काठमाडौं\रास— नेपाल विद्युत् प्राधिकरणलाई ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता तोड्न बाटो खुलेको छ ।
प्राधिकरणले
ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएपछि त्यसविरुद्ध पुनरावेदन
अदालत पाटनमा ठेकेदार कम्पनीले मुद्दा दायर गरेको गरेकामा प्राधिकरणका
पक्षमा फैसला आएपछि बाटो खुलेको हो । समस्याग्रस्त अवस्थामा पुगेको सो
आयोजना निर्माणमा ढिलाइ गरेको भन्दै ठेकेदार आईभीआरसीएल लिमिटेडस“ग सम्झौता
तोड्ने प्रक्रियाअन्तर्गत प्राधिकणले पत्रसमेत पठाइसकेको थियो ।
२२
डिसेम्बर अर्थात गत ७ पुसमा एक महिनाभित्र ९१ मिटर अडिट तीनअन्तर्गतको
सुरुङ पूरा नगरे ठेक्का सम्झौता तोड्ने प्राधिकरणले कम्पनीलाई सूचना दिएको
थियो । त्यसविरुद्ध ठेकेदार कम्पनीले मुद्दा दायर गरेको थियो ।
http://www.erajdhani.com/article/0846540001433129071
No comments:
Post a Comment