Sunday, June 14, 2015

चिलिमेमा दुई सञ्चालक निर्वाचित


काठमाडौं/रास– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको सञ्चालक सदस्यमा रामप्रसाद रिमाल र तुलसीराम ढकाल निर्वाचित भएका छन् ।
शनिबार भएको चिलिमेको विशेष साधारण सभाले रिमाल र ढकाललाई सञ्चालक सदस्यमा चयन गरेको कम्पनीका प्रबन्ध सञ्चालक रामगोपाल सिवाकोटीले जानकारी दिए । रिमाल प्राधिकरणको कर्मचारी युनियनका अध्यक्षसमेत हुन् । चिलिमे कम्पनीमा समूह ख का तर्फबाट निर्वाचित हुने दुई सञ्चालक सदस्य खाली भएपछि विशेष साधारण सभा गरिएको थियो । तीनजना उम्मेदवार रहेकामा हरिसुदन दाहालले छोडेपछि दुवै निर्विरोध निर्वाचित भएका थिए । विशेष साधारण सभामा प्राधिकरणका कार्यकारी निर्देशक एवं चिलिमे कम्पनीका अध्यक्ष मुकेशराज काफ्लेले चिलिमे जलविद्युत्बारे चर्चा गरेका थिए ।
http://rajdhani.com.np/article/0603030001434253547

No comments: