भीम गौतम
निर्माणाधीन सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित धेरै निर्माणाधीन र १ सय ४४ मेगावाटको कालीगण्डकीलगायतका निर्माण भइसकेका अधिकांश जलविद्युत्् आयोजना महाभूकम्पका कारण क्षतिग्रस्त बने । उत्पादनतर्फ मात्र होइन, वितरण र प्रसारण लाइन तर्फका धेरै आयोजनामा पनि क्षति पुग्यो ।
नेपाल विद्युत् प्राधिकरणको तथ्यांक हेर्ने हो भने कालीगण्डकी, मध्यमस्र्याङदी, मस्र्याङ्दी, कुलेखानी प्रथम र दोस्रो, त्रिशुली, देवीघाट, गण्डक, देवीघाट, मोदीखोला, सुनकोसी, पनौती, सुन्दरीजल, फर्पिङ, चतरा, निजी क्षेत्रका भोटेकोसी, इन्द्रावती तेस्रो लगायतका अधिकांश निर्माण सम्पन्न आयोजनामा क्षति पुग्यो ।
निर्माणाधीन माथिल्लो तामाकोसी लगायत ६० मेगावाटको माथिल्लो त्रिशुली–३ ‘ए’, ३७ मेगावाटको त्रिशुली–३ ‘बी’ लगायतका आयोजनामा पनि क्षति पुगेको छ । प्राधिकरणले भूकम्पका कारणले १० अर्ब बराबरको क्षति भएको जनाएको छ । निजी क्षेत्रद्वारा निर्माणाधीन १४ जलविद्युत् आयोजनामा पनि भूकम्पले क्षति पु¥याएको छ । भूकम्पले जलविद्युत् आयोजनाको बाँध, नजिकै क्षेत्रमा पहिरो, भवनहरू क्षति लगायतलाई विश्लेषण गर्दा जलविद्युत्का संरचनाहरू भूकम्पको उच्च जोखिममा देखिएका छन् । अधिकांश जलविद्युत् आयोजनाहरू पहाडी र हिमाली क्षेत्र भएको तथा ती क्षेत्रहरू बढी पहिरोको जोखिमा पर्ने प्राधिकरणका अधिकारीहरूको भनाइ छ । ‘भूकम्पका कारणले जलविद्युत्को उत्पादन, वितरण र प्रसारणमा समस्या देखिएको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘यसले जलविद्युत् पनि भूकम्पको जोखिममा रहेको देखाउँछ ।’
क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि ऊर्जा मन्त्रालयले कार्ययोजना बनाइसकेको छ । राष्ट्रिय योजना आयोगले पुनर्निर्माणका लागि कार्ययोजना मागेपछि मन्त्रालयले साढे १० अर्ब बराबरको बजेटसहितको भूकम्प प्रभाव मूल्यांकन तथा पुनर्निर्माण कार्ययोजना २०७२ बनाएको छ । मन्त्रालयका अनुसार प्राधिकरणको वितरण तथा ग्राहक सेवाअन्तर्गतका वितरण प्रणाली पुनर्निर्माण तथा सुदृढीकरण, मिटर जडान, मर्मत तथा सम्भार कार्य, सबस्टेसन उपकरण तथा जडान कार्य, कन्ट्रोल विल्डिङ, कार्यालय भवन, आवास भवन, गार्ड सुरक्षा भवनलगायतका क्षतिग्रस्त भवन पुनर्निर्माण एक वर्ष सिध्याउने लक्ष्य छ ।
एक वर्षभित्रै प्राधिकरणको उत्पादनतर्फको त्रिशुली, देवीघाट, सुनकोसी लगायतका विद्युत् केन्द्रहरूको कन्ट्रोल विल्डिङ, कार्यालय भवन, आवास भवन लगायतको पुनर्निर्माण, मर्मत तथा सुनकोसी र त्रिशुली आयोजनाको नहरमा भएको क्षति दुरुस्त पार्ने, कुलेखानी जलाशयको बाँधमा देखा परेको चिरा टाल्ने, कालीगण्डकी बाँधको बायाँपट्टि पहिरो लगायतका कार्य सक्ने योजना बनाएको छ । निर्माणाधीन त्रिशुली ३ ‘ए’को पहुँच मार्ग निर्माण, विद्युत् केन्द्रहरूको सुरक्षात्मक पर्खाल मर्मत पनि एक वर्षभित्र गर्ने योजना ऊर्जा मन्त्रालयको छ । त्यसैगरी, प्रसारण लाइनतर्फ काठमाडौं ग्रिड महाशाखा अन्तर्गतका क्षतिग्रस्त सबस्टेसनहरूको मर्मत तथा बालाजु, पाँचखाल, लैनचौर, टेकु, लामोसाँघु लगायतका सबस्टेसनहरूको मर्मत कार्य, भार प्रेषण केन्द्रको क्षतिग्रस्त सामानहरूको खरिद तथा मर्मत लगायतका कार्य एक वर्षभित्र बनाइसक्ने योजना मन्त्रालयको छ ।
पूर्वतयारी
प्राधिकरणले भूकम्पजस्ता प्राकृतिक प्रकोपका कारण विद्युत् सेवा अवरुद्ध हुन सक्ने सम्भावनालाई दृष्टिगत गरी पूर्वतयारीस्वरूप मोबाइल सबस्टेसन भ्यान र वैकल्पिक भार प्रेषण केन्द्र स्थापना गर्ने भएको छ । महाभूकम्पपछि रेस्क्यु गर्ने क्रममा आइपरेका समस्यालाई दृिष्टगत गरी भविष्यमा हुने कुनै पनि विपत्तिका बेला विद्युत् सेवा सुरु गर्न सबस्टेसन भ्यान खरिद गर्ने प्रक्रिया अघि बढाएको प्राधिकरणका कार्यकारी निर्देशक काफ्ले बताउँछन् ।
प्राधिकरणको मुटु मानिने भार प्रेÈण केन्द्र (एलडीसी) मा रहेको मुख्य नियन्त्रण गर्ने मोनिटर र मुख्य सर्भर ढलेर काम नलाग्ने भएपछि र एक मात्र जोगिएको विकास सर्भरबाट एक दिनमै विद्युत् सेवा देशका मुख्य ठाउँमा पु¥याएर स्याबासी कमाएको प्राधिकरणले हेटौंडामा वैकल्पिक भार प्रेषण केन्द्र बनाउने भएको छ । भविष्यमा आउने विपत्तिलाई दृष्टिगत गरी वैकल्पिक केन्द्र बनाउन लागेको हो । अन्य विकसित मुलुकहरूमा भूकम्प, बाढीपहिरोजस्ता विपत्ति आएपछि हुन सक्ने प्रणालीको ÔतविÔत अवस्थालाई ध्यानमा राखेर मुख्यमुख्य ठाउ“मा एलडीसी राखिएका हुन्छन् तर नेपालमा एउटाभन्दा नभएकोमा वैकल्पिक बनाउन प्रक्रिया अघि बढाइसकेको प्राधिकरणले जनाएको छ ।
http://erajdhani.com/article/0727544001433514002
No comments:
Post a Comment