किशोर थापा
पूर्वसचिव, सहरी विकास मन्त्रालय
भूकम्पले
तीन खालका क्षति उब्जाएको छ । एउटा भवनहरू आयु सकिएको र आयु सकिएपछि
सुरक्षित रूपमा आफैंले भत्काउनुपर्दथ्यो तर नभत्काइएकोे । दोस्रो, जथाभावी
रुपमा भवन बनाएको अर्थात् जथाभावी नक्सा बनाएर निर्माण गरेको । यसमा
सुरक्षाको विचार नगरेको । तेस्रो जमिन नै कमजोर भएर भवन भत्केका छन् । यसमा
सबैको कमजोरी छ । भवनका लागि स्वीकृति दिने सरकारी निकाय, भवन निर्माण
गर्ने घरधनी, निर्माण गरिदिने इन्जिनियर, ठेकेदार वा निर्माण व्यवसायी ।
दोष यी सबैमा जान्छ ।
काठमाडौंमा तीन
खालका जमिन छन्, एउटा डोल क्षेत्र छ, जुन नदीको किनारामा छन् । जमिन होचो छ
। टारहरू छन् र थुम्काथुम्की छन् । परम्परागत बस्तीहरू अधिकांश
थुम्काथुम्कीमा हुन्थे र केही टारमा हुन्थे । डोल क्षेत्रमा हरियाली मात्र
हुन्थ्यो । हरियाली र पानीको रिजार्च गरेर राखिन्थ्यो, पछि गएर डोल
क्षेत्रमा जग्गा सस्तो भयो । जग्गाको किनबेच र प्लटिङ भयो । ४÷६ आनाका
जग्गा किनेर मान्छेले घर बनाउन थाले । सरकारबाट त्यो कुरालाई नीतिगत रूपमा
रोक्न सकिएन । डोल क्षेत्रमा घरहरू निर्बाध रूपमा बन्दै गए ।
नदीमा
बाढी आउँदा डुबान गर्ने क्षेत्रहरू नै डोल क्षेत्र हुन् । त्यस्ता
ठाउँहरूका जमिन पनि कमजोर हुन्छन् । त्यहाँ बालुवा हुन्छ अर्थात् भासिने
जमिन हुन्छ । ती जमिन आवास बाहेकका खेतीपाती र इँटाभट्टा सञ्चालन गर्न
हुन्छ तर बस्ती बसाउन उपयुक्त हुँदैन । अझै कतिपय डोल क्षेत्रहरू बाँकी नै
छन् बस्ती विकास हुनबाट जोगाउनुपर्छ । मनोहरा क्षेत्रमा अझै पनि डोल
क्षेत्र बाँकी छ, त्यहाँ बस्ती विकास गर्नुहुन्न ।
साङ्ला
खोला, महादेव खोला (भक्तपुर), हनुमन्ते लगायतका खोला नजिकका केही जमिन अझै
बाँकी छन् । त्यस्ता बस्तीलाई बचाउनुपर्छ । हामीले खेतीपाती र बस्ती
बसाउने जमिन छुट्याउनुपर्छ । यदि खेतीपाती नगरे पनि त्यहाँ भोलि हरियाली
पार्कहरू बनाउन सकिन्छ । अरू खेलमैदान हुन सक्छ तर घरहरू बन्नुभएन ।
पहिला
बस्ती बसाल्दा गल्ती पनि गरेका छौं । हाम्रो देशका राजनीतिक, सामाजिक र
आर्थिक अवस्थाले भ्याएसम्म हामीले काम गरेकै हो । एकदम राम्रो बस्ती बनाउन
पाए त हुन्थ्यो तर अहिलेको अवस्थाले त्यो गर्न सक्दैनौं । हाम्रो क्षमताले
भ्याएसम्म सुरक्षित र सुन्दर बस्तीहरू बनाउने हो । हाम्रा सबै पूर्वाधारहरू
भूकम्पजस्ता प्राकृतिक प्रकोपको बेलामा नष्ट नहुने, क्षति नहुने खालाका
पूर्वाधारहरू बनाउने हो । यति हुँदाहुँदै पनि कमजोर भूबनोटका कारण सडकहरू
क्षति हुन्छन्, खानेपानीहरू क्षति हुन्छन् । यस्तो अवस्थामा तुरुन्तै मर्मत
सम्भार गरेर सञ्चालन गर्न सक्ने क्षमता हाम्रो प्रत्येक घरपरिवार, टोल र
राष्ट्रमा हुनुपर्छ । घर, समुदाय र राष्ट्रसँगै प्रत्येक सरकारी, गैरसरकारी
संघ÷संस्था, सुरक्षा निकायमा क्षमता वृद्धि गर्नुपर्छ । ताकि केही
भइहाल्यो भने तुरुन्तै प्रतिकार गर्न सकियोस् ।
सबैभन्दा
पहिला त कुन ठाउँमा संरचनाहरू बनाउने हो, त्यो ठाउँमा सर्भे गर्नुप¥यो ।
त्यो जमिनको माटो जाँच्नुप¥यो । त्यो जमिनवरिपरि कस्तो छ, हेर्नुप¥यो ।
त्यो जमिनले कतिसम्म थेग्न सक्छ, त्यो पनि आँकलन गर्नुप¥यो । त्यो ठाउँको
प्रचलित मापदण्डअनुसार कत्रो घर बनाउन मिल्छ, त्यो विचार गरेर अघि
बढ्नुपर्छ । मापदण्ड र जमिनको अवस्था विचार गरेर भवन बनाउनुपर्छ ।
भवनहरू
विभिन्न किसिमका हुन्छन् । एउटा बस्ने आवासीय भवनहरू । जुन सहरी र ग्रामीण
क्षेत्रका डिजाइनहरू फरकफरक हुन्छ । सहरमा ठूला र बहुतले घरहरू हुन्छन् ।
सहरी जनजीवनसँग मिल्दोजुल्दो हुन्छन् । कृषि प्रधान मुलुक भएकाले ग्रामीणमा
कृषिसँग मिल्दोजुल्दो हुने स्थानीय वास्तुकला र रहनसहन, रीतिथितिअनुसार
बनाइनुपर्छ । ग्रामीण क्षेत्रमा मौलिक वास्तुकलालाई कायमै राख्दै
पहिलेभन्दा सुरक्षित घर बनाउनुपर्छ । वास्तुकलालाई बिगार्नु भएन । बलियो घर
बनाउने भनेर जताततै पिलर घर बनाउने होइन कि स्थानीय मौलिक वास्तुकला,
कस्ता मान्छे बस्छन्, संस्कृति, रहनसहन, पेसासँग मिल्दोजुल्दो बनाउनुपर्छ ।
सहरमा बनाउँदा पुराना ऐतिहासिक बस्तीहरू छन् भने वास्तुकलालाई कायमै
गर्नुपर्छ र सुरक्षित घर बनाउनुपर्छ । हामीले बहुतला घरहरू, बढीमा ६
तलासम्मको फ्याट सिस्टमबाट बनाएर आवासको आवश्यकता पुरा गर्नुपर्छ । बाँकी
सार्वजनिक प्रयोजनका भवनहरूमा जस्तै स्कुल, कलेज, सिनेमा हलहरू, सुपर
मार्केट लगायतमा एकदम भूकम्प प्रतिरोधी हिसाबले, वरिपरिका घरहरूमा कुनै
जोखिम नहुने हिसाबले भवनहरू बनाउनुपर्छ र ती घरले भवन संहिता अक्षरशः पालना
गर्नुपर्छ । घरधनी र इन्जिनियरमार्फत होइन, तेस्रो पक्षबाट पनि मूल्यांकन
गराएर त्यो घर बस्न लायक भन्नेचाहिँ प्रमाणित गरेपछि उपयोग गर्न दिनुपर्छ ।
भूकम्पले हामीलाई धेरै पाठ सिकाएको छ
। सबैभन्दा ठूलो त हामीले मापदण्ड पालना गर्नुपर्दोरहेछ भन्ने नै सिक्यौं ।
मापदण्ड पालना नगर्दा असुरक्षा त हुने नै भयो, भवन क्षतिग्रस्त हुँदा
सरकारबाट पाइने सुविधा, राहत त नपाइने भए । गैरकानुनी घरका लागि त सरकारले
केही दिन सक्दैन नि । आफ्नो घर मात्र बलियो भएर भएन, छिमेकीको पनि बलियो
हुनुप¥यो अर्थात् टोल नै सुरक्षित हुनुप¥यो । आपत्का बेला सहजै निकास
पाउनुप¥यो । तत्कालको योजना त जनजीवनलाई सामान्यीकरण नै गर्ने हो । यसका
लागि भत्केका, बिग्रेका पूर्वाधारहरूलाई अस्थायी रूपमा काम चलाएर सरकारी
स्कुल, स्वास्थ्य चौकीदेखि आवास समेतलाई सञ्चालन गर्ने हो । चाहे पाल
टाँगेर गरौं, चाहे अस्थायी टहरा बनाएर गरौं वा अरू किसिमले गरौं ।
भत्केबिग्रेका सडक, खानेपानीलगायतका पूर्वाधारहरूलाई अहिले मर्मत गरेर
अहिले तत्काल सञ्चालन गर्नुप¥यो ।
भविष्यमा
बन्ने घरहरूको डिजाइन कस्तो हुनुपर्छ ? बस्ती कस्तो हुनुपर्छ भन्ने अहिले
नेपालका इन्जिनियरहरू, आर्किटकहरू, विभिन्न समाजशास्त्रीहरूको विचार संकलन
गर्दै एउटा राष्ट्रिय सोच बनाउनुप¥यो । यो राष्ट्रिय सोच एउटा व्यक्तिले
बनाएर पुग्दैन । समाजमा ख्याति कमाएका, अनुभवीहरू गर्नुपर्छ । यो विदेशी
आएर सिकाइदिएर पनि हुँदैन । विदेशी साथीहरूले दिएका सुझावहरूलाई सल्लाहका
रूपमा लिने हो । त्यसलाई नेपालको परिवेशमा ढाल्नुपर्छ । यसको निर्णय
नेपालले नै गर्नुपर्छ । अहिले त हामी तत्कालीन योजनाको चरणमा छौं । विपद्
व्यवस्थापनमा अब हामी पुनरुत्थानको अवस्थामा पुग्छौं । जसमा हामीले
पूर्वाधारहरूलाई पहिलाको स्थितिमा ल्याउनुपर्छ । पुरै क्षति भएका र
भत्किएका संरचनाहरूलाई पुरै निर्माण गर्नुपर्छ । यो नयाँ निर्माण भनेको
भूकम्प प्रभावित क्षेत्रमा मात्र होइन कि सारा देशमै यो नीति र कार्यक्रम
लागू हुनुपर्छ ।
अहिले चरणबद्ध रूपमा
पुनर्निर्माणको योजना बनिरहेको छ । सुरुमा सरकारले राहत र उद्धारको योजना
ल्यायो । त्यो अनुसारको काम ग¥यो । यो पार गरेर हामी प्रारम्भिक
पुनरुत्थानको चरणमा छौं । जनजीवनलाई सामान्यीकरणको अवस्थामा लाँदै छौं ।
पुनर्निर्माण र पुनःस्थापनाको जुन दीर्घकालीन योजना हुन्छ, त्यसका लागि
खाका तयार गरेर छलफल अघि बढाएका छौं । पुनर्निर्माणको खाका ल्याउन करिब एक
वर्ष लाग्छ । किन एक वर्ष लाग्छ भने कुनै बस्ती सार्नुप¥यो भने बस्ती कहाँ
सार्ने, त्योभन्दा अगाडि जोखिमको मूल्यांकन गर्नुप¥यो । यसका लागि फिल्डमा
गएर अध्ययन गर्नुपर्छ । यो गरेर कार्यक्रम ल्याउन एक वर्ष लाग्छ तर एक
वर्षभित्र हामी हाम्रो जनजीवनलाई सामान्यीकरण गर्दै लैजान्छौं । एक
वर्षभित्र योजना बनाएर पाँच बर्षभित्र पुर्ननिर्माणको काम सिध्याउँछौ ।
अवको
पाँच बर्षपछि हामी सुरक्षित महशुस गर्नेछौ । हाम्रा गाउँबस्तीहरू
पहिलाभन्दा नयाँ देखिनेछन् । तर, पुराना वास्तुकला र मौलिकता कायम रहनेछन् ।
घर, सडक, खानेपानी नयाँ तर सुरक्षित बन्नेछन् । सहर वा गाउँका बस्ती हुन्,
बसौंबसौं लाग्ने खालका हुनेछन् । रहरलाग्दा बस्ती ।
(भीम गौतमसँगको कुराकानीमा आधारित)
http://www.erajdhani.com/article/0933254001433474623
No comments:
Post a Comment