भीम गौतम/राजधानीकाठमाडौं, १९ जेठ
‘अचानोको पीडा खुकुरीलाई थाहा हुँदैन’ भन्ने नेपाली उखानलाई गलत सावित
गरिदिएका छन्, भुकम्पपछि कुनै क्षति नभएका सामुदायिक विद्युतीकरण संस्थाले ।
१२ वैशाखमा गएको भूकम्पले क्षति नभएका संस्थाहरूले पीडितका लागि एक कप
चिया अभियान सञ्चालन गरेपछि क्षतिग्रस्त भएका सामुदायिक विद्युतीकरण
उपभोक्ता संस्थाहरूलाई राहतसमेत मिलेको छ ।
नेपाल
विद्युत् प्राधिकरणको अनुदानमा समुदायद्वारा निर्माण र सञ्चालन गरिएका र
निर्माणाधीन २ सय ५१ सामुदायिक विद्युतीकरणमध्ये २९ पूर्ण र १३ आंशिक रूपमा
क्षति भएका छन् । क्षति नभएका सामुदायिक विद्युतीकरणमा आबद्ध उपभोक्ताले
एक कप चियाबापतका रूपमा रकम संकलन गरेपछि क्षतिग्रस्त आयोजनामा सहयोग गर्न
सकिएको सामुदायिक विद्युत् उपभोक्ता महासंघ नेपालका अध्यक्ष नारायण
ज्ञवालीले जानकारी दिए । ‘क्षति नभएका विद्युत् संस्थाहरूले क्षति भएका
संस्थाका लागि एक कप चिया नखाएर त्यो पैसा संकलन गर्ने अभियान सञ्चालन
ग¥यौं,’ अध्यक्ष ज्ञवालीले भने, ‘अभियानअन्तर्गत संकलन भइरहेको तर संकलित
रकम धेरै क्षति भएका २९ संस्थामा पुगेर वितरण गरिसकेका छौं ।’
अभियानमा
जर्मन सहयोग नियोग (जीआईजेट), महिला आर्थिक सशक्तीकरण (बी नेपाल) लगायतले
समेत आर्थिक तथा सोलार सहयोग गरेपछि पीडित सबै सामुदायिक संस्थाहरुलाई
नगदसहित सोलार मोबाइल चार्ज स्टेसनसमेत सहयोग गरिएको महासंघले जनाएको छ ।
एक
कप चिया अभियानबाट मात्र झन्डै ४ लाख रुपैयाँ सहयोग संकलन भएको छ भने
जीआईजेटले १० लाख थप सहयोग गरेको छ । बी नेपालमार्फत मात्र २० ओटा मोबाइल
चार्ज स्टेसन सहयोग गरिसकेको अध्यक्ष ज्ञवालीले जानकारी दिए । ‘२९ ओटा
पूर्ण र १३ ओटा आंशिक गरी ४२ ओटा सामुदायिक संस्था क्षतिग्रस्त भएका छन्,
अब दोस्रो चरणमा १३ ओटालाई पनि राहत वितरण गर्छौ, अभियानबाट सहयोग संकलन
हुने क्रम जारी छ,’ उनले भने । नेपालमा सामुदायिक विद्युतीकरणमार्फत झन्डै ३
लाख ३८ हजार ग्राहक छन् भने झन्डै १ लाख ग्राहकले सेवा पाउने सामुदायिक
विद्युतीकरणमा क्षति पुगेको छ । पूर्ण र आंशिक क्षति भएका सामुदायिक
संस्थाका उपभोक्तामाझ अभियान नचलाई क्षति नभएका माझ महासंघको पहलमा अभियान
सञ्चालन गरी नगद संकलन गरिएको हो ।
महासंघका
अनुसार, हालसम्म काभ्रेका ११, गोर्खा र धादिङका ७÷७, सिन्धुपाल्चोकको २
तथा रामेछाप र ललितपुरका १÷१ विद्युतीकरण गरिएका संस्थामा राहत स्वरुप नगद र
सोलार वितरण गरिसकिएको छ । अभियानबाट संकलित रकम ३ सयभन्दा बढी ग्राहक
भएका संस्थालाई १५ हजार, ६ सयभन्दा बढीलाई २५ हजार, १ हजारभन्दा बढीलाई ३५
हजार तथा २ हजारभन्दा बढी उपभोक्ता रहेका संस्थालाई ५५ हजार रुपैयाँ राहत
स्वरूप प्रदान गरिएको छ ।
महासघले
अभियानबाट संकलन गरेको रकमबाट सोमबार धादिङ र गोर्खा तथा मंगलबार बनेपामा
काभ्रे, सिन्धुपाल्चोक, ललितपुर र रामेछाप जिल्लाका सामुदायिक संस्थाहरूलाई
वितरण गरिएको थियो । राहत वितरण गर्दै विद्युत् प्राधिकणका उपकार्यकारी
निर्देशक रामचन्द्र पाण्डेले सामुदायिक विद्युतीकरणले समुदायलाई उज्यालो
दिइरहेका बेला भूकम्पले केही क्षति पु¥याएकामा क्षतिग्रस्त संस्थालाई सबैले
सहयोग गर्नु सह्रानीय भएको बताए ।
राहत
स्वरूप नगद तथा सोलार पाएपछि सामुदायिक विद्युतीकरण भएका क्षेत्रका
उपभोक्ता समेत खुसी भएका छन् । पाएको सहयोगले तत्काल क्षतिग्रस्त विद्युत्
मर्मत गरेर उज्यालो फेरि गाउँमा ल्याउन सहयोग पुग्ने तिमाल सामुदायिक
विद्युतीकरणका अध्यक्ष सलामसिंह लामाले बताए ।
http://www.erajdhani.com/article/0606146001433302711
No comments:
Post a Comment