Sunday, June 14, 2015

तामाकोसीको सेयर बाँडफाँट

काठमाडौं/रास— स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सेयर बाँडफाँट भएको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कोषका कर्मचारीका साथै नेपाल विद्युत् प्राधिकरण र तामाकोसी आयोजना, राष्ट्रिय बिमा संस्थान, नेपाल टेलिकम र नागरिक लगानी कोषका कर्मचारीलाई सेयर बाँडफाँट गरिएको हो । सञ्चयकर्ता तथा यी निकायका कर्मचारीका लागि २४ प्रतिशतबराबरको सेयर आह्वान गरिएको थियो । बाँकी १० प्रतिशत जिल्लावासी र १५ सर्वसाधारणलाई पछि सेयर जारी गर्न बाँकी छ ।


आयोजनाको निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार सञ्चयकर्ताले १ करोड ८२ लाख ९९ हजार ५ सय २० कित्ता सेयर पाएका छन् । ५ हजार हाल्ने सञ्चयकर्ताले ५० कित्ता पाएका छन् भने त्यसभन्दा माथि हाल्ने सञ्चयकर्ताले हालेको रकमको आधारमा सेयर पाएका छन् । सबैभन्दा बढी ५ लाख सेयर हाल्ने सञ्चयकर्ताले २ सय ९३ कित्ता सेयर पाएको कोषले जनाएको छ ।
त्यसैगरी, विद्युत् प्राधिकरण र तामाकोसीका कर्मचारीले ४० लाख ६६ हजार ५ सय ६०, टेलिकमका कर्मचारीले ९ लाख १४ हजार ९ सय ७६ कित्ता, सञ्चय कोषका कर्मचारीले १५ लाख २४ हजार ९ सय ६० तथा बिमा संस्थान र नागरिक लगानीका कोषका कर्मचारीले बराबर ३ लाख ४ हजार ९ सय ९२ कित्ता सेयर पाएका छन् ।
दोलखा जिल्लावासीका लागि छुट्ट्याएको बाँकी १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्कासनको तयारीमा रहेको र त्यसपछि थप १५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन गरिने आयोजनाले जनाएको छ ।
http://rajdhani.com.np/article/0563354001434165352

No comments: