राजधानी समाचारदाता
काठमाडौं, ६ असार
काठमाडौं, ६ असार
निर्माणाधीन
३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना निर्माणका क्रममा अनियमितता भएको
भन्दै अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्र लेखेको
संसद्को सार्वजनिक लेखा समिति ‘नरम’ रूपमा प्रस्तुत हुने भएको छ ।
लेखा
समितिको निर्णयका कारण नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूले चमेलिया
जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीलाई त्रासका कारण भुक्तानी नगरेपछि र
ठेकेदार कम्पनीले समेत काम सुस्त बनाएपछि समिति नरम रूपमा प्रस्तुत हुने
भएको हो ।
अनियमितताको कारण देखाउँदै
भुक्तानीमा कडाइ गरेको लेखा समितिले एउटा स्वतन्त्र विज्ञको नेतृत्वमा रहने
प्राविधिक÷मूल्यांकन अनुगमन समितिको गठन गरी भुक्तानीमा नरम नीति लिने
भएको हो ।
छुट्टै कार्यविधि बनाएर
बन्ने विज्ञ नेतृत्वको समूहमार्फत भौतिक प्रगति मूल्यांकन गरी सञ्चालक
समितिमा प्रतिवेदन पेस गरी यसका आधारमा भुक्तानी दिने व्यवस्था गर्न
लागिएको छ । सोमबार हुने लेखा समितिको बैठकमा भुक्तानीलाई कार्यविधिबारे
छलफल गरेर आयोजना निर्माणमा सहजीकरण गर्न लागिएको छ । ‘छिट्टै आयोजनाको काम
सकियोस् र अनियन्त्रित आर्थिक अपचलन पनि नहोस् भनेर आयोजना अघि बढाउनका
लागि नरम नीति लिन लागिएको हो,’ लेखा समितिका सदस्य रामहरि खतिवडाले भने,
‘चमेलियाका नाममा ऊर्जा मन्त्रालयमा आउने मन्त्री र प्राधिकरणका कर्मचारी
मोटाउने र आयोजना नबन्ने प्रवृत्तिको अन्त्यका लागि छिट्टै सम्पन्न गर्न
बीचको बाटो अबलम्बन गरिन लागेको हो ।’
कार्यविधिमा
स्वतन्त्र विज्ञको नेतृत्वमा ऊर्जा मन्त्रालय र प्राधिकरणका एक÷एक
प्रतिनिधि रहेको समिति गठन गरी समितिले दिएको प्रतिवेदनको आधारमा भुक्तानी
गर्ने उल्लेख छ । ठेकेदार कम्पनीले साँघुरिएका ८ सय ४३ मिटर सुरुङमध्ये
ठेकेदार कम्पनीले सिजीजीसीले सम्पन्न गरेको ६ सय ११ मिटरको भौतिक प्रगतिको
मूल्यांकन प्रतिवेदन समितिमार्फत गर्ने तथा सोका लागि १० दिनको खर्च ८२
हजार तथा बाँकी २ सय ३२ मिटरको मूल्यांकन प्रतिवेदनबापतको ६७ हजार रुपैयाँ
लाग्ने प्रसताव ऊर्जा मन्त्रालयले लेखा समितिमा पेस गरेको छ । सबै सदस्य
तथा अन्य खर्च गरी कुल १२ लाख ३८ हजार रुपैयाँ अनुगमन तथा मूल्यांकनका लागि
लाग्ने प्रस्ताव लेखा समितिमा ऊर्जाले प्रस्ताव गरेको छ ।
आयोजनाको
निर्माण कार्य अघि नबढेपछि ऊर्जा र प्राधिकरणका अधिकारीले लेखा समितिका
कारण आयोजनाको काम अघि नबढेको बताउँदै आएका थिए । २८ जेठमा लेखा समितिले
जलविद्युत् आयोजनाको काम रोक्ने र सबै भुक्तानी दिनका लागि लेखा समितिले
रोक नलगाएको भन्दै आयोजना काम अघि बढाउन ऊर्जा मन्त्रालय र विद्युत्
प्राधिकरणलाई निर्देशन दिएको थियो ।
चमेलिया
जलविद्युत् आयोजनामा अनियमितता भएको भन्दै यसअघि लेखा समितिले भेरियसन
नम्बर ६ को भुक्तानी रोक्का गर्न निर्देशन दिएपछि भुक्तानी नपाएको भन्दै
ठेकेदार कम्पनीले खास काम अघि बढाएको छैन ।
आयोजनाको ९६ प्रतिशत काम सकिएको छ भने २०६८ सालमै निर्माण सम्पन्न हुने
आयोजनामा ढिलाइ हुँदै आएको छ । चमेलियाको प्रतिमेगावाट ५० करोड नाघेपछि
आयोजनामा व्यापक अनियमितता भएको आरोप लाग्दै आएको छ । सुरुमा करिब ८ अर्ब
लागत रहेको आयोजनाको लागत बढेर १५ अर्ब ६ करोड रुपैया“ पुगिसकेको छ । २०६४
सालको माघ महिनामा आयोजनाको निर्माण सुरु भएको थियो ।
http://rajdhani.com.np/article/0835588001434931585
No comments:
Post a Comment