राजधानी समाचारदाताकाठमाडौं, ३० जेठ
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) ले भूकम्पबाट क्षतिग्रस्त
निर्माणाधीन जलविद्युत् आयोजनाको म्याद स्वतः दुई वर्ष थप्न माग गरेका छन्
। ईप्पानले नेपाल विद्युत् प्राधिकरणसँग भएका सम्झौतामा आवश्यक व्यापारिक
उत्पादन मिति (आरसीओडी), वित्तीय व्यवस्थापन गर्नुपर्ने मिति आदिलाई
काबुबाहिरको परिस्थिति मानी क्षतिग्रस्त आयोजनालाई स्वतः म्याद थप्न माग
गरेको हो । पत्रकार सम्मेलन गरी ईप्पानले सर्भेक्षण तथा उत्पादन अनुमतिमा
उल्लेख गरिएको विद्युत् खरिद सम्झौता (पीपीए) गर्नुपर्नेलगायतलाई समेत
स्वतः एक वर्ष थप्न माग गरेका छन् । त्यसैगरी, र्ईप्पानले सरकारले प्रदान
गरेको सर्वेक्षण र उत्पादन अनुमतिपत्रको अवधि कम्तीमा एक वर्ष थप गर्न तथा
जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडबाट प्रदान गरिने रिफाइनान्सिङका
सुविधाहरु क्षतिग्रस्त आयोजनामा प्रदान गर्नसमेत माग गरेको छ ।
ईप्पानले
ऋण तिर्ने मिति सहज बनाउन, क्षतिग्रस्त आयोजनाको पेनाल्टी छुट गर्न, तथा
मूल्य अभिवृद्धि कर तिरेबापत उद्यमीलाई हाल एकमुष्ट प्रदान गरिने ५० लाख
प्रति मेगावाटलाई १ करोड पु¥याउन, सहुलियत दरमा ऋणको प्रबन्ध गर्न,
क्षतिग्रस्त आयोजनाको बिमा व्यवस्थापन गर्न पनि सरकारसँग माग गरेको छ ।
क्षतिग्रस्त
आयोजना पुनर्निर्माण भई राष्ट्रिय प्रसारण लाइनमा नजोडिएसम्मको अवधि
उत्पादन अनुमतिपत्र, पीपीए र आयोजना विकास सम्झौता (पीडीए) मा थप गर्न,
जोखिममा रहेका पहाडी जिल्लामा विज्ञान तथा जोखिमको आँकलन गर्नुपर्ने तथा
बाढीपहिरोसम्बन्धी पूर्वसूचना दिने प्रणाली स्थापना गर्नुपर्ने तथा
क्षतिग्रस्त आयोजनालाई यस अघि दिँदै आएको पीपीए दरमा संशोधन गरी पोस्टेड दर
कायम गरिदिनुपर्ने माग पनि ईप्पानले सरकारसँग गरेको छ ।
ईप्पानका
अध्यक्ष खड्गबहादुर विष्टले भूकम्पको कारणले १९ जलविद्युत् आयोजनामा क्षति
भएको र १४ जलविद्युत्को उत्पादन बन्द भएको जानकारी दिँदै यसबाट २ अर्ब ३०
करोडबराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदन आएको बताए ।
http://rajdhani.com.np/article/0697959001434253891
No comments:
Post a Comment