ठेकेदार आईभीआरसीएल लिमिटेडस“ग सम्झौता तोड्ने प्रक्रियाअन्तर्गत प्राधिकरणले पत्र समेत पठाइसकेको थियो । २२ डिसेम्बर अर्थात गत ७ पुसमा एक महिनाभित्र ९१ मिटर अडिटअन्तर्गतको सुरुङ पूरा नगरे ठेक्कासम्झौता तोड्ने प्राधिकरणले कम्पनीलाई सूचना दिएको थियो । त्यसविरुद्ध ठेकेदार कम्पनीले मुद्दा दायर गरेको थियो ।
http://rajdhani.com.np/article/0184274001434165498